तेस्रो राष्ट्रिय महाधिवेशन र नेकपामा विभाजन

दरभंगा प्लेनमको विपरित नेतृत्व तहबाट काम हुन थालेपछि उक्त प्लेनमद्वारा निर्धारित पाचवटै जोन (क्षेत्र) का प्रतिनिधिहरू सामेल भई २०१८ साल भदौमा अन्तर जोन सामञ्जस्य समितिको गठन भयो । यसको गठन पार्टीका बहुसंख्यक सदस्यहरूको प्रतिनिधित्व हुने गरी विभिन्न जिल्लाको सक्रियतामा भएको थियो ।

पूर्वकोशी प्रान्तिय कमिटीको पुनर्गठन बैठक क. तुलसीलालको उपस्थिितिमा सिलगुढीमा बस्यो। त्यो प्रान्तिय कमिटीको सचिवमा क. भरतमोहन अधिकारी छानिनु भयो। त्यसपछि पश्चिम कोशी प्रान्तिय कमिटी पुनर्गठन भयो । तर यी कमिटीहरुको विपक्षमा रहेकोले अन्तरजोन सामञ्जस्य समिति पनि केन्द्रीय समितिको विरोधमा उत्रियो। अन्तरजोन सामञ्जस्य समितिको सचिव क. तुलसीलाल छानिनु भयो, यही समितिको निर्णय अनुरुप क. पुष्पलाललाई लिन जाने र जेलमा रहनु भएका क. मनमोहन अधिकारीलाई जेलबाट भगाउने समेत योजना बन्यो।

अन्तरजोन सामञ्जस्य समितिको आयोजनामा २०१९ साल, बैशाख ४–१५ मा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भयो । अन्तरजोन सामञ्जस्य समितिको तर्फबाट समितिका सचिव क. तुलसीलाल अमात्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई महाधिवेशनले पारित ग¥यो । महाधिवेशनले ५१ सदस्यीय राष्ट्रिय परिषद र ७ सदस्यीय सचिवालय (राजनीतिक समिति) निर्माण ग¥यो । त्यसको महासचिवमा क. तुल्सीलाल अमात्य चुनिनु भयो ।

तेस्रो महाधिवेशनको मूख्य विवाद भनेको तत्कालिक नारामा केन्द्रीत थियो, कार्यक्रम होईन। अन्तरजोन सामञ्जस्य समितिको तर्फबाट क. तुलसीलालले संप्रभुता संपन्न संसद स्थापना (सुप्रिम एण्ड सोभरन पार्लियामेण्ट) को माग प्रस्तुत गर्नु भयो। क. पुष्पलालले विघटित संसदको पुनरस्थापना (रेस्टोरसन अफ भेरी पार्लियामेण्ट) को माग राख्नु भयो। यसै गरी जेलमा रहनु भएको मोहन विक्रम सिंहको तर्फबाट संविधान सभा (कन्स्टीचयेयण्ट असेम्ल्वी) को माग राखियो। छलफल पछि संप्रभुता संपन्न संसद स्थापनाको माग अत्यधिक बहुमतले पारित भयो।

क. तुलसीलाल अमात्यद्वारा प्रस्तुत पार्टी कार्यक्रम राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम मा कसैको पनि विरोध थिएन, किनकी चीन र रुसका कम्युनिष्ट पार्टी सहित मास्कोमा भएकोबैठकले नेपाल जस्तो देशका लागि राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गरेका थिए। तेस्रो राष्ट्रिय महाधिवेशनले वास्तवमा त्यसलाई समावेश मात्र गरेको थियो। तर पार्टीमा विवाद बढ्दै गएपछि क. पुष्पलालको समेत कार्यक्रमिक विवाद नगर्ने र छिटो संघर्षमा जाने सहमतिका विपरित आवश्यक छलफल नै नगराई राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गरिएको भन्ने भनाइ रह्यो ।

महाधिवेशनद्वारा व्यक्त गरिएको एक भएर जाने प्रतिबद्धता लामो समयसम्म कायम रहन सकेन । महाधिवेशन पश्चात् केन्द्रीय समितिको विस्तारित बैठकले टिमको भावना कायम गर्नका लागि ६ सूत्रीय आचारविधि पनि तय ग¥यो । पुष्पलाल र तुल्सीलाललाई संयुक्त रूपमा कार्यालय सञ्चालन गर्ने जिम्मा दियो । छैटौं केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौथो महाधिवेशनको तयारी गर्ने जिम्मा क. तुल्सीलाललाई दियो । तर नेतृत्व तहको बढ्दो गुटबन्दीका कारणले त्यो सम्झौता र सहमति कार्यान्वयन हुन सकेन । त्यही समयमा तुल्सीलालले कुन बाटो ? नामक पुस्तिका प्रकाशित गर्नु भयो । त्यसको जवाफमा क. पुष्पलालले मूलबाटो नामक पुस्तिका निकाल्नु भयो । अन्तर संघर्षमा परेका नेकपालाई १९६२ पछि चर्किंदै गएको रुस र चीन विवादले पनि गम्भीर असर पा¥यो ।

नेकपाको फुट र विभाजन

तेस्रो महाधिवेशनपछि पार्टी केन्द्र पूर्ण रूपमा निस्क्रिय र निस्तेज बन्न पुग्यो । विभिन्न तहका कमिटीहरूले आपूmलाई केन्द्रबाट स्वतन्त्र घोषणा गर्न थाले । तेस्रो महाधिवेशनद्वारा कार्वाहीमा परेको रायमाझी गुटले २०२३ सालमा तेस्रो केन्द्रीय सम्मेलन गरी राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम अघि सा¥यो र विधानमा संशोधन गरी तेस्रो महाधिवेशन गर्ने निर्णय ग¥यो । त्यसले २०२४ सालमा तेस्रो महाधिवेशन गरी केन्द्रीय नेतृत्व छान्ने काम ग¥यो । जेलमा रहेका मनमोहन र शम्भुरामलाई पनि केन्द्रीय समितिमा समावेश गर्ने काम ग¥यो ।

२०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनद्वारा गठित केन्द्रीय कार्यकारिणी समिति विवादका कारणले निस्क्रिय रहेको अवस्थामा २०२४ सालमा पुष्पलाल पक्षबाट केन्द्रीय समिति निर्माण गर्दै एउटा कन्भेन्सन को आयोजना गरियो । त्यसले क. पुष्पलालद्वारा प्रस्तुत गरिएको पार्टी सिंहावलोकन दस्तावेजलाई मस्यौदाका रूपमा पारित ग¥यो । २०२५ साल जेष्ठमा यस समूहले तेस्रो सम्मेलन गरी बेग्लै पार्टी केन्द्रको घोषणा ग¥यो र पुष्पलाल महामन्त्री हुनुभयो ।

छरिएर रहेका कम्युनिस्टलाई एक सूत्रमा बाधी पार्टी महाधिवेशन वा सम्मेलन गरी केन्द्रीय कमिटीको गठन गर्ने उद्देश्यले जेलमा रहेका नेताहरू छुटेर आएपछि २०२८ साल मंसीर २० गतेका दिन केन्द्रीय न्यूक्लियसको गठन भयो । केन्द्रीय न्यूक्लियसले मनमोहन, शम्भुराम र मोहनविक्रमलाई कार्यालय सञ्चालन गर्ने जिम्मा दियो । केन्द्रीय न्यूक्लियसले मनमोहन र शम्भुरामलाई पुष्पलालसग एकता वार्ता गर्ने जिम्मा दियो । तर शम्भुरामले पुष्पलाललाई पार्टी भंग गर्ने प्रस्ताव राखेका कारणले वार्ता असफल भयो । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले गठित न्यूक्लियस आपैm एकीकृत बन्न सकेन । अन्ततोगत्वा केन्द्रीय न्यूक्लियसको एउटा पक्षले मोहनविक्रमको नेतृत्वमा २०३१ साल भदौ ३० देखि असोज ७ गतेसम्म भारतमा चौथो महाधिवेशन ग¥यो । र अर्को पक्षले २०३६ सालमा एकता सम्मेलन गरी नेकपाको घोषणा ग¥यो । नेकपाको फुट र विभाजनका कारणले एक समयमा डेढ दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी देखा परे । अहिले त्यो संख्या घटेर करिब ६ पुगेको छ ।
» तृतीय महाधिवेशनको राजनीतिक प्रस्ताव
 

नवयुग

ठेगाना