
BISHNUPRASAD PAUDEL
bpaudel1959@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:उपाध्यक्षcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०३४ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी– लेनिनवादी) सँग सम्पर्क । इलाका पार्टी सक्रिय दलमा संगठित । २०३५ असोज ७ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी–लेनिनवादी) को सदस्यता प्राप्त । २०३५ माघदेखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माले)को ईलाका कमिटी सदस्य । २०३७ असोजमा नेपाल कम्युनिष्ट पार्टी (माले) को रुपन्देही जिल्ला कमिटीको सदस्य । २०३७ मङ्सिरदेखि २०४० कार्तिकसम्म नेपाल कम्युनिष्ट पार्टी (माले) पाल्पा जिल्ला कमिटी सदस्य । २०४० मंसीरदेखि २०४७ मंसिरसम्म फरक–फरक समयमा नेपाल कम्युनिष्ट पार्टी (माले) जिल्ला कमिटी अर्घाखाँची, गुल्मी र नवलपरासीको सचिव र पश्चिम दक्षिण क्षेत्रीय कमिटी (साविक लुम्बिनी अञ्चल) को सदस्य । २०३५ मंसिर ३ देखि २०४६ चैत्र २६ सम्म भूमिगत र २०३५ मंसिर ३ देखि हालसम्म पूर्णकालीन राजनीतिकर्मीको भूमिकामा क्रियाशील । २०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि भूमिगत नामबाट समेत परिचित । २०४७ माघदेखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल इन्चार्ज । २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करिब १० बर्ष लुम्बिनी अञ्चल इञ्चार्ज । २०५१ माघदेखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको सदस्य, सचिव र ६ कार्यकाल प्रमुख । २०५३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उद्योग व्यवसाय विभागको प्रमुख । २०५५ असारमा स्थानीय निकाय विभागको प्रमुख । २०६६ असारमा संविधानसभा संसदीय विभागको प्रमुख । २०५६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय सचिव । २०६१ साउन र २०६९ असारदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय सचिव । विभिन्न समयमा केन्द्रीय सचिवालय सदस्य । २०६६ असार ५ देखि पश्चिमाञ्चल विकास क्षेत्रमा पार्टी कामको अनुगमन । २०७३ असौज ११ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश नं ५ को संगठन कमिटीको संयोजक ।
- पार्टी कार्य
- उपाध्यक्ष, नेकपा (एमाले) २०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित । उपमहासचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले) सर्वोच्च अदातलको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववतः अवस्थामा फर्किएपछि विसं २०७७ फागुन २३ देखि २०७८ मङ्सिर १४ सम्म । महासचिव, केन्द्रीय कमिटी नेकपा (एमाले) नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीद्वारा निर्वाचित । २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म । उपमहासचिव, केन्द्रीय कमिटी नेकपा (एमाले) २०७१ असार २५ देखि साउन १ मा काठमाडाँैमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित । सचिव, केन्द्रीय कमिटी (नेकपा एमाले) २०६५ फागुन ५–१४ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित । वैकल्पिक सदस्य, स्थायी कमिटी, नेकपा (एमाले) २०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित । सदस्य, केन्द्रीय कमिटी (नेकपा एमाले) २०५४ माघ १२–१८ मा नेपालगञ्जमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित । सदस्य, केन्द्रीय कमिटी (नेकपा एमाले) २०४९ माघ १४–२० मा काठमाडाँैमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित । सदस्य, केन्द्रीय कमिटी (नेकपा एमाले) २०४७ माघमा केन्द्रीय कमिटीद्वारा मनोनित । सदस्य, राष्ट्रिय परिषद (नेकपा एमाले) नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकीकरणबाट नेकपा (एमाले) गठन भएसँगै २०४७ पुस २२ मा केन्द्रीय कमिटीद्वारा मनोनित । प्रतिनिधि, चौथो राष्ट्रिय महाधिवेशन (नेकपा माले) २०४६ भदौ ९–१४ मा सिराहमा भूमिगत रुपमा आयोजना गरिएको चौथो राष्ट्रिय महाधिवेशनमा नवलपरासी जिल्लाको प्रतिनिधिको हैसियतमा सहभागी । सदस्य, पश्चिम–दक्षिण क्षेत्रीय कमिटी (लुम्बिनी अञ्चल कार्यक्षेत्र) नेकपा (एमाले) २०४६ असोजमा पाल्पाको मदनपोखरामा आयोजना गरिएको र महासचिव कमरेड मदन भण्डारी प्रमुख अतिथि रहनुभएको अधिवेशनबाट निर्वाचित ।
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०३७ असार १२ गते भारताको नौतनवाबाट नेकपा (माले)का दस्तावेज देशभित्र भित्र्याउने क्रममा रुपन्देहीमा गिरफ्तार । राजकाज मुद्दा अन्तर्गत ३ बर्ष जेल र रु ३ हजार जरिवानाको सजायँ । २०३७ भदौ १ गते विहान करीव ४.३० बजे भैरहवा जेल बिद्रोह गरेर जनताको न्यानो आश्रय र पार्टीको सम्पर्कमा पुग्न सफल ।
सार्वजनिक योगदान
- सामुदायिक संस्था
- उपप्रधानमन्त्री तथा अर्थमन्त्री बि. सं २०८१ असार ३२ मा अर्थमन्त्री २०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म / २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म । रक्षामन्त्री २०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म । जलस्रोत मन्त्री २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारत
- देश:चीन
- देश:अमेरिका
- देश:युरोप
