detail-img

नेतृ महतो धनुषा–३ बाट  प्रतिनिधि सभा सदस्य निर्वाचित 

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ ।
उहाँले ३३ हजार ३५५ मत ल्याउनु भएको छ भने निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले २३ हजार ६८६ प्राप्त गर्नुभयो । 
पोलिटव्यूरो सदस्य मैनाली 
प्रतिनिधि सभा सदस्य निर्वाचित 

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य अच्युतप्रसाद मैनाली निर्वाचित हुनुभएको छ । 
उहाँले वर्तमान गठबन्धन सरकारका खानेपानीमन्त्री नेपाली काँग्रेसका उमाकान्त चौधरीलाई पराजित गर्नुभएको छ । नेता मैनाली ३९ हजार १९५ मत ल्याई विजयी हुनुभएको छ भने गठबन्धनका साझा उम्मेदवार चौधरीले ३० हजार ५६ मत प्राप्त गर्नुभयो ।

बारा–३ बाट नेतृ साह 
प्रतिनिधि सभा सदस्य विजयी 

बारा । बारा निर्वाचन क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) की पोलिटव्यूरो सदस्य ज्वालाकुमारी साह निर्वाचित हुनुभएको छ ।
नेतृ साहले जनता समाजवादी पार्टीका रामबाबुुकुमार यादवलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । 
उहाँले २० हजार २५१ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार २७९ मत ल्याउनुभयो ।

४७ मतको अन्तरमा नेम्बाङ 
प्रतिनिधि सभा सदस्य निर्वाचित
पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङ ४७ मतको अन्तरले विजय प्राप्त गर्नुुभएको छ ।
उहाँले ३२ हजार ११० मत पाउनुभएको छ भने निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाउनुभयो । 

सर्लाही– २ बाट उप्रेती
प्रतिनिधि सभा सदस्यमा विजयी 
सर्लाही । प्रतिनिधि सभा सदस्यमा सर्लाही निर्वाचन क्षेत्र नं.२ बाट नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद उप्रेती निर्वाचित हुनुभएको छ ।
गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पछाडि पार्दै उप्रेती विजयी हुनुभएको हो ।
उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर भयो भने निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत पाउनुभयो । 

वैरागी कास्की–३ बाट 
प्रतिनिधि सभा सदस्य निर्वाचित

पोखरा । कास्की निर्वाचन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ निर्वाचित हुनुभएको छ ।
उहाँले २२ हजार ९८० मत प्राप्त गर्नुभएको छ । वैरागीले नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराललाई पराजित गर्नुभएको हो । बरालले १७ हजार ५३५ मत पाउनु भयो ।