समाचार

सरकारले अविलम्ब बाढी तथा पहिरो प्रभावित् क्षेत्रमा प्रभावकारी रुपमा उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यहरु संचालन गरोस् नेकपा (एमाले)

केही दिन अघि देशको विभिन्न भागमा आएको अविरल बर्षा, भिषण बाढी र पहिरोले सयौं नेपालीको ज्यान गएको छ, दर्जनौं वेपत्ता भएका छन् र ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ । बाढी तथा पहिरो पिडित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यक्रमहरु प्रभावकारी ढंगले संचालन गर्नु यतिबेलाको प्राथमिक महत्वको राष्ट्रिय जिम्मेवारी…

पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु, संसदकाहरु, तथा राजनीतिक नियुक्ति पाएकाहरुबाट एक महिना बराबरको तलब बाढी पहिरो पिडितहरुलाइ

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो । बैठकले विगत केही दिनदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षा पछि आएको बाढी–पहिरो तथा डुबानका कारण सयौं दिदीबहिनी तथा दाजुभाईहरुले जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो…

अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाहरुमा राहत र उद्धारको काममा समन्वय गर्न जन संगठनहरुलाई जिल्लाको जिम्मेवारी बाँडफाड

प्रेस विज्ञप्ति नेकपा (एमाले) सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने संगठन मोर्चा संगठनको बैठक प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा आज बस्यो ।  बैठकले केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढी–पहिरोका कारण जीवन गुमाएका दिदी–बहिनी तथा दाजुभाइहरुप्रति श्रद्धाञ्जलि…

प्रदेश नं. २ का सबै पार्टी कमिटी, जनसंगठन र पार्टी कार्यकर्ताहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न निर्देशन

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्यो । बैठकमा प्रदेश नं. २ का ८ वटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामहरुको रिपोर्ट प्रस्तुत भयो । प्रदेश नं. २ मा खट्नुभएका पार्टीका केन्द्रीय पदाधिकारीहरुको रिपोर्ट अनुसार उक्त प्रदेशमा नेकपा (एमाले)का…

नवनिर्वाचित स्थानीय तहका पदाधिकारीहरुका लागि बजेट निर्माण तथा योजना तर्जुमा सम्बन्धी प्रारम्भिक मार्गदर्शन

‘स्थानीय निकायहरु भविष्यमा बिस्तारै आफ्नो विकास, निर्माण र आफ्नो क्षेत्रका समस्याहरू हल गर्नका निम्ति आफैं स्वावलम्बी हुन सकून्, आफैं निर्णायक ढङ्गले जान सकून् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा, मानवीय श्रमशक्ति र अरु जे साधनस्रोत छ, त्यो साधनस्रोतलाई ठीक ढङ्गले प्रयोग गर्नसक्नेबनून् भन्नका निम्ति हामी स्थानीय निकायहरुलाई स्वायत्त शासनको निकायका रुपमा…

स्थायी कमिटी बैठक समपन्न , पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद्

नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष निवास भक्तपुर बालकोटमा आज बस्यो । बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा हिजो सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव यसप्रकार छः गत वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना भइरहFदा…