detail-img

गुप्ता प्रतिनिधि सभा सदस्य निर्वाचित

कपिलवस्तु । कपिलबस्तुको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित हुनुभएको छ । 
गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी   नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई पराजित गर्नुभएको छ । शाहको १८ हजार ९८१ मत आएको छ । 
पञ्चायतकालदेखि संसदीय चुनाव लड्दै आएका गुप्ता पहिलो पटक विजय हांसिल गर्न सफल हुनुभएको छ । उहाँ एक बर्ष अगाडि एमालेमा प्रवेश गर्नुभएको थियो । 
क्षेत्र नं. १ मा विजय र्याली

सत्ता गठबन्धनलाई पराजित गरेको एमालेले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा शुक्रबार विजयी र्याली आयोजना गर्यो । 
मंसिर ४ गते सम्पन्न निर्वाचनमा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सदस्य जितेको एमालेले आज निकालेको विजयी र्यालीमा विजयी उम्मेदवारहरुले जनतालाई धन्यवाद दिएका थिए भने मतदाताले बधाई दिनुका साथै स्वागत गरेका थिए । 
एमालेबाट क्षेत्र नं. १ मा बलराम अधिकारी विजयी हुनुभएको छ । प्रदेश सभा १(१) मा विष्णु पन्थी र क्षेत्र नं. १(२) मा मधुसुदन शरण चौधरी विजयी हुनुभएको छ ।