detail-img

नेकपा (एमाले) का शीर्ष नेताहरू कसले कहाँबाट मतदान गर्नुहुँदै


काठमाडौं । स्थानीय तहको भोलि हुन गइरहेको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटबाट मतदान गर्नुहुने भएको छ ।
अध्यक्ष ओलीको स्थायी बसोवास लामो समयदेखि भक्तपुरको बालकोटमा रहेको छ । मतदाता नामावलीमा पनि उहाँको नाम भक्तपुरमा रहेको छ भने मतदान केन्द्र बालकोटस्थित महेन्द्र शान्ति माविमा रहेको छ ।
अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाटै मतदान गर्नुहुने उपमहासचिव विष्णु रिमालले वताउनुभयो ।
त्यसैगरी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ स्थित स्काईलार्क स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।
उपाध्यक्ष युवराज ज्ञवालीले काठमाडौं महानगरपालिका वडा नं. १४ बाट मतदान गर्नु हुने छ भने अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ३ मा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।
उपाध्यक्ष रामबहादुर थापा ‘वादल’ले भरतपुर महानगरपालिका वडा नं. १० नारायणी मावि केन्द्रबाट मतदान गर्नुहुने छ भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं. ८ सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नु हुने छ ।
त्यसैगरी उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गृहजिल्ला इलामको इलाम नगरपालिकाबाट मतदान गर्नु हुने छ भने अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका भण्डार माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नु हुने छ ।
महासचिव शंकर पोखरेलले दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीको जनता क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी जिल्ला रूरू गाउँपालिका वडा नं. ४ बलेटक्सारमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।
त्यस्तै, उपमहासचिव पृथ्वी सुब्बा गुुरुङले लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ९ गेलङुको बुद्धोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुने छ भने उपमहासचिव विष्णु रिमालले काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुने छ ।
यसैगरी सातै जना सचिवहरू मतदानका लागि गृह जिल्लामा हुनुहुन्छ । सचिव गोकर्ण विष्टले गुल्मीको इस्मा गाउँपालिका वडा नं. ४ दोहलीबाट मतदान गर्दै हुनुहुन्छ भने अर्का सचिव योगेश भट्टराईले ताप्लेजुङको मैयाखोला गाउँपालिका नारायणी मावि साँघु मतदान केन्द्रमा मतदान गर्नु हुने छ ।
सचिव लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिका वडा नं. १ घण्टेश्वर माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ भने सचिव टोपबहादर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घा राइसचौर मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।
सचिव पद्मा अर्यालले गृहजिल्ला स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।
सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल नगरपालिका वडा नं. ११ मा रहेको लुम्विनी बाणिज्य क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नु हुने छ भने अर्का सचिव रघुवीर महासेठले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं.९ मा रहेको सहृदय पुस्तकालय प्राङ्गणमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।
सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले सिन्धुपाल्चोकको ऐतिहासिक त्रिपुरासुन्दरी पिस्कर गाउँपालिका वडा नं. ४ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुने छ । बोहराले आफू सिन्धुपाल्चोक पुगिसकेको वताउनुभयो ।
स्थानीय निर्वाचन प्रक्रिया शुरू भएदेखि नै अधिकांश नेताहरू आ– आफ्ना गृह जिल्लामै हुनुहुन्छ ।