आठौ राष्ट्रिय महाधिवेशन

आठौ राष्ट्रिय महाधिवेशन

नेकपा (एमाले)को आठौ राष्ट्रिय महाधिवेशन २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा भव्यतापूर्वक सम्पन्न भयो । व्यापक जनपरिचालन र राष्ट्रियस्तरका प्रमुख नेताहरूको उपस्थितिका हिसाबले उद्घाटनसत्र एमालेको महाधिवेशन मात्र थिएन, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वीकारोक्ति थियो– ‘यो एमालेको महाधिवेशनको उद्घाटन समारोह भए पनि वास्तवमा देशको महाधिवेशन हुनपुगेको छ ।’ यस कथनले उद्घाटनको भव्यतालाई प्रस्ट ग¥यो ।

 


फागुन ६ गते:
फागुन ६ गते बिहानैदेखि बन्दसत्रको सुरुवात हुने कार्यक्रम थियो । तर, प्राविधिक गडबडी (खासगरी माइक र बिजुलीको समस्या)ले बन्दसत्रको आरम्भ हुनै ढिलो भयो । स्थायी कमिटीका सदस्य ईश्वर पोखरेलले बन्दसत्रको सुरुवात गर्दै सञ्चालन गर्नुभयो । निवर्तमान महासचिव झलनाथ खनालले आफ्नो मतव्यसहित केन्द्रीय कमिटीको विघटनको प्रस्ताव गर्नुहुदा दिउसो २ बजिसकेको थियो । सञ्चारकर्मीहरूको उपस्थितिमा बन्दसत्रको आरम्भ गरियो, जसले नौलो अभ्यासको अनुभूति गरायो ।

 

बन्दसत्र सञ्चालनका निम्ति अमृतकुमार बोहराको अध्यक्षतामा सहाना प्रधान, भरतमोहन अधिकारी, मोदनाथ प्रश्रित, अशोक राई, विद्या भण्डारी, रामचन्द्र झा, पृथ्वीसुब्बा गुरुङ, महेश चौधरी, रामप्रित पासवान र मोहनसिंह राठौर सदस्य रहेको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरियो । अध्यक्ष मण्डलको सहयोगका लागि ईश्वर पोखरेल, प्रदीप नेपाल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, भीम रावल, शङ्कर पोखरेल, विष्णु रिमाल, राजेन्द्र श्रेष्ठ, रघुवीर महासेठ, उर्मिला अर्याल र हेमराज राई रहनुभएको स्टेरिङ् कमिटी बनाइयो । यस्तै, युवराज कार्की, राजेन्द्र पाण्डे, राधा ज्ञवाली, सुरेश कार्की, प्रकाश ज्वाला, रवीन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु पण्डित र शेरबहादुर तामाङ रहेको माइन्यूट कमिटी बन्यो । साथै, गोविन्द कोइराला, उर्वादत्त पन्त, वेदुराम भुसाल, विन्दा पाण्डे, दलबहादुर राना, गोपाल ठाकुर, रामलाल काफ्ले, हर्कबहादुर सिंह र बोमबहादुर खड्कासहितको बहसनोट कमिटी गठन गरियो ।

अध्यक्ष मण्डल अन्तर्गत नै १७ सदस्यीय निर्वाचन कमिटी बन्यो, जसको संयोजक गोविन्द ज्ञवाली र सचिव हरिकृष्ण कार्की रहनुभयो । सदस्यहरूमा रमेश बडाल, श्रीमण गौतम, रमेशप्रसाद राजभण्डारी, वामदेव ज्ञवाली, रामबहादुर निरौला, उद्धवप्रसाद काफ्ले, विष्णुमाया भुसाल, इन्दु आचार्य, रञ्जु ठाकुर, कृष्णभक्त पोखरेल, शङ्कर सुवेदी, अफिलाल अखेडा, लक्ष्मण कुवर, कुलप्रसाद नेपाल र कृष्ण आङदेम्बे रहनुभयो । निर्वाचन कमिटीमा रहनुभएका अग्नि खरेलले पछि राजीनामा दिई केन्द्रीय कमिटीको सदस्यमा उम्मेदवारी दिनुभयो । त्यस क्रममै कमिटीमा केही सदस्यहरू थप गरिएको थियो ।

बन्दसत्रको पहिलो दिन, मुख्यतः विदेशी अतिथिहरूको मन्तव्यमा केन्द्रित रह्यो । अध्यक्ष मण्डलले बन्दसत्रको कार्य सञ्चालन अघि बढाएलगत्तै विदेशी पाहुनाहरूलाई मन्तव्यका निम्ति अनुरोध गरियो । खासगरी उद्घाटनसत्रमा मन्तव्य राख्न बाकी रहेका विभिन्न देशका विभिन्न पार्टीका प्रतिनिधिमण्डलका नेताद्वारा मन्तव्य राखियो । भारत, बङ्गलादेश, पाकिस्तान, इराक, श्रीलङ्का, जर्मनी, ग्रीस, नर्वे, स्वीडेन, भियतनामलगायतका देशबाट आएका भाइचारा पार्टीका प्रतिनिधिमण्डलका नेताहरूको मन्तव्यमा आठौ महाधिवेशनको सफलताको शुभकामनाका साथै आ–आफ्नो देशको आन्दोलनको सङ्क्षिप्त चर्चा गरिएको थियो । १४ देशका २२ पार्टीका ४० प्रतिनिधिहरूको उपस्थितिमा गरिएको ‘शुभकामना मन्तव्य’ राख्ने क्रममा बन्दसत्र सञ्चारमाध्यमका लागि समेत खुला गरियो ।

 


फागुन ७ गते:
बन्दसत्रको दोस्रो दिन फागुन ७ गते विघटित केन्द्रीय कमिटीका तर्फबाट निवर्तमान महासचिव कमरेड झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाले प्रतिवेदनका मूलभूत राजनीतिक÷सैद्धान्तिक प्रस्तावनामाथि प्रकाश पार्दै करिब तीन घन्टा लामो मन्तव्यका क्रममा पार्टीको पुनःनिर्माण र पुनःगठनमा विशेष जोड दिनुभयो । यसरी केन्द्रीय कमिटीका तर्फबाट सर्वसम्मतिले एउटै दस्तावेज प्रस्तुत गरिएकाले मुख्य राजनीतिक एजेन्डामा नेतृत्व तहको सहमति र एकता प्रदर्शन भयो । नेकपा (एमाले)को छैटौ र सातौ महाधिवेशनको अनुभव र शिक्षाका आधारमा उभिएर हेर्दा आठौ महाधिवेशनमा प्रस्तुत गरिएको एउटै दस्तावेज पार्टीको वैचारिक र नीतिगत एकताको महŒवपूर्ण आधार बन्यो ।

 

राजनीतिक प्रतिवेदनको प्रस्तुतिपश्चात् विघटित केन्द्रीय कमिटीका तर्फबाट निवर्तमान सङ्गठन विभाग प्रमुख अमृतकुमार बोहराले ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्नुभयो । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहितको ‘बहुपदीय व्यवस्था’का साथै ‘राष्ट्रिय प्रतिनिधि परिषद्’को गठनलगायतका नया प्रस्ताव राख्दै सातौ महाधिवेशनद्वारा पारित विधानलाई अद्यावधिक गर्न जोड दिइएको थियो । यस प्रस्तावले ‘पार्टीलाई बहुपदीय व्यवस्थापन अन्तर्गतको सामूहिक नेतृत्वमा अघि बढाउन र पार्टीको आन्तरिक लोकतान्त्रीकरण गर्न’ प्रस्तावित गरेको संशोधन महाधिवेशनको उल्लेखनीय पक्ष रह्यो ।

आठौ महाधिवेशनको नौलो अभ्यास अन्तर्गत विभिन्न नेताहरूद्वारा प्रस्तुत विचार र दृष्टिकोणलाई ‘फरक वा भिन्न होइन पूरक प्रस्ताव’का रूपमा बन्दसत्रमा राखियो । यस सिलसिलामा शङ्कर पोखरेलले ‘पार्टीको लोकतान्त्रीकरणका लागि १५ प्रस्ताव’ प्रस्तुत गर्नुभयो । घनश्याम भुसालले ‘केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथिको पूरक प्रस्ताव’ प्रस्तुत गर्नुभयो ।

यसै क्रममा गुरु बरालले ‘राजनीतिक प्रतिवेदनले दिशानिर्देश गर्न नसकेका पक्ष तथा थप गर्नुपर्ने विषयहरू’ बन्दसत्रमा पूरक प्रस्तावकै रूपमा राख्नुभयो । डा. पुष्प कडेलले ‘महासचिवको प्रतिवेदनको सङ्घीयतासम्बन्धी विषयमा फरक मत’ भनी पुस्तिका छापेर वितरण गर्नुभएको थियो । तर, बन्दसत्रमा ‘आफू डराइडराई उपस्थित भएको’ बताउदै ‘पूरक प्रस्तावका रूपमा’ नै प्रस्तुत गर्नुभयो । वेदुराम भुसालले आफूलगायतको ‘विधान संशोधनमा थप प्रस्तावहरू’ प्रस्तुत गर्नुभयो भने मोहनचन्द्र अधिकारीले ‘नेपाली क्रान्तिको बाटो शान्तिपूर्ण नभई सशस्त्र सङ्घर्ष नै हुने’ मान्यतासहितको आफ्नो प्रस्ताव प्रस्तुत गर्नुभयो ।

यसरी एमालेभित्र रहेका सम्पूर्ण विचार, धारणा र दृष्टिकोणहरू बन्दसत्रमा प्रस्तुत गरियो । त्यस स्थितिले ‘सयौ फूलहरू फुल्न देऊ’ भन्ने माओको उक्तिलाई अभिव्यक्ति दिइरहेको अनुभूति हुन्थ्यो । ‘एमाले सयौ फूलहरू फुलिरहेको सुन्दर बगैचा रहेको’ तथ्य प्रस्ट हुन्थ्यो । विभिन्न विचार÷प्रस्तावहरूको प्रस्तुतिपश्चात् महाधिवेशन प्रतिनिधिहरू

(१८२०)लाई २० वटा अलग–अलग समूहमा विभाजन गरियो । विभिन्न समूहले त्यसै दिन टोली नेता, उपनेता र प्रतिवेदकहरू चयन गर्नुका साथै प्रारम्भिक छलफल चलाए । र, बन्दसत्रले फागुन ७ को ऐतिहासिक सन्दर्भसम्बन्धी प्रस्ताव तथा सातौ महाधिवेशनयता केन्द्रीय कमिटीले गरेका निर्णयहरू अनुमोदनसम्बन्धी विशेष प्रस्ताव पारित ग¥यो ।

 


फागुन ८ गते:
समूहगत छलफल र निष्कर्ष प्रस्तुतिका क्रममा फागुन ८ र ९ गते दुई दिन पूरै लाग्यो । ८ गते दिउसोदेखि बन्दसत्रको हलमा समूह प्रतिवेदन प्रस्तुत गर्न थालियो । २० वटा समूहमध्ये १. गणेश काम्बाङ (मेची), २. राजेन्द्र गौतम (कोसी), ३. सुमनराज प्याकुरेल (सगरमाथा), ४. शङ्करनाथ शर्मा (जनकपुर), ५. अनन्त पौडेल (नारायणी), ६. योगेश भट्टराई (उपत्यका), ७. अरूण नेपाल (वाग्मती), ८. खगराज अधिकारी (गण्डकी), नवराज शर्मा (धौलागिरि), १०. कमलराज श्रेष्ठ (माथिल्लो लुम्बिनी), ११. लीला गिरी (समथर लुम्बिनी), १२. देवराज भार (भेरी), १३. छविलाल ओली (राप्ती–कर्णाली), १४. दिनेशचन्द्र सुवेदी (सेती–महाकाली), १५. दिनेश घिमिरे (सम्पर्क–प्रवास), १६. इन्द्रलाल सापकोटा (जनवर्गीय सङ्गठन), १७. भरत पहारी (केन्द्रीय फ्र्याक्सनहरू), १९. राजन भट्टराई (मनोनीत) र २०. केशवलाल श्रेष्ठ (केन्द्रीय निकाय)ले आ–आफ्नो समूहका प्रतिवेदन प्रस्तुत गर्नुभयो । समूहको क्रमबद्धताका आधारमा नभई छिटो प्रतिवेदन तयार गरी प्रस्तुत गरेका टोलीका आधारमा क्रमशः समूह प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

 

समूह प्रतिवेदन प्रस्तुतिका क्रममा बन्दसत्रको मञ्चमा कार्ल माक्र्सको मात्र तस्बिर राखिएकामा लेनिनको समेत समावेश गरिनुपर्ने सुझाव प्रायः सबैजसो समूहबाट आयो । त्यस विषयले निकै समय लियो । अन्ततः अध्यक्षमण्डलले लेनिनको तस्बिर ल्याउने बचनबद्धता प्रकट गरेपछि मात्रै प्रतिवेदन प्रस्तुतिको काम गतिका साथ अघि बढ्यो । र, ९ गते लेनिनको तस्बिरसमेत माक्र्ससगै मञ्चको पृष्ठभूमिमा समावेश भयो ।

समूह प्रतिवेदनमा पार्टीको स्वतन्त्र पहिचान र भूमिका, जनताको बहुदलीय जनवाद (जबज) को समृद्धि, कार्यशैलीमा रूपान्तरण र पार्टीको एकता र अग्रगतिका विषयमा प्रायः सबै समूहको समान जोड देखिन्थ्यो । ‘पार्टीको लोकतान्त्रीकरणका लागि १५ प्रस्ताव’ ग्रहण गर्न सबैजसोले जोड दिएका थिए । यस्तै, नेपाली समाजको चरित्र विश्लेषण सम्बन्धमा घनश्याम भुसालको पूरक प्रस्तावले अघि बढाएको बहसलाई व्यवस्थित रूपमा महा–बहस चलाउनसमेत धेरै समूहले सुझाव प्रस्तुत गरेका थिए । समग्रमा, पार्टीले भोग्नुपरेको चुनौती र समस्याको पहिचान तथा पार्टीको सुनिश्चित भविष्यका लागि विचार, एकता र अग्रगतिको महाधिवेशनका रूपमा आठौ महाधिवेशन सम्पन्न हुनुपर्ने समूह–प्रतिवेदनहरूको साझा निष्कर्ष थियो । यस्ता समूहमा ४० देखि १ सय २ जनासम्म प्रतिनिधिहरूलाई समावेश गरिएको थियो ।

 


फागुन ९ गते:
महाधिवेशनको पाचौ दिन अर्थात् फागुन ९ गते दिउसोसम्म बन्दसत्रको माहोल नीतिगतभन्दा बढी नेतृत्व चयनतर्फ लक्षित भइसकेको थियो । पत्रपत्रिकाहरूले आ–आफ्नो अनुकूलताका ‘प्यानल’हरू खडा गरिरहेका थिए । अध्यक्ष पदमा झलनाथ खनाल र केपी शर्मा ओलीबीच टक्कर पर्ने सञ्चारमाध्यमहरूको आकलन थियो भने सर्वसम्मति हुदा पूर्वमहासचिव माधवकुमार नेपाल अध्यक्ष बन्नसक्ने सम्भावना पनि औल्याइरहेको अवस्था थियो ।,

 

तर, ढिलो गरी भए पनि राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न, प्रस्तुत सुझाव र पूरक प्रस्ताव आदिमा केन्द्रित भई निवर्तमान महासचिव झलनाथ खनालले आफ्नो प्रत्युत्तर–मन्तव्य राख्नुभयो । उहाले सम्पूर्ण राम्रा सुझावहरूलाई पार्टीले ग्रहण गर्ने र मूल प्रतिवेदनलाई पूर्णता दिने बताउनुभयो । नेपाली समाजको चरित्र विश्लेषण सम्बन्धमा चाहि अझ बहस गर्नुपर्ने र त्यसका निम्ति पूरक–प्रस्तावलाई जिल्ला कमिटी तहसम्म छलफलमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विधान संशोधन प्रस्तावमाथिका प्रश्न, जिज्ञासा र सुझावहरूका साथै पूरक प्रस्तावका अवधारणासमेत समेटेर निवर्तमान सङ्गठन विभाग प्रमुख अमृतकुमार बोहराले अध्यक्षसहित सम्पूर्ण पद र सदस्यहरू हलबाट प्रत्यक्ष मतदानद्वारा चुनिने, उपाध्यक्ष तीन र सचिव तीन जनाको व्यवस्था गरिनेलगायतको सहितको निष्कर्ष प्रस्तुत गर्नुभयो । त्यसक्रममा महिला र जनजाति प्रतिनिधिहरूले आ–आफ्नो प्रतिनिधित्व बढाउन माग गर्दै अध्यक्षमण्डल र नेताहरूलाई दबाबस्वरूप घेराउसमेत गरे । तर, प्रतिनिधिहरूको बुझाइ र संशोधन प्रस्तावले आत्मसात् गरेको कुरामा खासै अन्तर नरहेको प्रस्ट गरिएपश्चात् विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित भयो ।

यसरी राजनीतिक प्रतिवेदन र विधान पारित भएपश्चात् सिङ्गो ‘एमालेपङ्क्ति’लाई विचारका आधारमा एकताबद्ध बनाउने अभियान पूरा भयो ।

 


फागुन १० गते:
बन्दसत्र परिसरमा सर्वसम्मतिको प्रयत्नस्वरूप बिहानैदेखि हस्ताक्षर अभियान थालिएको थियो । वास्तवमा, त्यस दिन समूह छलफल र पूरक प्रस्ताव आदिका क्रममा उठेका विषयवस्तुका सम्बन्धमा विघटित केन्द्रीय कमिटीका तर्फबाट निवर्तमान महासचिव र सङ्गठन विभाग प्रमुखले प्रत्युत्तर दिने कार्यक्रम थियो । तर, लुम्बिनीका प्रतिनिधिहरू सर्वसम्मतिका निम्ति तीनैजना नेताहरूसग प्रतिबद्धता खोजिरहेका थिए भने मूल व्यवस्थापन समितिका सचिव रामनाथ ढकाल नेताहरूकै उपस्थितिमा सर्वसम्मति नभए आफू उम्मेदवार नबन्ने भाषण गर्दै हुनुहुन्थ्यो । सर्वसम्मतिका लागि थालिएको हस्ताक्षर अभियान अन्तर्गत १ हजार ४ सय जनाको हस्ताक्षर पुगिसकेको चर्चा छदै थियो । उल्लिखित परिवेशले गर्दा बन्दसत्रको काम–कारबाहीसमेत प्रभावित नभइरहन सकेन ।

 

स्टेरिङ् कमिटीका तर्फबाट भीम रावलले प्रस्ताव राख्नुभयो– ‘केन्द्रीय कमिटी १ सय १५ सदस्यीय हुनेछ, जसमा ८५ पूर्ण र ३० वैकल्पिक सदस्य हुनेछन् । त्यसमध्ये ५५ प्रतिशत खुला र ४५ प्रतिशत आरक्षण अन्तर्गत सदस्य चुनिनेछन् ।

४५ प्रतिशत समावेशी अन्तर्गत ५२ पूर्ण र २६ वैकल्पिक सदस्य हुनेछन् । त्यसमध्ये महिला २८ प्रतिशत (आठ पूर्ण र सात वैकल्पिक गरी १५ जना), दलित १३ प्रतिशत (तीन पूर्ण र चार वैकल्पिक गरी जम्मा सात जना), मजदुर चार प्रतिशत (एक पूर्ण र एक वैकल्पिक गरी दुई जना), मधेसी–२१ प्रतिशत (पाच पूर्ण र छ वैकल्पिक गरी ११ जना) आदिवासी जनजाति–२५ प्रतिशत (सात पूर्ण र छ वैकल्पिक गरी १३ जना), पिछडिएको क्षेत्र चार प्रतिशत (एक पूर्ण र एक वैकल्पिक गरी दुई जना), मुस्लिम चार प्रतिशत (एक पूर्ण र एक वैकल्पिक गरी दुई जना) चुनिनेछन् । १६ अञ्चल (१४ अञ्चल तथा उपत्यका र भारत प्रवास)बाट एक÷एक जना पूर्ण गरी १४ जना र खुला ४७ (४३ पूर्ण र चार वैकल्पिक) चुनिनेछन् ।’ अनुशासन आयोग १७ सदस्यीय र लेखा परीक्षण आयोग १५ सदस्यीय हुनेसमेत प्रस्ताव गरियो । ,

उहाले समावेशीकरणसहितको केन्द्रीय कमिटीको प्रस्ताव प्रस्तुत गरी पारित गर्न अनुरोधसमेत गर्नुभयो । त्यसपछि अध्यक्षमण्डलका तर्फबाट सञ्चालक अशोक राईले ‘नेपालको मात्र नभएर विश्वकै राजनीतिक पार्टीहरूको सन्दर्भमा यो अभूतपूर्व समावेशीकरण हो’ भन्दै ताली बजाएर प्रस्ताव पारित गर्न आह्वान गर्नुभयो । त्यसपछि हलले करतल ध्वनिका साथ नेतृत्व–चयनको निर्वाचन क्षेत्र र सङ्ख्यासहितको प्रस्ताव पारित ग¥यो । वास्तवमा, यो प्रक्रिया जति जटिल र असहज होला भन्ने धेरैलाई लागेको थियो, ज्यादै सहज र एकताबद्ध रूपमा अघि बढ्यो ।

यसबाट एकातिर नेतृत्व चयनको ढोका खुला भयो भने अर्कोतिर पार्टीपङ्क्तिको एकता र परिपक्वतासमेत सुझबुझ प्रदर्शित भयो ।

 


निर्वाचन–प्रक्रियाका चार दिन (फागुन ११–१४ गते):
अध्यक्ष, उपाध्यक्ष–तीन, महासचिव र सचिव–तीनसहित १ सय १५ सदस्यीय केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग–अध्यक्ष एक र सदस्य १६ तथा लेखापरीक्षण आयोग–१५ सदस्यका लागि निर्वाचन कमिटीले उम्मेदवार मनोनयन दर्ताको प्रक्रिया आरम्भ ग¥यो । र, करिब चार सयको उम्मेदवारी मनोनयन भयो ।

 

सोही दिन सर्वसम्मतिले नेतृत्व चयन होस् भन्ने हस्ताक्षर अभियानका सन्दर्भमा अध्यक्षमण्डलको अनुमतिले जगन्नाथ खतिवडाले आफ्नो मन्तव्य राख्नुभयो । र, सङ्कलित हस्ताक्षरहरू बुझाउनुभयो ।

त्यस्तै, पूर्वमहासचिव माधवकुमार नेपालले बन्दसत्रमा आफ्नो मन्तव्य राख्दै प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गरिए आफू उम्मेदवार नहुने धारणा राख्नुभयो भने केपी शर्मा ओलीले चुनावमा गएर केही नबिग्रिने मन्तव्यका क्रममा उल्लेख गर्नुभयो । दुवै नेताको मन्तव्यपश्चात् निर्वाचन प्रक्रिया अझ गतिका साथ अघि बढ्यो ।

उम्मेदवारी दर्तासगै प्रत्येक उम्मेदवार आ–आफ्ना पर्चासाथ चुनावी प्रचार अभियानमा जुटे । यो क्रम ११ गते बिहानैदेखि सुरु भयो र मतदान प्रक्रिया सुरु हुनुअघिसम्म कायमै रह्यो । उम्मेदवारका पर्चा इत्यादिले मूल प्रवेशद्वारदेखि बन्दसत्र हलबाहिरको सिङ्गो परिसर चुनावमय भयो ।

फागुन ११ गते दिउसो ४ बजे नया नेतृत्व चयनका निम्ति मतदान प्रक्रिया अघि बढ्यो । कुल ३ सय ७७ उम्मेदवारमध्येबाट १ सय १५ सदस्यीय नया केन्द्रीय कमिटी चयन गर्न १ हजार ८ सय २० प्रतिनिधिले मतदान गरे । तर, कुल मतदातामध्ये १ हजार ७ सय ८३ जना मात्रै मतदानमा सहभागी भए ।

फागुन १२ गते अपरान्ह १२ बजेदेखि मतगणना सुरु भयो र १३ गते ४३ खुला सदस्यबाहेकको मतगणना ५ बजे समाप्त भयो । तदनुरूप, अध्यक्षमा झलनाथ खनाल १ सय १७ मतको अन्तरले विजयी हुनुभएको घोषणा निर्वाचन आयोगले ग¥यो । र, १४ गते ३५ सदस्य (आठ पदाधिकारीबाहेक)को मतसमेत गणना ग®िसकिएपश्चात् महाधिवेशन समापन भयो ।

र, निर्वाचन कमिटीका संयोजक गोविन्द ज्ञवालीले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी, केन्द्रीय कमिटी, अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्यहरूलाई शपथग्रहण गराउनुभयो । र, आठौ महाधिवेशन भव्यतापूर्वक सम्पन्न भयो ।

» राजनीतिक प्रतिवेदन

नवयुग

ठेगाना