JAWALA KUMARI SAH

JAWALA KUMARI SAH

jwalasahstate2@gimaill.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:केन्द्रकाे कृषि बिभाग प्रमुख,संगठन बिभाग सदस्य बारा कलैया उपमाहनगर र फेटा हेर्ने जिम्मेवारी
committee name:पार्टीकाे केन्द्रीय सदस्य

राजनीतिक यात्रा

विगतका आबद्धता
२०५४ सालदेखी २०७७ सालसम्म नेकपा माओवादी केन्द्रमा म सक्रिय रहि विभिन्न जिम्मेवारीमा कार्यरत थिए ।२०५८ सालमा बारा जिल्ला पार्टी सदस्य तथा पार्टी सचिवालय सदस्य हुदै २०६० सालमा पार्टी क्षेत्रकाे सचिवमा रहेर काम गरे ।२०६१ सालमा केन्दीय जनपरिषदकाे केन्द्रीय सदस्य भएर जिम्मेवारी निभाए ।२०७० सालमा पार्टीकाे केन्द्रीय सदस्य २०७१ मा पार्टीकाे पाेल्टब्युराे सदस्य तथा बारा ,पर्सा गरेर पार्टी इन्चार्जकाे रूपमा जिम्मेवारी सम्हाले ।२०७७ सालमा निर्वाचित प्रदेश सभा सदस्य पद त्यागेर श्रद्धेय अध्यक्ष केपि शर्मा ओली ज्यूकाे लाइनमा उभे एकताकाे निरन्तरता भनेर साेही बर्ष नेकपा एमाले ले केन्द्रीय सदस्यमा मनाेनित गर्नुभयाे ।२०७८ सालमा मधेशप्रदेश पार्टी काे अध्यक्ष काे जिम्मेवारी सम्हाले करिब ६ महिना।२०७९ सालमा पार्टीकाे १० ओै माहाधिवेशनबाट पार्टीकाे पाेल्टब्युराे र मधेशप्रदेश सहइन्चार्ज काे जिम्मेवारी सम्हाले ।
राजनीतिक पृष्ठभूमि
बुवा ममीले एमाले पार्टी भुमिगत कै समय देखि आजसम्म राजनितकमै हुनुहुन्छ ।बुवा पनि सानै उमेरदेखी राजनितिक सुरूवात गर्नु भएकाे।एमाले हुँदै उहाँ बित्नुभयाे हाम्राे सामु बुवा हुनुहुन्न ।मलाई पनि सानै उमेर देखि मेराे बुवा ममीले काधमा बाेकेर हरेक आन्दाेलन पार्टी संगठन निर्माणमा लानुहन्थियाे।मेराे बुवा ममीले राजनीतिक नगरेकाे भए म पनि यहासम्म पुगदैन्थे हाेला मेराे बुवा ममीकाे प्रेरणाले राजनीतिकमा लागे।२०५४ सालदेखी पुरै राजनीतिकमा सक्रिय रूपमा १५ बर्षकाे उमेरमै लागे समाज सेवमा महिलाहरूकाे समुहहरू बनाउदै महिला बचत समूह बालबालिका काे खेलकुद कार्यक्रम देखि हरेक टाेल टाेलमा महिला संगठन बाल संगठन लगायतकाे कार्यक्रमहरू थुप्रै गर्दै आए।पार्टीकाे बिधार्थी संगठन निर्माण, किसान संगठन निर्माण लगायतकाे कार्यक्रममा सहभागी हुँदै पार्टीकाे विभिन्न कार्यक्रम ,अभियान तथा संगठानात्मक गतिविधिहरूमा सहभागी हुदै आएकाे छु।पार्टीकाे सिद्धान्त र उदेश्यप्रति आस्था राखी संगठन सुदृढीकरण तथा जनसेवामा याेगदान पुर्याउने प्रयास गर्दै आएकाे छु। म लाेकतान्त्रिक मूल्य,संविधान ,राष्ट्रिय एकता,समाजिक न्याय तथा विकाशप्रति प्रतिबद्ध नागरिक हु ।समाज र राष्ट्रकाे हितमा हुने राजनीतिक गतिविधिप्रति सकरात्मक चासाे राख्दै आएकाे छु ।हालसम्म कुनै विवादास्पद राजनीतिक गतिविधिमा संलग्न भएकाे छैन ।पार्टीकाे सिद्धान्त ,नीति तथा कार्यक्रमलाइ आत्मासाथ गर्दै सक्रिय रूपमा याेगदान गर्दै आए । म समाजिक सेवा ,जनचेतना ,शिक्षा ,वातावरण संरक्षण तथा सामुदायिक विकाश सम्बन्धि गतिबिधिहरूमा रुचि राख्दै आएकाे छु ।स्थानिय स्तरमा विभिन्न समाजिक तथा सामुदायिक कार्यक्रमहरूमा सहभागिता जनाई समाज विकाशमा याेगदान पुर्याउने प्रयास गरेकाे छु ।
पार्टी कार्य
- पार्टीकाे नीति ,सिद्धान्त र कार्यक्रमलाइ जनस्तरसम्म पुर्याउने कार्यमा सक्रिय सहभागिता जनाएकाे । - विभिन्न पार्टी बैठक ,भेला ,प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रममा नियमित रूपमा सहभागी भएकाे । - सदस्यता विस्तार,संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानमा याेगदान दिएकाे । - स्थानिय स्तरमा जनचेतना बिषय उठान गरि सम्बन्धित निकायसम्म पुर्याउन पहल गरेकाे । - पार्टीद्धारा सञ्चालन गरिएकाे समाजिक विकाशमुलक तथा जनहितका कार्यक्रमहरूमा सक्रिय भुमिका निर्वाह गरेकाे । - निर्वाचनका समयमा प्रचार प्रसार ,मतदाता शिक्षा तथा चुनावी अभियानमा जिम्मेवारीपुर्वक कार्य गरेकाे । - पार्टीकाे संगठनात्मक गतिविधि तथा नेतृत्व विकाश कार्यक्रमहरूमा सहयाेग र सहभागिता जनाएकाे ।
जनसंगठन कार्य
म २०५६ साल देखि २०५७ सालसम्म क्रान्तिकारी विधार्थिकाे बारा जिल्लाकाे काेषाध्यक्ष म याे संगठनमा बस्दा हरेक विधालयमा गुणस्तरीय शिक्षाकाे बिषयमा अन्तरक्रिया कार्यक्रम गराउथे हरेक विधालयमा विधार्थिहरूसंग परिचय गरि विधार्थि संगठन निर्माण गर्थे त्यतिखेर लुकेर बनाउथे ।यसले विधार्थिमा बाेल्ने कला उत्साह छुटै हुन्थे ।२०५७ देखि २०५८ सम्म महिलाकाे बारा जिल्ला अध्यक्ष भए ।दाइजाे प्रथा बाल विवाह लगायत लाई नियन्त्रण गर्ने अभियानमा लागे कतिपय ठाउमा संगठन निर्माण गर्ने लगतै जाने जाड रक्सी जुवा तास खेल्ने ठाउमै समाजिक रूपबाट दन्डित गराउथे। यस्ता थुप्रै कार्यक्रमहरू बाट दाइजाे लिनेलाइ पनि जनकार्वाही गर्ने दिनेलाइ पनि जनकार्वाही गर्ने भनेर त्यतिखेर एकदम डराउथे दाइजाे दिनेले पनि लिनेले पनि।यस्ता थुप्रै गाउँ गाउमा जागरण अभियान काेनसभा बाट हामी आफ्ना बिचारहरू राख्थे ।साथ‌ै संगठनकाे लक्ष्य प्राप्तिकाे लागि निरन्तर सहयाेग र सक्रिय भुमिका निर्वाह गरे २०६६ सालमा क्रान्तिकारी महिलाकाे केन्द्रीय सदस्य तथा सचिवालय सदस्य २०६७ सालमा क्रान्तिकारी महिलाकाे केन्द्रीय उपाध्यक्ष सम्म जिम्मेवारी सम्हाले ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
literate
विशेष रुचि/दक्षता
महिलाहरू सम्बन्धि कृषि सम्बन्धि शिक्षा स्वास्थ

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:म २०५४ सालमा पार्टीकाे एरिया सदस्य हुँदै २०५६ सालदेखी पार्टीकाे नीति ,बिचार र जनसेवाप्रति पुर्ण समर्पित भई भुमिगत जीवनमा प्रवेश गरे ।त्यसपछि म ब्यक्तिगत जीवनभन्दा माथि उठेर संगठन निर्माण,विस्तार र जनसम्पर्कलाई आफ्नाे मुख्य दायित्य बनाए । देश र जनताका लागि कुनै पनि जाेखीमकाे प्रवाह नगरी दिनरात पैदल यात्रा गर्दै २४ घन्टा सक्रिय रूपमा संगठनात्मक काममा खटिए ।भुमिगत संघर्ष र संगठन विस्तार भुमिगत जीवनका क्रममा विभिन्न क्षेत्रहरूमा संगठन विस्तार गर्दै जनस्तर पार्टीकाे आधार मजबुत बनाउने कार्यमा निरन्तर खटिए ।त्याे समय अत्यन्त जाेखिमपुर्ण थियाे,जहाँ कुनै पनि क्षण जीवन संकटमा पर्न सक्थ्याे ।जनवादी विवाह र सामजिक चुनाैति २०६०/३/३ गते मेराे विवाह सम्पन भयाे ।अन्तरजातिय विवाह भएकाे कारण सुरूमा परिवार र समाजमा केही असहजता र विराेधकाे अवस्था रह्राे।विशेष गरि पहाडी समुदाय र माइति पक्ष तर्फ प्रारम्भ स्वीकार्न कठिनाई भए पनि समयसंगै संवाद समझदारी र व्यवहारिक उदाहरणमार्फत समाज बिस्तारै बुझ्दै र स्वीकार्दै गयाे ।घेरा बन्दी युद्ध र जीवन - मृत्युकाे संघर्ष साेही बर्ष २०६० सालमै बारा जिल्लाकाे खजुरिया क्षेत्रमा हामी दुस्मनकाे घेराबन्दीमा पर्याे ।साे घटनामा तीनजना साथिहरू घटनास्थलमै सहादत प्राप्त गरे ।म पनि बाच्ने आशा लगभग समाप्त भएकाे अवस्थामा जमुनि खाेलामा हाम फाले ।त्याे समयमा सेनाकाे घेराबन्दीबाट जाेगिन पानीमा जाेखिमपुर्ण रूपमा जीवन बचाउन बाध्य भए ।साे क्रममा "टाइगर दाई" काे साहसिक सहयाेगबाट मेराे जीवन वचन सफल भए ।सुत्केरी अवस्था र निरन्तर जाेखिमपुर्ण यात्रा २०६१/९/२७ गते मेराे पहिलाे सन्तानकाे जन्मकाे समय अत्यन्त कठिन परिस्थितिमा म माेतिहारी (भारत)मा थिए ।त्यही समयमा सुरक्षा जाेखिम उच्च थियाे र साथिहरू पक्राउ पर्ने अवस्था पनि थियाे ।नवजात शिशुकाे स्वास्थय समस्या (जन्डिस) देखिएपछि निरन्तर उपचार खाेज्दै विभिन्न स्थानमा स्थानान्तरण गर्नु पर्याे ।त्यसै क्रममा सुरक्षा कारणले लगातार स्थान परिवर्तन गर्दै यात्रा गर्नुपर्याे त्याे पनि पैदल यात्रा २ दिनकाे सुत्केरी अवस्थामा एकतर्फ नवजात शिशुकाे स्वास्थय अर्काेतर्फ संगठन र सुरक्षाकाे जिम्मेवारीले जीवन अत्यन्त कठिन बनेकाे थियाे ।अत्यन्त संकटपुर्ण अवस्था र उद्धार एक पटक रातिकाे समयमा म मन्दिर नजिकै बगैचामा बेहाेस भएर ढले जम्मा २ दिनकाे सुत्केरी अवस्थामा त्याहा उपस्थित पुजारी र संगै पुर्याउन आउन लागेकाे इन्डिया चयनपुरकाे एकजना दाजु र मेराे आफ्नै ममी काे सहयाेग तथा साधुसन्तहरूकाे मानविय सहयाेगबाट पानी खुवाई हाेसमा ल्यायाे ।त्यस पछि फेरि सुरक्षित स्थानतर्फ यात्रा जारी राखियाे ।बच्चा सहितकाे युद्धअवस्था र घेराबन्दी पछि २ महिना पछि मकवानपुर क्षेत्रमा फेरि ठूलाे घेराबन्दी काे अवस्था सिर्जना भयाे।त्याहा सानाे बच्चा काे (निमाेनिया पीडित ) बाेकेरे हामीले जीवन र संगठन दुबै जाेगाउने प्रयास गर्याै ।साे घटनामा गाेली र ग्रिनेडबीचबाट सुरक्षित रूपमा बाहिर निस्किन सफल भयाै ।त्यस घटनामा पनि धेरै साथिहरूकाे सहादत प्राप्त गरे र धेरै घाइते भए ।निरन्तर संगठानात्मक जिम्मेवारी त्यसपछि पनि संगठनकाे जिम्मेवारी निरन्तर रह्राे ।घाइते साथिहरूकाे ब्यवस्थापन ,केहीलाइ सुरक्षित स्थान ( इन्डिया पाटना)पठाउने बयवस्था तथा संगठन कार्यमा सक्रिय रहे ।बच्चा सहित निरन्तर यात्रा गर्दै संगठन निर्माण कार्यलाइ निरन्तरता दिइयाे । याे सम्पुर्ण समय मेराे जीवन अत्यन्त जाेखिम संघर्ष र त्यागले भरिएकाे रह्राे ।ब्यक्तिगत जीवनभन्दा माथि उठेर म निरन्तर संगठन विचार र जनताकाे सेवामा समपिर्त रहे।कठिन परिस्थितिहरू ,जीवन मृत्युका अनुभवहरू र पारिवारिक चुनाैतिका बाबजुद पनि मैले आफ्नाे दायित्यबाट पछि हटिन ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
राजनीतिक नियुक्तिकाे मुख्य याेगदान नीति कार्यन्वयनलाइ सहज बनाउनु हाे ।यसले सरकारकाे याेजना तथा कार्यक्रमहरू छिटाे र प्रभावकारी रूपमा लागू गर्न मदत गर्छ ।साथै प्रशासनिक निकायहरू बीच समन्वय बढाउन पनि राजनीतिक नियुक्तिकाे महत्वपुर्ण भुमिका खेल्छ ।
सामुदायिक संस्था
२०६५ साल-संविधान सभा सदस्य /२०६७/७/२२ गते भुमिसुधार राज्यमन्त्रि ४ महिना /२०६७/१२/५ गते प्रयटन राज्यमन्त्री १ महिना १५ दिन ।२०७४ प्रदेश सभा सदस्य पदमा बारा क्षेत्र न ३( क) बाट निर्वाचित ।२०७८/२/२७ देखि २०७७/३/८ गते सम्म १३ दिन कृषि मन्त्री केन्द्रकाे ।२०७९ प्रतिनिधि सभा सदस्य बारा क्षेत्र न .३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य । २०८९/९/११ गते विना बिभगिय २२ दिन कृषि मन्त्री ४२ दिन ।२०८१ /११ / २३ देखि असार १९ गते सम्म कृषि मन्त्री ३ महिना २७ दिन ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:विवरणम माहसचिव ज्युकाे नेतृत्वमा १२ दिनकाे चीन भ्रमनमा गएकाे थिए ।उक्त भ्रमणकाे मुख्य उदेश्य दुई देश बीचकाे आपसी सम्बन्ध ,संस्कृतिक आदान-प्रदान तथा विकाशका अनुभवहरू अध्यन गर्नु थियाे ।भ्रमणका क्रममा हामीले चीनकाे विभिन्न शहर ,सरकारी कार्यलय ,ओैधाेगिक क्षेत्र तथा संस्कृतिक स्थलहररूकाे अवलाेकन गर्याै ।त्याहाकाे आधुनिक प्रविधि पुर्वाधार विकाश ,यातायात ब्यवस्था र शहरी याेजनाले धेरै कुरा सिक्ने अवसर प्राप्त भयाे ।हामीले चीनका सम्बन्धित अधिकारीहरू संग भेटघाट गरि आपसी सहयाेग ,व्यापार,शिक्षा तथा पर्यटनका सम्भावनाबारे छलफल गर्याे । यस भ्रमणले अन्तराष्ट्रिय सम्बन्ध विकाश नीति तथा ब्यवस्थापनका बारेमा व्यवहारिक ज्ञान प्राप्त गर्न सहयाेग गर्याे ।