बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भारतका राष्ट्रपति प्रवण मुखर्जीबीच भेट

नेकपा (एमाले)का वरिष्ठ नेता, वैदेशिक मामिला विभाग मुख तथा पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपाल र भारतका महामहिम राष्ट्रपति श्री प्रवण मुखर्जीबीच आज बिहान ९ः३० बजे होटल ह्यात रिजेन्सीमा शिष्टाचार भेट भयो । भेटका अवसरमा दुई देशका आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको थियो । 

दुई देशका नेताहरू बिचको भेटघाटले अनुभवको आदान–प्रदान हुने र नेपाल भारतबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने र सुदृढ हुने विचार व्यक्त गर्दै महामहिम राष्ट्रपति मुखर्जीले पूर्व प्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । 

नेता नेपालले दुई देशबीच कायम रहेको अद्धितीय ऐतिहासिक सम्बन्धलाई आपसी हित र समृद्धिका लागि अझ सुदृढ पार्नुपर्ने विषयमा जोड दिनुभयो । ​

नवयुग

ठेगाना