सातौं राष्ट्रिय महाधिवेशन

पार्टीको सातौं राष्ट्रिय महाधिवेशन २०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न भयो । प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनका विरुद्ध अग्रगामी निकास महाधिवेशनको मूल नारा (थेम) तोकिएको थियो ।

महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न स्थायी कमिटीका सदस्य क. भरत मोहन अधिकारीको संयोजकत्वमा २५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

बाह्र विगाहा रंगभूमि मैदानमा विशेष समारोहका बीच झण्डोत्तोलन गरी महाधिवेशनको विधिवत उद्घाटन गर्नुहुदै महासचिव माधवकुमार नेपालले सातौं महाधिवेशन उच्च प्रजातान्त्रिक विधि अवलम्बन गरिएको पार्टी एकताको महाधिवेशन हुने उद्घोष गर्नुभएको थियो । सातौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा कुल १ हजार १२ प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो । । १ सय ७ जना उम्मेदवारमध्येबाट महाधिवेशनले पूर्ण ४३ र वैकल्पिक १२ गरी ५५ सदस्यको केन्द्रीय कमिटीको निर्वाचन गरेको थियो ।

 

नवयुग

ठेगाना