detail-img

सबैभन्दा बढी नेकपा ( एमाले) का उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, १८ वडाध्यक्ष र ११८ वडासदस्य गरी १३९ जना निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसबाट निर्विरोध हुनेको संख्या ११५ रहेको छ ।
स्थानीय तहको निर्वाचनको भोलि मतदान हुँदै छ । मतदान अघिनै डोल्पा शे फोक्सुन्डो गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धावा सम्डुक गुरुङ्ग निर्विरोध निर्वाचित हुनु भएको हो ।
त्यस्तै मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार मेङमर फुन्चो लामा, डोल्पा जिल्ला छार्का छाङछोङ गाउँपालिका उपाध्यक्षमा कर्म ढुण्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी, वडा अध्यक्षमा १८ जना निर्विरोध निर्वाचित हुनु भएको छ । निर्वाचित अध्यक्षहरूमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ मा छेतेन लामा शेर्पा, मनाङ्गको चामे गाउँपालिका वडा नं. १ मा खड्गजङ्ग गुरुङ, मुस्ताङ घरपझोङ गाउँपालिका वडा ५ मा प्रदिप थकाली,लो–घेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. १ टै धुन्टु ठकुरी, लो–घेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. ३ मा झब्याङ तेन्जीङ गुरुङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. ४ मा झयाङ छेसा गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो ।
त्यस्तै डोल्पा जिल्ला काईके गाउँपालिका वडा नं. १ मा छिरिङ तुण्डुप लामा, काईके गाउँपालिका वडा नं. ३ मा राजु बुढा, काईके गाउँपालिका वडा नं. ५ राजु रोकाया, छार्का ताङसोङ गाउँपालिका वडा नं. १ मा धावा लामा गुरुङ, छार्का ताङसोङ गाउँपालिका वडा नं. ४ मा खाम्सुङ रोकाय, शे फोक्सुन्डो गाउँपालिका वडा नं. १ मा जिग्मे छोइङ, वडा नं.३ मा नोर्वु लामा, शे फोक्सुन्डो गाउँपालिका वडा नं. ४ मा पेमा गर्मे गुरुङ, शे फोक्सुन्डो गाउँपालिका वडा नं. ५ मा कुन्साङ दोर्जे गुरुङ्ग वडा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
यस्तैै शे फोक्सुन्डो गाउँपालिका वडा नं. ६ मा कार्मा तार्के गुरुङ्ग, शे फोक्सुन्डो गाउँपालिका वडा ६ मा रिन्जीन गुरुङ्ग ,शे फोक्सुन्डो गाउँपालिका वडा नं. ७ मा पेम छिरीङ गुरुङ र शे फोक्सुन्डो गाउँपालिका वडा ९ मा लार्के लामा निर्वाचित हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ । ३३ जिल्लामा एमालेका ११८ जना पालिका सदस्य निर्विरोध निर्वाचित हुन भएको छ ।