​संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३

संविधान कार्यान्वयनका लागि 
जनपरिचालन अभियान– २०७३


    पार्टीले २०७३ कात्तिकदेखि माघसम्म संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान सञ्चालन गर्नेछ । देशका सबै भागमा सञ्चालन हुने यस अभियानको मुख्य उद्देश्य संविधान निर्माण र सरकार सञ्चालनमा पार्टी खेलेका नेतृत्वदायी भूमिकालाई स्थापित गर्नु, सरकारका रहँदा देश र जनताका पक्षमा हासिल उपलब्धिहरू जनताबीच प्रचारित गर्नु, पार्टीको जनाधारलाई अझ व्यापक र सुदृढ गर्नु, नयाँ संविधान अनुरूप पार्टीका सङ्गठनात्मक ढाँचाहरूलाई रूपान्तरित र सुदृढ गर्नु, संविधान कार्यान्वयन हुन नदिने, राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्ने, सामाजिक सद्भाव खल्बल्याउने र नेकपा (एमाले) का विरुद्ध भइरहेका षडयन्त्रहरूलाई भण्डाफोर गर्दै संविधानको रक्षा तथा कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नु तथा सबै तहको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिको रूपमा स्थापित गर्ने आधार तयार गर्नु हुनेछ । 
१.     अभियानको नामः यस अभियानको नाम ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३’ रहनेछ ।
२.    मूल नाराः अभियानको मूल नारा ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ रहनेछ ।
३.     अभियानको समयावधिः यो अभियान २०७३ कात्तिकबाट सुरु भएर २०७३ माघ मसान्तसम्म सञ्चालन हुनेछ ।
४.     अभियानको मूल उद्देश्यः 
क)     संविधानका मुख्य विशेषताहरू, तिनमा नेकपा (एमाले) का नीतिहरूको प्रभाव तथा हाम्रो पार्टीले संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिकाका सम्बन्धमा आम जनतालाई स्पष्ट पार्नु, 
ख)     नेकपा (एमाले) को नेतृत्वमा सञ्चालित पूर्ववर्ती सरकारको कार्यकालमा हासिल उपलव्धिका बारेमा जनतामाझ प्रचारित गर्नु । 
ग)     एमाले नेतृत्वको सरकार विस्थापनपछि सुरु भएको राजनीतिक कोर्स (धार) परिवर्तनसँगै उत्पन्न राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएको उदासीनता, अन्तर्राष्ट्रिय सम्बन्धमा वर्तमान सरकारका असन्तुलित नीतिहरू एवं तिनले नेपालको राष्ट्रियतामा पार्ने  असरका बारेमा जनतालाई सजग गर्नुु,
घ)     निर्वाचन तयारीमा भएको ढिलासुस्तीको विरोध गर्दै सबै तहको निर्वाचनका लागि जनदबाब सिर्जना गर्नु, 
ङ)     पार्टी पङ्क्तिलाई नवौं महाधिवेशनको कार्यदिशाबाट प्रशिक्षित गर्दै सबै तहका  निर्वाचनमा बहुमत प्राप्त पहिलो शक्ति बनाउन ऊर्जा प्रदान गर्नु,  
च)     नेपाली काङ्ग्रेसको सत्तालिप्सा र राजनीतिक अस्थिरता निम्त्याउने नीतिहरू,  नेकपा (माओवादी–केन्द्र) को अवसरवाद र मधेस–केन्द्रित दलहरूका सङ्कीर्णता तथा राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिका बारेमा आम जनतालाई स्पष्ट पार्नु,
छ)     राष्ट्रियता, राष्ट्रिय सम्प्रभुता, राष्ट्रिय स्वाभिमान, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता एवम् आत्मनिर्भरता, स्वाधीनता जस्ता मूल्यहरूलाई प्रवद्र्धन गर्नु,  ।
ज)     पार्टी केन्द्रीय कमिटीको सातौं बैठकबाट पारित विशेष प्रस्तावको मार्गदर्शनमा पार्टीको आन्तरिक जीवनलाई थप सुदृढ र एकतावद्ध बनाउनु ।
झ)     नयाँ संविधान अनुरूप पार्टीका सङ्गठनात्मक ढाँचा र कार्यशैलीलाई रूपान्तरित र सुदृढ गर्नु ।
५.    अभियान अवधिमा सञ्चालित हुने कार्यक्रमका स्वरूपः 
क)     बैठक
कात्तिक १५ गतेभित्र प्रदेश सङ्गठन कमिटी, जिल्ला कमिटी तथा मोर्चा आवद्ध जनसङ्गठनहरूको बैठक बसी आफ्नो कार्यक्षेत्रभित्रको अभियानको कार्ययोजना निर्माण गर्ने । उक्त योजना अविलम्ब केन्द्रीय सचिवालयमा पठाउने । 
  • पार्टीका जिल्ला, निर्वाचन क्षेत्र, इलाका र शाखास्तरसम्मका बैठक आयोजना तथा योजना निर्माण गर्ने ।
  •  जनसङ्गठनका कम्तीमा निर्वाचन क्षेत्रतहसम्मका बैठक आयोजना तथा योजना निर्माण गर्ने ।
ख)  प्रदेशमा भेला र प्रशिक्षण
  •    कार्तिक महिना मसान्तभित्रमा सातवटै प्रदेशमा पार्टीका अगुवा कार्यकर्ताको प्रशिक्षण भेला आयोजना गर्ने । 
  •   जिल्ला, निर्वाचन क्षेत्र, इलाका र शाखास्तरसम्मका भेला तथा प्रशिक्षण आयोजना गर्ने ।
  •   जनसङ्गठनका कम्तीमा निर्वाचन क्षेत्रतहसम्मका भेला तथा प्रशिक्षण आयोजना तथा योजना निर्माण गर्ने ।
  •   यसका अलावा पनि विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षणहरू आयोजना गर्ने ।
  •   बैठक र भेलामा पार्टीको एकता सुदृढीकरण सम्बन्धी विशेष प्रस्तावको भावना अनुरूप परिचालन हुन निर्देशित गर्ने । पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरू स्थानीय तहमै समाधान गर्न ठोस कार्ययोजना बनाउने र लागू गर्ने ।
ग)     अन्तरक्रिया, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम
  •   वौद्धिक समुदाय, नागरिक अगुवा, अधिकारकर्मी र सञ्चारमाध्यमहरूसँग नियमित रूपमा अन्तरक्रिया, विचार गोष्ठी र संवाद आयोजना गर्ने ।
  •   केन्द्रीय तहमा पार्टीका केन्द्रीय विभाग, जनसङ्गठन र सरोकारवाला  सङ्घसंस्थाहरूले विचार गोष्ठी, अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने ।
  •    दशैं, तिहार, छठ र नेपाल सम्बत् नयाँ बर्षको सन्दर्भहरू पारेर केन्द्र तथा स्थानीय स्तरमा चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने ।
  •  तराई– मधेसका विभिन्न स्थानमा छठको अवसर पारेर बृहत् चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने । ती कार्यक्रमहरूमा पार्टी अध्यक्षलगायत शीर्ष नेताहरू सहभागी हुने  ।
घ)     जनसभा र ¥यालीहरू
ड्ड    कार्यक्रमको अन्त्यमा निम्न स्थानहरूमा वृहत् जनसभा आयोजना गरिनेछ–
प्रदेश नं १– विराटनगर 
प्रदेश नं. २– जनकपुर 
प्रदेश नं. ३– काठमाडौं 
प्रदेश नं. ४– पोखरा 
प्रदेश नं. ५– बुटवल र नेपालगञ्ज 
प्रदेश नं. ६– सुर्खेत 
प्रदेश नं ७– धनगढी 
  •   हरेक जिल्ला सदरमुकाम र मुख्य सहरमा जनसभा आयोजना गर्ने । अन्यत्र पनि स्थिति र आवश्यकता हेरी सभा आयोजना गरिने  ।
ङ)     प्रकाशन– प्रसारण
  •    तत्कालीन सरकारको नीति कार्यक्रम तथा बजेट सम्बन्धमा प्रकाशित पुस्तिका र तत्कालीन प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको जवाफका क्रममा दिएको मन्तव्य पुस्तिकालगायत सन्दर्भ सामग्रीको वितरण गर्ने ।
  •    स्थानीय तह पुनर्संरचना र तिनलाई संविधानले दिएका काम कत्र्तव्य र अधिकारका सम्बन्धमा पुस्तिका बनाएर वितरण गर्ने ।
  •  तराई–मधेसको विकासको सन्दर्भमा नेकपा (एमाले) का नीति र एमाले नेतृत्वको सरकारले गरेका कामहरूका सम्बन्धमा जानकारी पुस्तिका तयार गरी वितरण गर्ने ।
  •   संविधान, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा लेख–रचना र विचारहरू सार्वजनिक सञ्चारमाध्यममा प्रस्तुत गर्न विभिन्न समुदायका साथीहरूलाई उत्प्रेरित गर्ने ।
  •    विभिन्न जातजाति, भाषाभाषी र भूगोलका जनताको बीचमा सामाजिक एकता र राष्ट्रिय एकता अभिवृद्धि गर्न सद्भाव कार्यक्रम आयोजना गर्ने ।
  •     अभियानका बारेमा समय–समयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक जानकारी दिने ।
६.     कार्यक्रमको संयोजन, सहभागिता र आतिथ्यता
क)     प्रदेश स्तरमा हुनेक कार्यक्रमको संयोजन प्रदेश संयोजक र सहसंयोजकले गर्ने ।
ख)     तराई–मधेसमा आयोजना गरिने थप कार्यक्रमहरू कमरेडहरूसँग परामर्श गरेर तय गरिने ।
ग)     जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा हुने कार्यक्रमको संयोजनको जिम्मा जिल्ला इञ्चार्ज÷सहइञ्चार्ज तथा जिल्ला अध्यक्ष कमरेडको हुने । जिल्ला कमिटीको बैठकबाट यसको समग्र योजना निर्माण गर्नुपर्ने ।
घ)     जिल्ला र निर्वाचन क्षेत्र स्तरका कार्यकर्ता भेला तथा प्रशिक्षणमा केन्द्रबाट थप अतिथि या प्रशिक्षक पठाउनु पर्ने भए केन्द्रीय सचिवालयसँग समन्वय गर्ने ।
ङ)     विभागीय प्रमुख, फाँट इञ्चार्ज, केन्द्रीय निकायका कमरेडहरू, व्यवस्थापिका–संसदका सदस्यहरू तथा यस सम्बन्धी विज्ञ र वौद्धिक व्यक्तित्वहरूको रोस्टर निर्माण गरेर आवश्यकता अनुसार अभियानमा परिचालित गरिने ।
च)     केन्द्रीय सचिवालयबाट समग्र अभियानको संयोजन हुने ।
 

नवयुग

ठेगाना