चौथो राष्ट्रिय महाधिवेशन

नेकपा (माले) द्वारा २०४६ साल भाद्र ९–१४ मा सगरमाथा अञ्चलको सिराहा जिल्लामा भूमिगत रूपमा नेकपाको चौथो महाधिवेशन सम्पन्न गरियो । महाधिवेशनले राजनीतिक प्रतिवेदन, कार्यक्रम र संगठनात्मक प्रस्ताव पारित गर्नुका साथै विभिन्न विषयमा महŒवपूर्ण प्रस्ताव पारित ग¥यो । महाधिवेशनले नीति, सिद्धान्त र कार्यक्रमका क्षेत्रमा स्पष्टता हासित गर्दै संयुक्त जनआन्दोलन सम्बन्धी सुस्पष्ट दृष्टिकोण अघि सा¥यो । महाधिवेशनले कम्युनिस्ट शासन व्यवस्थामा पनि बहुदलीयता कायम गर्नु पर्दछ भन्ने नया दृष्टिकोण अघि सा¥यो । कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिक गर्दै प्रतिस्पर्धा एवं पहलकदमीका आधारमा प्रजातान्त्रिक आन्दोलनमा पार्टीको भूमिका स्थापित गर्नु पर्दछ भन्ने मान्यता बनायो । २०४६ सालमा संयुक्त जनआन्दोलन संचालनका लागि संयुक्त बाममोर्चा गठन गर्ने र प्रजातान्त्रिक आन्दोलनका लागि नेकासग कार्यगत एकता कायम गर्ने कुरामा चौथो महाधिवेशनको महŒवपूर्ण योगदान रहेको छ ।

चौथो महाधिवेशनले क. मदन मण्डारीलाई महासचिव निर्वाचित ग¥यो । नेपालको कम्युनिस्ट आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनमा जननेता मदन भण्डारीले जुन भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नु भयो, त्यसको श्रेय चौथो महाधिवेशनलाई दिनु पर्दछ । नेकपाको चौथो महाधिवेशन कम्युनिस्ट आन्दोलन भित्रको एउटा घटक नेकपा (माले) ले आयोजना गरेको भए पनि नेपालको राजनीतिमा यसको दूरगामी प्रभाव रह्यो।

» चौथो राष्ट्रिय महाधिवेशनद्वारा पारित दस्तावेजहरू

नवयुग

ठेगाना