झापा आन्दोलन र माले धारको विकास

२०२८ सालमा पूर्व कोशी प्रान्तीय कमिटीसग सम्बद्ध झापा जिल्ला कमिटीले विद्रोह गरी सशस्त्र संघर्ष गर्ने निर्णय गरेपछि त्यसले नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर हलचल ल्यायो । चिनिया सांस्कृतिक क्रान्ति र भारतको नक्सलवाडी आन्दोलनद्वारा पे्ररित क्रान्तिकारीद्वारा सञ्चालित वर्गशत्रु खतम कार्वाहीले दक्षिणपन्थी भड्काउबाट ग्रस्त नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर असर प¥यो । उग्रवामपन्थी दुस्साहसवादद्वारा प्रभावित त्यस आन्दोलनमाथि प्रतिक्रियावादीहरूद्वारा दमनचक्र चलाइयो । दर्जनौं व्यक्तिहरू गिरºतार भए, कयौं भारत प्रवास भाग्न बाध्य भए र कैयौंले भूमिगत रूपमा राजनैतिक कामलाई अघि बढाउने प्रयास गरे । झापा संघर्षमा संलग्न क्रान्तिकारीहरूको त्याग र बलिदानको पक्ष अत्यन्त अनुकरणीय रह्यो । नेपाली कांगे्रसका नेता विश्वेश्वर प्रसाद कोइरालाले समेत त्याग र बलिदानी भावनाको सम्मान गर्दै एउटा प्रसंगमा भनेका छन्– उनीहरूले आºनो सिद्धान्तप्रति जुन निष्ठा राख्दै आत्मबलिदान गरेका छन्, त्यसको राजनीतिक रूपबाट मूल्यांकन गरिनु पर्दछ । हाम्रा तरुणहरूले झापामा नक्सलाइट भनिने बामपन्थी विद्रोही युवकहरूले जसरी आºनो सिद्धान्तप्रति निष्ठावान हुदै आत्मबलिदान गरी निःस्वार्थ भावना देखाएका छन्, त्यसको अनुकरण गर्नु पर्दछ । क्रान्ति गर्न निश्चय नै त्याग र बलिदान चाहिन्छ ।

वास्तवमा झापा आन्दोलनको यस्तै त्याग र बलिदानी भावनाको पक्षले नेपालका परिवर्तनकामी जनता र क्रान्तिकारीहरूलाई प्रभावित ग¥यो र त्यो डढेलो भैंm दमन र उत्पीडनका वावजुद राष्ट्रव्यापी रूपमा पैmलिएर गयो । वास्तवमा झापा संघर्षबाट तयार भएको क्रान्तिकारी आधारको पृष्ठभूमिमा नै नेपालको कम्युनिस्ट आन्दोलनभित्र सही माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी धाराको विजारोपण भयो । २०३१ सालमा झापा जिल्ला कमिटी र नेपाल क्रान्तिकारी संगठन मोरङद्वारा चार वटा पूर्व सर्तहरूको आधारमा क्रान्तिकारी तथा क्रान्तिकारी समूहको समन्वयको निम्ति संयुक्त अपिल जारी गरियो । तिनै चार पूर्व शर्तसग सहमत क्रान्तिकारी समूह र व्यक्तिहरूद्वारा २०३२ साल जेष्ठ २४–२५ मा गुप्त सम्मेलन गरी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिशन कमिटी (माले) गठन गरियो । यसमा २०३४ भाद्र १४ मा मुक्तिमोर्चा, २०३५ भाद्र २६ मा क्रान्तिकारी कम्युनिस्ट संगठन समिति, गण्डकी र २०३५ मंसीर २७ मा दाङको सन्देश समूह सम्मिलित भए । यो भिन्न–भिन्न कम्युनिस्ट समूहको एकताले उग्रवामपन्थी कार्यदिशामा क्रमशः सुधार पनि ल्याउदै गयो। पुष ११, २०३५ मा को–अर्डिनेसन केन्द्रले एक सम्मेलन गरी नेकपा (माले) को स्थापना ग¥यो । त्यसपछि नेकपा (मा.ले.) मा नया क्रान्तिकारी समूहहरू एकताबद्ध हुने लहर नै चल्न थाल्यो । जसको परिणामस्वरूप नेकपा (माले) नेपाली कम्युनिस्ट आन्दोलनको सर्वाधिक प्रभावशाली पार्टीका रूपमा विकास भयो ।

त्याग, बलिदान र उत्सर्गको ऐतिहासिक जगमा एकीकृत कम्युनिस्ट आन्दोलन

इतिहासमा कुनै यस्ता घटना हुन्छन्, जुन आकारले साना हुन्छन्, तर अजङ्गको परिणामका निम्ति आधारका रूपमा उपस्थित हुन्छन् । झापा विद्रोह– नेपाली राजनीतिमा, हो त्यस्तै घटनाका रूपमा स्थापित छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिअनुकूल बनिरहेको बेलामा राजाको प्रतिगामी कदमका विरुद्ध राष्ट्रव्यापी सङ्घर्षलाई तीब्र पार्नुपर्ने बेलामा, उदाउ“दै गरेको मध्यमवर्ग र शोषण–उत्पीडनबाट छटपटाइरहेको तल्लो वर्गले आफ्नो राजनीतिक नेतृत्व खोजिरहेको बेलामा त्यस्तो राजनीतिक संस्था नेपाल कम्युनिस्ट पार्टी नै छिन्नभिन्नजस्तै रहेको अवस्थामा, शिर नै कमजोर बनेको अवस्थामा क्रान्तिकारी आशावादको झिल्कोका रूपमा नेपाली कम्युनिस्ट आन्दोलनमा झापा सङ्घर्षलाई लिनसकिन्छ । उग्रवामपन्थी विचार सोहीअनुरूपको व्यवहार र संस्कृतिबाट निर्देशित भए तापनि त्यस विद्रोहले नेपालको कम्युनिस्ट आन्दोलनलाई नया“ ढंगले एकीकृत गर्ने काममा महŒवपूर्ण योगदान गरेको छ । 
वैचारिक र व्यवहारिक उग्रताको रूपान्तरण, खुला आत्मसमीक्षा र त्यसका निष्कर्षको ठोस कार्यान्वयन गर्ने क्रममा नै त्यो झिल्को देशव्यापी बन्न पुग्यो, त्यो खोला, नदी र समुद्र बन्दै आजको नेकपा (एमाले)का रूपमा स्थापित बन्न पुगेको छ । 
फागुन २१ शताब्दीयौंसम्म सम्झनुपर्ने दिन हो । जुन दिन झापा सङ्घर्षका अगुवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइ“केल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरिएको थियो । हाम्रो इतिहासमा सुखानी, छिन्ताङ, पिस्कर, भीमान, दाङ, दासढुङ्गालगायतका दर्जनौं स्थानमा अग्रजहरूको रगतले निर्माण भएका उत्सर्ग–स्तम्भ रहेका छन् । हाम्रो आन्दोलनका पे्ररक र मार्गदर्शक ती बलिदानप्रति हामी उच्च सम्मान प्रकट गर्दछौं । ‘नवयुग’को यो अङ्क हामीले झापा आन्दोलनको चिरस्थायी गौरवगाथाका लागि समर्पित गरेका छौं । यसमा सुखानीदेखि सिंहदरबारसम्मको हाम्रो यात्रालाई विश्लेषण र चिरफार गर्ने कोसिस गरिएको छ । व्यक्तिहरूको आसन, जिम्मेवारी र भोगाइले प्रस्तुतिको जोड–कोणमा केही भिन्नता हुने भए तापनि विषयवस्तुको वस्तुनिष्ठ समीक्षा गर्नु र त्यसबाट सही शिक्षा ग्रहण गर्नु हाम्रो समान उद्देश्य रहेको छ ।
नेपाली जनताको सात दशक लामो लोकतान्त्रिक सङ्घर्षको परिणाम र संविधानसभाको अथक प्रयत्नपश्चात् २०७२ असोजमा नेपालको संविधान जारी भएको विदितै छ । संविधानसभाको अध्यक्षका रूपमा नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको कुशल नेतृत्व, मुख्य राजनीतिक शक्तिहरूलाई संविधानको पक्षमा उभ्याउन नेकपा (एमाले)ले निर्वाह गरेको भूमिकाको परिणाम अनेकौं प्रतिकूलताका बाबजुद संविधानसभाबाट नेपालको संविधान घोषणा हुन सम्भव भएको कुरा स्पष्टै छ । संविधान निर्माणको पृष्ठभूमिमा संविधान घोषणा हुन नदिन र संविधान जारी भएपछि त्यसलाई असफल पार्न देशभित्र र बाहिरबाट अनेकन् प्रयत्न भएको सबैलाई अवगतै छ । संविधान जारी भएकोमा धेरै मित्रराष्ट्रहरूले नेपालीहरूको नेतृत्व क्षमताको मुक्तकण्ठले प्रशंसा गरे, स्वागत र समर्थनमा वक्तव्यहरू जारी गरे । तर, हाम्रो छिमेकी देश भारतले नाकाबन्दीको ‘उपहार’ हामीलाई थोपरिदियो । असोज ६ गतेबाट सुरु भएको नाकाबन्दी करिब पा“च महिनासम्म जारी रह्यो । अहिले नाकाबन्दी हटेको भए तापनि आपूर्ति व्यवस्था अझै सहज भएको छैन । बहुसंख्यक तराईवासी जनता संविधानको पक्षमा छन् । तर संविधान घोषणा भएको खुशियालीमा उनीहरूले रमाउन पाएनन् । नेपालीहरूको आवाज र खुसीलाई जबर्जस्त रोक्ने काम गरियो । मधेसी मोर्चाको नाममा झन्डै आधा वर्ष तराई÷मधेसमा अशान्ति मच्चाइयो । देशलाई बन्धक बनाउने दुष्प्रयत्नहरू भए । यो सबै प्रतिकूल परिस्थितिलाई पार्टी र सरकारले सामना गर्नुप¥यो । 
त्यही प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, नाकाबन्दीको बारेमा जनतालाई यथार्थ बुझाउने, संविधानका विशेषताको बारेमा बुझाउने, पार्टी, सरकार र संविधानप्रति छरिएका भ्रमलाई चिर्ने, राष्ट्रिय एकता निर्माण गर्ने, सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ मंसिर २१ र २२ गते चितवनको सौराहामा सम्पन्न नेकपा (एमाले)को विशेष राष्ट्रिय कार्यकर्ता भेलाले तीनमहिने विशेष अभियानको घोषणा गरेको थियो । 
‘संविधानको कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान–२०७२’ नामकरण गरिएको यस अभियानको नारा ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि ः अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि’ भन्ने तय गरिएको थियो । तराई–मधेसमा केन्द्रित गर्ने भनिएको भए पनि यो अभियानअन्तर्गत देशभरिकै पार्टी कमिटीहरू, जनवर्गीय तथा पेसागत सङ्घ÷सङ्गठनहरू, सम्पर्क कमिटी÷मञ्चहरूसमेत परिचालित भएका छन् । घनिभूत रूपमा आयोजना गरिएका भेला, बैठक, अन्तक्र्रिया र जनसभामार्फत संविधान, नाकाबन्दी, पार्टीका भावी योजना र कार्यक्रमका बारेमा स्पष्ट गर्ने काम भएको छ । तराई–मधेसलाई ‘बार्गेनिङ चिप्स’का रूपमा प्रयोग गर्ने, त्यस भू–भागलाई बन्धक बनाएर पार्टीहरूलाई प्रवेशमा रोक लगाउने, अन्ततः मधेस र पहाडको बीचमा विभाजन ल्याउने कुत्सित प्रयत्नहरूमाथि पार्टीको यो अभियानले धेरै हदसम्म चिरेर विजय प्राप्त गरेको छ । तराईवासी जनता र खासमा मधेसी समुदाय फेरि पनि नेकपा (एमाले)को न्यानो अ“गालोमा फर्किएका छन् । पार्टी फेरि गाउ“–बस्ती र झुपडीहरूमा पार्टी पुगेको छ । जनता र पार्टीबीचको सम्बन्धको कडी फेरि जोडिएको छ । जनता पार्टी खोज्दै आएका छन् । पार्टी जनता भेट्दै हि“डेको छ । टीकापुरबाट सुरु गरिएको साम्प्रदायिक तथा भौगोलिक विद्वेषमाथि सामाजिक सद्भाव र राष्ट्रिय एकताले विजय प्राप्त गरेको छ । विगत संविधानसभाको परिणामले मात्र होइन, यसबीचमा नेकपा (एमाले)ले कैलाली (अत्तरिया), कञ्चनपुर, नेपालगन्ज, बर्दिया (गुलरिया), भैरहवा, इटहरी, विराटनगर, रङ्गेलीलगायतका स्थानमा आयोजना गरेका जनसभामा देखिएको अपार सहभागिताले समेत जनता राजनीतिक दलहरूको पक्षमा, विशेषतः नेकपा (एमाले)को पक्षमा, नया“ संविधानको पक्षमा, सामाजिक सद््भाव र राष्ट्रिय एकताको पक्षमा, आर्थिक समृद्धि र विकसित नेपालको पक्षमा छन् भन्ने यथार्थको पुनर्पुष्टि गरेको छ । सुरुवातमा ढिलो भए पनि यो अभियानले राष्ट्रिय राजनीतिमा महŒवपूर्ण परिणामहरू दिन सफल भएको छ । यस अभियानको सफलताका निम्ति अहोरात्र खट्ने सिङ्गो पार्टीपङ्क्तिलाई ‘नवयुग परिवार’ हार्दिक बधाई ज्ञापन गर्दछौं ।

झापा सङ्घर्षदेखि सिंहदरबारसम्म

केपी शर्मा ओली
सहिद स्मृति दिवसको पूर्वसन्ध्यामा २०७२ साल फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट लोकतन्त्रका निम्ति जीवन उत्सर्ग गर्नुहुने २२ जना योद्धाहरूलाई विधिवत् सहिदको सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । प्रातःस्मरणीय सहिदहरूलाई राज्यको तर्फबाट औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरिरह“दा मलाई अत्यन्त गौरवानुभूति र जिम्मेवारीबोध भएको छ ।
नेपाल राज्यको निर्माण गर्न, बाह्य आक्रमण तथा हस्तक्षेपबाट यसको स्वतन्त्र अस्तित्व तथा सार्वभौमसत्ताको रक्षा गर्न तथा क्रान्तिकारी परिवर्तनका माध्यमबाट समाजलाई लोकतान्त्रिक, न्यायपूर्ण, समानतामूलक र समृद्ध बनाउन हाम्रो अग्रज पुस्ताले आफ्नो रगतपसिना खर्चेको थियो । उहा“हरूको त्यही योगदानका कारण आज नेपाल एउटा स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अस्तित्वमा छ र नेपाल लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । समाजमा जागरण र चेतनाको अभूतपूर्व विकास भएको छ । यसका लागि हामी सहिदहरूप्रति सधैंभरि कृतज्ञ र आभारी छौं । उहा“हरूप्रतिको उचित सम्मानले नै हामीलाई भविष्यतिर अगाडि बढ्न अभिप्रेरित गर्छ ।
नेपालको राष्ट्रिय राजनीतिमा झापा आन्दोलनको विशेष योगदान रहेको छ । यसै आन्दोलनले ०१७ सालको तानाशाही कदमपछि निकै शिथिल बनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई नया“ जागरण प्रदान गरेको थियो । समाजमा राजतन्त्रविरुद्ध विद्रोह गर्ने नया“ ऊर्जा पैदा गरेको थियो । झापा आन्दोलनकै प्रेरणाले हजारौं युवाहरू समाज रूपान्तरणको आन्दोलनमा होमिएका थिए । त्यसरी नै झापा आन्दोलनले विभाजन, विखण्डन र अवसरवादका कारण क्षतविक्षतजस्तै भएको नेपाली कम्युनिस्ट आन्दोलनमा नया“ जीवन प्रदान गरेको थियो । यसले आन्दोलनमा क्रान्तिकारी उत्साह र बलिदानी भावना जागृत गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने नया“ शृङ्खला पनि सुरु गरेको थियो । गम्भीर उग्रवामपन्थी गल्तीहरू भए पनि समयमै तिनबाट पाठ सिक्दै र तिनलाई सच्याउ“दै नेपाली क्रान्तिको मौलिक सिद्धान्त, बाटो र संरचना निर्माण गर्ने कामलाई नया“ उचाइमा पु¥याउने काममा पनि झापा आन्दोलनको ठूलो योगदान रहेको स्पष्टै छ । झापा आन्दोलनले नेपाली राजनीतिमा त्याग, बलिदान र उत्सर्गको एउटा नया“ मानकसमेत स्थापित गरेको थियो । झापा आन्दोलनले सिर्जना गरेको नया“ ऊर्जालाई निस्तेज पार्नकै लागि तत्कालीन सरकारका तर्फबाट भीषण दमन गरिएको थियो ।
नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका निम्ति फागुन २१ गते विशेष, अविस्मरणीय र प्रेरणादायी दिन हो । ०२९ सालमा यसै दिन तत्कालीन निरङ्कुश शासकहरूविरुद्ध विद्रोह गर्ने क्रममा बन्दी बनाइनुभएका झापा जिल्लाका पा“चजना अग्रज कमरेडहरूलाई चन्द्रगढी कारागारबाट इलाम सार्ने निहु“मा सुखानीको जङ्गलमा लगी कायरतापूर्वक हत्या गरिएको थियो । व्यक्तिगत सुखसुविधा र पारिवारिक हितको कुनै पर्वाह नगरी निरङ्कुशतन्त्रविरुद्ध बलिदानी सङ्घर्षमा होमिने उहा“हरूको सङ्घर्षशील जीवन एवम् देश, जनता र क्रान्तिको पक्षमा बुलन्द आवाज उठाउ“दै हा“सीहा“सी मृत्युको सामना गर्ने गौरवशाली सहादतले नेपाली जनतालाई लोकतान्त्रिक आन्दोलनमा होमिन उत्प्रेरणा प्रदान गरेको थियो । हत्या गरिने बेलामा कमरेड कृष्ण कुइ“केल त १८ वर्षको मात्रै हुनुहुन्थ्यो । कमरेड नारायण श्रेष्ठको उमेर पनि कलिलो नै थियो । तर, उहा“हरू सबैले मृत्युलाई हा“सीहा“सी सामना गर्नुभयो र नेपालका हजारौं युवाहरूलाई आन्दोलनमा होमिन उत्प्रेरणा प्रदान गर्नुभयो । 
उहा“हरूकै बलिदानको जगमा उभिएको नेकपा (एमाले) आज राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्न सफल भएको छ । सहिदहरूको आदर्शबाट प्रेरित जनताको आन्दोलनको बलमा आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनता सम्प्रभु एवम् अधिकारसम्पन्न भएका छन् । नेपालको संविधान जारी भएर मुलुक दिगो शान्ति, समुन्नत लोकतन्त्र, राजनीतिक स्थिरता, सामाजिक न्याय र समृद्धिको दिशामा अग्रसर भएको छ । हामीले प्राप्त गरेका यी युगान्तकारी उपलब्धिमा सहिदहरूको प्रेरणाले सदैव मार्गदर्शन गरिरहेको छ ।
सहिदहरूका यिनै अविस्मरणीय योगदानलाई स्मरण गर्दै नेपाल सरकारले झापा आन्दोलनका अग्रजहरूलगायत निरङ्कुशतन्त्रविरुद्ध न्याय र समानताको आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाहरूलाई राज्यको तर्फबाट सहिदको विधिवत् सम्मान प्रदान गर्ने निर्णय गरेको छ । यसरी सहिदका रूपमा औपचारिक रूपमा सम्मानित हुनुहुनेमा सुदूरपश्चिमका किसान नेता एवम् देशभक्त अग्रज भीमदत्त पन्त तथा राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा मृत्युदण्ड दिइनुभएका दुर्गानन्द झा हुनुहुन्छ । पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध विद्रोह गरेको अभियोगमा सेनाद्वारा हत्या गरिएर टाउको झुन्ड्याउ“दै ल्याएर सदरमुकाम तम्घासमा प्रदर्शन गरिनुभएका गुल्मीका समशेरबहादुर खत्री एवम् पञ्चायती शासनविरुद्ध सङ्घर्षमा होमिनुभएका लीलानाथ दाहाल, ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल, गोकर्णबहादुर कार्की, राम उपाध्याय र लक्ष्मण उपाध्याय हुनुहुन्छ । त्यसरी नै जेलबाट निकालिएर हत्या गरिनुभएका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई पनि राज्यले विधिवत् रूपमा सहिदको सम्मान प्रदान गरेको छ । सुखानीका अग्रज योद्धाहरूका अलावा चन्द्रबहादुर डा“गी,  २७ वर्षको कलिलो उमेरमै पञ्चायती शासकहरूबाट हत्या गरिनुभएका रत्नकुमार बान्तवा, ऋषि देवकोटा ‘आजाद’, हरि नेपाल, चन्द्रबहादुर पुरी र सूर्यनाथ यादवलाई पनि सरकारले सहिदका रूपमा सम्मान गरेको छ ।
निरङ्कुशतन्त्रको अन्त्य गर्दै मुलुकमा लोकतन्त्र स्थापनाका लागि जीवन दिने सहिदहरूको शृङ्खला निकै लामो छ । त्यसैले टिम्बुरबोटे, छिन्ताङ, पिस्करलगायत विभिन्न घटनाहरूमा तत्कालीन शासकहरूबाट कायरतापूर्वक हत्या गरिनुभएका सहिदहरूको पहिचान गरी राष्ट्रिय सम्मान प्रदान गर्न विशेष कार्यदलसमेत गठन गरिएको छ । कार्यदलको प्रतिवेदनका आधारमा राष्ट्र र जनताको हितमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूलाई आउने दिनमा उच्च सम्मान गरिनेछ । 
लामो समयसम्म राज्यको तर्फबाट सहिदहरूको पहिचान गर्ने, उहा“हरूको योगदानलाई उचित कदर गर्ने र उहा“हरूका आदर्शलाई समाजमा स्थापित गर्ने कुरामा कमी रहन गए । जुन सहिदहरूको बलिदानको प्रेरणाले पञ्चायती व्यवस्था समाप्त भएर मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भयो, त्यस कार्यकालमा पनि आन्दोलनका सहिदहरूको व्यवस्थित पहिचान गर्ने र राज्यको तर्फबाट सम्मानित गर्ने काम हुन सकेन । मुलुकमा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । त्यस द्वन्द्वमा १७ हजारभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको ज्यान गयो । त्यसअघि र पछि पनि विभिन्न रूपमा घटनाहरू घटे र सर्वसाधारण नेपालीहरूले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भयो । तर, पछिल्लो समय व्यवस्थित परिभाषा गरेर र तथ्यपरक अध्ययन–अनुसन्धान गरेर सहिदहरूलाई सम्मानित गर्नेभन्दा जस्तोसुकै घटनामा मरे÷मारिएको भए पनि सहिद घोषणा गरिनुपर्छ भनेर दबाब सिर्जना गर्ने, क्षतिपूर्तिका नाममा मोलतोल गर्ने र राज्यकोषबाट व्यवस्थित मापदण्डविनै राहत उपलब्ध गराउनेजस्ता प्रवृत्ति हुर्किन थाले । यसले देश र जनताको हितका निम्ति सङ्कल्प गरेर, जीवनको कुनै प्रवाह नगरेर आन्दोलनमा होमिएका र आस्थाका आधारमा निरङ्कुश सरकारद्वारा हत्या गरिएका वास्तविक सहिदहरूको गरिमा नै ओझेलमा पर्नेजस्तो अवस्था सिर्जना भयो । यस्तो स्थिति कायम राखिनुहु“दैन । निश्चय नै कसैको पनि अनाहकमा ज्यान जानु दुःखद कुरा हो र राज्यस“ग ती सबै कुराको अभिलेख सुरक्षित रहनुपर्छ । आफ्नो अवस्थाले भ्याएसम्म पीडितका परिवारजनलाई राहत पनि उपलब्ध गराउनुपर्छ । तर, सहिदको सम्मान विशेष व्यवस्था हो र यसलाई राज्यले यही हिसाबले मर्यादित र व्यवस्थित गर्नुपर्छ । नेपाल सरकारले आगामी दिनमा यस विषयलाई व्यवस्थित ढङ्गले अगाडि बढाउ“दै जानेछ । 
सबै खालका विभेद, असमानता, थिचोमिचो र उत्पीडनको अन्त्य, सबैलाई समान सम्मान, अधिकार तथा सबैलाई बराबरी पहिचान र सुरक्षा, समतामूलक र न्यायपूर्ण समाजको स्थापना तथा स्वाधीन, सबल तथा समृद्ध राष्ट्र निर्माण सहिदहरूको सपनाको सार हो । संविधान निर्माणमार्फत हामीले सहिदहरूका आदर्शहरूलाई सफल पार्ने दिशामा ऐतिहासिक सफलता प्राप्त गरेका छौं । संविधानको प्रभावकारी कार्यान्वयनमार्फत आर्थिक–सामाजिक रूपान्तरणलाई तीव्र रूपले अगाडि बढाउ“दै नेपाललाई समृद्ध र समुन्नत राष्ट्रका रूपमा स्थापित गर्न सक्नु नै सहिदहरूप्रति सा“चो श्रद्धाञ्जली हुनेछ । नेपाली राजनीतिका पछिल्ला घटनाक्रमहरूले हामीलाई मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, स्वाभीमान, राष्ट्रिय हित, सामाजिक सद्भाव र आत्मनिर्भरताका निम्ति अझ बढी सजग, एकताबद्ध र क्रियाशील भएर अगाडि बढ्नुपर्ने शिक्षा दिएका छन् । वैचारिक स्पष्टता, सङ्गठनात्मक चुस्तता, कार्यशैलीगत स्वस्थता र व्यापक जनाधारयुक्त नेकपा (एमाले) को नेतृत्वमा मात्रै यी अभिभाराहरू पूरा गर्न सम्भव छ । नेकपा (एमाले) आफ्नो का“धमा आएका ऐतिहासिक अभिभाराहरू पूरा गर्न दृढ सङ्कल्पित छ ।
आज झापा आन्दोलनको जगमा उभिएको नेकपा (एमाले)को अध्यक्षको हैसियतले मैले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छु । झापा आन्दोलनको एकजना सिपाही राज्य सञ्चालनको नेतृत्वदायी स्थानमा पुग्नु भनेको उक्त आन्दोलनको भूमिकाको सम्मान हो भन्ने मैले ठानेको छु । राज्यको नेतृत्वदायी स्थानमा बसिरह“दा मैले धेरै पटक सहिदहरूको स्मृति जिवन्त भएर अगाडि आएको अनुभूति गरेको छु । उहा“हरूका सपना, आदर्श र उत्प्रेरणाले आफूमा नया“ ऊर्जा भरिएको अनुभूति गरेको छु । प्रधानमन्त्रीका रूपमा मैले प्राप्त गरेको यो जिम्मेवारीलाई मैले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमान तथा राष्ट्रिय हितको रक्षा गर्ने तथा लोकतान्त्रिक, न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माण गर्ने दायित्वका रूपमा बुझेको छु । वर्तमान सरकार सहिदका सपनाअनुरूपको सुन्दर समाज निर्माण गर्न कृतःसङ्कल्पित छ । 
सहिद दिवसको यस अवसरमा पुनः एकपटक प्रातःस्मरणीय सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सिङ्गो पार्टीका तर्फबाट उहा“हरूले देखाएको बाटोमा अविचलित ढङ्गले अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछु । 

झापा सङ्घर्षकालीन भड्कावहरूबाट रुपान्तरण

झलनाथ खनाल

ऐतिहासिक झापा सङ्घर्षका आन्तरिक तथा बाह्य प्रभाव केके थिए भन्ने प्रश्नस“गै नेपालको कम्युनिस्ट आन्दोलनको समग्रता जोडिन्छ । नेपालमा कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको अगुवाइमा २००६ सालमा सुरुवात भयो । त्यो पहिलो दशकमा नेपालको कम्युनिस्ट आन्दोलन विकसित विस्तारित र साङ्गठनिक रूपमा फैल“दै पनि गयो । २०१० सालमा पहिलो महाधिवेशन भएपछि दोस्रो दशकमा आएर पनि कम्युनिस्ट आन्दोलन विकास र विस्तारतिर नै गयो । तर, तेस्रो महाधिवेशनतिर आएपछि हाम्रो गौरवशाली नेपाल कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी भड्काउहरू देखा पर्न थाले । यी भड्काउहरूले पार्टीभित्र वैचारिक, राजनीतिक र सैद्धान्तिक विग्रहहरू पैदा गर्दै लगे । ती विग्रहहरूले सङ्गठनात्मक क्षेत्रलाई पनि प्रभावित पार्न थाले । दोस्रो दशक समाप्त भएर २० को दशक लाग्दाखेरि नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजनका रेखाहरू कोरिन थालेका थिए । तैपनि दक्षिणपन्थका विरुद्ध लड्दै नेपालको कम्युनिस्ट आन्दोलनले पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यो । तर, तेस्रो राष्ट्रिय महाधिवेशनले पनि दक्षिणपन्थी भड्काउका आधारहरू र त्यसका कारणहरू तथा त्यसका अभिव्यक्तिहरूलाई ठीक ढङ्गले चिन्न, खुट्याउन र तिनीहरूको यथोचित ढङ्गले खण्डन गर्न सकेन । यसले गर्दा समग्र कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद विभिन्न रूपले हुर्कंदै जान थाल्यो । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजनका आधारहरू तयार पा¥यो र २० को दशक कम्युनिस्ट आन्दोलनमा नराम्रो ढङ्गले विभाजनको दशक बन्न पुग्यो । 
यही आन्दोलनका क्रममा पुष्पलालले नेतृत्व गर्नुभएको समूह, तुलसीलालले नेतृत्व गर्नुभएका समूह मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको समूह प्रकट भए । त्यही सिलसिलामा  मोहनविक्रम सिंहले नेतृत्व गर्नुभएको समूह र निर्मल लामाले नेतृत्व गर्नुभएको समूह पनि प्रकट भए । यसरी २० को दशकमा विभिन्न कम्युनिस्ट समूहहरू प्रकट हु“दै गए । यो विभाजनको प्रक्रिया भनेको पार्टीको कार्यदिशामा दक्षिणपन्थी भड्काउको मुख्य उपज थियो । यही सिलसिलामा झापामा र देशभरी नै युवा क्रान्तिकारीहरूको सङ्ख्या निरन्तर बढ्दै गइरहेको थियो । युवा, विद्यार्थी, शिक्षकहरू र  विभिन्न पेसामा कार्यरत मानिसहरू विभिन्न ढङ्गले कम्युनिस्ट आन्दोलनतिर आकर्षित भइरहेका थिए, देशभक्तिपूर्ण आन्दोलनमा आकर्षित भइरहेका थिए र लोकतान्त्रिक आन्दोलनमा आकर्षित भइरहेका थिए । उनीहरूको ठूलो पङ्क्ति मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म जागरण पैदा गर्दै प्रकट भइरहेको थियो । त्यसका अनेकन बाह्य कारणहरू पनि थिए । त्यतिबेला चीनमा सांस्कृतिक क्रान्ति उर्लंदो अवस्थामा थियो भने अर्कोतर्फ भारतमा नक्सलवाडी आन्दोलनले सिङ्गो भारतलाई हल्लाइरहेको अवस्था थियो । यी दुवैतिरका घटनाहरूले नेपाली जनमानसलाई प्रभावित पारेका थिए । नेपालका युवाहरू कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित भइरहेका थिए । र, विभिन्न कम्युनिस्ट समूहहरूमध्ये कतिपय समूहहरूस“ग ती आवद्ध पनि भए । र, स्वतन्त्र रूपले पनि नया“ कम्युनिस्ट समूहहरू एवम् नया“ क्रान्तिकारी समूहहरू विकसित हुन थाले । 
यस्तै सिलसिलामा झापामा नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीले पूर्व कोसी प्रान्तीय कमिटीस“ग विद्रोह ग¥यो । र, ऊ स्वतन्त्र भयो । देशका अनेकन् भागहरूमा जिल्ला कमिटीहरू केन्द्रबाट स्वतन्त्र भइरहेका थिए । र अलगअलग समूहहरू बनिरहेका थिए । यिनै समूहहरूमध्ये झापाली कमरेडहरूको एउटा विद्रोही समूह प्रकट भयो । त्यो विद्रोही समूहले पार्टी नेतृत्वस“ग पनि विद्रोह गर्ने र नया“ ढङ्गले क्रान्तिकारी कार्यदिशातिर अगाडि बढ्नुपर्छ भनेर पहलकदमी लियो । त्यो पहलकदमी एउटा महŒवपूर्ण पलकदमी थियो । त्यो पार्टीमा व्याप्त हु“दै गएको दक्षिणपन्थी अवसरवादविरुद्ध थियो । दक्षिणपन्थी अवसरवादको विरोध गरिएको हुनाले देशभरिका क्रान्तिकारीहरूका निमित्त झापा विद्रोह एउटा आकर्षणको विषय बन्यो । धेरै युवाहरू आकर्षित पनि भए । तर, त्यो आन्दोलनलाई झापामा सुरु भएको वर्गशत्रु खत्तमको सङ्घर्षलाई प्रशासनले भने निर्ममतापूर्वक दमन ग¥यो । धेरै क्रान्तिकारीहरूको यो सिलसिलामा हत्या पनि भयो । तर, झापा सङ्घर्षकै सारलाई केन्द्रबिन्दुमा राख्दै दक्षिपन्थी अवसरवादका विरुद्धको सङ्घर्ष र राजतन्त्रविरुद्धका सङ्घर्षलाई केन्द्रबिन्दुमा राखेर आखिर २०३२ सालमा आएर नया“ कोअर्डिनेसन कमिटी निर्माण हुन पुग्यो । 
यसरी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटीको जब निर्माण भयो, त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्ने र एकताबद्ध गर्ने एउटा नया“ मञ्चको निर्माण ग¥यो । त्यो एउटा राष्ट्रिय मञ्चका रूपमा नै प्रकट भयो । कम्युनिस्ट आन्दोलनमा त्यो एउटा नया“ समूहका रूपमा पनि प्रकट भयो । त्यसले गुटबन्दीलाई अगाडि बढाएन । त्यसले सम्पूर्ण कम्युनिस्टहरूलाई एक बनाउने नया“ अभियानको थालनी ग¥यो । तर, अफसोचको कुरा त्यो आन्दोलनभित्रै विभिन्न किसिमका उग्रवामपन्थी प्रवृत्तिहरू पनि थिए । ती उग्रवामपन्थी प्रवृत्तिहरूविरुद्ध जुध्नैपर्ने हुन्थ्यो । त्यसो नगरी आन्दोलनलाई अगाडि बढाउन सकि“दैनथ्यो । 
पहिलो उग्रवामपन्थी भड्काउ 
त्यतिबेला झापा सङ्घर्ष नक्सलवाडी सङ्घर्षस“ग विभिन्न ढङ्गले जोडियो । नक्सलवाडी सङ्घर्षको प्रभावलाई झापा सङ्घर्षले अस्वीकार गर्न सकेको थिएन । अर्थात्, झापा सङ्घर्षका क्रान्तिकारीहरूले चारु मजुमदारको लाइनलाई नेपाली क्रान्तिको अभिन्न अङ्ग बनाउन पुगेका थिए । यो पहिलो उग्रवामपन्थी भड्काउ थियो । त्यसो गर्नुहु“दैनथ्यो । त्यसलाई नसच्याई नेपाली क्रान्तिलाई अगाडि बढाउन सम्भव थिएन । दोस्रो, उनीहरूले ‘एक एरिया, युनिट र एक एक्सन’को कार्यपद्धति अपनाएका थिए । त्यो कार्यपद्धति पनि उग्रवामपन्थी कार्यपद्धति थियो । व्यापक रूपले जनमत निर्माण नगरिकन, क्रान्तिको जनआधार निर्माण नगरिकन खासखास वर्गशत्रुलाई चित्रित गरेर एउटा एरियामा स्क्वायड बनाउने र एक्सन गर्ने कामले उग्रतातर्फ लैजान्थ्यो । र, त्यसले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढ्न दि“दैनथ्यो । क्रान्तिकारी पार्टी बनाउने काममा झन् धक्का दिन्थ्यो । प्रतिक्रियावादीहरूलाई सचेत र सतर्क बन्न तथा उनीहरूका हमलाहरूलाई निम्त्याउन मद्दत गथ्र्यो । तेस्रो, आन्दोलनमा आम रूपमा नै एक्सन प्र्रधानता थियो । अथवा, पहिले एक्सन गर्ने अनि सङ्गठन निर्माण गर्ने प्रवृत्ति हावी थियो । सबैभन्दा पहिले सङ्गठन निर्माण गर्ने निश्चित चेतना लिएर जनतालाई गोलबन्द गर्ने, उनीहरूलाई आन्दोलित गर्दै जाने र सोही क्रममा नै विभिन्न प्रकारका एक्सनहरू हुन सक्थे । तर, पहिला एक्सन गरेर त्यसपछाडि सङ्गठन निर्माण गर्ने खालका कमजोरीहरू थिए । ती कमजोरीहरू पनि उग्रवामपन्थी भड्काउकै अभिन्न अङ्ग थिए । चौथो, सङ्घर्षलाई अगाडि लैजाने सिलसिलामा निश्चित वर्गशत्रुलाई चिन्ने र त्यो वर्गशत्रु खत्तम गर्ने कार्यपद्धति अपनाइएको थियो । एक एरिया, एक युनिट, एक एक्सनको कार्यपद्धति त्यसैस“ग सम्बन्धित थियो । र, त्यो कार्यपद्धतिलाई लागू गर्नका लागि पनि पहिले वर्गशत्रु खत्तम गर्ने खालको कुरा थियो । त्यो आफैंमा चरम उग्रवामपन्थी चिन्तन थियो । त्यो चिन्तनको कारणले पनि कतिपय ठाउ“मा हाम्रा कमरेडहरू गिरफ्तार हुनुभयो । र, सङ्गठनलाई नोक्सानी पुग्ने काम भयो । 
पा“चौं, सशस्त्र सङ्घर्षमा लागिहाल्नुपर्ने वा तुरुन्तै सशस्त्र सङ्घर्ष नै एक मात्र कार्यदिशा हो भन्ने ढङ्गले त्यतिबेलाको कार्यदिशा व्यवस्थित गरिएको थियो । जबकि, जनसङ्गठन निर्माण गर्ने, जनआन्दोलनहरू निर्माण गर्ने, जनमतहरू निर्माण गर्ने, अनि त्यसपछाडि एउटा निश्चित बिन्दुमा गएर मात्रै सशस्त्र सङ्घर्ष गर्नुपर्नेमा सुरुदेखि नै सशस्त्र सङ्घर्ष गर्नुपर्छ भन्ने अवधारणा विद्यमान थियो । त्यसले पनि त्यतिबेलाको कार्यदिशामा उग्रवामपन्थी भड्काउ रहेको कुरालाई प्रस्ट पार्दछ । 
छैटौं, अझै अर्को अनौठो त के थियो भने नेपाल कम्युनिस्ट पार्टीलाई नै नमान्ने कुरा पनि थियो । अर्थात्, नेपाल कम्युनिस्ट पार्टीलाई चाहि“ उग्र बुर्जुवाहरूको पार्टीको रूपमा यो संशोधनवादी पार्टीका रूपमा चित्रित गर्ने र बिल्कुलै नेपालमा नया“ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्ने भन्ने अवधारणा अघि सारिएको थियो । यो सिङ्गो नेपाल कम्युनिस्ट पार्टीलाई नै निषेध गर्ने अर्को एउटा गम्भीर खालको उग्रवामपन्थी भड्काव थियो । 
सातौं, पार्टीको सङ्गठन निर्माण गर्ने कुरामा सबैभन्दा पहिलो सङ्गठन नै सैनिक सङ्गठन रहने खालको कुरा नै थियो । अर्थात्, एउटा एरियामा जाने, त्यो एरियामा सबैभन्दा पहिला स्क्वायड बनाउने कुरा थियो । त्यो स्क्वायड बनाउने कुरा भनेको सैनिक सङ्गठन निर्माण गर्ने कुरा हो । सैनिक सङ्गठनलाई नै प्रधानता दिइएको थियो र पहिले जनसङ्गठनहरू, पार्टी सङ्गठनहरू नबनाईकन सैनिक सङ्गठन बनाउनुपर्छ भन्ने अवधारणा आफैंमा अर्को उग्रवामपन्थी भड्काउ थियो । 
आठौं, त्यतिबेला जनआन्दोलन र जनसङ्गठनलाई यथोचित महŒव दिइएकै थिएन । जनआन्दोलन र जनसङ्गठन बनाउनुचाहि“ संशोधनवाद हो र त्यसबाट संशोधनबादी भइन्छ भन्ने खालको अवधारणा विद्यमान थियो । जबकि, जनसङ्गठनहरू निर्माण नगरिकन वा जनआन्दोलन नगरिकन जनचेतनालाई माथि उठाउनै सकि“दैनथ्यो । वर्गसङ्घर्षलाई अगाडि बढाउन सकि“दैनथ्यो । क्रान्तिको प्राथमिक अवस्थामा यस्तो विज्ञानलाई पनि ठीक ढङ्गले नबुझ्ने र उल्टा बुझ्ने खालका कुराहरू थिए । यो अर्को उग्रवामपन्थी गल्ती थियो । 
युवाहरूलाई सङ्गठित गर्न युवा रेड गार्डहरू, बच्चाहरूलाई सङ्गठित गर्न बाल रेड गार्डहरू बनाउने प्रवृत्ति थियो । त्यसले उनीहरूलाई सङ्गठित त गथ्र्यो, तर उनीहरूलाई काम दिने मामिलामा बढीभन्दा बढी उग्रवामपन्थी कारबाहीतर्फ उन्मुख पाथ्र्यो । त्यो पनि अर्को एउटा उग्रवामपन्थी गल्ती थियो । त्यसैगरी, विभिन्न वर्गीय सङ्गठनहरू निर्माण गर्नुपर्ने कुरा र सामुदायिक सङ्गठनहरू निर्माण गर्नुपर्ने कुराहरूलाई अस्वीकार गरिएको थियो र एकैपटक विभिन्न खालका क्रान्तिकारी सङ्गठनहरू निर्माण गर्ने, जस्तो कि विद्यार्थीहरूमा क्रान्तिकारी विद्यार्थी सङ्गठन, महिलाहरूमा क्रान्तिकारी महिला सङ्गठन, किसानहरूमा क्रान्तिकारी किसान सगठन तर अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान सङ्घ, अखिल नेपाल युवा सङ्घ, विद्यार्थी सङ्घ बनाउने कुरालाई यथोचित महŒव नदिने प्रवृत्ति थियो । र, समग्रमा त्यतिबेलाको कार्यदिशा नै सशस्त्र सङ्घर्षको कार्यदिशा थियो । जबकि, सशस्त्र सङ्घर्षका लागि आवश्यक आधार तयार पारेर मात्रै हामी अगाडि बढ्न सक्थ्यौं । यी कुराहरू झापा सङ्घर्षकालबाट विकसित भएका मुख्य उग्रवामपन्थी गल्तीहरू हुन् । यस्ता गल्तीहरू रहेको हुनाले हामीले को–अर्डिनेसन निर्माण गरिसकेपछि पनि राम्रोस“ग सङ्घर्षलाई विकास गर्न सकेनौं । यी उग्रवामपन्थी गल्तीहरूले हाम्रो धाराको विकास र विस्तारलाई विभिन्न ढङ्गले रोक्दै आए । तर पनि हामीले २०३२ सालमा को–अर्डिनेसन निर्माण गरिसकेपछि बिस्तारै बिस्तारै सङ्गठनलाई विभिन्न ठाउ“मा फैलाउ“दै लग्यौं । हामीले इलाम, पा“चथर र ताप्लेजुङसम्म सङ्गठनलाई फैलायौं । झापा र मोरङमा पनि फैलायौं । सुनसरी, सिरहा र धनुषामा पनि फैलायौं । काठमाडांै, सिन्धुपाल्चोक हु“दै क्रमशः हाम्रा सङ्गठनहरू फैलि“दै अघि बढे । 
यस जाने सिलसिलामा अन्य कम्युनिस्ट समूहहरूस“ग व्यापक रूपले सम्बन्ध बढ्दै गए । सम्बन्ध सम्पर्क बढ्दै जाने क्रममा हाम्रो एकताका प्रक्रिया पनि अगाडि बढ्न जान थाले । यही सिलसिलामा ०३३÷३४ सालतिर हामीले तत्कालीन मुक्ति मोर्चास“ग एकता कायम गर्न सक्यौं । त्यही कालखण्डमा दाङको सन्देश समूहस“ग पनि एकता कायम गर्न सक्यौं । पूर्वको रातोझन्डास“ग पनि एकता कायम गर्न सफल भयौं । यसले हाम्रो को–अर्डिनेसन केन्द्रको आधार निकै विस्तार गर्दै जान थाल्यो । अन्ततः हामीले ०३५ सालमा नेकपा (माले)को स्थापना ग¥यौं । नेकपा (माले) को गठन भनेको नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने एक महŒवपूर्ण घटना थियो । त्यसबेलासम्म पनि हामीस“ग धेरै उग्रवामपन्थी भड्काउहरू थिए ।
हामीले क्रमशः उग्रवामपन्थी भड्काउहरूलाई चिन्दै सच्याउन पनि थालेका थियौं । को–अर्डिनेसन कालदेखि नै हामीले यो क्रम थालेका थियौं । खासगरी २०३३ सालबाट हामीले यो अभियान थालनी ग¥यौं । सच्याउने अभियानको थालनी मैले नै सुरुवात गरेको थिए“ । क्रमशः हामीले को–अर्डिनेसन कमिटीभित्र नै रहेका कमीकमजोरीहरूलाई हटाउन थाल्यौं । र, ती कुराहरू हट्दैहट्दै आखिर ०३७ सालमा तत्कालीन नेकपा (माले)को सातौं बैठकमा आएपछि हामीले मुख्य रूपमा हाम्रो कार्यदिशालाई नै रूपान्तरण ग¥यौं । फेरि हामीले जनआन्दोलनको कार्यदिशा लियौं । सशस्त्र सङ्घर्षको कार्यदिशालाई स्थगित ग¥यौं । हामीले व्यापक तयारी नगरी हिंसात्मक सङ्घर्षको कुरा गर्नुहु“दैन, हिंसात्मक सङ्घर्षको सम्भावनालाई अस्वीकार गर्नुहु“दैन तर सङ्घर्ष र सङ्गठनका अन्य तमाम रूपहरूलाई अपनाएर मात्रै अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । 
०३७ सालमा आएर उग्रवामपन्थी भड्काउहरूलाई सच्याइसकेपछि अब हाम्रो देशको ठोस परिस्थितिअनुरूप माक्र्सवाद लेनिनवादको प्रयोगमा कसरी एकरूपता कायम गर्नुपर्छ र नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई समग्रमा कसरी विकास गर्नुपर्छ भन्ने विषयवस्तु हाम्रा सामु आयो । यी विषयवस्तु आएपछि हाम्रो पार्टीमा गम्भीर बहस र विवादहरू सुरु भए तर हामीहरू छलफल गर्र्दै गयौं । नेपाली क्रान्तिका विविध विषयहरूमध्ये उठेका प्रमुख सवालहरू यतिबेला निम्न बमोजिम रहेका थिए ः 
पहिलो– नेपाली क्रान्ति नया“ जनवादी क्रान्ति हो । नया“ जनवादी क्रान्ति दीर्घकालीलन रूपले सम्पन्न हुन्छ । यसको सारतŒव भनेको कृषि क्रान्ति हो । जसरी चीनमा तीन÷चार चरण भएर क्रान्ति सफल भयो त्यसरी नै नेपालमा कति चरण भएर क्रान्ति पूरा हुन्छ ? यो प्रश्न हाम्रे सामु आयो र हामी गम्भीर विवाद र बहसमा लाग्यौं । 
नेपाली क्रान्तिले ००७ सालमा एउटा चरण पार ग¥यो । ००७ देखि ०१७ सम्ममा अर्को चरण पार ग¥यो । ०१७ देखि हामी पञ्चायताकालमा थियौं, त्यो तेस्रो चरण थियो । त्यो पञ्चायतकालको सङ्घर्षकै सिलसिलामा टुङ्गिन्छ कि अथवा अरू कति चरण पार गरेर जाला भन्ने खालको बहस हाम्रो बीचमा थियो । त्यो बहसलाई हामीले क्रमशः टुङ्गो लगायौं । 
दोस्रो– प्रत्येक चरणमा यसरी क्रान्तिका जो उपचरणहरू सिर्जना हुन्छन्, सिङ्गो क्रान्तिको जो आम चरण हुन्छ, र त्यो आम चरणभित्र अनेकौं प्रकारका उपचरणहरू आउने गर्दछन् । ती उपचरणअनुरूप पार्टीले क्रान्तिका कार्यनीतिक दिशाहरू निर्धारण गर्नुपर्ने हुन्छ । त्यो कार्यनीतिक कार्यदिशा निर्धारण गर्न सिपालु भइएन भने परिस्थिति बदलिसकेको हुन्छ, कसकाविरुद्ध प्रहार गरेर जाने, कसलाई एकताबद्ध बनाउ“दै जाने ? भन्ने विषयमा भ्रमहरू पैदा हुन सक्छन् । क्रान्तिलाई अगाडि बढाउन कार्यनीतिक कार्यदिशा प्रस्ट पार्नुपर्छ । कार्यनीतिक कार्यदिशा प्रस्ट भएन भने कुनै पनि उपचरणमा सङ्घर्षका कार्यक्रमहरूलाई अगाडि बढाउन सकि“दैन । तसर्थ, हामीले प्रत्येक चरणका कार्यनीतिक कार्यदिशा प्रस्ट पार्ने काम ग¥यौं । 
तेस्रो– यस्ता क्रान्तिका विभिन्न उपचरणहरूमा पार्टीको मुख्य कार्यनीतिक नारा कसरी निर्धारण गर्नुपर्छ भन्ने विषयमा निकै हाम्रो बीचमा लामो विवाद चल्यो । यस विषयमा २०३९ सालमा चर्को विवाद भयो । त्यतिबेला कमरेड सीपी मैनालीले पार्टी स्वतन्त्रतालाई मुख्य कार्यनीतिक नारा बनाएर जाऔं भन्ने प्रस्ताव गर्नुभयो । हामीले त्यो प्रस्ताव अगाडि सार्दाखेरि पार्टीको मुख्य कार्यनीतिक नारामा भड्काव पैदा हुनसक्ने कुरा देख्यौं । हामीले के भन्यौ भने निरङ्कुशतन्त्रको समाप्ति र पूर्ण राजनीतिक स्वतन्त्रतालाई मुख्य नारा बनाएर जानुपर्दछ र कुनै पनि बेलामा पार्टीले मुख्य कार्यनीतिक नारा तय गर्दाखेरि त्यसको सारतŒव क्रान्तिकारी भएको हुनैपर्दछ । त्यतिबेलाको प्रमुख शत्रुमाथि प्रहार भएको हुनैपर्दछ । र, प्रमुख परिवर्तनको लक्ष्य पनि त्यसले वेष्ठित गरेको हुनैपर्दछ । तब मात्रै मुख्य कार्यनीतिक नारा उपयुक्त हुन्छ भन्ने टुङ्गोमा हामी पुग्यौं । र, मुख्य कार्यनीतिक नारालाई पनि लामो बहस र छलफलपछि टुङ्गोमा पु¥यायौं । 
चौथो – नेपाली क्रान्ति जसरी विभिन्न उपचरण हु“दै अगाडि बढ्छ, ती उपचरणअनुरूप पार्टीले क्रान्तिका निम्ति ठोस कार्यक्रमहरू अगाडि सार्नुपर्ने हुन्छ । र, नया“ जनवादी क्रान्ति एउटा दीर्घकालीन क्रान्ति भएको हुनाले त्यस्तो क्रान्तिका निम्ति आम कार्यक्रम र ठोस कार्यक्रम अगाडि सार्नुपर्ने हुन्छ । सिङ्गो कालखण्डका लागि आम कार्यक्रम हुन्छ भने प्रत्येक उपचरणका लागि ठोस कार्यक्रम हुन्छ । यो कुरालाई कसरी व्यवस्थित गर्ने भन्ने सवालमा पनि हाम्रो बीचमा लामो बहस चल्यो । हामीले यी कुराहरूलाई लामो छलफलपछि टुङ्गोमा पु¥यायौं । 
पा“चौं सवाल– हामीले त्यसपछि प्रधान अन्तरविरोधबारे बहस ग¥यौं । यो बहस पनि त्यति नै लामो समयसम्म चल्यो । नेपाली समाजको प्रधानअन्तरविरोध भनेको के हो ? यसमा अनेक खालका अवधारणाहरू प्रकट भएका थिए । अनेक अवधारणाको बीचमा हामीले बहस र छलफल ग¥यौं । त्यो बहस र छलफललाई पनि सफलतापूर्वक टुङ्ग्यायौं । नेपाली समाजमा तत्कालिन अवस्थामा जमिन्दार बर्ग र पु“जीपति वर्ग एकातिर र व्यापक जनसमुदाय अर्कोतिर भएकाले त्यो अन्तरविरोध वर्गीय रूपले प्रधान अन्तरविरोध हो । राजनीतिक रूपले चाहि“ त्यो राजतन्त्र र व्यापक जनताबीचको अन्तरविरोधका रूपमा यो प्रकट भएको छ भन्ने हामीले निष्कर्ष निकाल्यौं । यस आधारमा प्रधान अन्तरविरोधको बहसलाई पनि हामीले टुङ्ग्यायौं । 
छैटौं – नेपाली क्रान्तिको विद्यामान अवस्थामा प्रधान शत्रु को हो ? कसलाई प्रहार गर्ने ? कसैले भन्थे नेपाली काङ्ग्रेस प्रधान शत्रु हो । कसैले भारत प्रधान शत्रु हो भन्थे । कसैले राजतन्त्र प्रधान शत्रु मान्थे । यसरी प्रधान शत्रुका बारेमा पनि एकरूप धारणा थिएन । लामो बहसपछाडि हामी के टुङ्गोमा पुग्यौं भने प्रधान अन्तरविरोध र प्रधान अन्तरविरोधको प्रधान पक्षले नै मुख्य शत्रुको समस्यालाई समाधान गर्दछ, निर्धारण गर्दछ र प्रधान अन्तरविरोध राजनीतिक रूपले राजतन्त्र र व्यापक जनताको बीचमा भइसकेपछि प्रधान शत्रु भनेको राजतन्त्र नै हो । त्यकारणले राजतन्त्रविरुद्ध नै हामीले हाम्रा सम्पूर्ण सङ्घर्षलाई केन्द्रित गरेर अगाडि बढ्नुपर्छ । त्यसरी मात्रै हाम्रो क्रान्ति बढ्न सक्छ भनेर प्रधान शत्रुको समस्या सुल्झायौं । 
आठौं – बहसको मुद्दा अझै रोचक थियो । पार्टीको मार्गदर्शक सिद्धान्त के हो ? त्यतिबेला पार्टीको मार्गदर्शक सिद्धान्तबारे विभिन्न खालका बहसहरू थिए । कोही माक्र्सवाद मात्रै भन्दा पुग्छ भन्नेहरू पनि थिए । कोही माक्र्सवाद–लेनिनवाद हाम्रो सिद्धान्त हो भन्नेहरू थिए । कोही माक्र्सवाद–लेनिनवाद–माओवाद भन्नुपर्छ भन्नेहरू थिए । कोही माक्र्सवाद–लेनिनवाद–माओत्से तुङ विचारधारा भन्नुपर्छ भन्नेहरू थिए । कोही माक्र्सवाद–लेनिनवाद–माओत्से तुङ विचारधारा र चारु मजुमदार लाइन भन्नुपर्छ भन्नेहरू पनि थिए । त्यतिबेला यस्ता विभिन्न खालका विचारहरू थिए । यी विचारहरूमा पनि गम्भीर र गहन बहसपछाडि हामीले हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त भनेको वास्तवमा माक्र्सवाद–लेनिनवाद नै हो । माक्र्सवाद–लेनिनवाद नै सार्वभौम सच्चाइ हो । सिङ्गो विश्वका कुनै पनि भागमा कार्यान्वयन गर्न सकिने मार्गदर्शक सिद्धान्त भनेको माक्र्सवाद–लेनिनवाद हो । यसमा अरू कुनै पुच्छरहरू जोडिरहन जरुरी हु“दैन भन्ने निष्कर्षमा हामी पुग्यौं । र, यसरी हामीले त्यसलाई पनि संश्लेषण ग¥यौं । 
नवौं – विश्वका समाजवादी मुलुकहरूलाई कसरी हेर्ने ? सोभियत सङ्घलाई समाजवादी मुलुक मान्ने कि नमान्ने ? पूर्वी युरोपका मुलुकहरूलाई समाजवादी मान्ने कि नमान्ने ? अन्य मुलुकहरूलाई पनि के आधारमा समाजवादी मुलुक मान्ने ? हामीले कस्तो मापदण्डका आधारमा कुनै मुलुकलाई समाजवादी मान्ने  भन्ने सवालमा पनि गम्भीर बहस ग¥यौं । त्यो बहस छलफल पछाडि अन्ततः हामीले समाजवादी आनदोलनलाई हेर्ने सवालमा एउटा डकुमेन्ट नै पेस ग¥यौं । मैले नै त्यो दस्तावेज पेस गरें । त्यो दस्तावेजमा सर्वसम्मति कायम भयो । र, हामीले तत्कालीन सोभियत सङ्घमा कतिपय कमिकमजोरीका बाबजूद पनि समाजवादी मुलुक नै हो भन्ने निष्कर्ष निकाल्यौं । पूर्वी युरोपेली मुलुकहरू पनि समाजवादी मुलुकहरू नै हुन् । चीन, भियतनाम, लाओस, क्युबा, उत्तर कोरियालगायत देशहरू समाजवादी देशहरू हुन् । हरेक देशको समाजवाद आफ्नै विशिष्टताअनुरूप विकसित हुन्छ । उनीहरूको समाजवादका स्वरूपहरू पनि भिन्नभिन्न हुन सक्छन् । तर, उनीहरू सबै समाजवादी मुलुकहरू नै हुन् । हामीले त्यस्तो निष्कर्ष निकाल्यौं ।
दसौं – समाजवादी मुलुकभित्रका कमीकमजोरीलाई पनि हामीले नियाल्नुपर्ने हुन्छ । नेपालमा समाजवाद कसरी स्थापना हुन्छ ? नेपालको समाजवाद अरू देशको समाजवादस“ग कतिपय कुरामा भिन्न हुन सक्छ । त्यसकारण, समाजवादको कुनै एउटा मोडल निर्माण हुने अनि त्यो मोडलका पछाडि सबै लाग्ने भन्ने कुरा हु“दैन । सोभियत सङ्घको समाजवाद पनि त्यस्तो मोडल समाजवाद होइन । सोभियत सङ्घको विशिष्टताका आधारमा त्यहा“ समाजवाद स्थापना भयो । त्यसलाई आफ्नै ढङ्गले उनीहरूले विकास गर्नुपर्ने हुन्छ । त्यस विषयमा पनि व्यापक छलफल गरेर समाजवादसम्बन्धी विवादलाई टुङ्गो लगायौं । 
यही बीचमा चीनमा तेङ सियाओ पेङको उदय भयो । ग्याङ अफ फोरको पतन भयो । तेङ सियाओ पेङ भनेका दक्षिणपन्थी अवसरवादी हुन् र उनले अब चीनमा पनि संशोधनवाद हावी गर्छन् । चीनमा प्रतिक्रान्ति भयो भनेर मोहनविक्रम सिंहलगायतका नेताहरूले त्यो खालका अवधारणाहरू प्रस्तुत गरे । त्यसले त्यो बेला नेपालमा निकै ठूलो बहस सिर्जना ग¥यो र हामीले एकताबद्ध भएर त्यो गलत कुरालाई चि¥यौं । र वास्तवमा तेङको नेतृत्व पनि एउटा क्रान्तिकारी नेतृत्व नै हो । कम्युनिस्ट पार्टीको नेतृत्व नै हो । र, चीन आधारभूत रूपले समाजवादको बाटोमै रहेको छ । चीनले उग्रवामपन्थी भड्काउ जुन पैदा भएको थियो, त्यसलाई सच्यायो भन्ने निष्कर्षमा पुग्यौं । आज यथार्थमा हाम्रा ती नीतिहरू सही थिए भन्ने पुष्टि भएको छ । 
एघारौं – नया“ जनवादलाई लक्ष्य बनाएर अघि बढिरहेका थियौं । ००६ सालदेखि नै हाम्रो पार्टीको कार्यक्रमिक लक्ष्य नया“ जनवाद थियो । त्यो नया“ जनवाद एकदलीय जनवाद हुन्छ कि बहुदलीय जनवाद हुन्छ भन्ने प्रश्नमा पनि बहस ग¥यौं । यो बहस छलफल गरेर ०४६ सालमा पार्टीको चौथो राष्ट्रिय महाधिवेशनमा टुङ्गो लगायौं । नया“ जनवाद पनि बहुदलीय जनवाद हुन्छ । वास्तवमा बहुदलीय जनवादको आधार चौथो महाधिवेशनले तयार पारेको थियो । 
यी एघारवटा मुख्य मुद्दाहरूमा त्यतिबेला बहस गरेर, ठूलाठूला र लामालामा विवाद गरेर एक–एक गर्दै टुंगोमा पु¥याउने काम भयो । यसरी आखिरमा हामी एउटा संश्लेषणमा पुग्यौं । यही क्रममा नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूको एउटा शृङ्खला तयार भयो । वास्तवमा ०३९ सालदेखि ०४६ सालसम्मको तत्कालीन नेकपा (माले)को विकास क्रममा यी मुद्दाहरूको निरूपण गर्ने काम एउटा ऐतिहासिक महŒवको काम थियो । यिनै कामहरू सम्पादन गर्ने कुराले नै नेपाली क्रान्तिको सिद्धान्तको शृङ्खला निर्माण भयो । 
पा“चौं महाधिवेशनमा हामीले कार्यक्रमका बारेमा केही बहस ग¥यौं तर त्यो कार्यक्रमको सैद्धान्तिक आधार भने चौथो महाधिवेशनमै तयार पारेको कुरा स्पष्टै छ । यसरी चौथो महाधिवेशनसम्म आइपुग्दा हामीले गरेका मुख्य सैद्धान्तिक बहस यिनै हुन् र म नै त्यतिबेला पार्टीको महासचिव थिए“ । मेरो नेतृत्वमा यी सम्पूर्ण सैद्धान्तिक मुद्दाहरू निरूपण हुन पुगेका थिए । यसरी हाम्रो पार्टीको कार्यदिशा, नीति र सिद्धान्त स्पष्ट भयो । ०४६ सालमा हामीले चौथो महाधिवेशन सम्पन्न ग¥यौं । त्यस महाधिवेशनमा जुन नीतिगत सवालहरू हामीले हल ग¥यौं, व्यवहारमा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अब राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध बृहत् आन्दोलन गर्नुपर्छ, हामीले संयुक्त आन्दोलनबाट जनउभार सिर्जना गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । त्यो निष्कर्षका साथ चौथो महाधिवेशनमा हामीले एउटा प्रस्ताव नै पारित ग¥यौं । र, हामीले सबै कम्युनिस्ट पार्टीहरू मिलाएर एउटा संयुक्त मोर्चा निर्माण गर्ने निर्णय ग¥यौं । पार्टीले मलाई नै त्यो संयुक्त मोर्चा बनाउने जिम्मेवारी दियो । मैले सबै कम्युनिस्ट समूहहरूस“ग छलफल गरें । त्यसपछि संयुक्त वाममोर्चा निर्माण भयो । ०४६ माघसम्म पुग्दा हामीले संयुक्त वाममोर्चा निर्माण गरिसकेका थियौं । काङ्ग्रेसस“ग पनि हामीले वार्ता ग¥यौं । 
त्यो वार्तापछि एउटा बृहत् संयुक्त मोर्चा निर्माण गरेर ०४६ फागुन ७ गते संयुक्त आन्दोलनको सुरुवात ग¥यौं । त्यो सुरुवातपछि ५१ दिन पनि पञ्चायत टिकेन । ५१ दिन पुग्दानपुग्दै ०४६ साल चैत २६ गते तत्कालीन निर्दलीय तानाशाही पञ्चायती व्यवस्था सिसाको महलझैं गल्र्यामगुर्लुम्म ढल्यो । र, राजतन्त्र हामी राजनीतिक पार्टीहरूस“ग सहमति र सम्झौता गर्न बाध्य भयो । र, ०४६ सालको परिवर्तन यसरी घटित भयो । 
जहा“सम्म पार्टीमा नेतृत्व परिवर्तनको लागि सहजता र असहजता कस्तो रह्यो भन्ने प्रश्न छ, यो ०३९ सालको प्रश्न हो । हामीले पार्टीमा उग्रवामपन्थी भड्काउहरू सच्याइसकेपछि नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूको शृङ्खला निर्माण गर्दै जनआन्दोलन र जनसङ्गठनलाई राष्ट्रव्यापी रूप दिएर राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता थियो । त्यो आवश्यकतालाई परिपूर्ति गर्नका लागि पार्टीका नीति र विचारहरूको सङ्घर्षमा हामीले बहस गर्न सुरु ग¥यौं । त्यो बहस हु“दै गएपछि नेतृत्वले सही ढङ्गले त्यसको सञ्चालन र सम्पादन गर्न सकेन । नेतृत्व जुन ढङ्गले बहस विवादहरूमा लाग्नुपर्ने थियो, त्यो ढङ्गले लाग्न सकेन । त्यतिबेला कमरेड सीपी मैनाली पार्टीको महासचिव हुनुहुन्थ्यो । उहा“ले पार्टीभित्र देखा परेका सम्पूर्ण विचारहरूलाई र भिन्न मतहरूलाई जसरी व्यवस्थापन गर्ने र नेतृत्व गर्ने काम गर्नुपर्ने थियो, त्यो गर्न सक्नुभएन । त्यसले गर्दा केन्द्रीय कमिटीको विश्वास उहा“ले गुमाउनुभयो । र, उहा“ मात्रै एकातिर र सिङ्गो केन्द्रीय कमिटी अर्कोतिर रहेको अवस्था सिर्जना भयो । जसले गर्दा पार्टीमा नेतृत्व परिवर्तनको माग उठ्यो । त्यतिबेला मैले आफैं महासचिव बन्नुपर्छ वा बन्छु भन्ने कल्पना गरेको थिइन“ । तर, त्यतिबेलाका जो साथीभाइहरू हुनुहुन्थ्यो, उहा“हरूमध्ये कसैले पनि त्यो जिम्मेवारी नलिने तर परिवर्तन नगरी पनि जान नसकिने टुङ्गोमा केन्द्रीय कमिटीका सबै साथीहरू पुगिसक्नुभएको थियो । अनि उहा“हरूले मलाई महासचिव प्रस्ताव गर्नुभयो । त्यो प्रस्तावमा मैले धेरै विचार गरें र अन्त्यमा स्वीकार गरें । त्यसपछि वास्तवमै पार्टी अगाडि बढ्यो । हाम्रा सामु उत्पन्न भइरहेका जति पनि विवादहरूलाई सफलतापूर्वक सैद्धान्तिक धरातलमा उभिएर हामीले हल ग¥यौं । नेपाली क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तको एउटा शृङ्खला नै तयार पा¥यौं । त्यो शृङ्खला तयार पार्ने क्रममा ०३९ देखि ०४६ सालसम्मको अवधि एक ऐतिहासिक अवधिका रूपमा रहेको छ । ०३९ सालमा जसरी नेतृत्व परिवर्तन भयो, त्यसबाट सीपी कमरेड अलिकति असन्तुष्ट हुनुभयो । उहा“ले सानासाना गुट पनि बनाउनुभयो । असन्तुष्टिहरू व्यक्त गर्दै पनि हि“ड्नुभयो । त्यसले गर्दा उहा“लाई पछि कारबाही पनि गर्नुप¥यो । नेतृत्व परिवर्तन भनेको सहज हु“दो रहेनछ । कतिपयलाई असहज लाग्दो रहेछ । समस्याहरू आउ“दा रहेछन् । यो अनुभव हामीलाई ०३९ सालले दिएको छ । ०४६ सालमा अत्यन्त सहजताका साथ कमरेड मदनकुमार भण्डारीलाई नेतृत्व सुम्पेर म नेतृत्वबाट हटेको हु“ । मैले सहजताका साथ त्यो चिजलाई लिए“ । मैले कुनै गुटबन्दी गरिन“ । पार्टीमा निरन्तर काम गर्दै आए“ । पछि आएर फेरि म पार्टीको महासचिव भए“ । फेरि पार्टीको अध्यक्ष भए“ । तर, मलाई अरू कुनै तलमाथि गर्नुपर्ने आवश्यकता परेन । कसैकसैलाई अलिकति समस्या पर्छ । सहन गाह्रो हुन्छ । कसैलाई सहन सजिलो हुन्छ । कसैले सहज ढङ्गले लिन्छन् । कसैले कष्टपूर्ण ढङ्गले लिन्छन् । यसकारण, नेतृत्व परिवर्तनको कुरामा तलमाथि हु“दो रहेछ । तर, जुन ०३९ सालमा नेतृत्व परिवर्तन भयो, त्यो पार्टीले ठीक निर्णय गरेको थियो । त्यसबाट पार्टीले असल परिणामहरू जन्मायो भन्ने कुरा घटनाक्रमले प्रस्ट पारेका छन् । 
निष्कर्ष 
नेपालको कम्युनिस्ट आन्दोलनमा २० को दशकबाट जुन विभाजन हुन सुरु भएको थियो, त्यो विभाजनलाई तोड्दै क्रमशः फेरि पुनर्गठन गर्ने, फेरि एकता कायम गर्ने र फेरि रूपान्तरण गर्ने एउटा अभियान जो झापा सङ्घर्षपछि को–अर्डिनेसन निर्माण गरेर हामीले थाल्यौं, त्यो अभियान ०४६ सालको परिवर्तनसम्म आइपुग्दा धेरै हदसम्म सफल भयो । र, नेकपा (माले) नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा विकसित भयो । नेकपा 
(माले)ले नै पहिलो पटकको संसद्को निर्वाचनमा नेकपा (माक्र्सवादी) स“ग एकता कायम गरी अत्यन्त महŒवपूर्ण सफलता हासिल ग¥यो । त्यो परिवर्तनको सिलसिलामा हामीले कमरेड मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको पाका पुराना कमरेडहरूसमेत भएको समूहस“ग एकीकरण गरेको त्यस एकीकरणले हाम्रो पार्टीलाई नेकपा (एमाले) मा रूपान्तरित ग¥यो । यसरी पार्टीको युवापङ्क्ति, पुरानो पाको पङ्क्ति र बयोवृद्धहरूको पङ्क्तिसमेत एकताबद्ध हुन पुग्यो । एकताबद्ध भएपछि नेपालको कम्युनिस्ट आन्दोलनलाई हामीले सुस्थिर ढङ्गले अगाडि बढाउने कामहरू गर्दै आएका छौं । ०४६ सालपछि पनि हाम्रो पार्टीमा विभाजन आयो । तर, त्यो विभाजनलाई केही वर्षभित्रै हामीले फेरि एकतामा रूपान्तरण ग¥यौं । त्यसको परिणाम स्वरूप नेकपा (एमाले) ०४६ सालपछाडि निरन्तर यो देशको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बनेर रहेको छ । बीचमा माओवादी आन्दोलन निकै चर्को रूपमा अगाडि आयो । त्यसले संविधानसभाको पहिलो निर्वाचनमा हामीलाई दोस्रो कम्युनिस्ट पार्टीका रूपमा धकल्यो । फेरि पनि हामीहरू आठौं राष्ट्रिय महाधिवेशन पछाडि उग्रवामपन्थका विरुद्ध जुध्यौं र वैचारिक सङ्घर्षहरू अगाडि बढायौं । त्यसले हामीलाई कम्युनिस्ट आन्दोलनको पहिलो शक्तिका रूपमा स्थापित गराइदियो । र, देशलाई अगाडि बढाउने सिलसिलामा अब नेकपा (एमाले) पहिलो पार्टी बन्ने उज्ज्वल सम्भावनाका साथ अगाडि बढिरहेको छ । सिङ्गो पार्टीको शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउन सकेको खण्डमा एउटा शक्तिशाली, राष्ट्रव्यापी, जनव्यापी सुअनुशासित, सुसङ्गठित र देशको सबैभन्दा शक्तिशाली पार्टीका रूपमा नेकपा (एमाले) विकसित भएर निरन्तर अघि बढ्नुु अनिवार्य छ ।

झापा सङ्घर्षपछि  राष्ट्रव्यापी पार्टी निर्माण

माधवकुमार नेपाल

१. राष्ट्रिय पार्टी निर्माणमा झापा सङ्घर्षको पे्ररणा 
वि.सं. १९९७ सालका वीर सहिदहरूले पनि लेनिनको समयको सङ्घर्षको चर्चा गरे, करिब त्यसै समयदेखि नेपालमा कम्युनिस्ट पार्टीको चर्चा सुरु भयो र २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाली श्रमजीवी वर्गको मुक्तिका लागि नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसरी स्थापित कम्युनिस्ट पार्टीले अगाडि बढ्ने क्रममा विभिन्न उतारचढावहरूको सामना ग¥यो । यसले मजदुर तथा किसानहरूलाई जागृत र परिचालित गर्ने काम ग¥यो, कर्मचारीहरूलाई जागृत गर्ने काम ग¥यो र विद्यार्थी सङ्गठनको निर्माण र परिचालन गर्ने काम ग¥यो । यी कामको माध्यमद्वारा कम्युनिस्ट आन्दोलनलाई विस्तार गर्ने काम भयो । ०१५ सालको निर्वाचनमा यसले तराईका दुई तथा पहाडका दुई गरी जम्मा चार स्थानमा विजय प्राप्त ग¥यो । यही निर्वाचनबाट कम्युनिस्ट आन्दोलन देशव्यापी बन्यो । 
पञ्चायती व्यवस्थाको सुरुवात भइसकेपछि कम्युनिस्ट पार्टी चुप लागेर बसेन । यसका नेताहरू थुनामा गए, यातना भोगे र कतिपय निर्वासनमा रहनुप¥यो । यही बीचमा कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवादहरू देखापरे । पार्टीको कार्यक्रम र कार्यनीतिसम्बन्धी सवालमा देखापरेको विवाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका मतभेदहरू र पञ्चायती व्यवस्थाबाट रचिएका षड्यन्त्रका साथै पद्धतिसङ्गत ढङ्गले अन्तरपार्टी सङ्घर्ष सञ्चालन नगर्नेजस्ता कारणले पार्टीमा विवाद र विभाजन चर्कंदै गयो । पार्टी केन्द्रको भूमिका कमजोर बन्दै गयो । ०२२ सालदेखि कतिपय स्थानीय कमिटीहरूले केन्द्रस“ग सम्बन्ध विच्छेद गर्न थाले । पार्टी छिन्नभिन्न हुन थाल्यो । कमरेड पुष्पलालले ०२४ सालबाट सुरु गर्नुभएको पर्टी पुनर्गठन अभियान पनि केही समय प्रभावकारी रहे दिगो हुन सकेन । विभाजनको प्रक्रिया बढेर गयो । स्थानीय कमिटीहरूले स्वायत्त ढङ्गले काम गर्न थाले । त्यसबेलाको सुन्दर पक्ष के थियो भने जिल्लाजिल्लामा गाडिएको कम्युनिस्ट पार्टीको जरो बलियो भएकाले स्थानीय कमिटीहरूले केन्द्रको मुख नताकी पार्टीलाई आ–आफ्नो जिल्लामा जोगाए, हुर्काए र अगाडि बढाए । अन्य जिल्लामा जस्तै झापा जिल्लामा पनि त्यहा“का क्रान्तिकारीहरूले कम्युनिस्ट पार्टीलाई जोगाउने, हुर्काउने र अगाडि बढाउने काम गरिरहेका थिए । 
यसैबीचमा झापा जिल्ला कमिटीमा रहेका केही कमरेडहरूमा नया“ विचारतर्फ आकर्षण बढ्यो । त्यो नया“ विचार भनेको चिनिया“ सांस्कृतिक क्रान्तिको विचार थियो र भारतीय नक्सलवाडी आन्दोलनको विचार थियो । यसको मूल सार भनेको हतियारबन्द आन्दोलनबाट मात्र कम्युनिस्ट पार्टीको विजय एवम् श्रमजीवी सर्वहारा वर्गको मुक्ति सम्भव छ भन्ने थियो । माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराका साथै भारतीय कम्युनिस्ट पार्टीका नेता चारु मजुमदारको वर्गशत्रु खत्तमको विचारलाई अङ्गीकार गरेको यो विचार उग्र वामपन्थी विचारधारामा उभिएको थियो । त्यतिबेला वर्गशत्रुलाई हत्या गर्ने कुरालाई नै केन्द्रबिन्दुमा राखिएको थियो । जनतामा चेतना जगाउने, जनपरिचालन गर्ने र जनआन्दोलन गर्ने कुराहरू कम तर गुरिल्ला दस्ताहरू बनाउने र परिचालन गर्ने, गाउ“लाई आफ्नो कब्जामा राखी गाउ“बाट सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको बाटो अङ्गीकार गरिदिएको थियो । अतः झापा सङ्घर्षले दिएका महŒवपूर्ण सन्देशहरूमध्ये पहिलो सन्देश हो– त्याग, तपस्या र आवश्यक पर्दा बलिदान गरेर भए पनि कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर लैजानुपर्छ । यसको अर्को सन्देश शोषित, पीडित, श्रमजीवी र सर्वहारा वर्गको सेवा गर्नुपर्दछ र सर्वहारा वर्गको मुक्तिका लागि क्रियाशील रहनुपर्दछ । त्यस्तै, जनतामा चेतना फैलाउनुपर्दछ भन्ने यसको अर्को सन्देश हो । त्यतिबेला झापाका क्रान्तिकारी कमरेडहरूलाई दाङका कमरेडहरूले पठाएको चिठी र उक्त चिठीको जवाफस्वरूप झापाका क्रान्तिकारीहरूले लेखेको चिठीमा उल्लिखित ‘शोषण जहा“ हुन्छन्, ती ठाउ“ झापा हुन्छ र शोषित मान्छे जहा“ हुन्छ, त्यो झापाली हुन्छ...’ र ‘हेर्दा दङालीको चिठी हर्षविभोर भयौं हामी...’ जस्ता वाक्यांशहरूले लामो समयसम्म क्रान्तिकारीहरूलाई प्रेरणा र ऊर्जा प्रदान गरिरहे ।
२. कसरी निर्माण भयो को–अर्डिनेसन 
केन्द्र (को.के.) ?
०२२ सालदेखि म कम्युनिस्ट आन्दोलनमा आकर्षित भई ०२६ सालमा कमरेड पुष्पलालले नेतृत्व गर्नुभएको कम्युनिस्ट समूहमा संगठित भई नया“ क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ भन्ने मान्यतासहित मोरङ पुगेको थिए“ । मलाई चिनिया“ सांस्कृतिक क्रान्ति र भारतको नक्सलवाडी आन्दोलनले प्रभावित गरिरहेकै थिए । त्यसमाथि झापाको सङ्घर्षले पनि प्रभावित ग¥यो । त्यहीबेला मोरङमा एउटा अर्को क्रान्तिकारी सङ्गठन थियो । त्यसको नाम थियो, ‘नेपाल क्रान्तिकारी सङ्गठन माक्र्सवादी, लेनिनवादी (माले) मोरङ’ । त्यो सङ्गठनमा आबद्ध भएर हामी काम गर्न थाल्यौं । यसैबीच, मोरङको सङ्गठन र झापाका क्रान्तिकारीहरूको बीचमा सहकार्य हुन थाल्यो । सहकार्यसहित संयुक्त रूपमा हामीले आ–आफ्नो ठाउ“मा कामलाई अगाडि बढाउ“दै लग्यौं । 
त्यतिबेला अबको कम्युनिस्ट आन्दोलनलाई जोगाउने, बचाउने, हुर्काउने र बढाउने जिम्मेवारी लिनुपर्दछ भन्ने भावना हामीले बोक्यौं । त्यही क्रममा नै झापाका क्रान्तिकारीहरूमध्ये कमरेड मुकुन्द न्यौपानेस“ग मेरो सम्पर्क सम्बन्ध भयो । उहा“ पहिले झापाबाट मोरङ आउनुभयो र पछि बारा जानुभयो । उहा“ले झापा सङ्घर्षको सन्देशलाई फैलाउने काम गर्नुभयो । त्यसपछि कमरेड केपी ओली आउनुभयो । उहा“ आएपछि निर्वासनमा रहनुभएका क. मोहनचन्द्र अधिकारीलाई लिन जानुभयो । उहा“हरूस“गको सम्पर्क सम्बन्धबाट झापाभित्र दुई लाइन सङ्घर्ष चलिरहेको जानकारी प्राप्त भयो र उग्र वामपन्थी लाइनले पारेको असरका बारेमा हामीस“ग व्यापक छलफल भयो । त्यही क्रममा ०३० सालको अन्तिममा झापा जिल्ला कमिटीका नेता सीपी मैनालीस“ग विराटनगरमा मेरो सम्पर्क भयो । त्यतिबेला झापामा सम्पर्क गर्ने जिम्मा मोरङको पार्टीले मलाई नै दिएको थियो । 
हामी दुईको बीचमा सल्लाह भयो कि ‘अब यो आन्दोलनलाई झापामा वा मोरङमा मात्रै सीमित गर्नुहु“दैन, देशव्यापी रूपमा लैजानुपर्दछ ।’ त्यस समयमा झापामा चर्को दमन चलिरहेको थियो । सोही दमनका क्रममा सुखानीमा पा“चजना क्रान्तिकारी कमरेडहरूलाई जेल सार्ने बहानामा हत्या गरियो । अन्य कमरेडहरू पनि दमनको सिकार हुनुभयो । त्यतिबेला उक्त दमनबाट कम्युनिस्ट पार्टीलाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता थियो । मोरङमा त्यति ठूलो दमन थिएन, तर जब हामीले भारतीय सिनेमा जलाउने कार्यक्रम ग¥यौं र भारतमा पठाएका दस्तावेजहरू समातिए, त्यसपछि नक्सलवाडी गतिविधि बढेको भन्दै प्रशासनले कडाइ ग¥यो । पार्टीको कामलाई दमन भएको स्थानमा मात्र सीमित गर्ने कि अन्यत्रसमेत लैजाने भन्ने स्थिति उत्पन्न भइसकेपछि हामीले एउटा क्रान्तिकारी अपिल प्रकाशित गर्ने निर्णय ग¥यौं र सोही निर्णयका आधारमा सीपी मैनाली र म बसेर मस्यौदा गरिएको उक्त अपिल २०३१ साल जेठ १४ गतेका दिन जारी गरियो । सोही अपिललाई देशव्यापी रूपमा प्रचार गर्नका लागि मेची र कोसीको जिम्मा सीपी मैनालीलाई एवम् कोसीको तराईका जिल्ला र पश्चिम तिरको जिम्मा मलाई दिइयो । त्यही सिलसिलामा म सिरहा, बारा, पर्सा, काठमाडौं, दोलखा र सिन्धुपाल्चोक पुगें । अनि अमृत बोहरा, मिलन तुलाधर, मुकुन्द न्यौपाने, मणिलाल राईलगायतलाई सम्पर्क गर्ने काम गरें । त्यसबेलाको उक्त काममा रामचन्द्र यादव र म केन्द्रको काममा बढ्ता जुटेका थियौं । 
यो सबै गरिसकेपछि अब एउटा क्रान्तिकारी सङ्गठन बनाउनैपर्छ भनेर हामीले ०३१ सालमै कोसिस ग¥यौं । त्यो कोसिस सफल भएन । पुनः ०३२ सालको जेठ महिनामा हामीले एउटा राष्ट्रिय भेला ग¥यौं, त्यस भेलाबाट हामी आठजना (सीपी मैनाली, म, रामचन्द्र यादव, अमृत बोहरा, झलनाथ खनाल, मुकुन्द न्यौपाने, मणिलाल राई र गोविन्द न्यौपाने) रहेको को–अर्डिनेसन केन्द्र बनाइयो । तीनजनाको ब्युरो बन्यो जसमा सीपी मैनाली, म र रामचन्द्र यादव थियौं । यसरी निर्माण भएको को–अर्डिनेसन केन्द्रले पुष्पलाल समूहस“ग छुट्टिएको मुक्तिमोर्चा समूहलाई एकताबद्ध ग¥यो, जसमा जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, बामदेव गौतम, सिद्धिनाथ ज्ञवालीलगायतका कमरेडहरू हुनुहुन्थ्यो । त्यसपछि मोहनविक्रम समूहबाट अलग भई बनेको र नेत्रलाल अभागीको नेतृत्वमा रहेको दाङको सन्देश समूहस“ग एकता ग¥यौं । पूर्वको रातोझन्डा समूहलाई पनि पार्टीमा समावेश गराइयो, जसमा वासु शाक्यसहितका कमरेडहरू हुनुहुन्थ्यो । त्यपछि ०३५ पुस ११ मा एक सम्मेलन गरी नेकपा (माले) गठन गरियो । मालेको गठनपछि सानाठूला थुप्रै क्रान्तिकारी कम्युनिस्ट समूहरूलाई एकताबद्ध गर्दै नया“ पर्टी निर्माण र विस्तार गरिएको थियो । 
३. कोके र झापाको सैद्धान्तिक बाटो 
झापा आन्दोलनको सैद्धान्तिक बाटो भनेको चिनिया“ सांस्कृतिक क्रान्ति र भारतीय नक्सलवाडी आन्दोलनको बाटो थियो । त्यसको मूल सार भनेको हतियारबन्द आन्दोलनबाट मात्र कम्युनिस्ट पार्टीको विजय एवम् श्रमजीवी सर्वहारा वर्गको मुक्ति सम्भव छ भन्ने थियो । आज आएर हेर्दा त्यो उग्रवामपन्थी दृष्टिकोण थियो भन्नुपर्दछ । त्यसले माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराका साथै भारतीय कम्युनिस्ट पार्टीका नेता चारु मजुमदारको वर्गशत्रु खत्तमको विचारलाई अङ्गीकार गरेको थियो ।  त्यतिबेला शत्रुलाई हत्या गर्ने कुरालाई नै केन्द्रबिन्दुमा राखिएको थियो । जनतामा चेतना जगाउने, जनपरिचालन गर्ने र जनआन्दोलन गर्ने कुराहरू कम तर गुरिल्ला दस्ताहरू बनाउने र परिचालन गर्ने, गाउ“लाई आफ्नो कब्जामा राखी गाउ“बाट सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको बाटो अङ्गीकार गरेको थियो ।
को–अर्डिनेसन केन्द्रले सुरुवातमा सैद्धान्तिक आधारका रूपमा माक्र्सवाद, लेलिनवाद, माओ विचारधारा र चारु मजुमदारको लाइन लिएको थियो । ०३५ सालको साउन महिनामा भएको कोकेको तेस्रो सम्मेलनमा बहस गर्दै जाने क्रममा नेपालीहरूले चारु मजुमदार लाइन भन्नुहु“दैन भनेर त्यसलाई हटाउने प्रस्ताव गरियो । त्यसमा ठूलो विवाद भयो । उक्त लाइन हटाउने विषयमा रामचन्द्र यादवको गम्भीर असहमति रह्यो, तर कोकेका अधिकांश नेता हटाउने पक्षमा भएकाले बहुमतबाट चारु मजुमदार लाइन हटाउने प्रस्ताव पारित भयो । त्यसरी हामीले जडसूत्रवादी एवम् कुनै पार्टी विशेषको प्रभावबाट मुक्त हुने कोसिस ग¥यौं ।     ४. प्रमुख सैद्धान्तिक रूपान्तरण (पा“चौं महाधिवेशनसम्म)
२०३५ सालको पुस महिनामा मोरङमा पहिलो राष्ट्रिय सम्मेलनको आयोजना भयो । कमरेड मदन भण्डारीले त्यसको व्यवस्थापनको जिम्मा लिनुभएको थियो । उक्त सम्मेलनबाट हामीले पार्टीलाई उग्रवामपन्थी विचारबाट अलिकति सही बाटोतर्फ डो¥याउन थाल्यौं । तर पनि पार्टीभित्र अझै पनि उग्रवामपन्थी चिन्तन हावी थियो । त्यतिबेलादेखि हामीले हाम्रो कम्युनिस्ट आन्दोलनलाई विदेशी प्रभावबाट मुक्त गराएर नेपालले आफ्नो बाटो आफैं पहिल्याउनुपर्छ भन्ने मान्यता बोक्यौं । ०३५ देखि ०३७ सालसम्म पार्टीभित्र ठूलो बैचारिक सङ्घर्ष चल्यो । जनमतसङ्ग्रह, शान्ति क्षेत्रको प्रस्ताव तथा क्रान्तिकारी अस्थायी सरकार निर्माण गर्नेजस्ता विषयमा धेरै विवादहरू भए । यही वैचारिक सङ्घर्ष चल्ने क्रममा नै हामीले जनआन्दोलनको आवश्यकता र महŒवलाई, नेपाली क्रान्तिको सिद्धान्त कस्तो हुनुपर्छ भन्ने मान्यतालाई, मित्र र शत्रु पहिचान गर्ने कुरालाई, क्रान्तिकारी नारा तय गर्ने कुरालाई, रणनीति र कार्यनीति के हुनुपर्दछ भन्ने विषयलाई टुङ्गो लगाउने काम ग¥यौं । 
०३७ सालसम्म आउ“दा हाम्रो पार्टीमा धेरै हदसम्म वैचारिक स्पष्टता आइसकेको थियो । यस अवधिमा पार्टीका नेता–कार्यकर्ताहरूमा अध्ययन संस्कृति एवम् बैचारिक बहस गर्ने क्षमताको विकास भयो । यही बीचमा पञ्चायती व्यवस्थालाई उपयोग गरी पञ्चायतको भण्डाफोर गर्ने कार्यनीतिसमेत अवलम्बन गरियो । ०४६ सालमा चौथो महाधिवेशन गरिसकेपछि माओत्से तुङ विचारधारा भनिरहनुनपर्ने, सोभियत सङ्घ समाजवादी मुलुकका रूपमा रहेको जस्ता निष्कर्ष निकाल्दै धेरै हदसम्म उग्रवामपन्थी सोचबाट हामीले पार्टीलाई मुक्त ग¥यौं । चौथो महाधिवेशनले प्रतिस्पर्धालाई स्वीकार गर्ने, जनतास“गको सम्बन्धलाई मुख्य बलका रूपमा लिने, जनताको चेतना, जागरण अनि हाम्रो पार्टीको पहलकदमीमा जनपरिचालन र सोही आधारमा हुने जनआन्दोलनबाट परिवर्तन गर्ने कुरालाई अवलम्बन ग¥यो । यसबीचमा विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठूलाठूला समस्याहरू देखा परे । विश्व कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याहरूलाई हाम्रो देशको सन्दर्भमा कसरी सम्बोधन गर्ने र नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउने भन्ने विषयमा निकै बहसहरू गरिए । 
पार्टीका नेताहरूको बीचमा विभिन्न ढङ्गले सघन रूपमा चलिरहेको यस बहसको आलोकमा कमरेड मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद अगाडि सारियो । प्रजातान्त्रिक आन्दोलनमा समेत कम्युनिस्ट पार्टीको भूमिकालाई सशक्त बनाइयो । त्यसैबीचमा नेपाली काङ्ग्रेस र संयुक्त बाममोर्चाको संयुक्त आह्वानमा जनआन्दोलन सञ्चालन भयो र पञ्चायती व्यवस्थाको अन्त्य भयो । पार्टीहरू खुला भएलगत्तै मनमोहन अधिकारी तथा सहाना प्रधानको नेतृत्वमा रहेको नेकपा (माक्र्सवादी) स“ग हाम्रो पार्टीको एकता भयो, जसले नेपाली समाजमा नया“ खाले तरङ्ग पैदा ग¥यो । यसको परिणाम स्वरूप ०४८ सालमा भएको निर्वाचनमा हाम्रो पार्टी एक तिहाइभन्दा बढी सिटका साथ संसद्को दोस्रो ठूलो दलका रूपमा उपस्थित भई विश्व कम्युनिस्ट आन्दोलनमा एउटा नया“ उदाहरण प्रस्तुत गर्न सफल भयो । 
५. निष्कर्ष 
नेपालको कम्युनिस्ट आन्दोलनका आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ कि आन्दोलनप्रति पूर्ण रूपमा समर्पित भए, समाजको रूपान्तरण गर्ने भावनाप्रति इमानदार हुन सके र कम्युनिस्ट पार्टीको आचरणलाई ग्रहण गर्न सके कम्युनिस्ट पार्टीले सबै क्षेत्रमा आफूलाई अगुवाका रूपमा प्रस्तुत गर्न सक्छ । नेतृत्वको इमान्दारी, निष्ठा, समर्पण, क्रियाशीलता, आचरण, क्रान्तिकारिता, जनतास“गको सम्बन्ध, संस्कृति, सामाजिक सम्बन्ध, संस्कार र कार्यशैलीजस्ता विषयवस्तुले नै पार्टीलाई जनताको बीचमा स्थापित गर्दछन् । उल्लिखित सबै कुरामा श्रेष्ठ हुन सकियो भने कम्युनिस्ट पार्टी जनताको मनमा बस्छ र जनविश्वाससहित जुनसुकै मोर्चामा पनि कम्युनिस्ट पार्टीले जित्न सक्छ । असल कम्युनिस्ट पार्टी जहिले पनि उठिरहेका ज्वलन्त विषयहरूमा सही अडानसहित दृढताका साथ उभिन सक्नुपर्छ । कुनै पनि कुराबाट विचलित हुनुहु“दैन कमरेड नेत्रलाल अभागीले भनेजस्तै सतिसाल बन्नुपर्दछ ।

झापा सङ्घर्ष र मुलुकको रुपान्तरण

ईश्वर पोखरेल

१. नेपालको कम्युनिस्ट आन्दोलन र झापा सङ्घर्ष
नेपालको कम्युनिस्ट आन्दोलन एउटा अवस्थामा पुगेपछि, त्यसैभित्रबाट झापा सङ्घर्षको जन्म भएको हो ! कम्युनिस्ट आन्दोलनमा गतिहीनता, ठहराव र अकर्मण्यताका कारण एक किसिमले दिशाविहीनता देखिएको बेला झापा ‘झिल्को’ बनेर देखा परेको थियो ! झापा त्यसबेला कम्युनिस्ट आन्दोलनभित्र जÞबर्जस्त झा“गिएको ‘दक्षिणपन्थी औसरवाद’का विरुद्ध ‘क्रान्तिकारी धार’को उद्भवका रूपमा देखिएको थियो ! सुरुका दिनमा ‘झापाली क्रान्तिकारीहरू’ले अतिवादबाट प्रभावित भएर नेपालको कम्युनिस्ट पार्टीको गठनलाई समेत सकारात्मक रूपमा लिन सकेनन् र ‘विश्व संशोधनवादको सफल षडयन्त्रस्वरूप’ यो गठन गरिएको हो भन्ने अतिवादबाट प्रभावित भएर गलत निष्कर्ष निकालेका थिए । यही निष्कर्षका आधारमा नया“ र सही नेपाल कम्युनिस्ट पार्टी गठनको अपरिहार्यताको घोषणासमेत गरेका थिए । 
‘झापा सङ्घर्ष’ र ‘झापा विद्रोह’– यी दुइटा भनाइ धेरै प्रयोग हुने गरेका छन् । यी भनाइ प्रयोग गरिरह“दा कतैकतै नबुझिकनै र कतै भने बुझे पनि शब्दको सही तरिकाले प्रयोग नभएको पनि देखिन्छ । वास्तवमा ‘झापा सङ्घर्ष’ त्यसबेला झापामा व्याप्त सामन्ती शोषण–उत्पीडनका विरुद्ध स्थानीय किसान जनताले सञ्चालन गरेको सङ्घर्षको सन्दर्भमा प्रयोग गरिएको थियो र त्यसै अर्थमा यो शब्दलाई प्रयोग गर्नु उपयुक्त पनि थियो । तर, ‘जनविद्रोह’को अर्थमा ‘सङ्घर्ष’लाई प्रयोग गर्नु वा बुभ्mनु उपयुक्त थिएन र हु“दैन पनि । नेपालको कम्युनिस्ट आन्दोलनभित्र हुर्किंदै बलशाली बनेको दक्षिणपन्थी औसरवादसित ‘विद्रोह’ भन्ने कुरा ठीक भए पनि ‘जनविद्रोह’को अर्थमा ‘झापा सङ्घर्ष’लाई बुभ्mनु उपयुक्त थिएन र होइन पनि ! 
२. प्रारम्भ ः सङ्गति र विसङ्गति 
झापा सङ्घर्ष नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा ‘झिल्को’ बनेर प्रारम्भ भयो । चर्को सामन्ती शोषण र उत्पीडनका विरुद्ध स्थानीय जनताको सङ्घर्ष र सामन्तवादी शोषण–उत्पीडनका विरुद्ध सञ्चालित सङ्घर्षहरूलाई योग्यतापूर्वक नेतृत्व गर्नुपर्ने कम्युनिस्ट पार्टीको नेतृत्वमा देखिएको अकर्मण्यता र औसरवादको दलदलमा फ“सिरहेको उसको स्थितिसितको विद्रोहको परिणाम झापा सङ्घर्ष वा विद्रोह थियो । तर, झापासित यी सबल र राम्रा कुराहरूस“गै केही समस्या पनि देखिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेको ‘महावादविवाद’का वाञ्छित र अवाञ्छित प्रभाव र असरहरू झापा सङ्घर्षमा पनि गम्भीर रूपमा परेको देखिन्छ ! तत्कालीन सोभियत सङ्घ र चीनका कम्युनिस्ट पार्टीहरूबीचको विवादले सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनलाई प्रभावित बनाएको (विभाजित पनि गरिरहेको) र नेपालको कम्युनिस्ट आन्दोलन पनि ती महावादविवादका कारण (त्यहा“ गरिएका विश्लेषण र निष्कर्षहरूबाट) गम्भीर रूपमा प्रभावित हुन पुगेको थियो । झापा सङ्घर्ष र त्यसलाई सञ्चालन वा नेतृत्व गर्नेहरू पनि यसबाट प्रभावित हुन पुगेकै हुन् ! चिनिया“ कम्युनिस्ट पार्टीको प्रभाव र निर्देशनमा संसारभरि नै कम्युनिस्ट आन्दोलनलाई ‘क्रान्तिकारीकरण’ गर्ने, ‘क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी’ गठन गर्ने अभियान नै सञ्चालन गरिएको थियो । चीनको ‘सांस्कृतिक क्रान्ति’ले नेतृत्वदायी हैसियतले यसका लागि शङ्खघोष गरिरहेको थियो । यस अभियानका आलोचक वा असहमतहरूप्रति असहिष्णु हु“दै ‘विश्व संशोधनवादको सफल षड्यन्त्रस्वरूप गठन गरिएका गुटहरूसित विद्रोह गरी नया“ क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गर्ने’ आह्वानसहित सार्वजनिक गरिएका सन्देशहरूबाट प्रभावित हु“दै ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’हरू गठन गर्ने विश्वव्यापी अभियान चलिरहेको थियो । यही अभियानको प्रभाव यहा“ (नेपालमा पनि) परिरहेको थियो र झापा सङ्घर्षका क्रममा यो प्रकट हुन पुगेको थियो । यद्यपि, झापा सङ्घर्षपछि सङ्गठित हुन लागिरहेका क्रान्तिकारीहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि केही ठोस कामहरू र ती ठोस कामहरू पूरा गर्दै केन्द्रीय काम अघि सारेका थिए । ती ठोस कामहरू यस्ता थिए– कम्युनिस्ट आन्दोलनभित्र देखा परेको दक्षिणपन्थी औसरवादको विरोध गर्ने, आधारभूत श्रमजीवी जनतासित एकाकार हुने, स्थानीय श्रमजीवी जनताद्वारा सञ्चालित वर्गसङ्घर्ष सञ्चालन गर्ने र कार्यशैलीमा सुधार गर्ने– यी ठोस कामहरू गर्दै एउटा सशक्त र जनआधारित क्रान्तिकारी केन्द्रको निर्माण गर्ने केन्द्रीय काम तय गरिएको थियो । यसरी एउटा व्यवस्थित कार्य योजनाका साथ सङ्घर्ष सञ्चालन गर्न ‘झापाली क्रान्तिकारीहरू’ले आफूहरूलाई अगाडि बढाएका थिए । यही योजनाका साथ उनीहरूले ‘को–अर्डिनेसन केन्द्र’ गठन गरेका थिए । यसको गठन मुलुकमा कम्युनिस्ट क्रान्तिकारीहरूको राष्ट्रव्यापी सङ्गठित शक्ति निर्माण अभियानको थालनी पनि थियो । यो ठाउ“सम्म आइपुग्दा पनि ‘सङ्घर्ष सशस्त्र मात्रै, सङ्गठन सशस्त्र सङ्घर्ष सञ्चालन गर्न मात्रै, पार्टीको काम पूर्णतः भूमिगत मात्रै र प्रचार त्यसैअनुरूप मात्रै’ थियो भन्दा हुन्छ । सङ्गठन र सङ्घर्षको थालनी ‘एक एरिया, एक युनिट, एक स्क्वाड र एक एक्सन’ मात्रै थियो । यी कुराले झापाली क्रान्तिकारीहरूमा उग्रवामपन्थी अतिवादबाट निर्देशित एकाङ्गीपन थियो भन्ने कुरालाई दर्साउ“छन् । यस किसिमका समस्याका कारण उनीहरू स्वयम्लाई समेत नोक्सानी र क्षति पुगिरहेको थियो । तर, अत्यन्त सकारात्मक कुरा के थियो भने उनीहरू आफ्नै व्यवहारबाट शिक्षा ग्रहण गर्दै हिम्मतका साथ अघि बढिरहेका पनि थिए । झापा र मोरङका क्रान्तिकारीहरूले ‘अपिल’ प्रकाशित गरेदेखि ‘कोके’ गठनसम्म आइपुग्दा सुरुका दिनका अतिवादबाट प्रभावित विचार र व्यवहारहरू सच्याउ“दै लगिएको वा सच्याउने प्रयत्न गरिएको देखिन्छ । ‘वर्गशत्रु खत्तम’लाई अभियानका रूपमा सञ्चालन गर्ने ‘राजनीतिक लाइन’ लिएर हि“डिरहेका झापाली क्रान्तिकारीहरू ‘कोके’ गठन र त्यसको अन्तिम अन्तिमतिर आइपुग्दा त्यसलाई त्यागेर ‘जमिनदार–दलाललाई खत्तम गर्ने कार्यनीति’मा आइपुगेका थिए । अझ त्यसलाई पनि स्थानीय तहमा सङ्घर्षका अन्य रूपहरू प्रयोग गर्दै अगाडि बढ्ने र आम जनताको बीचमा एक्ल्याइएका र बदनाम ‘जमिनदार–दलालहरू’लाई मात्र स्थानीय जनताको सङ्घर्षशील र सङ्गठित पङ्क्तिबाट (जसलाई त्यतिबेला गोरिल्ला स्क्वाड भनिन्थ्यो) ‘सफाया’ गर्ने ‘कार्यनीति’का रूपमा परिभाषा गर्न खोजिएको थियो । त्यसलाई उग्रवामपन्थताबाट क्रमशः उन्मुक्तिको प्रयत्नका रूपमा बुभ्mन सकिन्छ । ‘कोके’ को तेस्रो सम्मेलन (०३५ साउन) र ‘नेकपा (माले)’ को स्थापना (०३५ पुस) सम्म आइपुग्दा यो प्रयत्न तीव्रताका साथ अघि बढेको देखिन्छ । ०३५ र ०३६ को आन्दोलनले त नेकपा (माले) भित्र चिन्तन र आचरणमा निकै धेरै परिवर्तन ल्याउन पुगेको थियो । केही समय पहिलेसम्म ‘क्रान्तिकारी जनसङ्गठन’ र ‘संशोधनवादी जनसङ्गठन’ भनेर आफूहरू ‘क्रान्तिकारी जनसङ्गठन’को पक्षमा रहेको दाबी गर्ने ‘झापाली क्रान्तिकारीहरू’ राष्ट्रव्यापी आन्दोलनको आ“धीहुरीपछि राष्ट्रिय स्तरका जनसङ्गठनहरू निर्माण गर्ने काममा घोषित रूपमै लागे । वास्तवमा ०३५ र ०३६ को ऐतिहासिक सङ्घर्षले उनीहरूको चिन्तनमा रहेको जडतालाई भत्काइदिएको थियो । यो अभ्यासमा प्रवेश गरेपछि उनीहरूको प्रभाव ह्वात्तै बढेको थियो, एउटा आसलाग्दो उदीयमान शक्तिका रूपमा परिचित भइरहेको थियो । तर, उनीहरू पुरानो धङधङीबाट मुक्त नभइसकेको कुरा ‘जनमतसङ्ग्रह’प्रतिको दृष्टिकोणमा उनीहरूको अलमल र ढुलमुलेपनमा स्पष्ट देखिएको थियो । एउटा छोटो अवधिमा पटकपटक फेरिएका निर्णयहरूले त्यसलाई देखाएको थियो । यही कारणले उनीहरूले त्यसबेला वास्तवमा आफूलाई महŒवपूर्ण र निर्णयात्मक भूमिकामा उभ्याउन सक्ने सम्भावना एक किसिमले टरेर गयो । तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटीको नवौं बैठक (०३७ असोज)ले पार्टीभित्र रहेका उग्रवामपन्थी अतिवादलाई सच्याउने र सही बाटोमा हि“डाउन महŒवपूर्ण निर्णयहरू गरेको थियो । मार्गदर्शक सिद्धान्त, सङ्गठन, सङ्घर्ष र अन्य कतिपय कार्यनीतिक सवालहरूमा नया“ निर्णयहरू गरिएका थिए । माक्र्सवाद–लेनिनवाद–माओत्से तुङ विचारधारा र चारु मजुमदारको लाइनलाई मार्गदर्शक सिद्धान्त मानेर हि“ड्न सुरु गर्ने ‘झापाली क्रान्तिकारीहरू’ ०३६ र ०३७ सालसम्म आइपुग्दा ‘माक्र्सवाद–लेनिनवाद’लाई मात्र मार्गदर्शक सिद्धान्त स्वीकार गर्ने ठाउ“मा आइपुगेका थिए । पूर्वसोभियत सङ्घलाई ‘संशोधनवादी–पु“जीवादी मुलुक’ भनेर व्याख्या गर्नेहरू ‘केही गल्ती कमजोरीहरूसहितको समाजवादी मुलुक’ भन्ने ठाउ“मा पुगेका थिए । सङ्घर्षका सबै सम्भव रूपहरू अपनाउनुपर्ने, श्रमजीवीहरू भएका सबै ठाउ“मा सबै किसिमका सङ्गठनहरू निर्माण गर्नुपर्ने, सम्भव सबै पक्षहरूसित सङ्घर्षको मोर्चा कस्नुपर्ने आदि निष्कर्षमा पुगेको थियो, झापाली क्रान्तिकारीहरूको विकसित सङ्गठित रूप नेकपा (माले) । यो ठाउ“सम्म आइपुग्दा, नेकपा (माले)ले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरूबाट सिक्ने, आफ्नै दार्शनिक–सैद्धान्तिक अध्ययनलाई गहि¥याउने, निरन्तरको व्यवहार र वर्ग–सङ्घर्षका अनुभवहरूबाट सिक्न तत्पर हुने गुण तथा विशेषताहरूलाई उल्लेखनीय रूपमा आत्मसात् तथा विकास गरेको थियो । 
३. झापा आन्दोलनमा वैचारिक रूपान्तरणको क्रम
झापा सङ्घर्षका स्रोत दुइटा हुन् ः पहिलो, आन्तरिक स्रोत वा कारण । मुलुकभित्रको राजनीतिक अधिकारविहीन स्थिति अर्थात् निर्दलीय र निरङ्कुश शासन व्यवस्था थियो र मुलुकमा कहालीलाग्दो र निस्सासि“दो वातावरण थियो । आम नेपाली नागरिकहरू राजनीतिक अधिकारविहीन अवस्थामा थिए । त्यसका विरुद्धमा सचेत र जागरुक व्यक्तिहरू, खासगरी युवाहरू जुर्मुराउने प्रयत्न गरिरहेका थिए । त्यही प्रयत्न केन्द्रीकृत भएर झापामा देखापरेको थियो । एकातिर त्यस्तो राजनीतिक परिवेश थियो भने अर्कोतिर नेपाली समाज खासगरी ग्रामीण क्षेत्र चर्को सामन्ती शोषण उत्पीड़नले जर्जर बनिरहेको थियो । त्यसका विरुद्ध छिटफुट रूपमा ठाउ“ठाउ“मा स्वतःस्फूर्त वा स्थानीय रूपमा जनपक्षीय र प्रगतिशील विचार बोकेका युवाहरूले सङ्गठित भएर अगुवाइ गर्न खोजिरहेका थिए । त्यस्ता गतिविधिहरूमाथि राज्यद्वारा चर्को दमन हुने गरेको थियो । यस्तै, परिवेश र परिस्थितिमा झापा आन्दोलन प्रारम्भ भएको थियो । त्यसलाई औसरवाद र अकर्मण्यताको सिकार बन्दै गएको र निरन्तर विभाजित हु“दै गएको कम्युनिस्ट पार्टीको नेतृत्वसित विद्रोह गरी पुनर्गठित भएको झापा जिल्लाका कम्युनिस्टहरूको सङ्गठित नेतृत्वपंक्तिले गरेको थियो । दोस्रो, स्रोत वा कारण बाह्य थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र चिनिया“ कम्युनिस्ट पार्टी र तत्कालीन सोभियत सङ्घको कम्युनिस्ट पार्टीहरूलाई केन्द्र गरी चलेको ‘महा–वादविवाद’को प्रभाव झापामा परेको हो । यसमा झापाली क्रान्तिकारीहरू चिनिया“ कम्युनिस्ट पार्टी र यसैद्वारा सञ्चालित र बहुचर्चित ‘महान् सांस्कृतिक क्रान्ति’को प्रत्यक्ष प्रभावमा थिए । भारतको पश्चिम बङ्गालस्थित नक्सलवाडीको ‘किसान विद्रोह’को प्रत्यक्ष प्रभाव र प्रेरणा झापा आन्दोलनमा परेको थियो । माथि उल्लिखित कारण र स्रोत नै झापा सङ्घर्षका मुख्य स्रोत र कारण थिए भनिरह“दा ती सबैका दार्शनिक, वैचारिक, सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक तथा कार्यनीतिक निष्कर्षहरूको ठूलो प्रभाव झापाली क्रान्तिकारीहरूमा परेको थियो भन्ने कुरा स्वतसिद्ध छ । त्यस्तो प्रभावको ठोस अभिव्यक्ति कम्युनिस्ट आन्दोलनभित्रका बहस विवादलाई हेर्ने दृष्टिकोण र सञ्चालन गर्ने तरिकामा, समाजको वर्ग विश्लेषण गर्ने विधिमा, सङ्गठन निर्माण गर्ने तथा सङ्घर्ष सञ्चालन गर्ने सवालमा तथा समाज परिवर्तन र परिवर्तनको प्रक्रियालाई बुभ्mने सवालमा पनि देखापरेको थियो । यी आधारभूत विषयहरूमा  झापाली क्रान्तिकारीहरू एक किसिमले नराम्ररी प्रभावित थिए । बुझाइ र विश्लेषणमा मनोगत पक्ष एक किसिमले हावी थियोभन्दा हुन्छ ।

  • तर यस्ता कमजोरीहरू हु“दाहु“दै पनि आफ्नै व्यवहार र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त शिक्षाहरूबाट सिक्ने र सैद्धान्तिक अध्ययनलाई बढाउ“दै जाने क्रममा झापाली क्रान्तिकारीहरूले आफंैमा ठूलो परिवर्तन ल्याउ“दै आए । उनीहरूमा यो परिवर्तन यति छिटोछटो भयो कि उनीहरूले आफ्नो विस्तार उल्लेखनीय रूपमा गर्दै अघि बढे ।   प्रारम्भमा ‘माक्र्सवाद–लेनिनवाद–माओत्से तुङ विचारधारा तथा चारु मजुमदारको लाइनलाई मार्गदर्शक सिद्धान्त’ भने पनि केही वर्षभित्रै ‘माक्र्सवाद–लेनिनवाद’लाई मात्र मार्गदर्शक सिद्धान्त स्वीकार गरे । यद्यपि, त्यसबेला पनि चारु लाइनलाई मान्नेबारे भित्रै पनि विवाद भने थियो । अझ पछि त आफ्नो विशेषताअनुसार माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरिएको स्पष्टै छ ।
  • अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र चलेको विवादमा एउटा पक्षमा उभिने अभ्यासलाई त्यागेर मुद्दामा आधारित दृष्टिकोण अपनाउने, मूलतः आफ्नो विषयमा केन्द्रित बन्ने, अन्य कसैका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, आफ्नै देशको विशिष्ट स्थितिमा माक्र्सवादको ठोस तथा सिर्जनात्मक अभ्यास गर्ने कुरामा केन्द्रित हुने कुरामा जोड दिइएको थियो । 
  • सङ्गठन मूलतः सैन्य सङ्गठनको मान्यतामा आधारित भएर निर्माण गर्ने प्रारम्भिक दिनका अभ्यासको बदला पार्टी सङ्गठनलाई राजनीतिक सङ्गठनका रूपमा निर्माण गर्ने, विभिन्न जनसङ्गठनहरूको निर्माण गर्ने, पेसागत सङ्गठन तथा अन्य विभिन्न सरोकारवाला सङ्गठनहरूको निर्माण गर्नुपर्ने कुरामा जोड दिन थालिएको थियो । 
  • सशस्त्र सङ्घर्षलाई सङ्घर्षको एक मात्र रूप अथवा निर्णायक रूप मान्ने प्रारम्भिक दिनको मान्यताका बदला त्यसलाई सङ्घर्षको एउटा रूप, अन्तिम रूप, प्रतिक्रियावादी सत्ताले सशस्त्र दमनको तरिका अपनाउ“दा ‘जस्तालाई त्यस्तै’ गर्न अपनाइने सङ्घर्षको रूपमा मात्र लिने गरी बुभ्mनुपर्ने मान्यतालाई स्वीकार गरिएको थियो । 
  •  प्रधान शत्रुविरुद्ध झन्डै एक्लै लड्नेभिड्नेजस्ता प्रारम्भिक दिनका अभ्यासको सट्टा प्रधान शत्रुका विरुद्ध सम्भव सबै शक्तिलाई गोलबन्द गर्ने, सहकार्य र कार्यगत एकता गर्ने अधिकतम लचकताको कार्यनीतिक अभ्यासमा जोड दिइएको थियो ।
  • प्रारम्भिक दिनका एकदलीय राजनीतिक सोचबाट अलग प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरियो । योग्यता र क्षमताको आधारमा श्रेष्ठता हासिल गर्नुपर्ने÷गर्न सकिने मान्यतालाई आत्मसात् गरियो । यस्तो प्रतिस्पर्धा राज्य सञ्चालनमा मात्र नभएर पार्टीभित्रै पनि गर्नुपर्ने कुरामा जोड दिइयो । 

४. वैचारिक बहस, विवाद र लोकतान्त्रिक अभ्यास
झापा सङ्घर्षकालीन अभ्यासमा पार्टीभित्र वैचारिक बहस, विवाद र लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्ने र हुने कुराको संभावना थिएन वा न्यून थियो भन्दा हुन्छ । त्यस्ता अभ्यास वा प्रयत्नका परिणाम सुखद नभएका दृष्टान्तहरू यथेष्ट देखिएका हुन् । ‘कोके’ गठन हुनुभन्दा पहिले चलेको ‘एकोहोरो सशस्त्र सङ्घर्षको कुरा मात्र गरिनुहुन्न’, ‘नक्सलवाडी सङ्घर्षका कुराहरूबाट जस्ताको तस्तै नक्कल गर्नुहुन्न’, ‘वर्गीय नेतृत्व कसरी स्थापित गर्ने’ आदि विषयमा चलेका बहसहरू अस्वस्थ तरिकाले मात्र चलेनन्, ती अमैत्रीपूर्ण र घातकसमेत रहे ! तिनलाई लाञ्छित गरियो, ‘अन्धराष्ट्रवादी अडानबाट आएका विचार’ भनेर आरोपित गरियो, आन्तरिक कारबाहीको विषयसमेत बनाइयो । तर, जतिजति समय बित्दै गयो र सङ्गठन विस्तारको क्रम अगाडि बढ्दै गयो, त्यति नै पार्टीभित्र वैचारिक बहस, विवादहरूले स्थान पाउ“दै गए । त्यसका लागि ‘स्पेस’ निर्माण हु“दै गयो । ‘झापाली क्रान्तिकारीहरू’ र उनीहरूको उन्नत साङ्गठनिक–सांस्कृतिक चेतको दृष्टान्तका रूपमा यसलाई लिन सकिन्छ ।
५. वैदेशिक सम्पर्क–सम्बन्धमा विकसित चेतना तथा अभ्यास
प्रारम्भमा आफूले मानेको वा स्वीकार गरेको मार्गदर्शक सिद्धान्त मान्नेहरूसित मात्र सम्बन्ध राख्ने र मान्यता दिने चेतना र आग्रहमा चलेका झापाली क्रान्तिकारीहरूले क्रमशः आफूलाई परिवर्तन गर्दै लगेका हुन् । सुरुका दिनमा ‘सांस्कृतिक क्रान्तिको आह्वान र उद्घोष’ गरिरहेको चिनिया“ कम्युनिस्ट पार्टीलाई धुरी मानेर, त्यसबाटै प्रभावित र निर्देशित नक्सलवाडी सङ्घर्षबाट निर्मित र चारु मजुमदारबाट नेतृत्व गरिएको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)को विशेष सामिप्यमा रहेका झापाली क्रान्तिकारीहरूले आफैंमा रहेको एकाङ्गीपन र मनोगतवादी दृष्टिकोणलाई सच्याउ“दै लगेको देखिन्छ । यसैक्रममा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई हेर्ने दृष्टिकोणमा फराकिलोपन, विदेशी अनुभवको ठाडो नक्कल नगर्ने र सिर्जनात्मक रूपले अघि बढ्ने प्रयत्न भएको देखिन्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त अनुभवहरूलाई पनि द्वन्द्ववादी तरिकाले बुभ्mने (ग्रहण गर्ने), आफ्नै अभ्यास र अनुभवका आधारमा सिद्धान्तलाई विकास गर्ने र मूलतः आफ्नै खुट्टामा उभिने पहल र प्रयत्न गरेको देखिन्छ । बाहिरी अनुभवहरूलाई द्वन्द्ववादी ढङ्गले हेर्ने, गुण–दोषका आधारमा दृष्टिकोण निर्माण गर्ने, आफ्नो देशको आन्दोलन र राष्ट्रिय हितलाई उच्च प्राथमिकता दिने कुरामा जोड र यसैका लागि वैदेशिक सम्बन्धलाई बन्धुत्वपूर्ण (ँबतभचलब)ि, मित्रतापूर्ण (ँचष्भलमथि) र कूटनीतिक (म्ष्उयिmबतष्अ) तहबाट अगाडि बढाउनुपर्ने सुविचारित निष्कर्षबाट निर्देशित हुने औपचारिक निर्णय गरिएको थियो । यिनै निर्णय र निष्कर्षद्वारा निर्देशित हु“दै आजको नेकपा (एमाले) ले बाह्य सम्बन्ध सञ्चालन गर्न थालेको छ । आजको नेकपा (एमाले)ले बाह्य सम्बन्धका तमाम गतिविधिहरू यिनै मान्यताद्वारा निर्देशित हु“दै अगाडि बढाउने काम गरिरहेको छ ।
६. प्रगतिको बाटो र नेतृत्व गर्ने क्षमताको विकास
आफ्नै अनुभवबाट सिक्ने बाटो र प्रारम्भमा क्रान्तिकारी गतिविधिहरू सङ्गठित गरिरह“दा निकै धेरै मात्रामा विदेशका अनुभवहरूको नक्कल गर्ने र विदेशी अनुभवहरूबाट सिक्ने कुरा नै प्रमुखजस्तो बनेको थियो । त्यसले लाभभन्दा पनि हानि–नोक्सानी पु¥याएको थियो । तर, समय बित्ने क्रमस“गै प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्ने, त्यसमा योग्यता र क्षमता प्रदर्शन गरेर श्रेष्ठता हासिल गर्ने राजनीतिमा आफूलाई संलग्न गराउ“दै गए झापा आन्दोलनका उत्तराधिकारीहरूले । विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि गरिएका सङ्घर्षहरूको अध्याय महŒवपूर्ण उपलब्धिसहित टुङ्गिएपछि आर्थिक समृद्धिका लागि सिङ्गो सङ्गठित पङ्क्तिलाई परिचालित गर्नुपर्ने आवश्यकता छ । यही कुरालाई बुझेर अहिले नेकपा 
(एमाले) अगाडि बढ्न खोजिरहेको छ । अब ‘रेड रिभुलसन’को ठाउ“मा ‘ग्रिन रिभुलसन’ को बाटोबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । त्यो भनेको राजनीतिक अधिकार प्राप्तिको कालखण्ड पूरा भएपछि मुलुकको समृद्धिका लागि उत्पादन वृद्धिका लागि लाग्नुपर्ने आवश्यकता छ । यही आवश्यकता पूरा गर्ने उद्देश्यद्वारा निर्देशित हु“दै राजनीतिक कार्यदिशा तय गरेको नेकपा (एमाले) कम्युनिस्ट आन्दोलन र सिङ्गो मुलुकलाई अगाडि बढाउन चाहन्छ । यो कुरा गरेर मात्र राष्ट्रिय अभिभाराहरू पूरा गर्न सकिन्छ । अबको हाम्रो प्रगति र देश विकासको बाटो नै यही हो । 
नेकपा (एमाले) ले मुलुकको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनको अगुवाइ गरिरहेको छ । यो काम मुलुकमा विद्यमान अन्य राजनीतिक शक्तिहरूसितको प्रतिस्पर्धामा श्रेष्ठ बनेर वा श्रेष्ठता हासिल गरेर मात्र गर्न सकिन्छ । नेकपा (एमाले) ले अहिलेको आफ्नो राजनीतिक कार्यदिशा तय गरिसकेपछि यसै आधारमा प्रतिस्पर्धा गर्नसक्ने हिसाबले आफूलाई अद्यावधिक गर्न सक्नुपर्छ । यो काम एमालेले आफ्ना नीतिहरू, कार्यक्रमहरू, योजनाहरू र आचरणमार्फत प्रकट गर्न सक्नुपर्छ । यसो गरेर मात्र विगतमा झापा आन्दोलन र झापाका क्रान्तिकारीहरूले प्रारम्भ गरेका काम र देखेका सपनाहरूलाई पूरा गर्ने दिशामा अगाडि बढ्न सकिन्छ । यसरी सफलताका साथ अघि बढ्नु भनेको राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धाको लागि आफूलाई योग्य बनाउ“दै जानु हो ।
७. वर्तमान राजनीतिक परिस्थिति र नेकपा 
(एमाले)को कार्यभार
यतिबेला नेकपा (एमाले) संसद्भित्र दोस्रो शक्तिका रूपमा छ, तर मुलुक अस्थिरता, अन्योल र अराजकता अन्त्य गर्ने राजनीतिक पहलकदमीमा पहिलो पार्टीका रूपमा देखापरेको छ । यस दिशामा यसको सक्रियता र पहलकदमी जारी छ । अहिलेको चुनौतीपूर्ण राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) का अगाडि गम्भीर अभिभाराहरू रहेका छन् । यसले यी अभिभाराहरू कसरी कुशलता र योग्यतापूर्वक पूरा गर्न सक्छ ? यसैमा आउने दिनमा यसको भूमिका र भविष्य निर्धारण हु“दै जानेछ । राष्ट्रिय राजनीतिमा यतिबेला निम्न महŒवपूर्ण विषयहरू नेकपा (एमाले) र अहिले यसले नेतृत्व गरेको सरकारको अभिभाराका रूपमा रहेका छन् ः
७.१. संविधान र राष्ट्रिय स्वाभिमानका पक्षधर शक्तिहरूका बीचको एकता र समझदारीलाई कायम राख्नुपर्ने
मुलुकमा संविधान जारी गर्ने बेलादेखि जारी भइसकेपछिको स्थितिमा पनि यो विषय महŒवपूर्ण अभिभारा बनेको छ, नेकपा 
(एमाले)का लागि । आज ती सबै शक्तिहरूसितको एकता तथा समझदारीलाई कायम राख्नुपर्ने आवश्यकता छ । यो आवश्यकता नै राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अगाडि बढाउने सम्बन्धमा आवश्यक र केन्द्रीय विषय पनि हो । कतिपय दलीय स्वार्थका विषयहरूलाई गौण बनाएर पनि यो विषयलाई विशेष महŒव दिनुपर्ने आवश्यकता छ । यसलाई अगाडि बढाउने र कुशलतापूर्वक नेतृत्व गर्ने काम नेकपा (एमाले)ले गरिरहेको छ । वास्तवमा सो अभिभारा नेकपा (एमाले)ले केवल एउटा पार्टी विशेषको स्वार्थको कुरा गरेको नभएर स्वाभिमानी आम नेपाली जनता, सिङ्गो नेपाल राष्ट्र र मुलुकको स्वाधीनता र स्वतन्त्रतासित अभिन्न रूपले गा“सिएको महŒवपूर्ण विषय हो । त्यसैले यो महŒवपूर्ण अभिभाराका रूपमा विद्यमान छ ।
७.२. स्वाभिमानका रक्षाका लागि आत्मनिर्भर बन्नैपर्ने विषय
व्यक्ति, सङ्गठन, संस्था र देशकै सन्दर्भमा पनि आत्मनिर्भरता स्वाभिमानको लागि मुख्य आधार हो । राष्ट्रिय स्वाभिमानका लागि पनि मुलुक आत्मनिर्भर हुनु आवश्यक छ । आत्मनिर्भर बन्न नसक्नेहरू र बन्न नसकेकाहरूको स्वाभिमान सङ्कटमा पर्न सक्छ । त्यस्ताहरूले आफ्नै स्वाभिमानको पनि रक्षा गर्न नसक्ने स्थिति पैदा हुन सक्छ । अहिले विकसित राजनीतिक सन्दर्भमा, मुलुकको राष्ट्रिय स्वाभिमानमा चुनौती देखापरेको अवस्थामा, आत्मनिर्भर बन्ने विषय मुख्य छलफल, बहस र सकारात्मक निष्कर्षका लागि ध्यान केन्द्रित हुनुपर्ने विषय हो । यो अपरिहार्यतालाई पूरा गर्न पनि नेकपा (एमाले)ले नै अगुवाइ गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखापरेको छ । यस अर्थमा यो नेकपा 
(एमाले) को अभिभारा पनि बनेको छ । नेकपा (एमाले)ले आफ्नो पार्टीपङ्क्ति मात्र होइन, मुलुककै नेतृत्व गरिरहेका कारण मुलुकलाई नै आत्मनिर्भर बनाउने सन्दर्भमा पनि यसले नै मार्गदर्शन र अगुवाइ गर्नुपर्ने जरुरी छ । तर, यो विषय सूत्रीकृत अभिव्यक्ति वा भाषणले मात्र सम्भव हु“दैन । राजनीतिक नेतृत्वले 
(पार्टीको वा मुलुककै) यसका लागि नीति, कार्यक्रम, योजना र आचरणमा आत्मनिर्भर बन्ने हिसाबले प्रस्तुत हुन सक्नुपर्छ । अब नीति निर्माण गरिरह“दा वा नीतिमा संशोधन वा सुधार गरिरह“दा आत्मनिर्भरताको विषयलाई प्राथमिकता दिनु जरुरी छ । कार्यक्रमको पुनःसंरचना गरिरह“दा यही विषयमा केन्द्रित गरिनु जरुरी छ । आत्मनिर्भर बन्ने कार्यक्रमहरूलाई प्रोत्साहित गरिनुपर्छ । हाम्रो आफ्नै आवश्यकताको आधारमा कार्यक्रमहरूलाई अगाडि बढाइनुपर्छ, तिनको पुनःसंरचना गरिनुपर्छ, जुनसुकै क्षेत्रद्वारा अगाडि बढाइए पनि तिनलाई प्रोत्साहित गरिनुपर्छ । राजनीतिक नेतृत्वले बिस्तारै हामीहरू कसरी–कसरी परनिर्भर हु“दै गयौं, के–के विषयमा परनिर्भर हु“दै गयौं भन्ने सम्बन्धमा समीक्षात्मक निचोडमा पुग्नैपर्छ । ती विषयहरूलाई आत्मसमीक्षाका हिसाबले खोतलिनुपर्छ । यसका लागि वस्तुवादी भएर प्रस्तुत हुन सक्नुपर्छ । यही आवश्यकतालाई पूरा गर्न योजनाहरू निर्माण गरिनुपर्छ । समस्या र आवश्यकतामाथि उभिएर योजनाहरू बनाउने काम गर्नुपर्छ । जनताको माग, चाहना र सम्बन्धित ठाउ“को आवश्यकताका आधारमा बनेका योजनाहरूले मात्र जनताको सहभागिता र स्वामित्वलाई सुनिश्चित गर्न सक्छन् । अब योजना निर्माणका कतिपय प्रचलित अभ्यासहरूमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ । यस्तै, राजनीतिक नेतृत्वको आचरणमा पनि आत्मनिर्भरताको विंषयले विशेष प्राथमिकता पाउनुपर्छ । राजनीतिक नेतृत्व भन्नाले राज्यको कार्यकारी ठाउ“मा रहेक नेतृत्वदायी भूमिका खेलिरहेकाहरू वा राजनीतिक पार्टीहरूमा नेतृत्व गरिरहेकाहरू दुवैको हकमा यो विषय लागू हुन्छ । तिनमा देखिने आत्मनिर्भरताको अभ्यास तथा विचार र व्यवहारले जनस्तरमा पनि यो विषय स्थापित हु“दै जान सक्छ । त्यसैले, आज जुन चुनौतीपूर्ण ऐतिहासिक अवस्थामा नेपाल र नेपाली जनता छन्, यसको गम्भीरतालाई ख्याल गरेर आत्मनिर्भरतालाई नीति, कार्यक्रम, योजना र आचरणमा स्थापित गर्नैपर्छ । यसका लागि नेकपा (एमाले)ले आफूलाई अगुवा शक्तिका रूपमा उभ्याउनुपर्ने र यसलाई महŒवपूर्ण अभिभाराका रूपमा लिनुपर्ने आवश्यकता छ ।
७.३. छिमेकीहरूसितको सम्बन्धमा सन्तुलनको आवश्यकता
लामो समयदेखि छिमेकीहरूसितको सम्बन्धमा नेपालको अभ्यास असन्तुलित रह“दै आयो । भारत र चीनबीच चेपको अप्ठ्यारो भौगोलिक अवस्थितिलाई ख्याल गरेर त्यसैअनुसार छिमेकीहरूसितको सम्बन्धलाई सञ्चालन गर्नुपर्ने व्यवहारमा कमीहरू रह“दै आएका छन् । भौगोलिक हिसाबले नेपाल भूपरिवेष्टित हुनुपर्नेमा भारतवेष्टितजस्तो हुन पुग्यो । नीति, गतिविधि र व्यवहारमा पनि यस्तो देखियो र हु“दै आयो । छिमेकी (खासगरी दक्षिणी छिमेकी) सितको सम्बन्धमा दुई किसिमका असन्तुलित र अतिवादी व्यवहारहरू कहिले ‘जिङ्गोइज्म’ झडङ्ग रिसाएर विरोध गर्ने र कहिले भने ऊसित लम्पसार पर्ने गरी देखिए । लामै समयदेखि रह“दै आएका यस किसिमका व्यवहार अब सच्याउनैपर्छ । उत्तरको होस् कि दक्षिणको, कुनै पनि छिमेकीका संवेदनशील सरोकारहरूलाई गम्भीरताका साथ सुन्ने र आफ्ना संवेदनशील सरोकारहरू उनीहरूलाई बताउने योग्यता र क्षमता प्रदर्शन गर्नैपर्छ र गर्न सक्नैपर्छ । विगतदेखि रह“दै आएका असन्तुलित र अतिवादी चिन्तन र आचरणलाई सच्याउनैपर्छ । यो राष्ट्रिय आवश्यकता पूरा गर्न नेकपा (एमाले) तथा अहिले यसको नेतृत्वमा रहेको सरकारले ध्यानकेन्द्रित गर्नैपर्छ । यो यतिबेलाको महŒवपूर्ण राष्ट्रिय अभिभारा पनि हो । यसको दृष्टिकोणमा र कतिपय प्रचलित अभ्यासमा समेत परिवर्तन गर्नैपर्छ ।
७.४. मुलुकलाई समृद्ध बनाउनुपर्ने आवश्यकता
लामो समयदेखि नेपालमा राजनीतिक अधिकार प्राप्तिको लडाइ“ चल्यो । यसमा विजय प्राप्त गर्न अनेक नामका राजनीतिक सङ्गठन–संस्थाहरू गठन गरिए । तिनीहरूले उल्लेखनीय गतिविधिहरू सञ्चालन गरे । राजनीतिक पार्टीहरूका गतिविधिहरूमा कम्युनिस्ट पार्टीले आफूलाई अगुवाका रूपमा स्थापित गर्दै लग्यो र तिनमा नेतृत्वदायी हैसियतका साथ आफूलाई प्रस्तुत पनि ग¥यो । मुलुकमा गणतन्त्र आइसकेपछि अब कसैले पनि आस्था वा विचार बोकेको आधारमा दण्डित र प्रताडित हुनुपर्दैन । अब नेपाली नागरिकले जुनसुकै विचार पनि लिन पाउने, त्यस्तो विचार लिएर जनताका बीचमा जान पाउने, प्रचारप्रसार गर्न पाउने, सङ्गठन निर्माण वा अन्य गतिविधिहरू गर्न पाउने हकÞ राख्छन् । यो राजनीतिक अधिकार प्राप्तिको लडाइ“मा विजय प्राप्त गरेको कुरा हो । तर, राजनीतिक अधिकार प्राप्तिका लागि गरिएका राजनीतिक कुराले अब मुलुकलाई दिशानिर्देश गर्न सक्दैन । अब त अनिवार्य रूपमा समृद्धि प्राप्तिको राजनीतिक विचार बोकेर मात्र अगाडि बढ्न सकिन्छ र बढ्नुपर्छ । समृद्धिका लागि उत्पादन, उत्पादनका आधारमा न्यायोचित वितरण, रोजगारी वृद्धि, स्वरोजगारीलाई प्रोत्साहन, सार्वजनिक सम्पत्तिहरूको रक्षा, श्रमको व्यवस्थापन, जनताका अधिकारहरूको रक्षा आदि विषयमा केन्द्रित भएर राजनीतिलाई अगाडि बढाइनुपर्छ । यिनै आवश्यकताका आधारमा विचारहरूको पुनःसंरचना, सङ्गठनको पुनःसंरचना, शैली र आचरणको पुनःसंरचना गरिनुपर्छ । यी सबै काम गर्नु भनेको सिङ्गो पार्टी जीवनको पुनःव्यवस्थापन गर्नु हो । मुलुकलाई नै नेतृत्व गर्ने योजना र सामथ्र्य राख्ने पार्टीको नाताले नेकपा (एमाले)ले यो अभिभारा पूरा गर्न सक्नैपर्छ ।
झापा सङ्घर्षको जगमा निर्माण भएर आएको आजको नेकपा (एमाले) चुनौतीहरूका बीचमा छ । तर चुनौतीहरूकै बीचमा सम्भावनाहरूका सुन्दर फूलहरू पनि फुलिरहेका हुन्छन् । यसलाई पार्टीपङ्क्तिले देख्न सक्नुपर्छ । यसरी अगाडि बढ्न सक्दा मात्र झापा सङ्घर्षले दिएका सकारात्मक पक्षहरूलाई अगाडि बढाउन सकिन्छ, झापा सङ्घर्ष र त्यसयता मुलुकको परिवर्तन र जनताको खुसियालीका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूका सपनालाई साकार पार्न सकिन्छ ।

 

वैचारिक रूपान्तरणका चार दशक

प्रदीप नेपाल

अहिलेको नेकपा (एमाले)को मूल २०२८ देखि ३० सालसम्मको झापा सङ्घर्ष नै हो । सुन्दा नया“ मानिसहरूलाई आश्चर्य लाग्न सक्छ । कहा“ लोकतान्त्रिक मूल्य र मान्यता बोकेको नेकपा (एमाले), कहा“को उग्रवामपन्थी आन्दोलनको अभियन्ता झापा सङ्घर्ष †
लाग्नु एउटा कुरा हो । यथार्थ अर्को कुरा हो । 
हो, यो लामो समयमा हामीले सामान्य राजनीतिमा कसैले विश्वास गर्न नसक्ने वैचारिक छलाङ मा¥यौं । यो छलाङ कुनै एउटा नेताको सपना थिएन । कसैको मगजको आविस्कार पनि थिएन । यो छलाङ जनताका विभिन्न समुदायका भावनाको अभिव्यक्ति थियो ।
थोरै इतिहासतिर जाऔं । 
०२८ बाट सार्वजनिक भएको झापा आन्दोलन उग्र वामपन्थी थियो । तत्कालीन समयमा विश्वव्यापी प्रभाव विस्तार गरिरहेको माओत्से तुङ विचारधारा त्यसको जग थियो । हुनान किसान आन्दोलनको रिपोर्ट पढेका विद्यार्थी र बुद्धिजीवीहरू त्यसका अभियन्ता थिए । त्यतिबेला माओत्से तुङ विचारधाराको बिगबिगी बढेको थियो ः फिलिपिन्स, मलेसिया, थाइल्यान्डजस्ता दक्षिणपूर्वी एसियाली मुलुकहरूमा । दक्षिण एसियामा पनि टुटफुट र विभाजनस“गै माओत्से तुङ विचारधाराले आधार बनाउ“दै थियो । र त्यही आधारको परिणाम थियो, झापा सङ्घर्ष । 
झापा सङ्घर्ष झापामा असफल भयो । तर, सरकारी दमनका कारण त्यसले नेपालभरि एउटा नया“ संवेदनात्मक आवेग सिर्जना ग¥यो । पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइ“केल र नारायण श्रेष्ठजस्ता निर्दोष नागरिकको हत्या गरेपछि झापा सङ्घर्ष युवा आकर्षणको केन्द्र बन्यो ।
त्यही वस्तुगत यथार्थमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी केन्द्र (कोके) को गठन भयो २०३२ को जेठमा । त्यो झापा सङ्घर्षकै उत्तराधिकारी थियो । तर, त्यसमा झापाकालीन उग्रता थोरै मत्थर भएको थियो । किनभने त्यसमा मोरङ, सिराहा, सिन्धुपाल्चोकका कम्युनिस्टहरू सामेल भएका थिए । भिन्नभिन्न जिल्लाको अनुभव समेटिएको को–अर्डिनेसन केन्द्रको पहिलो घोषणापत्रमा उग्रवामपन्थ ओरालो लागेको महसुस गर्न सकिन्छ । तर, उग्रवामपन्थबाट को–अर्डिनेसन सङ्गठन मुक्त भएको थिएन ।
०३० सालमा राज्य र विद्यार्थी आमनेसामने भए सङ्घर्षको मैदानमा । राज्यले, क्याम्पसहरूमा स्ववियु गठन गर्न नपाउने ठाडो आदेश जारी गरेका कारण विद्यार्थी राजनीति बेस्सरी तातेको समय थियो यो ०३०–३२ साल । झापाली बन्दीहरूको ठूलो समूह काठमाडौंका जेलहरूमा आइसकेको थियो । उतिबेला विद्यार्थीको जेलयात्रा सामान्यजस्तै थियो । जेल परिसकेपछि जिज्ञासु विद्यार्थी र झापा सङ्घर्षका प्रमुख नेताहरूबीच छलफल हुने कुरा पनि सामान्यजस्तै थियो ।
यो छलफलले झापा सङ्घर्षको दृष्टिकोण फराकिलो बनाउने काममा झापा सङ्घर्षका नेताहरूलाई प्रेरित ग¥यो । झापा सङ्घर्षका ८० प्रतिशतभन्दा बढी नेताहरू त्यतिबेला जेलमा थिए । एक प्रकारले भन्ने हो भने, झापा सङ्घर्षले पुनर्जीवन पाउ“छ कि पाउ“दैन द्विविधाको समय थियो त्यो । किनभने, सरकारले झापा सङ्घर्षलाई आतंकवाद भने पनि त्यसमा संलग्न नेताहरूलाई राजनीतिक मान्यता दिएको थिएन । उहा“हरू सबैजसोले सर्वस्वसहित आजीवन काराबासको सजाय पाउनुभएको थियो ।
०३३ सालमा नक्खु जेल विद्रोह भयो । त्यो विद्रोहले राष्ट्रिय राजनीतिमा कल्पनातीत तरङ्ग ल्यायो । 
नक्खु जेल विद्रोहपछि झापा सङ्घर्षप्रति जड कम्युनिस्ट पार्टी र व्यक्तिबाहेक सबैको आकर्षण पनि बढ्यो । एकीकरण अभियानको लहर चल्यो । मेचीको विद्रोही पानी 
भेरीसम्म पुग्यो ।
त्यसैले को–अर्डिनेसन केन्द्रले पार्टी पुनर्गठन गर्ने निर्णय ग¥यो । ०३५ साल पुस महिनामा झापा सङ्घर्षको तेस्रो निरन्तरताका रूपमा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) जन्मियो । नेकपा (माले) को स्थापनामा झापाकालीन उग्रवामपन्थी चेतको छाया त देखिन्छ । तर, अब त्यसलाई परिचयका लागि झापाली भनिरहनुपर्ने अवस्था रहेन । सानो सङ्गठनको एक युनिट, एक स्क्वाड, एक एक्सन मुलुकको तीन चौथाइ भूभाग र हजारौं जनतामा पुगिसकेपछि त्यो व्यावहारिक हुने कुरो पनि थिएन ।
०३५–३६ को विद्यार्थी आन्दोलन नेकपा (माले) को जीवन रूपान्तरणमा सर्वाधिक महŒवको मोड बनेर आयो । पार्टीका सङ्गठकहरू इमान्दार, क्रियाशील र जनताप्रति समर्पित थिए । कामको सन्दर्भमा उनीहरूका लागि दिन र रातको बीचमा कुनै फरक थिएन । तर, त्यो राजनीतिक क्रियाशीलता सानो समुदायमा समेटिएको थियो र पार्टीले समातेका कार्यकर्ताको स्तर पनि सिङ्गो समाजलाई दबाब दिनसक्ने खालको थिएन । आफ्नो तात्कालिक मान्यताअनुसार उसको काम किसान क्षेत्रमा केन्द्रित थियो । तिनीहरूस“ग आम जनता जोडिने मुद्दा थिएनन् । फगत राजनीतिक मुद्दा बोकेर आन्दोलन अगाडि बढाउने परिस्थिति तयार भएको पनि थिएन ।
किनभने, जनकार्यको रूप बदल्ने चेत त्यतिबेलासम्म नेताहरूमा पुगिसकेको थिएन ।
यही द्विविधाग्रस्त समयमा विद्यार्थी आन्दोलन भयो । त्यस आन्दोलनले जनमतसंग्रह गराउने तहसम्म राजालाई निहु¥यायो ।
०३५÷३६ को आन्दोलनमा जति गफ गरे पनि त्यतिबेला क्रियाशील राजनीतिक पार्टीहरूको कुनै नेतृत्वदायी भूमिका थिएन । जति थियो पार्टीद्वारा प्रशिक्षित युवा विद्यार्थीको मात्र ।
राजनीतिक तयारीबिना पाइएको परिवर्तनको यो मुद्दालाई कुनै पनि राजनीतिक पार्टीले टपक्क टिपेर अगाडि बढाउन नसक्नुको कारण यही थियो ।
जे भए पनि जनमतसङ्ग्रह भयो । निर्दलले जित्यो, बहुदलले हा¥यो । अर्थात्, निर्विकल्प भनिएको पञ्चायती व्यवस्थाको विकल्प छ है भन्ने सन्देश जनमतसङ्ग्रहले थियो ।
जनमतसङ्ग्रहको घोषणादेखि परिणामसम्म थुप्रै बैठक बसे– नेकपा (माले) केन्द्रीय कमिटीका । सत्य स्वीकार गर्न कब्जियत लागेको थियो, त्यतिबेला हाम्रो जीवनमा । एउटा विद्यार्थी सङ्गठनले एक धक्कामा राजालाई निहुराएको थियो । पार्टीमा जीवनको बाजी लाएर हि“डेका दर्जनौं युवाहरूले एउटै जिल्लामा पनि क्रान्तिकारी उभार ल्याउन सकेका थिएनन् । 
पुरानोलाई छोड्नुपर्ने तर मनले नमान्ने, नया“लाई स्वीकार गर्नुपर्ने तर त्यसलाई पनि मनले नमान्ने † अनौठो द्विविधाको जीवन बा“चेको थियो, त्यतिबेलाको नेकपा (माले) को केन्द्रीय नेतृत्वले ।
नेकपा (माले) को जीवनमा तीव्र राजनीतिक र वैचारिक बहस भएको समय पनि त्यही थियो ।
त्यो बहसमा सहीले जित्यो र 
जडताले हा¥यो ।
त्यतिबेला अनेरास्ववियु (एकताको पाचौं) अस्तित्वमा आइसकेको थियो । त्यो स“गस“गै पार्टीले मजदुर, किसान र महिला सङ्गठन निर्माण गर्ने निर्णय ग¥यो । जनताको ठूलो समुदायलाई समेटेर मात्रै आन्दोलनलाई अघि बढाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेको नेकपा (माले) ले शिक्षक सङ्गठन र मानव अधिकार संरक्षण मञ्च निर्माण गर्ने काम पनि सोही समयमा गरेको थियो ।
सरकारले आतङ्ककारी र नेपाली काङ्ग्रेसले नक्सलपन्थी भनी खेदेको नेकपा 
(माले)को आम जनतालाई साथमा लिएर हि“ड्ने निर्णयमा पुग्नासाथ नेपालको सबैभन्दा ठूलो जनपक्षीय राजनीतिक पार्टी बनेको थियो ।
बन्दुक र मृत्युलाई पहिलो सत्य मान्ने नेकपा (माले) विशाल पङ्क्ति मैले लेखे जसरी सपक्कै फेरिएको थिएन । हामी कुरा बुझ्नेहरूले चार वर्ष मिहिनेत गर्नुपरेको थियो– बन्दुक होइन, जनता हाम्रो शक्ति हो भन्ने सत्य बुझाउन ।
नया“ पथमा हि“ड्न थालेपछि हामीले किसान सभा ग¥यौं । अन्तर्राष्ट्रिय नारी दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा रूपान्तरित ग¥यौं । यी काम सजिलै सम्पन्न भएका थिएनन् । सयौं साथीहरू गिरफ्तार भएका थिए, दर्जनौंका टाउका फुटेका थिए ।
तर, जनपरिचालनको नया“ चेतनाले हामीलाई नेपाली राजनीतिको निर्णायक थलोतिर ला“दै थियो । यसपछि हामीले पञ्चायतभित्रै पञ्चायतविरोधी सङ्घर्ष चलाउने योजना बनायौं र राष्ट्रिय पञ्चायतदेखि गाउ“ पञ्चायतसम्म पार्टीका प्रतिनिधिको प्रवेश गरायौं ।
०४६ सालमा हामीले चौथो राष्ट्रिय महाधिवेशन आयोजना ग¥यौं । त्यो महाधिवेशनमा नेकपा (माले) ले माओत्से तुङ विचारधारा छोड्नुपर्छ भन्ने निर्णय ग¥यो । माओत्से तुङ विचारधारा नै उग्रवामपन्थको अन्तिम निसानी थियो ।
०३६ सालको विद्यार्थी आन्दोलनको सफलताले दिएको ज्ञानको निरन्तरताले हामीलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पाचौंं महाधिवेशनमा ल्याइपु¥यायो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा हामीले खुला बहस आरम्भ ग¥यौं, महाधिवेशनमा प्रस्तुत हुने विचारलाई सार्वजनिक गर्ने निर्णय गरेर । पाचौं महाधिवेशले हाम्रो पार्टीलाई सम्पूर्णतामै उग्र वामपन्थबाट मुक्त ग¥यो । जनताको बहुदलीय जनवाद र नौलो जनवादको बहस र मतदानमा जनताको बहुदलीय जनवादले अत्यधिक बहुमत हासिल ग¥यो ।
पाचौं महाधिवेशन यताको नेकपा 
(एमाले)को यात्रा पार्टी कार्यकर्ता मात्र होइन, सर्वसाधारण जनतामा पनि खुला छ । त्यसबारेमा अतिरिक्त लेखिरहनु परोइन । यो यात्रालाई देख्ने मात्र होइन, भोग्ने पनि हामी जीवितै छौं ।
अन्त्यमा, मलाई भन्न मन लागेको सिद्धान्त होइन, व्यवहारको कुरा हो । सिद्धान्त र व्यवहार बीचको अन्योन्याश्रित सम्बन्ध हामीले पालन गर्न सकेका छौं कि छैनौं ? मेरो विचारमा छैनौं । यो बहसमा सहभागी हुन म सबै कमरेडलाई आह्वान गर्दछु । के हाम्रो पार्टी पा“चौं महाधिवेशनले तय गरेको बाटोमा हि“डिरहेको छ ? छैन । के हाम्रा जनसङ्गठनहरूलाई हामीले ठीक ढङ्गले चलाउन सकेका छौं ? मेरो विचारमा छैनौं । पार्टीकै हिसाबमा भन्दा पनि सत्ता हाम्रो अभिष्ट हो । तर, केका लागि ? हाम्रो कार्यक्रम लागू गराउन । पछिल्ला दिनमा के हामीले यो कार्यक्रमको अनिवार्यताको कुरा सोचेका छौं ? छैनौं ।
प्रकृति गतिशील छ, समय गतिशील छ । यसको अर्थ मानव जीवन पनि गतिशील छ र हाम्रो जीवन पनि गतिशील हुनुपर्छ । 
माक्र्सवादको सच्चाइस“ग जनताको बहुदलीय जनवादलाई जोडौं र हाम्रो व्यवहारस“ग बहुदलीय जनवादलाई जोडौं । हाम्रो पार्टीको भविष्य यसैमा उज्यालो हुनेछ ।
पार्टीमा अहिलेको सबैभन्दा ठूलो समस्या भनेको, सिद्धान्तलाई व्यवहारस“ग जोड्न नसक्नु नै हो । जनताको बहुदलीय जनवादलाई पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त मानेको छ । तर, त्यसले हाम्रो सङ्गठनलाई व्यवहारको क्षेत्रमा निर्देशित गरिरहेको छैन । मान्छेका रुग्ण महŒवाकाङ्क्षाको सिद्धिका लागि भद्दा कमिटीहरू बनाइएका छन् । बहुपदका नाममा परिभाषा दिनै नसकिने पदहरू सिर्जना गरिएका छन् । सामाजिक रूपान्तरणमा लागेको पार्टीको केन्द्रीय कमिटीको सदस्य सङ्ख्या झन्डै २०० पुग्नु, नेताहरू विनाप्रतिस्पर्धा महाधिवेशन प्रतिनिधि हुनु, स्थानीय कार्यकारी मानिने जिल्ला कमिटीहरू पनि त्यस्तै भद्दा हुनु क्रियाशील पार्टीको परिचय हुन सक्दैन ।
अहिलेको हाम्रो अवस्था, माओत्से तुङको भाषाको ‘जहिलेसम्म बौद्ध भिक्षु छु, तबसम्म घण्टी बजाइरहन्छु’ भन्ने जस्तै छ । यसलाई बदल्न पार्टीको सङ्गठन विभाग, पार्टी स्कुल विभाग, प्रचार विभाग र पूर्वपार्टी सङ्गठन, युवा सङ्घले सबैभन्दा बढी ध्यान दिनुपर्ने भएको छ । 
अन्यथा चार दशकका हाम्रा सकारात्मक वैचारिक छलाङहरू विनापरिणाम समाप्त हुने सम्भावना हाम्रो सामु उपस्थित हुने अनिवार्यतालाई हामी कसैले पनि रोक्न सक्ने छैनौं । 

‘मुक्तिमोर्चा’ र ‘को–अर्डिनेसन’ केन्द्रको एकता

मोदनाथ प्रश्रित

‘विश्वभरका श्रमजीवी जनता, एक 
होऔं !’ को विराट उद्घोषसहित माक्र्स र एङ्गेल्सको आह्वानमा युरोपबाट कम्युनिस्ट आन्दोलनको बीजारोपण भएको थियो । संस्कृति र सभ्यताको सबभन्दा लामो इतिहास भएको दक्षिण एसियामा समाजको विकासक्रम सबभन्दा चा“डो हुनुपर्नेमा त्यो क्रम युरोपबाट किन र कसरी सुरु भयो ? यो प्रश्न बडो विचारणीय छ । 
सिङ्गो दक्षिण एसिया र नेपाल प्राकृतिक दृष्टिले अत्यन्त समृद्ध रहेका छन् । यहा“को प्रकृति भूमि, जलस्रोत आदि सबै कुरा अन्न, फलफूल, पशुधन आदिको विकासका निम्ति सहज छन् । यहा“को तुलनामा युरोपको अधिकांश भाग जैविक विविधता, फलफूल, अन्न, पशुधन आदि उत्पादनमा निकै अप्ठ्यारो स्थितिमा छ । दक्षिण एसियामा यज्ञको नाममा लक्ष्यहोम, कोटीहोमजस्ता अन्न होम गर्ने कामलाई ठूलो पुण्यकर्मका रूपमा प्रचार गरि“दै आएको पाइन्छ । त्यस्तो कल्पना युरोपका माथिल्लो भागका मानिसले कहिल्यै पनि गर्न सक्दैनन् । 
युरोपमा दक्षिण एसियामा जस्तो अन्नको प्रचूरता हु“दो हो त त्यहा“ अरू ठाउ“मा भन्दा पहिले माक्र्सवाद जन्मने थिएन र सोभियत रुस विश्वको पहिलो समाजवादी मुलुक पनि बन्ने थिएन । 
मूल रूपले युरोपले चामल, दाल, कपास आदिको प्राप्तिका निम्ति उपनिवेशवादको बाटो ह“ुदै साम्राज्यवादको विस्तार गरेको हो । 
दक्षिण एसियामा विशेषगरी भारत र नेपालमा अत्यधिक प्राकृतिक विविधता रहेका कारण यहा“ धेरैखाले अन्न, दाल, तरकारी, फलफूल, पशुपन्छी आदिको विविधता छ । यही विविधता देखेर विश्वको चारैतिरबाट आर्य, मङ्गोल, आस्ट्रिक र द्रविडलगायतका मूल जाति र उपजातिहरू अनवरत रूपमा यहा“ आउ“दै बस्दै गरेका हुन् । 
मानव सभ्यता र संस्कृतिको सबभन्दा लामो इतिहास भएको नेपाल र भारतमा सामन्तवाद र वर्णव्यवस्था (जातपातको विविधता) पनि सबभन्दा लामो देखिन्छ । यहा“ एउटै समाजभित्र पनि देवीदेउता, तन्त्रमन्त्र, पूजापाठका विधान फरकफरक देखिन्छन् । 
यस्तो देशमा हाम्रा अग्रज र हामीहरूले, प्रजातन्त्र, समाजवाद र माक्र्सवादजस्ता विषयलाई पनि जातपात, छुवाछुत आदिजस्ता पोसाकले सजाएर खेमा–खेमामा बा“ड्ने चमत्कारिक काम गर्दै आएका छौं । यहा“ हामी अन्न र फलफूल आदिको विविध विकास गर्नुभन्दा पनि गुट–उपगुटका खेती र तिनको विकास गर्नमा अत्यधिक कुशल ह“ुदै आएका छौं । लक्षित समाजको जग बसाउनभन्दा भत्काउन हामी सिपालु छौं । 
जम्मा १० कक्षा पास गरेका पुष्पलालले नेपालको माटो, हावा, पानी, जातपात, छुवाछुत, पुरुष–स्त्री सबैको विशेषता बुझी ००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गरे । साना पु“जीपति, नगण्य उद्योग र थोरै मजदुरको बीउ मात्र उम्रन लागेको बेला स्थापित कम्युनिस्ट पार्टीमा दुईतीन वर्षपछि नेतृत्वका लागि त“छाडमछाड सुरु भइहाल्यो । कुनै वर्गविशेष वा सैद्धान्तिक गल्ती त्रुटिको कारणले होइन, उनलाई केवल पद हत्याउने नियतले आफ्नै साढुदाइ र अर्का मेडिकल डाक्टरले तानातान गरी खोसेर लगिहाले । उनलाई त्यस पदमा टिक्न नदिन अनवरत सङ्घर्ष चलिरह्यो । 
जुलुसमा ‘विश्वका श्रमजीवी एक होऔं †’ को नारा चल्दै रहे । समयक्रममा कम्युनिस्ट नाम र ह“सिया–हथौडा झन्डाधारी एकडेढ दर्जन समूह सडकमा देखिन थाले । ‘विश्वका मजदुर हो, एक होऊ’ का उद्घोष पनि सुनि“दै ग¥यो । 
हामी कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको झन्डामुनि जुट्दै गयौं । किसान, मजदुर, महिला, विद्यार्थी र प्रवासी नेपालीहरूलाई पनि पार्टीको झन्डामुनि जुटाउ“दै रह्यौं । ०१७ सालमा राजा महेन्द्रले दलहरूका जरा काटेपछि हामी भूमिगत भई काम गर्न थाल्यौं । पञ्चायती कालरात्रिका दिनमा पार्टीलाई बचाउन भारत प्रवासमा रहेका नेपालीहरूको ठूलो योगदान छ ।
भारेभुरे जोसुकैले पनि पार्टी खोल्ने, महासचिव, अध्यक्ष या पोलिटब्युरोका कुर्सी चढ्ने जमातहरूको तमासा हामीले हेर्दै गयौं । क्रान्तिको गाडी पक्कै पुष्पलालले हा“क्लान भन्ने विश्वासले किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवी साहित्यकार कलाकार आदिका सङ्गठन बनाउ“दै रह्यौं ।
त्यतिखेर पुष्पलाल समूहअन्तर्गतको नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक सङ्घको मुखपत्र मुक्तिमोर्चाको म सम्पादक थिए“ । त्यही पत्रिकाको नामबाट हाम्रा कुराहरू बाहिर ल्याउ“दा उपयुक्त हुने ठानी हामीले हाम्रो समूहको नाम मुक्तिमोर्चा राखेका हौं । त्यो एउटा परिचय मात्रै थियो । हामीले कुनै छुट्टै गुट बनाई त्यसको विधिवत् सङ्गठन र पद विभाजन– महासचिव इत्यादि बनाएका थिएनौं । पुष्पलालजस्तो त्यागी, निष्ठावान् र सिद्धान्तनिष्ठ व्यक्तित्वको नेतृत्व छोडी अलग समूह किन बनायौं भन्ने कुरा यहा“ स्मरण गर्नु सान्दर्भिक हुनेछ । 
हामीले मुक्तिमोर्चा समूह बनाएर पुष्पलालको नेतृत्वबाट छुट्टिनुभन्दा केही पहिले ठूलो प्रयास, आग्रह र बिन्ती गरी पुष्पलाल, गणेशमान र बीपीलाई बनारसको एउटै मञ्चमा उभ्याई ‘हामी संयुक्त आन्दोलन गर्छौं’ भन्ने वाचा व्यक्त गराउन सफल भएका थियौं । त्यतिखेर गर्न सकिने स्तरको ठूलै सभामा उहा“हरू एकै मञ्चमा बसेर बोल्नुभएको थियो । कमरेड पुष्पलालले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिअनुसार काङ्ग्रेस र कम्युनिस्ट दुई शक्ति नमिली पञ्चायती व्यवस्थालाई ढाल्न सकिने छैन भन्ने कुरामा दृढ विश्वस्त भएर नै हामीले  त्यसका विरुद्ध धेरै मेहनत गरेर उहा“हरूलाई एउटै मञ्चबाट बोल्न लगाएका थियौं । त्यो आमसभापछि वास्तवमा नेपाली राजनीतिमा ठूलै तरङ्ग उत्पन्न भएको थियो । पञ्चायती शासकहरू थरथरी डराएका थिए । उनीहरूका अभिव्यक्तिहरूबाट कुरा थाहा पाइन्थ्यो । त्यतिखेरका हामी युवाहरू ‘अब संयुक्त आन्दोलन हुन्छ, पञ्चायती व्यवस्था ढल्छ–ढल्छ’ भनेर धेरै उत्साहित भएका थियौं ।
हामी कमरेड पुष्पलालस“ग बसेर के–कसरी अब हुने संयुक्त आन्दोलन हा“क्ने भनेर योजना बनाउ“दै थियौ । संयुक्त आमसभा भएको एक महिनापछि पुष्पलालको डेरामा आएर बीपी र गणेशमानले भने, ‘हामी त राजाको खोरमा बस्नैपर्ने भए पनि नेपाल फर्कने भयौं । अहिले तत्कालै कम्युनिस्ट पार्टीस“ग मिलेर संयुक्त आन्दोलन गर्न नसक्ने भयौं । अहिले कम्युनिस्ट पार्टीस“ग मिलेर आन्दोलन गर्दा भारतले सहयोग नगर्ने भयो ।’ पुष्पलालका आ“खा रसाए । 
मङ्गलादेवी पनि स“गै आउनुभएको थियो । उहा“मा बडो दृढता र क्रान्तिकारी जोस हुने गथ्र्यो । उहा“ले कमरेड पुष्पलाललाई भाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । बीपीका कुरा सुनेपछि मङ्गलादेवीले भन्नुभयो, ‘हेर पुष्पलाल भाइ, यी दुई बुढा राजाको तबेलामा बा“धिन जाने भए । आ“ट्छौ भने तिमी र मैले संयुक्त मोर्चा हा“कौं †’ पुष्पलाल मौन रहनुभयो । 
कम्युनिस्ट पार्टीस“ग मिलेर संयुक्त सङ्घर्षमा जान नसकिने कुरा बीपीको मुखबाट सुनिसकेपछि पुष्पलाल धेरै निराश हुनुभयो । उहा“को जा“गर मरेजस्तै हुन थाल्यो । हामी चाहन्थ्यौं, काङ्ग्रेसले आ“ट नगरे पनि हाम्रो तर्फबाट सङ्घर्षका विविध कार्यक्रम अगाडि बढाऔं तथा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान सुरु गरौं । हामीले कमरेड पुष्पलाललाई यही कुरा भनेर घच्घच्याइरह्यौं । एक दिन पुष्पलालले भन्नुभयो, ‘अब आगामी दुई–तीन वर्षको स्थिति हेरेर मात्र उपयुक्त कदम चाल्नुपर्ने हुन्छ । अहिले केही नगरौं ।’
यही“निर अर्को प्रसङ्ग पनि जोड्नु उपयुक्त हुनेछ । हामीले कम्युनिस्ट एकता होस् भनेर कहिले पुष्पलाल र तुलसीलाललाई त कहिले पुष्पलाल र मोहनविक्रम सिंहलाई घण्टौं कोठा थुनेर वार्ता गर्न पनि लगाएका थियौं । तर, कुनै परिणाम निस्केन । 
त्यतिखेर नेपालका अन्य पुराना कम्युनिस्ट नेताहरूमध्ये मनमोहन अधिकारीले सीमित बौद्धिक समुदायस“ग यदाकदा घेटघाट गर्ने कामबाहेक अरू केही गरिरहनुभएको थिएन । कमरेड तुलसीलाल दिल्ली र दरभङ्गाका समर्थकहरूबीच ओहोरदोहोर गरेर जेनतेन जीवन चलाउनुभएको थियो । मोहनविक्रम सिंह, निर्मल लामा आदिले पुष्पलाल नेतृत्वलाई गद्दार घोषित गर्दै मशाल हल्लाइरहनुभएको थियो । अरू केही कमरेडहरू इलाकीय स–साना गुटमा रमाउ“दै हुनुहुन्थ्यो । 
ती सबै घटनाक्रमबाट हामीले निष्कर्ष निकाल्यौं, एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरेर अगाडि बढ्नका लागि अब हामी आफैंले प्रयास गर्नुपर्छ ।
हामीले पुष्पलाल समूहबाट अलग भएको क्रान्तिकारी सङ्गठन र एकता विस्तार गर्ने घोषणासहितको निर्णय ‘मुक्तिमोर्चा’मा प्रकाशित ग¥यौं । 
त्यसबेला पुष्पलाल नेतृत्वको सङ्गठन लुम्बिनी र गण्डकी अञ्चलमा बलियो थियो र अरू अञ्चलसहित भारत प्रवासको सङ्गठनको स्थिति बलियो बन्दै थियो । पूर्वी नेपालतिर सङ्गठन विस्तारको तयारी हु“दै थियो । हामीले त्यही सङ्गठनको आधार समातेर अगाडि बढ्ने निर्णय ग¥यौं । 
त्यसैबेला कमरेड सीपी मैनालीको नेतृत्वमा नक्खु जेल विद्रोह गरी निस्केका कमरेड प्रदीप नेपाल हामीस“ग सम्पर्क गर्न बनारस पुग्नुभयो । उहा“ले सीपी मैनालीको नेतृत्वमा को–अर्डिनेसन केन्द्र (कोके) गठन भएको सुनाउनुभयो । हामीहरूले व्यवस्थित वार्ता गरी एकीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थियौं । 
हाम्रो समूह र कोकेको बीचमा विचार र कार्यशैलीमा ठूलो भिन्नता थियो । हामी नेपाली काङ्ग्रेसस“ग अनावश्यक दूरी बढाउने कुराको विरोध गथ्र्यौ । हामी संयुुक्त आन्दोलनबाट मात्रै पञ्चायती व्यवस्था फाल्न सकिन्छ भन्ने कुरामा दृढ थियौं । उहा“हरूमा विचार भने तत्कालीन भारतमा सञ्चालित चारु मजुमदारको वर्गशत्रु खत्तम गर भन्ने अभियानबाट प्रभावित थियो । उहा“हरूका रहेको वैचारिक उग्रता बुझाउन त्यतिखेरका गीतहरू सम्झनु उपयुक्त हुनेछ ः
‘सामन्तलाई नगि“डे,
दुश्मनस“ग नभिडे,
आउ“दैन है जनवाद,
भाषण ठोकेर...।’

‘विशेश्वरे भारतको घोडा हो,
लेन्डुपेको नेपाली जोडा हो,
सुन नेपाली, भण्डाफोर गरौं यसको मुठी उचाली...†’
अनेक मतभिन्नता र कार्यशैलीगत भिन्नता भए पनि कोकेस“ग एकीकरण गरेर अगाडि बढेमा एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न सकिने निष्कर्षमा पुगिसकेपछि हामी कमरेड प्रदीप नेपाल (सिन्धु)लाई लिएर रूपन्देही गयौं । सकभर अञ्चल स्तरकै प्रतिनिधित्व हुने गरी भेला डाकियो । भेलामा पूर्वाञ्चलबाट कमरेड मदन भण्डारी पनि आउनुभयो । सङ्गठन विस्तारकै अभियानका क्रममा कमरेड वामदेव गौतम गिरप्mतार भई जेलमा रहनुभएको हु“दा त्यस भेलामा उपस्थित हुन सक्नुभएन । 
त्यस भेलाले मुक्तिमोर्चाको गठन र त्यसमार्फत अन्य सङ्गठनस“ग वार्ता–एकता गर्दै जाने निर्णय ग¥यो । भेलाले संयुक्त रूपमा जनसङ्घर्ष र वर्गसङ्घर्ष चलाउ“दै जाने तर ‘वर्ग शत्रु खत्तम’ अभियानलाई यान्त्रिक रूपले सञ्चालन नगर्ने निर्णय ग¥यो । 
कोके र मुक्तिमोर्चाको एकीकरणका क्रममा देखापरेका धेरै अप्रिय प्रसङ्गहरू छन् । अहिले जीवनको उत्तराद्र्धमा म ती अप्रिय प्रसङ्गहरू दोहो¥याउन चाहन्न । 
०३४ सालमा कमरेड प्रदीपले काठमाडौंमा सीपी मैनालीस“ग जीवराज आश्रित र वामदेव गौतमको भेट गराउनुभयो । दुवै पक्षको वार्तापछि आवतजावत र भेटघाट चल्दै रह्यो । त्यस अवधिमा मेरो परिचय र सम्पर्कमा रहेका विभिन्न जिल्लाका कमरेडहरूस“ग भेटघाट चल्दै रह्यो । ती भेटमा प्रायः म र आश्रित कमरेड स“गस“गै हि“ड्ने गर्दथ्यौं । अधिकांश ठाउ“का भेटवार्ता सकारात्मक हु“दै गए । 
०३५ को साउनमा धनुषामा दुवै पक्षका प्रतिनिधिका बीचमा व्यवस्थित छलफल भयो । ‘वर्ग शत्रु खत्तम’को बाटो होइन, संयुक्त जनसङ्घर्ष (सशस्त्र या शान्तिपूर्ण, परिस्थितिअनुरूप) गर्दै अघि बढ्ने समझदारीको नजिक पुगियो । 
०३५ मंसिर ११ गते (२६ दिसम्बर १९७८) कमरेड माओको जन्मदिवसको अवसरमा दुवै पक्षको सहमतिबाट एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) राखियो । सीपी मैनाली महासचिव रहेको केन्द्रीय समितिमा दुवै पक्षबाट छानिएका सदस्यहरूको सङ्ख्या ३६ रहेको थियो । त्यस एकीकृत कम्युनिस्ट पार्टीमा अरू विभिन्न समूहहरू एकीकृत हु“दै गए, पार्टी झन्झन् विस्तारित हु“दै गयो । पछिल्लो पटक नेकपा (माक्र्सवादी) स“ग एकीकरण गरेपछि नाम बन्न गयो, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)

झापा सङ्घर्ष एक सङ्क्षिप्त सिंहावलोकन

सीपी मैनाली

यस वर्षको फागुन २१ गते विशिष्ट रह्यो । फागुन २१ सहादत दिवस । गोरखाका लखन थापा र उनका सहयोद्धाबाट सुरु भएको सिलसिला धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्द आदि जनाधिकारका प्रातःस्मरणीय योद्धाहरूबाट अघि बढेको हो । २०२९ साल फागुन २१ गते राति सुखानीको जङ्गलमा आततायीहरूले कायरतापूर्वक चलाएको अग्निवर्षालाई रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइ“केल र नारायण श्रेष्ठजस्ता झापा सङ्घर्षका योद्धाहरूले वीरतापूर्वक सामना गरी जनाधिकार र जनसत्ता स्थापनाको महान् उद्देश्यका निम्ति सहादत प्राप्त गरेका थिए । ०२९ साललगायतका विभिन्न समयमा प्रतिबद्ध योद्धाहरूले प्राप्त गरेका सहादतलाई जनताले मनवचनले पूजा गरिरहेका भए तापनि नेपालको राज्यले ती महान्, सहिदहरूलाई सम्मान गर्न सकिरहेको थिएन, जसलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ०७२ फागुन १९ गते सम्पन्न मन्त्रिपरिषद्को निर्णयबाट पूरा गरेको छ । भीमदत्त पन्तदेखि लिएर, सुखानी, झापा, नक्खु, ओखलढुङ्गा आदिका गरी २२ जना समर्पित कर्मीहरूलाई निरङ्कुशतन्त्रविरोधी सङ्घर्षका अटल योद्धाका रूपमा सहिदको सम्मान प्रदान गर्ने निर्णय एमालेले गरेको छ र यस्ता अन्य निरङ्कुशताविरोधी योद्धाहरूको सहादतको वैज्ञानिक निरूपण गर्ने उच्चस्तरीय समितिकोे गठनसमेत गरेको छ ।
मन्त्रिपरिषद्को उक्त बैठकमा म पनि उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको हैसियतमा सहभागी थिए“ र सगर्व उक्त निर्णयको एकजना कर्ता बन्न पुगें । राज्यको यस मान्यताबाट यसपटकको सुखानी सहादत दिवसलाई अर्थपूर्ण महत्ता प्राप्त भएको छ । यस घटनाले मलाई वर्तमान चेतनाबाट झापा सङ्घर्षको सर्सर्ती सिंहावलोेकन गर्न प्रेरित गरेको छ ।
(१) जङ्गबहादुर राणाबाट स्थापित पारिवारिक निरङ्कुशतन्त्रका विरुद्ध जनसाधारणका हकहितको भावना र धार्मिक आदर्शमा आधारित विचारधारात्मक मार्गदर्शनद्वारा लखन थापा र उनका सहयोद्धाहरू प्रेरित रहेको पाइन्छ । शुक्रराज शास्त्री, धर्मभक्त आदि योद्धाहरू सामन्ती निरङ्कुशतन्त्रविरुद्ध नागरिक अधिकार, समाजसुधार र पु“जीवादी प्रजातान्त्रिक राजनीतिक सिद्धान्तबाट प्रेरित भई सङ्घर्षमा अटल रहन पुगेको देखिन्छ । ०२९ सालमा सुखानीका सहिदहरू सर्वहारा वर्गीय विचारधारा, अर्धसामन्ती तथा अर्धउपनिवेशी नेपाली समाजलाई नया“ जनवादी जनसत्ता स्थापना गर्दै आमूल परिवर्तन गर्ने सैद्धान्तिक मान्यताहरूद्वारा प्रेरित र मार्गनिर्देशित थिए । १९९३ सालदेखि सङ्गठित रूपमा सुरु भएको प्रजातान्त्रिक आन्दोलनमा झापाली योद्धाहरूले अवलम्बन गरेको सैद्धान्तिक मान्यता समयसापेक्ष र उन्नत मान्यता हो । यस्तो सैद्धान्तिक मान्यतालाई आ–आफ्नो मुलुकका विशेषताहरू अनुकूल हुने गरी लागू गरेर मात्र सामाजिक विकासमा पछि परेका नेपालजस्ता विकासशील मुलुकका जनताको सामाजिक तथा राष्ट्रिय मुक्ति सम्भव हुन सक्छ ।
(२) झापा सङ्घर्षले तत्कालै नया“ जनवादी राज्यसत्ताको स्थापना र तदनुसारको समाज निर्माणको लक्ष्य लिएको थियो, जसका निम्ति दीर्घकालीन सशस्त्र सङ्घर्षको कठीन बाटो तय गर्नुपर्ने मान्यतालाई स्वीकार गरिनुपथ्र्यो । तैपनि, शोषित–पीडित जनताका अगुवा व्यक्तिहरू, विशेषगरी युवाजन क्रमिक रूपमा झापा–सङ्घर्षप्रति आकर्षित हु“दै आएका थिए । यसका विविध सैद्धान्तिक, राजनीतिक, घरेलु, अन्तर्राष्ट्रिय र आवेगात्मक कारणहरू थिए । सिद्धान्तमा जनसत्ता पक्षधर नया“ जनवाद, राजाको निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था विरोधी जनतन्त्रवादी राजनीति, सामन्ती तथा औपनिवेशिक शोषण–उत्पीडनबाट जर्जर बनेको पछौटे देशको अवस्था, त्यसबेला विश्वका कतिपय भागमा सशक्त रूपमा बढेका राष्ट्रिय मुक्ति–सङ्घर्ष र जनतान्त्रिक आन्दोलन, शोषित–पीडितजन र युवा मनहरूमा हुर्किने शोषण र उत्पीडनकारी स्थितिमा तत्काल परिवर्तन ल्याउने आवेगहरू आदिको सम्मिश्रण र संयोजनका कारण झापा सङ्घर्षप्रति जनाकर्षण बढ्नु स्वाभाविकै थियो । लक्ष्य जतिसुकै सुदूरवर्ती, कठिन र बलिदानीपूर्ण भए पनि झापा सङ्घर्षकोे तात्कालिक र व्यवहारिक प्रहार समाजमा विद्यमान निरङ्कुश निर्दलीय सामन्ती व्यवस्थाविरुद्ध थियो । यसकारण, झापा सङ्घर्षले जनताको ध्यान खिच्न सकेको थियो, जसलाई झापा सङ्घर्षका नेताहरूले पनि समयक्रममा आफ्ना राजनीतिक नीतिहरूमा सामेल गर्दै आए र आम रूपमा सङ्घर्षलाई समसामयिक स्वरूप प्रदान गर्न सफल भए । यद्यपि, यस प्रक्रियामा धेरै राजनीतिक भूल र भड्काउहरूसमेत उत्पन्न भएका छन् ।
(३) झापा सङ्घर्षको उठान ०२७ को सुरुदेखि भएको मान्न सकिन्छ । त्यहा“देखि यताका ४५ वर्षमा देशभित्र र बाहिर सिद्धान्त, राजनीति, आर्थिक विकास, जनजीवन, आचरण आदि सबै पक्षमा ठूलो परिवर्तन आएको छ । सङ्घर्षका नेताहरूमा सैद्धान्तिक, राजनीतिक, नेतृत्व क्षमता आदिमा समेत परिपक्वता र परिवर्तनहरू बढेका छन् । माक्र्सवाद–लेनिनवादलाई बुझ्ने र त्यसलाई लागू गर्ने सिर्जनशीलतासमेत बढेको छ । आजको माक्र्सवादी सैद्धान्तिक चेतनाबाट हेर्दा पनि हामी झापा सङ्घर्षमा धेरै सकारात्मक पक्षहरू र केही गम्भीर नकारात्मक पक्षहरू पाउ“छौं । झापा सङ्घर्षले त्यसबेला जुन निरङ्कुश राजनीतिक व्यवस्थालाई जति चोटिलो, हिंसात्मक माध्यमबाट समेत प्रहार ग¥यो, त्यसबाट जनजागरण, सङ्घर्षशीलतामा वृद्धि, एकता, जनपरिचालन, सङ्गठन निर्माण र निरकुङ्शताविरुद्ध व्यापक प्रहार गर्ने जनस्तरीय तयारी आदि क्षेत्रमा धेरै सकारात्मक उपलब्धिहरू भएका छन् । सङ्घर्षले नेतृत्वमा रहेको आवेगात्मक पक्ष, मनोगतवादी विश्लेषण र संश्लेषणलाई घटाउ“दै–बढाउ“दै लगेको पाइन्छ । झापा सङ्घर्षमा उपरोक्त सकारात्मक पक्षहरू भए पनि त्यसमा देशको भूराजनीति र नेपाली समाज तथा क्रान्तिका विशिष्टताहरूलाई बुझ्ने सम्बन्धमा गम्भीर कमजोरीहरू थिए । उक्त कमजोरीहरूलाई सच्याउने र माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई नेपालको विशेषतामा सिर्जनात्मक रूपले मिलाउने प्रयत्नहरू बढेका छन् । यस प्रयत्नमा विविध सकारात्मक र नकारात्मक प्रयोगसमेत देखिएका छन्, जसका बारेमा व्यापक बहस हुनु आवश्यक छ ।
(४) मानिसहरू कहिलेकहिले मलाई प्रश्न गर्छन्– ‘झापा सङ्घर्षमा हेलि“दा कस्तो सपना देखि“दै थियो र आज कहा“ पुगेको जस्तो लाग्छ ? कही“ बाटो बिराएको जस्तोे लाग्दैन ?’ मानिसहरूले मलाई ‘तिमी गलत बाटो हि“ड्न थालेका छौ’ भन्ने कोणबाट पनि प्रश्न गर्ने गरेका छन् ।
हो, त्यसबेला तत्कालै नया“ जनवादी सत्ता अर्थात् जनसत्ता स्थापनाकै सपना देखिएको थियो । त्यो सपना हाम्रो मुलुकको आमूल परिवर्तनका निम्ति झूट र अनुचित सपना थिएन । अहिले पनि त्यस सपनालाई मैले सजाएर राखेको छु । लक्ष्य त्यही नै हो, तर त्यस लक्ष्यमा पुग्न त्यसबेला देखिएको बाटो र अहिले देखेको बाटोमा केही भिन्नता छन् । त्यसबेला म सोझो र सपाट बाटोको कल्पनामा थिए“ । आज त्यो बाटो बढी मोड र घुम्तीहरू भएको बढी घुमाउरो र जटिल रहेको देखिरहेको छु । त्यसबेला मैले नेपालको भूराजनीतिलाई जति बुझेको थिए“, त्यसले मलाई नेपाली क्रान्तिका विशेषताहरूलाई पहिल्याउने दृष्टि दिन सकेको रहेनछ । भूराजनीतिक संवेदनशीलताकै कारण नेपालले पटकपटक ठूला राजनीतिक परिवर्तनबाट गुज्रि“दै आमूल परिवर्तनको लक्ष्यमा पुग्नुुपर्ने रहेछ । यस्तो निष्कर्ष मैले र नेकपा (माले)ले ०६० सालमा तेस्रो राष्ट्रिय सम्मेलनमा आएर निकालेका र संस्थागत गरेका हौं । नेपालमा ००७ साल, ०४६ साल र ०६३ सालमा ठूला अग्रगामी राजनीतिक परिवर्तन÷ क्रान्ति भएका छन्; तर समाजमा अहिले पनि जनवादी आमूल परिवर्तन हुन सकेको छैन । तर, मलाई यकिन छ, जनता र समाज त्यही लक्ष्यतर्फ बढिरहेका छन् । सर्वहारा वर्गीय राजनीतिक पार्टीहरूको सचेतना र सही नेतृत्वमा एक दिन नेपाली जनता त्यस लक्ष्यमा पुगी छाड्नेछन् । तर, यसका निम्ति देशमा वामपन्थी–वृत्तमा ठूलो सिर्जनात्मक राजनीतिक बहस छेडिनु आवश्यक छ । 
(५) झापा सङ्घर्ष निरङ्कुशताको जङ्गलमा विस्फोटित एउटा झिल्को थियो, जुन झिल्कालाई त्यस सङ्घर्षका प्रतिबद्ध योद्धाहरूले सत्ताको जतिसुकै ठूलो बर्बर दमन भए पनि निभ्न दिएनन् । दर्जनभन्दा बढी योद्धाहरू सहिद बने, ५÷६ सय व्यक्तिहरू जेल परे र हजारौं व्यक्तिहरू घर, आफ्नो समाज र देशबाट समेत विस्थापित भए, तर दमनलाई झेल्दै जनतामा पसेर बच्नेहरूले झापा सङ्घर्षको सन्देशलाई अघि बढाउने बुद्धिमत्तापूर्ण, साहसिलो र बलिदानीपूर्ण प्रयत्नलाई जारी राखे । झापाली कमरेडहरूले यस्तै मान्यताका साथ मोरङमा सङ्गठित र क्रियाशील क्रान्तिकारी सङ्गठनका माधवकुमार नेपाललगायतका कमरेडहरूस“ग मिली ०३१ को जेठमा सत्ताकब्जा गर्न क्रान्तिकारी सङ्घर्षलाई फैलाउ“दै राष्ट्रिय क्रान्तिकारी पार्टी बनाउने अपिल गरे । त्यही अपिललाई समर्थन गर्दै ०३२ जेठ २४ र २५ गते झापा, मोरङ, इलाम, सिरहा, बारा, काठमाडौं, सिन्धुपाल्चोकमा क्रियाशील कमरेडहरूले ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माक्र्सवादी–लेनिनवादी)’ अर्थात् कोके (माले) को गठन गरे । यसरी झापा सङ्घर्षको सन्देश द्रुत गतिले फैलिन लाग्यो । मोरङ, सुनसरी, सिरहा, धनुषा आदि जिल्लाहरूमा वर्गसङ्घर्षका हिंसात्मक रूप विकसित हुन थाले । दमनका क्रममा ०३२ सालमा कोके (माले) का धेरै जिम्मेवार नेताहरू देशका विभिन्न जिल्लामा गिरफ्तार भए । तथापि, दमनलाई झेल्दै कोकेका नेताहरू सङ्घर्षलाई जीवित राख्न र फैलाउन लागे । 
उपरोक्त सिलसिलामै नक्खु जेलमा बन्दी राखिनुभएका झापा सङ्घर्षको राजनीतिप्रति प्रतिबद्ध मलगायत १५ जना क्रान्तिकारीहरू १२ चैत २०३३ को राति डेढ महिना लगाएर जेलभित्रबाट खनिएको सवा सय फिट लामो सुरुङ्बाट जेल तोडी जनताको बीचमा गयौं । जेल तोड्ने क्रान्तिकारीहरूमध्ये केही पुनः गिरफ्तार भए पनि गिरफ्तारीबाट बचेर पार्टी र सङ्घर्षको विकासमा लाग्ने कमरेडहरूले झापा विद्रोहको सन्देश देशव्यापी पु¥याउने कार्यलाई उन्नत स्तरबाट अघि बढाए । विद्रोही ‘मुक्ति मोर्चा समूह’, दाङको ‘सन्देश समूह’, पूर्वको ‘रातो झन्डा समूह’, गण्डकीको ‘क्रान्तिकारी माले–दल’ र अन्य धेरै स्वतन्त्र क्रान्तिकारीहरू मिलेर ०३५ सालको पुस ११ गते नेकपा (माले)को पहिलो राष्ट्रिय सम्मेलन गरी पार्टीको स्थापना भयो, जसको नेतृत्वदायी महासचिव पदमा निर्वाचित हुन मैले प्रतिनिधिहरूको विश्वास प्राप्त गरें । यसका निम्ति ‘प्रथम राष्ट्रिय सम्मेलन’का प्रतिनिधि कमरेडहरूप्रति म आभारी छु । 
सङ्घर्ष र सङ्गठनको विस्तारस“गै क्रान्तिकारी पङ्क्तिमा रहेका मनोगतवादी सङ्कीर्ण र ‘वामपन्थी’ मान्यता र नीतिहरूमा परिमार्जन हु“दै गयो, जनसङ्गठन र जनसङ्घर्षको विकास हु“दै गयो, पार्टीका विभिन्न वर्ग र तहहरूस“गको सम्पर्क बढ्दै गयो । पार्टीको यस विकासलाई तत्कालीन नेतृत्वले बुझ्दै र सफलताका साथ नेतृत्व गर्दै गयो । 
०३३ साल पुसदेखि नेपाली काङ्ग्रेसले भारत प्रवासबाट पार्टी हेडक्वार्टर हटाउ“दै ‘मेलमिलाप’को नीतिसाथ स्वदेश प्रवेश गरेपछि देशको राजनीतिले क्रमशः नया“, राष्ट्रिय र जन–आधारित मोड लिन थाल्यो । ०३५÷३६ को जनमतसङ्ग्रह र ०४६ को संयुक्त जनआन्दोलन त्यसका ज्वलन्त उदाहरण हुन् । अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थितिमा आएका राजनीतिक परिवर्तनले नेकपा 
(माले)लाई जनतन्त्रको सङ्घर्षलाई बढाउन र ०४६ सालको राजनीतिक परिवर्तनलाई सफल बनाउन ठूलो सहयोग ग¥यो । 
०४६ सालको राष्ट्रिय संयुक्त जनआन्दोलनले निरङ्कुशतन्त्र र निर्दलीयतामाथि विजय हासिल ग¥यो । ‘जनमतसङ्ग्रह’ कालको सङ्घर्षपश्चात् ०४६ सालको निरङ्कुशताविरोधी संयुक्त जनआन्दोलनको विजयले नेकपा (माले)लाई  राष्ट्रिय शक्तिका रूपमा स्थापित ग¥यो । ०४६ सालको राजनीतिक परिवर्तनलाई सही ढङ्गले मूल्याङ्कन गरेर उपलब्धिहरूलाई रक्षा गर्दै राजनीतिक परिवर्तन अनुकूल सामाजिक–आर्थिक परिवर्तनको कार्यलाई सम्पादन गर्नुपर्ने अवधिमा देशको वामआन्दोलनमा उत्पन्न भएका विसर्जनवादी र उग्रवामपन्थी भड्काउहरूले ठूलो क्षति पु¥याएका छन्, जसको वस्तुवादी समीक्षा गर्दै आन्दोलनलाई प्रभावकारी ढङ्गले अघि बढाउने आवश्यकता देखिएको छ । 
(६) निर्दलीय सामन्ती निरङ्कुशतन्त्र अर्थात् राजतन्त्रविरुद्ध सशक्त र हिंसात्मक प्रहार झापा विद्रोहको सारतŒव हो, जो निःसन्देश सही र सामयिक थियो । त्यस विद्रोहले तत्कालै नया“ जनवादी सत्ता स्थापनाको कार्यनीति लिनुचाहि“ देशको भूराजनीतिक संवेदनशीलताको अनदेखा गर्ने क्रान्तिकारी आवेगजनित कमजोरी थियो, जसलाई आन्दोलनको विकासक्रममा झापा आन्दोलनमा पैदा भएका अलगअलग वैचारिक प्रवृत्तिहरूले आ–आफ्नै ढङ्गले सच्याउने प्रयत्न गरेका छन् । झापा विद्रोहले समयक्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा नया“ जनवादी क्रान्तिकारी धारलाई सशक्त बनाउने, आन्दोलनप्रति जनताको अभिरुचि र सहभागिता बढाउने, ०३५÷३६ सालको जनमतसङ्ग्रहपश्चात् नया“ जनवादी लक्ष्यलाई कायम राख्दै बहुदलीय पु“जीवादी प्रजातन्त्र (पार्टी स्वतन्त्रता) निम्तिको तात्कालिक सङ्घर्षमा जनतालाई सरिक बनाउने र २०४६ सालको निर्दलीयता विरोधी संयुक्त राष्ट्रिय जनआन्दोलनको सफलतापश्चात् वामपन्थी कम्युनिस्ट शक्तिलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेजस्ता उपलब्धिहरू प्राप्त गरेको छ । यति भए पनि ०४६ सालको राजनीतिक परिवर्तनपश्चात् झापा विद्रोहबाट उठेको पार्टीले समयको माग र जनताको अपेक्षामुताबिक झापा विद्रोहको उद्देश्यलाई अघि बढाउन सकेन । पार्टी पु“जीवादी विकृति र विसङ्गतिहरूमा फस्दै गयो र कम्युनिस्ट आन्दोलनको प्रजातान्त्रीकरणको नाममा सैद्धान्तिक स्खलनतर्फ उन्मुख भयो । फलतः पार्टीभित्र विवाद र गुटबन्दी बढ्यो र ०५४ सालमा पुगेर पार्टी नै विखण्डित भयो । त्यो विखण्डनको उपचार आजसम्म हुन सकेको छैन, जुन उपचारका निम्ति गम्भीर सैद्धान्तिक, वैचारिक र रणनीतिक औषधिहरूको खा“चो छ । 
०४६ सालको राजनीतिक परिवर्तनलाई सही दिशामा बढाउन नसकेको अवस्थामा ०५२ सालदेखि बहुदलीय संसदीय व्यवस्थाकै विरुद्धमा नेकपा (एमाओवादी) पार्टीको नेतृत्वमा अर्को सशस्त्र विद्रोह सुरु भयो । त्यसलाई झापा विद्रोेहकोे निरन्तरता भने पनि वास्तवमा त्यो झापा आन्दोलनले प्राप्त गरेका उपलब्धिहरू र शिक्षालाई कदर गर्न नसक्ने गम्भीर कमजोरीको अभिव्यक्ति थियो, जसलाई बाह्य शक्तिकेन्द्रहरूले आ–आफ्ना रणनीतिहरूमुताबिक प्रयोग गर्ने भरमग्दुर प्रयत्न गरे । क्रान्तिको आदर्श र नया“ जनवादी सत्ताको लक्ष्य बोकेर सुरु भएको माओवादी सशस्त्र विद्रोह परिवर्तनका नाममा विदेशी रणनीतिको वाहक बन्ने अत्यन्त अनपेक्षित भीड–शक्तिमा परिणत हुने खतरातर्फ अघि बढ्न पुग्यो । त्यसबाट बच्ने प्रयत्नको सिलसिलामा उक्त आन्दोलन आज पा“च टुक्रामा खण्डित हुन पुगेको छ । तर, कुनै गुटस“ग पनि आफ्नो आन्दोलनको वस्तुगत समीक्षा गर्ने र आफ्ना रणनीतिक भूल–त्रुटिहरूलाई सच्याउने क्षमता विकसित नभइसकेकाले त्यो आन्दोलनले आफूलाई कसरी बचाउन सक्ला भन्ने प्रश्न जनमानसमा जन्मिसकेको छ । 
यस्तो अवस्थामा झापा सङ्घर्ष र माओवादी विद्रोहका सकारात्मक पक्षहरूलाई केलाउ“दै रक्षा गर्ने र गल्ती–कमजोरीहरूलाई पहिचान गर्दै निर्ममताका साथ बढार्ने ठूलो समीक्षा र शुद्धीकरणको आवश्यकता छ । यो काम सम्पादन गर्न नेपालका विशेषताहरूलाई पहिचान गर्दै माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग गर्ने कार्यलाई बुद्धिमानीपूर्वक अघि बढाउनुपर्छ । यही क्रममा म र हाम्रो पार्टी नेकपा (माले) नेपाललाई प्राथमिकता दिने चिन्तनलाई माक्र्सवाद–लेनिनवाद तथा माओत्से तुङ विचारधारास“ग सिर्जनात्मक ढङ्गले जोड्नुपर्ने निष्कर्षमा पुगिरहेका छौं । आजसम्म पनि नेपालको अस्तित्व र राज्यका रूपमा यसको स्वतन्त्रता र सार्वभौमसत्ता विनाशको डिलबाट गुज्रन बाध्य हुनुपर्ने अवस्था रहेकाले तिनलाई प्राथमिकता दिने विचार अर्थात् नेपाल चिन्तनयुक्त माक्र्सवाद–लेनिनवादले मात्र नेपाली क्रान्तिकारी सङ्घर्षलाई मार्गदर्शन गर्न सक्छ भन्ने निचोडमा क्रान्तिकारीहरू पुग्नु आवश्यक छ । 
(७) झापा सङ्घर्ष र त्यसपछिका राजनीतिक घटनाक्रमहरूले हामीलाई माक्र्सवाद–लेनिनवादको नेपालीकरण गर्नुपर्ने ज्वलन्त आवश्यकताको अघि उभ्याएका छन् । विशेषगरी असोज ३ गते संविधानसभाबाट अग्रगामी लोकतान्त्रिक संविधान जारी भएपश्चात् दक्षिणी छिमेकीबाट त्यसलाई अस्वीकार गर्दै त्यसमा आफ्नो रणनीतिअनुसारको परिवर्तन ल्याउनका निम्ति गरिएको अमानवीय नाकाबन्दीले हामीलाई उक्त काम गर्न बाध्य पारेको छ । 
अतः देशका सबै वामपन्थी चिन्तक र नेताहरूले माक्र्सवाद–लेनिनवाद तथा माओत्से तुङ विचारधारालाई नेपालीकरण गर्न विगतको समीक्षा र आगामी कार्यभारहरूको निक्र्योल गर्न गम्भीर विचार–विमर्शमा सरिक हुनु आवश्यक छ । नेपालीकरण गरिएको माक्र्सवाद–लेनिनवाद नै नेपालका सबै क्रान्तिकारीहरूको एकताको मिलनबिन्दु हुन सक्छ भन्ने मेरो र नेकपा (माले) को निष्कर्ष रहेको छ । 
(मैनाली झापा आन्दोलनका एक प्रमुख नेता, को–अर्डिनेसन केन्द्रका सचिव र तत्कालीन नेकपा (माले)का संस्थापक महासचिव तथा हाल आफ्नो नेतृत्वमा क्रियाशील नेकपा (माले)का महासचिव हुनुहुन्छ । –सम्पादक)
 

झापा सङ्घर्षदेखि सिंहदरबारसम्म  नेकपा (एमाले)को ऐतिहासिक यात्रा

डा. विजयकुमार पौडेल

१. झापा आन्दोलनदेखि नेकपा 
(एमाले) सम्मको पृष्ठभूमि
झापा आन्दोलनका प्रेरक तथा भारतको नक्सलवाडी विद्रोहका नायक कमरेड चारु मजुमदारलाई कलकत्ता प्रहरीले २०२९ साल साउन १ गते (१६ जुलाई १९७२) पक्राउ गरेको थियो । उनलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र मानिएको भारतीय प्रशासनले जेलभित्रै निर्मम यातना दिएर मा¥यो । उनलाई गिरप्mतारीको १३ दिनपछि मृत घोषित गरियो । त्यसको सात महिनापछि जेल सार्ने बहाना बनाई झापा विद्रोहका नायकहरू– कमरेड रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइ“केल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर मारियो । ती महान् सहिदहरूले पञ्चायती प्रशासनस“ग अलिकति झुक्न मानेको भए वा अलिकति नरमपन मात्रै देखाएको भए पनि ज्यान गुमाउनुपर्ने थिएन । उनीहरूलाई लाइन लगाएर सबैलाई एकै पटक मारिएन, पालैपालो मारियो । क्रमशः पछि मर्नेले पनि होस गुमाएनन् र झुक्न मानेनन् । 
अहिलेको नेकपा (एमाले) बन्नुमा झापा आन्दोलनका ती महान् सहिदहरूको भावनात्मक हिसाबले ठूलो योगदान छ । आफ्नो बलिदानले पक्कै पनि नेपाली क्रान्ति अगाडि बढ्नेछ भन्ने दृढ विश्वास लिएर नै उनीहरूले प्राणको आहूति दिएका थिए । उनीहरूले आफ्नो बलिदान खेर जाला कि भन्ने शङ्का मात्र गरेका भए पनि बन्दुकको अगाडि छाती खोलेर उभिने थिएनन् होला । 
अहिलेको नेकपा (एमाले) को निर्माणमा झापा आन्दोलनको कस्तो प्रभाव छ भन्ने मूल्याङ्कन गर्नका लागि यहा“निर एउटा केस स्टडी भन्न मिल्ने एउटा घटना प्रस्तुत गर्नु उपयुक्त देख्छु । एउटा जिल्लाको भूमिगत कार्यक्रममा भएको चार घण्टा लामो बहसले नमुना (स्याम्पल) उपलब्ध गराउ“छ भन्ने मेरो ठहर छ । ०४६ सालको आन्दोलनको तयारी चल्दै थियो । त्यसै वर्षको कात्तिकमा रूपन्देहीको सेमलारमा तत्कालीन नेकपा (माले)को प्रथम जिल्ला अधिवेशन आयोजना भएको थियो । भूमिगतकालमा लामो समयसम्म अधिवेशनहरू भएका थिएनन्, भेलाहरूबाट काम चलाइन्थ्यो । त्यसैले, ०३५ सालमा नेकपा (माले)को गठन भएर पनि ११ वर्षसम्म अधिवेशन भएको थिएन । त्यस कार्यक्रमको उद्घाटन तत्कालीन लुम्बिनी इन्चार्ज केपी शर्मा ओली (भूमिगत नाम मिलन पाण्डे) ले गर्नुभएको थियो । अधिवेशनमा जिल्ला सचिव देवेन्द्र घिमिरेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
प्रतिवेदनमा लेखिएको एउटा अनुच्छेदका कारण भूमिगत अधिवेशनमा चर्काचर्की नै प¥यो– ‘...यो जिल्लाका पुराना दस्तावेज र रेकर्डहरू कमरेड गौरव (प्रदीप नेपाल)ले हतियारधारी दस्ताको घेरामा जलाउन लगाउनुभयो । उहा“ले अविभाजित नेकपाको पालादेखिका पुराना दस्तावेज जलाइदिनाले पार्टी सङ्गठनका महŒवपूर्ण रेकर्डहरू समाप्त भए । हाम्रो अनुरोधलाई उहा“ले धम्कीको भाषामा जवाफ दिनुभएको थियो । अहिले हामीस“ग ०३७ सालभन्दा यताका रेकर्डहरू मात्र छन् । पुरानो लिखित इतिहास नै समाप्त पारियो । ...को–अर्डिनेसन कमिटीस“ग मुक्ति मोर्चा समूहलाई एकीकरण होइन, विलय गराउने काम गरियो । तलका कार्यकर्ताहरूलाई उत्तेजित पारेर हामीलाई अपमानित गरियो । दशकौंदेखि पार्टीमा पूर्णकालीन भई काम गरेका नेताहरूलाई नया“ सदस्यता लिनुपर्ने बनाइयो ।’
स्थिति कतिसम्म चर्कियो भने अधिवेशनको अध्यक्षमण्डल एकातिर र आयोजक तथा प्रतिनिधिहरू अर्कोतिर भएर बहस भयो । केन्द्रीय नेतृत्व प्रतिवेदनबाट झापाली उग्रताको आलोचना भएको खण्ड हटाउन लगाउने कुरामा अड्डी लिएर बस्यो, हामी सबै प्रतिनिधिहरू इतिहासमा भएका राम्रा नराम्रा दुवै कुरा लेखिनुपर्छ भन्ने अडानमा बस्यौं । पछि त्यो बहसलाई त्यत्तिकै थाति राखेर नया“ जिल्ला नेतृत्वको निर्वाचन गरी अधिवेशन टुङ्ग्याइयो ।
झापा किसान सङ्घर्षको नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा के महŒव छ भनेर अनुसन्धान गर्ने हो भने धेरै कुरा लेख्न सकिन्छ । चित्र कोर्ने हो भने एकातिर बलिदानी सङ्घर्षको गाथा र अर्कोतिर विचारको उत्ताउलोपनाबाट सिर्जित गतिविधिहरूका परस्पर विरोधी चित्रहरूको क्यानभास तयार हुनेछ । लेख्ने हो भने ठूलै ठेली तयार गर्न सकिन्छ । यदि द्वन्द्वात्मक विश्लेषणको निचोड थोरै वाक्यमा निकाल्ने प्रयास गर्ने हो भने भन्न सकिन्छ, झापा सङ्घर्षले नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा पुनर्जागरण र पुनर्एकीकरणको लहर सुरु ग¥यो । यसमा धेरै वैचारिक र व्यवहारगत कमजोरीहरू थिए तर प्रतिबद्धता यस्तो थियो कि यसले क्रमशः ती कमजोरीहरूलाई सच्याउने ठाउ“सम्म पु¥याइदियो ।
झापा सङ्घर्ष हु“दै नेकपा (माले)को गठनसम्म भारतको नक्सलवाडी किसान विद्रोहको प्रत्यक्ष वैचारिक प्रभाव परेको देखिन्छ, खासगरी चारु मजुमदारका लेखरचनाहरू हेर्दा र नेकपा (माले) गठन हु“दाको समय वरिपरिका पार्टी प्रकाशनहरू हेर्ने हो भने जस्ताको तस्तै सारिएको हो कि भन्ने भान पार्ने खालका समानताहरू भेटिन्छन् । कोके कालको युगदूत पत्रिका र मुखपत्र वर्गसङ्घर्ष मा छापिएका लेखहरू कतिपय त चारु मजुमदार र सरोज दत्तका लेखहरूको नेपाली अनुवाद नै हुन् कि भन्ने खालको समानता पाइन्छ ।
नेकपा (माले) बनिसकेपछि पनि धेरै पछिसम्म त्यही वैचारिक धारको धङधङी कायमै रहेको देखिन्छ । त्यसभन्दा अगाडि जाने हो भने भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) बाट विभाजित भई बनेको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)स“ग पुष्पलाल धारको धेरै मात्रामा समानता भेटिन्छ । भाकपा (माक्र्सवादी) विभाजित भएर भाकपा (माले) बनेको थियो भने एकीकृत नेकपाबाट अलगथलग भई सञ्चालित रहेको पूर्व कोसी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटी त्यसबाट पनि अलग भई तत्कालीन नेपाली ‘कोके’ बन्नु र भाकपा (माक्र्सवादी) बाट अलग भई भारतीय ‘कोके’ बन्नु पनि उस्तैउस्तै देखिन्छ । दुवैमा वैचारिक स्रोतको समानता चिनिया“ क्रान्तिको नक्कल र सांस्कृतिक क्रान्तिकालीन उग्रताको प्रभाव त छ नै । यसैले भारतीय माले धारको कम्युनिस्ट आन्दोलन र चिनिया“ प्रभावबारे पनि संक्षिप्तमा चर्चा गर्नु र सम्भव सीमासम्म तुलना गर्नु सान्दर्भिक नै हुनेछ ।
२. आधुनिक समयमा कम्युनिस्ट उग्रवादको वैचारिक धरातल
कम्युनिस्ट आन्दोलन अबको संसारको वर्गीय मुक्तिको आन्दोलन त हु“दै हो, सर्वाधिक मानवीय आन्दोलन पनि हो । विशेश्वरप्रसाद कोइराला सुरुमा कम्युनिस्ट विचारधाराप्रति आकर्षित थिए । यो कुरा उनले आफ्नो आत्म वृत्तान्तमा बताएका छन् । सन् १९४२ को कुरा थियो । उनी कम्युनिस्ट पार्टीको सदस्यता लिनका लागि तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता श्रीपाद अमृत डा“गेलाई भेट्न जा“दै थिए । रेल स्टेसनमा उनीस“ग जयप्रकाश नारायण भेट भए । जयप्रकाश नारायण प्रजातान्त्रिक समाजवादी विचारबाट प्रभावित  तथा घोर कम्युनिस्ट विरोधी थिए । उनको सङ्गतबाट बीपी यति धेरै प्रभावित भए कि आजीवन कम्युनिस्ट विरोधी रहे तथा आफूअनुकूल समाजवादको व्याख्या गर्दैै रहे । उनी पनि समाजवादलाई विश्वव्यापी बौद्धिक आन्दोलन मान्छन् । बीपी कोइरालाको नजरमा आन्दोलनका सबै रूप परिस्थितिअनुसार सम्पादनीय वा ग्रहणीय थिए ।ज्ञ प्रतिक्रियावादी सत्तापक्षले जस्तो व्यवहार गर्छ, क्रान्तिकारीहरूले पनि त्यहीअनुसार नै जवाफ दिनुपर्दछ भन्ने मान्यता राखेकै कारण नेपाली काङ्ग्रेसको नेतृत्वमा पटकपटक सशस्त्र सङ्घर्षका प्रयासहरू भएका थिए । सशस्त्र आन्दोलनलाई मन पराउने भएकै कारणले झापा सङ्घर्षमा भएको बलिदानबारे बीपीले भनेका थिए– ‘हाम्रा युवाहरूले पनि झापाका युवाहरूको बलिदानी गाथाबाट सिक्नुपर्दछ ।’द्द अर्थात्, नेपालका कम्युनिस्टहरूलाई मात्रै होइन, गैरकम्युनिस्टहरूलाई पनि झापा आन्दोलनले कुनै न कुनै मात्रामा प्रभावित गरेको देखिन्छ । 
वैचारिक सैद्धान्तिक अध्ययनमा रुचि राख्ने हरेक बुर्जुवा विद्वान्हरूको मान्यता रहने गरेको छ– ‘हरेक मानिस युवा अवस्थामा एकपटक कवि बन्ने प्रयास गर्दछ र कम्युनिस्ट पनि । उमेरले परिपक्वता पाउ“दै गएपछि थोरै मानिस मात्रै कवि बन्दछन् र कम्युनिस्ट रहिरहन्छन् ।’ कम्युनिस्ट विचारधारालाई होच्याउनका लागि बुर्जुवाहरू त्यसो भन्छन् तर यो कुरा सत्य हो कि युवा उमेरले छिटो परिवर्तन खोज्छ । त्यसै कारणले गर्दा युवा अवस्थाको प्रेममा भावुकताको पक्ष धेरै र व्यावहारिकताको पक्ष केही कमजोर नै हुन्छ । यसैगरी, युवा अवस्थाका क्रान्तिकारीहरूलाई उग्रवादले धेरै छिटो आकर्षित गर्दछ । त्यसमाथि वरिपरिको वातावरणले उग्रवादको खेती गरिरहेको छ भने त उग्रवादको खेती अत्यधिक फस्टाउ“छ ।
वामपन्थी उग्रवाद माक्र्सकै पालादेखि विभिन्न रूप र रङ्गमा देखिने गरेको छ । स्वयम् माक्र्सले पेरिस कम्युनका गतिविधिहरूलाई वामपन्थी उग्रवादबाट ग्रसित भनेका थिए । लेनिनले पनि आफ्नो समयको वामपन्थी उग्रवादस“ग तीव्र वैचारिक सङ्घर्ष गर्नुपरेकै थियो र त्यसबारेमा उनले पुस्तक नै लेखेका थिए ।घ अहिलेको समसामयिक दुनिया“मा रहेको वामपन्थी उग्रवादको स्रोत भने चिनिया“ क्रान्तिको तरिकाको जस्ताको तस्तै नक्कल गर्ने प्रवृत्ति र चीनकै सांस्कृतिक क्रान्तिप्रतिको सकारात्मक दृष्टिकोण वा माओवाद रहने गरेको छ । सारांशमा भन्ने हो भने अहिले व्याख्या गर्ने गरिएको माओवाद नै वर्तमान विश्वको उग्रवामपन्थी विचारधारा र गतिविधिको महŒवपूर्ण स्रोत हो भन्ने ठहर नै गर्न सकिन्छ तर यो नै एक मात्र स्रोत भने होइन । मूल स्रोत त असहनीय दमनयुक्त सामाजिक–आर्थिक परिवेश र परिवर्तनको अतिशय ढिलो प्रक्रिया नै हुन् । बेलाबेलामा उदाउने सम्बन्धित समयको युवा नेतृत्वको अति महŒवाकाङ्क्षालाई पनि यसको आंशिक स्रोत मान्न सकिन्छ । 
तत्कालीन चीन र सोभियत रुसबीचको विवादले सन् १९६१ मा नै अन्तर्राष्ट्रिय आकार लिइसकेको थियो । चीनका नेता माओ त्से तुङलाई आफ्नो जीवनकालमा नै समृद्ध समाजवाद निर्माण गर्ने चाहना थियो । क्रान्तिको सफलताको मोहनीले उनलाई लठ्याएको थियो ।द्ध त्यसैले पार्टीभित्र धेरै मतमतान्तर हु“दाहु“दै पनि उनको नेतृत्वमा महान् फड्को (ग्रेट लिप फरवार्ड) कार्यक्रम सन् १९५८ मा लागू गरियो । सन् १९४९ मा चीनमा सम्पन्न भएको नया“ जनवादी क्रान्तिले एक दशक पूरा नगर्दै समाजवादमा फड्को मार्ने कुरा अघोरै उग्रवाद थियो, तर ठूलो पार्टीका ठूला नेताले सुरु गरेको कार्यक्रम भएको हु“दा कतै पहरामा ठोक्किएर दुर्घटना नहोउन्जेल सच्चिने र सही दिशा समात्ने कुरा पनि हु“दैन । अझ त्यसमाथि देश पनि ठूलो छ भने गलत सिद्धान्तको खण्डन हुन धेरै समय लाग्छ । 
वर्तमान विश्वमा पनि मानिस शक्ति पूजक छ“दै छ । शक्तिले सत्य निर्धारण गर्ने कुरा दास युगबाट सुरु भएको हो र अहिलेसम्म यो जारी छ । अझ भर्खर जापानी साम्राज्यवादलाई हराएर तथा तत्कालीन सोभियत सङ्घका महाशक्तिशाली नेता जोसेफ स्टालिनस“ग मतभेदसमेत राखेर क्रान्ति गर्न सक्ने महानायक माओ त्से दुङको कुरा कसले काट्न सक्नु र ? राष्ट्रपति तथा पोलिटब्युरोका सर्वाधिक वरिष्ठ नेता लिउ साओ ची, देङ जियाओ पिङ र चओ अन लएहरूले विरोध गर्दा गर्दै पनि ग्रेट लिप फरवार्डको आर्थिक–राजनीतिक–सांस्कृतिक कार्यक्रम लागू गरियो । पछि सन् १९६६ मा त महान् सांस्कृतिक क्रान्तिको कार्यक्रम नै लागू गरियो । त्यहा“बाट एक दशकसम्म चौतफी उग्रता र अराजकताको राज रह्यो । चीनको सरकारी नियन्त्रणमा रहेको रेडियो बेइजिङ (त्यतिखेरको रेडियो पेकिङ) ले खुलमखुला सोभियत सङ्घका नीतिहरूको कटु आलोचना गथ्र्यो र संसारमा जहा“जहा“ उग्रवादी कम्युनिस्ट धार देखा पथ्र्यो, त्यसको तत्कालै समर्थन गरिहाल्थ्यो । चिनिया“ सरकारको कुनै रणनीतिक स्वार्थ पूरा गर्ने दीर्घकालीन योजनाअनुसार त्यस्ता समर्थनहरू गरि“दैनथे । तीव्र क्रान्तिको उग्र भावना नै त्यस्ता समर्थनहरूको आधार हुने गर्थे । त्यसको प्रभाव भारत, नेपाल, कम्बोडिया (त्यतिखेर कम्पुचिया भनिन्थ्यो), भियतनाम, म्यानमार (त्यतिखेर बर्मा भनिन्थ्यो), मलेसिया, थाइल्यान्ड, पेरु र फिलिपिन्सका कम्युनिस्ट आन्दोलनहरूमा अत्यधिक मात्रामा प¥यो । नेपालको सन्दर्भमा चीनको महान् फड्कोबाट सुरु भई महान् सांस्कृतिक क्रान्ति भन्ने चरणमा पुगेको वैचारिक उग्रवाद भारतको पश्चिम बङ्गाल हु“दै झापाको बाटो नेपाल छिरेको थियो !
२.१ समाजवादतिरको महान् फड्कोको असफलता र चिनिया“ सांस्कृतिक क्रान्ति
सन् १९४९ मा चीनमा नया“ जनवादी क्रान्ति सम्पन्न भएपछि नया“ व्यवस्थाको चा“जोपा“जो मिलाउन तीन वर्ष लाग्यो । त्यसपछि बल्ल योजनाबद्ध विकासका लागि प्रयास सुरु गरियो । पहिलो पञ्चवर्षीय योजना (१९५३–५७) को केही सफलताले माओ त्से तुङलाई धेरै हौस्यायो । भर्खर पहिलो योजना सम्पन्न भएको थियो । त्यसको समीक्षा गरी मसिनो गरी अगाडि बढ्नुपर्नेमा एकै पटक समाजवादमा संक्रमण गर्ने महान् फड्को भन्ने कार्यक्रम लागू गरियो । दोस्रो पञ्चवर्षीय योजना (१९५८–६२)मा राष्ट्रिय उत्पादनलाई कम्तिमा आर्थिक वर्ष १९५७ को तुलनामा दुईगुणा बढी पु¥याउने लक्ष्य राखिएको थियो । व्यापक स्तरमा सम्पत्तिको सामूहिकीकरण र कम्युनहरूको निर्माणमा जोड दिइयो । ल्यू साओ ची, देङ जिआयो पिङलगायतले आर्थिक आधार तयार नहु“दै घोषणा गरिएको कार्यक्रमले समाजवादमा नपु¥याउने बरु अर्थतन्त्र धराशायी बनाउने तर्क गरेका थिए तर उनीहरूको मतले मान्यता पाउन सकेन । सन् १९६२ मा समीक्षा गर्दा अन्न उत्पादन घटेको, औद्योगिक उत्पादन धराशायी भएको, व्यापक मात्रामा घरघरमा भट्टी राखेर उत्पादन गरिएको फलाम स्वभावतः मोलुवा (पिग आइरन) रहेको र त्यसबाट मेसिनरी उत्पादन हुन नसक्ने भएकाले बेकार रहेको जस्ता निष्कर्ष निस्किए ।छ
महान फड्कोको असफलताले पार्टीभित्र माओको प्रभाव कम पर्न थाल्यो । तर माओ आफ्नै जिद्दीमा अडिग थिए । उनी तत्कालीन सोभियत सङ्घका नेता तथा राष्ट्रपति निकिता ख्रुस्चेभलाई देखाइदिन चाहन्थे, ‘हेर तिमीले सहयोग बन्द गरे पनि हामी आफ्नो विकास आफैं गर्न सक्षम छौं ।’
पार्टीभित्र सुरु भएको आलोचनालाई माओले आफ्नो प्रभाव गुम्न थालेको भन्ने अर्थमा लिए, जो वास्तवमा गलत ठम्याइ थियो । पार्टीभित्र उनको प्रतिष्ठामा कुनै कमी आएको थिएन, तर आलोचनालाई सहने बानी हराइसकेका माओलाई हरेक सुझाव आफूविरुद्धको षड्यन्त्रजस्तो लाग्न थाल्यो । उनी चाकरीबाजहरूबाट घेरिन थाले । समाजवादी अर्थतन्त्रमा हाम फाल्ने बेला भइसकेको छैन भन्नेहरू सबै उनको नजरमा बुर्जुवा ठहरिए । ती सबैलाई दमन गरेरै रूपान्तरण गर्नुपर्दछ भन्ने ठानी सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरियो । 
यहा“निर चीनको महान् फड्को र सांस्कृतिक क्रान्तिका वैचारिक मान्यताहरूका बारेमा चर्चा आवश्यक देखिन्छ । ती यस्ता थिए–ट

  • सबै पुराना कुराहरू मिल्काऊ या नष्ट गर । पुराना कुरा ध्वस्त नगरेसम्म नया“का लागि ठाउ“ रह“दैन । 
  •  भौतिक परिस्थितिको दास नबन, त्यो कहिले तयार होला र परिवर्तन गरौंला भनेर पर्खेर नबस । क्रान्तिकारीहरूले त परिस्थिति तयार पो गर्नुपर्दछ । 
  • समाजवादमा पुग्ने बेला भएको छैन भन्नेजति सबै बुर्जुवाहरू हुन् । क्रान्तिको प्रक्रिया निरन्तर चलाउनुपर्दछ । सन्तुलनको कुरा गर्ने र क्रान्ति गर्न हतारिनुहु“दैन भन्नेहरू प्रतिक्रियावादीहरू हुन् । तिनीहरूमाथि (आफ्नै पार्टीका नेताहरू भए पनि) आक्रमण गर्नुपर्दछ ।ठ
  • माओ त्से तुङ (अध्यक्ष माओ)ले जे बोल्नुहुन्छ ठीक बोल्नुहुन्छ । उहा“बाट गल्ती हुनै सक्दैन । माओको विचार नै वर्तमान युगको माक्र्सवाद हो । 
  •   नया“ संस्कृति र शिक्षाको विकास गर । यसका लागि पुराना सांस्कृतिक अवशेषहरू भत्काऊ । बुर्जुवा शिक्षा बहिस्कार गर । 
  • सबैलाई श्रमस“ग जोड । श्रमस“ग नजोडिएको शिक्षा बेकार छ । यसैले विश्वविद्यालयका प्राध्यापकहरूलाई श्रम गर्न, कारखाना र खेती गर्न गाउ“गाउ“मा पठाऊ । 
  • सरकारले के गर्छ भन्ने कुरामा ध्यान नदेऊ, आम जनसाधारणले के भन्छन् भन्ने कुरामा ध्यान देऊ । 
  • पार्टीबाहिर पनि अर्को पार्टी हुन सक्छ । यदि पार्टी केन्द्रीय समितिको बहुमतले गलत निर्णय गर्दछ भने त्यसलाई मान्न जरुरी छैन । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विरोध सहन सकिन्न । 
  • पार्टी स्वयम् जनसाधारणको बीचमा जाने हु“दा विविध जनसङ्गठनहरूको आवश्यकता पर्दैन । पार्टी र जनवर्गीय सङ्गठनलाई एकाकार गर ।

मन्दिरहरू भत्काइन थाले, बुद्धका मूर्तीहरू तोडिन थाले किनभने सांस्कृतिक क्रान्तिको मान्यताबमोजिम ती सबैले अन्धविश्वास फैलाइरहेका थिए । विश्वविद्यालयमा गुणस्तरीय पठनपाठन हुनुपर्दछ भन्ने प्राध्यापकहरू बुर्जुवा ठहरिए र जेल हालिए । ती सबै उटपट्याङ गतिविधि देखेर धैर्यको बा“ध फुटिसकेपछि राष्ट्रपति लिउ शाओ चीले पार्टी केन्द्रीय समितिको बैठकमा कडा विरोध गरे र गल्ती सच्याउनुपर्ने माग गरे । उनलाई माओले गद्दार घोषणा गर्दै जेल हाल्ने आदेश दिए । सन् १९६७ मा उनलाई जेल हालियो । उनको पार्टी उपाध्यक्ष पद खोसियो र त्यस स्थानमा ती सारा षड्यन्त्रको नाइके लिन प्याओ (लिन बाओ)लाई विराजमान बनाइयो । यसैगरी देङ जिआयो पिङलाई सबै पदहरूबाट बर्खास्त गर्दै मजदुरका रूपमा ट्याक्टर कारखानामा सरुवा गरियो । 
लिउ साओ चीलाई जेलभित्र औषधिसमेत खान दिइएन । उनी जेलभित्रै १२ नोभेम्बर १९६९ मा मरे । उनको अन्त्यष्टि गोप्यरूपमा गरियो । परिवारलाई उनको मृत्युबारे तीन वर्षपछि मात्रै जानकारी दिइयो । यस्तो क्रूरतम् व्यवहार आफ्नै पार्टीभित्र गरियो र त्यसलाई सांस्कृतिक क्रान्तिको नाम दिइयो । भारतको नक्सलवाडी आन्दोलन चिनिया“ सांस्कृतिक क्रान्तिको उग्रत्तम नक्कल थियो भने झापा आन्दोलन नक्सलवाडी विद्रोहको पनि छाया प्रति थियो, फोटोकपीको पनि फोटोकपी !
२.२ भारतको नक्सलवाडी विद्रोहको पृष्ठभूमि र त्यसमा चिनिया“ समर्थन
सन् १९६४ (वि.सं. २०२१)को अक्टुबर ३१ देखि ७ नोभेम्बरसम्म कोलकातामा भारतीय कम्युनिस्ट पार्टी (भाकपा)को सातौं राष्ट्रिय महाधिवेशनको आयोजना भएको थियो । त्यसको केही दिनअघि मात्रै अर्थात् १४ अक्टुबरमा तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति निकिता ख्रुस्चेवलाई पदबाट हटाइएको थियो । एक प्रकारको ‘नरम कू’ गरेर ख्रुस्चेवको ठाउ“मा घोर दक्षिणपन्थी लियोनिद ब्रेजनेभ सत्तामा आए । ख्रुस्चेवकालीन सोभियत रसियाली विदेश नीतिअनुसार सोभियत रसियाको हित नै विश्व कम्युनिस्ट आन्दोलनको हित हो भनेर व्याख्या गरिन्थ्यो । ब्रेजनेभले त्यस नीतिलाई अझै कडा ढङ्गले लागू गर्न थालेका थिए । भारत र सोभियत रसियाको आर्थिक र व्यापारिक सम्बन्ध बलियो बन्दै गएको थियो । भारतजस्तो ठूलो राष्ट्रको विशाल बजारलाई टिकाइराख्नु सोभियत सत्ताले आवश्यक ठान्यो र भारतीय कम्युनिस्ट पार्टीलाई सुझाव दियो– ‘प्रधानमन्त्री नेहरूलाई सहयोग गर । उनीस“ग अन्तरविरोध नराख ।’ड
उता भारतको नेहरू सरकारले सन् १९५९ मा ईएस नम्बुदरीपादको नेतृत्वमा रहेको केरल राज्य सरकारलाई भङ्ग गरी राष्ट्रपति शासन लगाएको थियो । यसले गर्दा सोभियत सरकारको दलाली गर्ने केही नेताहरूबाहेक अरू सबै नेताहरू नेहरू सरकारस“ग क्रुद्ध थिए । कम्युनिस्ट पार्टीका गतिविधिहरूलाई नेहरू सरकारले कडाइपूर्वक नियन्त्रणमा लिन थालेकाले भाकपाका अधिकांश नेताहरू नेहरू सरकारलाई सहयोग होइन, ऊस“ग नै वर्गसङ्घर्षको प्रमुख निसाना हुने विचार राख्थे । 
सन् १९६० बाट नै चीन– सोभियत सम्बन्ध अत्यन्त तिक्त हुन थालेको थियो । उता तिब्बतका भगौडा धार्मिक नेता दलाई लामालाई सन् १९५९ मा भारतले शरण दिएकोमा चिनिया“हरू क्रुद्ध थिए । तत्कालीन सोभियत रसियाले भारत सरकारलाई समर्थन गर्नुको अर्थ दलाई लामालाई भारतले दिएको शरणलाई पनि समर्थन गरिएको हो भन्ने अर्थ चिनिया“ पक्षले लगाएको थियो । अङ्ग्रेजकै पालादेखि भारत र चीनका बीचमा सीमा विवाद पनि थियो । त्यही निहु“मा चीन र भारतका बीचमा २० अक्टुबर १९६२ मा युद्ध सुरु भयो र एक महिनापछि २० नोभेम्बरमा चिनिया“ पक्षले नै एकतर्फी रूपमा युद्ध समाप्त भएको घोषणा ग¥यो । भारतीय कम्युनिस्ट पार्टी भित्र चीन–भारत युद्धलाई हेर्ने दृष्टिकोणमा पनि गम्भीर मतभेदहरू थिए । नेहरू सरकारले दलाई लामालाई शरण दिएकै कारणले चीन र भारतको बीचभमा युद्ध भएको पी. सुन्दरैया, ईएस नम्बुदरीपाद, हरकिसन सिंह सुरजित र ज्योति वसुहरूको राय थियो भने जेसुकै भए पनि भारतमाथि चीनले आक्रमण गर्नु गलत थियो भन्ने राय श्रीपाद अमृत डा“गे गुटको थियो । हरहालतमा रसियाली निर्देशन मान्नुपर्ने राय श्रीपाद अमृत डा“गे गुटको थियो । यिनै विषयहरूमा चर्को मतभेद भएपछि सातौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन अर्थात् ७ नोभेम्बर १९६४ (वि.सं. २०२७ साल कात्तिक २२) मा भाकपामा विभाजन भई भाकपा (माक्र्सवादी) को गठन भयो । यसलाई चिनिया“ खेमाको पार्टी भनिन्थ्यो । नेहरू सरकारले भाकपा 
(माक्र्सवादी) का गतिविधिहरूमाथि तीव्र दमन गर्न थाल्यो । सामान्य तथा शान्तिपूर्ण जुलुसमाथि पनि गोली चलाउन र अन्धाधुन्ध रूपमा गिरप्mतारी गर्न थालियो । नेहरू सरकारको दमनकारी नीतिको कसरी प्रतिरोध गर्ने भन्ने विषय पार्टी विभाजनको बीउका रूपमा विकसित भयो । सोभियत रुसको पार्टीले जेसुकै निर्देशन दिएको भए पनि आफ्ना कार्यक्रमहरूमा निर्मम दमन गर्ने नेहरू सरकारका कामकारबाहीको विरोध हुनुपर्दछ भनेर महाधिवेशनमा बहस हुनु स्वाभाविक थियो । त्यही विषयमा चर्को विवाद भई महाधिवेशनको हलबाटै भाकपा विभाजित भएको थियो र भाकपा (माक्र्सवादी)को जन्म भयो । यसले ग्रामीण वर्गसङ्घर्षका साथै संसदीय सङ्घर्ष पनि स“गस“गै लैजाने नीति लियो । 
भाकपा (माक्र्सवादी) गठन भएको तीन वर्ष नबित्दै यसका शीर्ष तहका नेताहरू–चारु मजुमदार, सरोजदत्त र जङ्गल सन्थालहरू एकातिर तथा पी. सुन्दरैया, ई.एस. नम्बुदरिपाद, हरकिसन सिंह सुरजित, ज्योति वसुलगायत अन्य नेताहरूको बीचमा संसदीय चुनावमा भाग लिने वा नलिने तथा तत्कालै सशस्त्र सङ्घर्ष सुरु गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भयो । चारु मजुमदारसहितको टोली तत्कालै सशस्त्र सङ्घर्ष सुरु गर्नुपर्ने तथा संसदीय चुनाव बहिस्कार गर्नुपर्छ भन्ने लाइनमा थियो । यस समूहले पार्टीभित्र थप बहस चलाउने आवश्यकता ठानेन र हिंसात्मक आन्दोलन सुरु गर्ने योजना बनायो । 
सन् १९६७ को १८ मई (२०२४ साल वैशाख ५)मा भारतको पश्चिम बंगाल प्रान्तमा पर्ने नक्सलवाडी भन्ने ठाउ“मा आदिवासी सन्थाल जातिका किसानहरूको बाहुल्य रहेको ठूलो जुलुसको आयोजना भयो । यसको नेतृत्व जङ्गल सन्थालले गरेका थिए । त्यसै सभामा चारु मजुमदार र कानु सान्यालको विचारलाई पछ्याउ“दै तत्काल सशस्त्र सङ्घर्ष गर्नुपर्ने प्रस्ताव पारित गरियो । त्यो सभा सम्पन्न भएको एक हप्ताभित्रै नक्सलवाडीका एकजना जमिनदारको हत्या गरियो । २४ मईमा विद्रोहीहरूलाई गिरप्mतार गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भयो र एकजना इन्सपेक्टर मारिए । प्रहरीहरूको बन्दुकका गोलीको प्रतिवाद आदिवासीहरूको तिर–धनुषले गरिएको थियो । धनुवाणको सहारामा प्रहरी दमनको प्रतिवाद हुनसक्छ भन्ने समाचारको प्रसारले युवा क्रान्तिकारीहरूलाई उत्साहित बनायो । बेइजिङ रेडियोले नक्सलवाडी विद्रोहको समाचारलाई महिमामण्डित गर्दै भन्यो, ‘भारतको आकाशमा वसन्तको मेघ गर्जन ।’ पेकिङ रिभ्यु पत्रिकाले नक्सलवाडी विद्रोहबारे विशेषाङ्क नै प्रकाशित ग¥यो र त्यसमा चिनिया“ कम्युनिस्ट पार्टीको खुला समर्थन भएको उल्लेख ग¥यो ।ढ
चारु मजुमदारको नेतृत्वमा तत्कालै भाकपा (मा)को केन्द्रस“ग सम्बन्ध विच्छेद भएको घोषणा गरियो रअखिल भारत कम्युनिस्ट क्रान्तिकारी समन्वय केन्द्र (अल इन्डिया कोअर्डिनेसन कमिटी अफ कम्युनिस्ट रेभोलुसनरिज) गठन गरियो । त्यसको दुई वर्षपछि सन् १९६९ को २२ अप्रिल (लेनिनको जन्मदिन) को मिति रोजेर ‘भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) गठन गरियो । ती दुई वर्षको बीचमा चारु मजुमदारले आठवटा लेखहरू लेखे, जसलाई अहिले अनेकन चिरामा विभाजित भारतका माओवादी समूहहरूले ‘आठ ऐतिहासिक दस्तावेज’ भनेर सम्मानका साथ चर्चा गर्ने गर्दछन् ।ज्ञण् भाकपा (माले) गठन भएको दुई वर्ष पूरा नहु“दै सन् १९७१ मा सत्यनारायण सिंहले चारु मजुमदारको नेतृत्वलाई अस्वीकार गर्दै अर्को समूह खोले र त्यसको नाम पनि भाकपा (माले) राखे । 
सन् १९७२ को जुलाई १६ (२०२९ साल साउन १) मा चारु मजुमदार गिरप्mतार भए । चारु मधुमेहका दीर्घ रोगी थिए तथा क्यान्सरले ग्रस्त भइसकेका थिए । उनलाई प्रहरी हिरासतभित्र चरम यातना दिएर २४ जुलाईमा माारियो ।ज्ञज्ञ
जङ्गल सन्थाललाई मदिराको लतले छिट्टै लग्यो भनिन्छ । उनी सन् १९८१ मा मरे । कानु सन्याल (कृष्णकुमार सन्याल) ले सन् २०१०को २३ मार्चमा सिलिगुढीनजिकैको हात्तीघिसा भन्ने ठाउ“मा झुन्डिएर आत्महत्या गरे । यसरी भारतको माक्र्सवादी–लेनिनवादी–माओवादी धाराका तीनैजना प्रवर्तकहरूको दुःखद निधन भइसकेको छ । चारु मजुमदारको हत्याको समाचारले समग्र भारतमा ठूलै राजनीतिक तरङ्ग उत्पन्न गरेको थियो तर जङ्गल सन्थाल र कानु सन्यालको मृत्युले खासै चर्चा पाएन । 
चारु मजुमदारको मृत्युपछि भारतीय कम्युनिस्ट आन्दोलनको माक्र्सवादी–लेनिनवादी धारभित्र माओवादी विचारधारा ज्यादै बढी प्रभावी भयो तथा यति धेरै विभाजन भयो कि अहिले ती धारहरूलाई औंलामा गन्न सकिने अवस्था छैन, अङ्कमा लेख्नुपर्ने हुन्छ तर शोषित–पीडित किसान–मजदुरहरूको उल्लेख्य सङ्ख्या र युवा बुद्धिजीवीहरूलाई यस धाराले आकर्षित गर्न भने छोडेको छैन । भारतीय माओवादीहरूमा नक्सलवाडी किसान विद्रोहको छाप अहिलेसम्म कस्तो छ भन्नेबारे बुभ्mनका लागि एउटा उद्धरण दिनु सान्दर्भिक हुनेछ ः
‘इतिहासमा हारिएका कैयौं यस्ता लडाइ“का उदाहरणहरू भेटिन्छन्, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जितेका लडाइ“ले भन्दा बढी प्रभाव र छाप छोडेका छन् । त्यस्ता अल्पजीवी घटनाहरू उल्कापिण्डजस्तै अकस्मात् क्षितिजमा प्रकट भए र विलुप्त भए तर तिनीहरूले आमजनताको मानसपटलमा अमिट छाप छोडे । अकस्मात् देखिएर तुरुन्तै हराएका भए पनि त्यस्ता घटनाले नया“ पुस्तालाई भविष्यको गोरेटो देखाएरै छाडे । सन् १९६७ को नक्सलवाडी किसान विद्रोह स्वतन्त्रोत्तर भारतीय इतिहासको एक त्यस्तै महान् घटना थियो ।’ज्ञद्द
२.३ भारतीय माओवादीहरूमा सम्मानित चारु मजुमदारद्वारा लिखित आठ ऐतिहासिक दस्तावेजको सारांशज्ञघ
चारु मजुमदारका विचारहरूको झापा सङ्घर्षको धारमा प्रत्यक्ष वा जस्ताको तस्तै प्रभाव परेको देखिएका कारण यहा“ ती दस्तावेजहरूको बु“दागत सार उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । 

  • सशस्त्र सङ्घर्ष नै भारतीय नया“ जनवादी क्रान्तिको एक मात्र बाटो हो । यो बाटो चिनिया“ क्रान्तिको बाटोस“ग ठ्याक्कै मिल्छ । भारतीय कम्युनिस्ट क्रान्तिकारीहरूले कमरेड माओत्से तुङको दीर्घकालीन जनयुद्धको नीतिबाट सिक्नुपर्दछ, चे ग्वेभाराको तरिकाबाट होइन । रसियाली तरिकाको क्रान्तिको बाटो भारतका लागि उपयुक्त छैन । 
  • बुर्जुवा सत्ताका कुनै पनि तहका चुनावहरू बहिस्कार गर । विद्यार्थीहरू पनि युनियनका चुनावहरूमा अल्मलिन छोड र दीर्घकालिन जनयुद्ध सङ्गठित गर्न गाउ“मा जाऊ ।
  • क्रान्तिको काम पढेर होइन, गरेर सिक्ने हो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिका महानायक तथा अध्यक्ष माओत्से तुङले भन्नुभएको छ, ‘जति बढी पढ्नेछौ, त्यति नै बढी मूर्ख हुनेछौ ।’ यसैले, बुर्जुवा शिक्षा बहिस्कार गर, गाउ“मा जाऊ र जनताबाट सिक । विश्वविद्यालयले केही सिकाउ“दैन, सिक्ने ठाउ“ जनताको झोपडी हो । 
  •  सबै बुर्जुवा साहित्य ध्वस्त गर, बुर्जुवा नेताहरूका सालिक र स्मारक ध्वस्त गर । बुर्जुवा साहित्य ध्वस्त नगरिन्जेल नया“ जनवादी साहित्यका लागि ठाउ“ तयार हुनेछैन, बुर्जुवा नेताहरूका सालिक नभत्काएसम्म जनताका सहिदहरूको सालिक राख्ने ठाउ“ हुनेछैन ।जसका हात वर्ग दुश्मनको रगतले रङ्गिएका छैनन्, ऊ सही क्रान्तिकारी हुनै सक्दैन । 
  • क्रान्तिकारी पार्टी आफैं जनताको बीचमा जाने भएका कारणले छुट्टाछुट्टै जनसङ्गठनको आवश्यकता पर्दैन । जनवर्गीय सङ्गठन बनाउन थाल्दा जनता झुक्किन्छन्–कुन चाहि“ पार्टी हो, कुन चाहि“ जनवर्गीय सङ्गठन हो र तिनका बीचको भेद के हो भनेर छुट्याउन सक्दैनन् । गुप्त कारबाहीमा जोड दिने पार्टीले खुला प्रकृतिका गतिविधि गर्ने जनसङ्गठन बनाउनुहु“दैन । 
  •  अध्यक्ष माओ नै वर्तमान युगका माक्र्स र लेनिन हुन् । अहिलेको युग माओ विचारधाराको युग हो । यसैले उनी नै हाम्रा अध्यक्ष हुन् । ...इत्यादि । 

भाकपा (माले) गठन गर्दाको समयका चारु मजुमदारका अत्यन्त निकटका सहयोगी सरोज दत्तले चारुकै शैलीमा उग्रत्तम विचार प्रसार गर्ने लेख तथा पुस्तकहरू लेख्थे । उनका अधिकांश लेखरचनाहरू भाकपा (माले)को पश्चिम बङ्गाल राज्य कमिटीको मुखपत्र देशभारती र पार्टीको केन्द्रीय मुखपत्र लिबरेसनमा छापिन्थे । उनका लेखहरूका शीर्षक यस्ता हुने गर्थे, ‘पुस्तक जलाने के बारे मे’, ‘मन्दिर तोड्ने के बारे मे’, ‘मूर्ति तोड्ने के बारे मे’ इत्यादि । 
अहिले कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्ने कुनै पनि सन्तुलित विचारको बौद्धिक मानिसलाई सरोज दत्तका लेखहरू पढ्दा उदेक लाग्न सक्छ– एउटा विद्वान् पत्रकार र लेखकले यस्तो कसरी लेख्न सकेका होलान् भनेर † तर त्यतिखेरको क्रान्तिकारी बौद्धिक समुदायको एक प्रमुख हिस्सा वामपन्थी उग्रवादबाट ग्रसित थियो । उनका लेखाइहरू यसखालका हुने गर्थे–
बुर्जुवा पुस्तक जलाउनैपर्दछ र ती पुस्तक राखिएका ठाउ“मा कमरेड माओका रेडबुकहरू राखिनुपर्दछ । ...तथाकथित भगवान् वा बुर्जुवा नेताका मूर्तिहरू भत्काउनैपर्दछ र त्यहा“ सहिदहरूका प्रतिमा स्थापित गर्नुपर्दछ । ...संशोधनवादी साहित्य जहा“ भेटिन्छ, त्यही“ जलाऊ ।... बुर्जुवा र संशोधनवादी साहित्य राखिएका पुस्तकालयहरू जलाऊ...।ज्ञद्ध
३. नेकपामा विभाजन, झापा आन्दोलन र पुनः एकीकरणको सिलसिला
वि.सं. २०१७ सालको शाही ‘कू’को लगत्तै पछि भारतको दरभङ्गामा विस्तारित बैठक बोलाइएको थियो, जो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दरभङ्गा प्लेनमका नामले प्रख्यात छ । २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा तत्कालीन लोकतन्त्रको अपहरण गरिएको थियो । त्यसको दुई महिनापछि नै दरभङ्गा प्लेनम बोलाइएको थियो । प्लेनम झन्डै एक महिना लामो समयसम्म चल्यो । त्यस प्लेनममा तीनवटा फरकफरक धार देखिए– (१)केशरजङ्ग रायमाझीले संसदीय सङ्घर्षलाई अगाडि बढाउनुपर्दछ भन्ने लाइन प्रस्तुत गरे । (२) पुष्पलालले विघटित संसद्को पुनःस्थापनाको लाइन पेस गरे । (३) मोहनविक्रम सिंहले संविधानसभाको निर्वाचन गर्नुपर्दछ भन्ने लाइन प्रस्तुत गरे । 
विवादित विषयहरूलाई महाधिवेशनमा टुङ्गो लगाउने सहमतिका साथ तीनजनाको सचिवालय गठन भयो, जसमा केशरजङ्ग रायमाझी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारी राखिए, जुन शाही ‘कू’का विरुद्ध रणनीति तय गर्नका लागि दरभङ्गा प्लेनम बोलाइएको थियो र शीघ्र महाधिवेशनको आयोजना गर्नुपर्ने निष्कर्ष निकालिएको थियो, त्यसको तयारी गर्ने जिम्मा एकप्रकारले भन्ने हो भने ‘चण्डाल तिकडी’लाई दिइयो । त्यो काम आफैंमा विडम्बनापूर्ण थियो । नेपाली कम्युनिस्ट आन्दोलनमा पटकपटक यस्तै भएको छ, जसका विरुद्ध विचारधारात्मक र सङ्गठनात्मक सङ्घर्ष गर्नुपर्ने हो, उसैलाई अगुवा बनाउने, एकथरीको विचार पारित हुने र त्यसको घोर विरोधीले सङ्गठनको नेतृत्व कब्जा गर्ने । 
नौ महिनाभित्रमा तेस्रो महाधिवेशन बोलाउने गरी जिम्मा दिइएको सचिवालयले कुनै काम अगाडि बढाएन, बरु रायमाझीले दरबारको कदमलाई विभिन्न तरिकाले समर्थन जनाउन थाले । त्यतिखेर पार्टी कामको भौगोलिक विभाजन आफ्नै हिसाबले पा“च क्षेत्र वा जोन बनाएर गरिएको थियो । एक वर्षसम्म केन्द्रीय सचिवालयले कुनै काम नगरे पछि २०१८ सालको फागुनमा विभिन्न जोनको जिम्मा पाएका अगुवा नेताहरूको भेला गरियो र तेस्रो महाधिवेशन बोलाउन अन्तरजोन सामञ्जस्य समिति निर्माण गरियो । यस समितिले पार्टीका सम्पूर्ण सदस्यको नाममा २५ फागुनमा लामो अपिल प्रकाशित ग¥यो । त्यस अपिलमा लेखिएको एक अनुच्छेदका भावनालाई सबै समयका केन्द्रीय नेतृत्वले गहिरो हेक्कामा राखिराख्नु सान्दर्भिक हुनेछ–
‘जब केही गर्दा पनि पार्टी केन्द्रले पार्टी काङ्ग्रेस बोलाउन मञ्जुर गरेन अनि पा“चवटै जोनका प्रतिनिधिहरूको संयुक्त बैठक बसी संयुक्त रूपले पा“चवटै जोनले माग गरेको हो र अनि यस पार्टी काङ्ग्रेसलाई सफल पार्न अन्तर्राष्ट्रिय पार्टी नियमअनुसार जसले पार्टी काङ्ग्रेसको माग गर्दछ, उसैले ‘काङ्ग्रेस सङ्गठन समिति’ पनि गठन गर्दछ र यस पार्टी काङ्ग्रेस सङ्गठन समितिलाई पार्टी काङ्ग्रेस विषयमा पार्टी केन्द्रले पाएका तमाम अधिकार प्राप्त गर्दछ ।’ज्ञछ
पार्टी केन्द्र निस्क्रिय भएपछि उसले कार्यकर्ताको कमान्ड सम्हाल्न सक्दैन । त्यस्तो अवस्थामा कार्यकर्ताहरूले पार्टीलाई नियन्त्रणमा लिने र पुनर्निर्माण गर्ने हैसियत राख्दछन् भन्ने दह्रो दृष्टान्त अन्तरजोन सामञ्जस्य समिति हो भनेर हरबखतको केन्द्रीय नेतृत्वले बुझ्नु आवश्यक छ । 
तेस्रो महाधिवेशन बोलाउने क्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा फुट भयो, जसलाई रोक्न सकि“दैनथ्यो । लोकतन्त्र खोस्ने दरबारिया कदमलाई सही देख्ने गद्दार केशरजङ्ग रायमाझीलाई निस्कासन गर्नु र तेस्रो महाधिवेशनको तयारी गर्नु अत्यन्त सही कदम थियो । निस्कासन गरिएको गद्दारले केही मानिसहरूको समूह बनाएर अलग गुट खोल्नुलाई विभाजन भन्नु वास्तवमा मिल्दैन तर केशरजङ्ग रायमाझीले तत्कालीन सोभियत सङ्घको छहारी पाएकाले धेरै लामो समयसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा भ्रम छर्न सफल भएका थिए ।
लामो समयसम्म पार्टी केन्द्र निस्क्रिय भएपछि कार्यकर्ताहरूद्वारा निर्माण गरिएको अन्तरजोन सामन्जस्य समितिको आयोजनामा २०१९ सालमा तेस्रो महाधिवेशनको आयोजना गरियो । कमरेड तुलसीलाल अमात्यद्वारा प्रस्तुत राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित भयो । त्यतिखेर कार्यक्रम एकजनाको पारित हुने र नेता अर्को हुने विकृति दोहोरिन पाएन, कमरेड तुलसीलाल अमात्य महासचिवमा निर्वाचित हुनुभयो । प्राज्ञिक ज्ञानको प्रचुरता भए पनि सङ्गठन हा“क्ने खुबी कमरेड तुलसीलाल अमात्यले देखाउन सक्नुभएन । पार्टी सङ्गठन चल्दै चलेन । उहा“ले नियमितरूपले केन्द्रीय समितिको बैठक आयोजना गर्न 
पनि सक्नुभएन । 
तेस्रो महाधिवेशन सकिएको ६ वर्षसम्म पार्टी सङ्गठन पूरै निस्क्रिय भयो । केन्द्रीय समितिमा रहेका निस्क्रिय हुन नचाहने सदस्यहरूको धैर्यको बा“ध फुट्यो । देशका विभिन्न ठाउ“बाट पार्टीको पुनर्गठनका लागि व्यापक दबाब आउन थाल्यो । देशभरिका कार्यकर्ताहरूको व्यापक दबाबपछि कमरेड पुष्पलालको अगुवाइमा २०२५ सालमा (सन् १९६८) छिमेकी राष्ट्र भारतको गोरखपुर सहरमा नेकपाको तेस्रो सम्मेलन बोलाइयो । सक्रियता र निस्क्रियताको द्वन्द्वका बीचमा कम्युनिस्ट पार्टी वास्तवमा पहिलोपटक विभाजित भयो । केशरजङ्ग रायमाझीले बनाएको दरबारपरस्त गुटलाई कम्युनिस्ट पार्टी मान्न र त्यसलाई विभाजन मान्न उपयुक्त हु“दैन, तर तुलसीलाल अमात्य र पुष्पलालको बीचमा विभाजन हुनुचाहि“ सा“च्चिकै फुट थियो । 
तुलसीलाल अमात्यको नेतृत्वलाई छोडेर अर्को समूह बनाउनु बाध्यकारी कदम थियो । समकालीन अन्तर्राष्ट्रिय परिस्थिति पनि त्यस्तै थियो । त्यतिखेर छिमेकी मित्रराष्ट्र चीनमा ‘सांस्कृतिक क्रान्ति’ (सन् १९६६–१९७६) को नाममा वैचारिक उग्रता, अधैर्यता र अराजकताको बोलवाला थियो । साथसाथै चीन र रुस दुई ठूला कम्युनिस्ट मुलुकहरू आ–आफ्ना मतभेदहरूलाई हल गर्दै विश्व कम्युनिस्ट आन्दोलनलाई एकीकृत गराउ“दै अगाडि बढ्नुपर्नेमा एकआपसमा चर्को आरोप–प्रत्यारोप गरिरहेका थिए । नेपालमा राजा महेन्द्रले गरेको फौजी ‘कु’को अर्को वर्ष अर्थात् ०१८ साल (सन् २०६१) बाट सोभिययत रुस र चीनबीचको सम्बन्ध धेरै तिक्त भइसकेको थियो । दुवै शक्तिशाली कम्युनिस्ट मुलुकहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आ–आफ्नो प्रभाव बढाउन तीव्र प्रतिस्पर्धा गरिरहेका थिए । विश्व कम्युनिस्ट आन्दोलन सोभियत र चिनिया“ धुरी गरी दुई ध्रुवमा विभाजित थियो । गद्दार केशरजङ्ग रायमाझीले चीन र रुसको तिक्तताबाट फाइदा उठाएका थिए र आफूलाई सोभियत धुरीको समर्थक बताउने ढोंग गरेर कम्युनिस्ट आवरण कायम राख्ने प्रयास गरेका थिए । 
 माओ त्से तुङको चीनले सोभियत रुसलाई ‘संशोधनवादी’ मात्रै होइन, सामाजिक साम्राज्यवादी भन्न थालेको थियो । उता सोभियत रुस चीनलाई अमेरिका परस्त भएको आरोप लगाउ“थ्यो । कमरेड पुष्पलालले तेस्रो सम्मेलन गरेर आन्दोलनको पुनर्गठनको प्रयास गरिरह“दा आफूलाई चीन र रुसका बीचको विवादबाट धेरै मात्रामा पृथक् राख्ने प्रयास गर्नुभएको थियो । उहा“को नेतृत्वमा तेस्रो सम्मेलनको तयारी हु“दै गर्दाको समय भनेको छिमेकी भारतमा नक्सलवाडी विद्रोह भएको बेला थियो तर उहा“ त्यसको उग्रताबाट प्रभावित हुनुभएन ।
कमरेड पुष्पलालका लेखाइहरूमा सन्तुलन देखिन्छ तर केशरजङ्ग रायमाझी खेमाको विरोध गर्दा पुष्पलालको धार चिनिया“ खेमाको नजिकजस्तो देखिन पुग्यो । कम्युनिस्ट आन्दोलन शब्दको खेलमा अल्झिएको बेला थियो । पुष्पलालको नया“ जनवादी क्रान्तिको धार चिनिया“ खेमाको नजिक र तुलसीलाल अमात्यको राष्ट्रिय प्रजातन्त्रको धार सोभियत रसियाली खेमाको नजिक मानियो र त्यही हिसाबले आरोप–प्रत्यारोप सुरु भए । 
पुष्पलालले नेकपाको तेस्रो सम्मेलन गरेर व्यवस्थित ढङ्गले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गर्नुभएको थियो । पूर्णकालीन कार्यकर्ता उत्पादनमा जोड दिने, भूमिगत रूपले सङ्गठनको तीव्र विस्तार गर्ने, पार्टीलाई आधारभूत वर्गको बीचमा लैजाने, जनसङ्गठनहरूमा पार्टी काम विस्तारित गर्ने तथा तिनीहरूलाई पार्टी कार्यकर्ता उत्पादनको कारखाना बनाउने, आर्थिक उत्पादनको काममा केन्द्रित भएर सम्पूर्ण आय पार्टीलाई बुझाउने आर्थिक पेसेवर कार्यकर्ता निर्माण गर्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट विवादमा सकेसम्म आफूलाई पृथक् राख्नेजस्ता परिपक्वताले गर्दा तेस्रो सम्मेलन देखि २०३३ साल (सन् १९७६) सम्म कमरेड पुष्पलालले नेतृत्व गर्नुभएको समूहले देशव्यापी साङ्गठनिक सञ्जालसहितको बृहत् पार्टी निर्माण गरेको थियो । यसबीचमा त्यही समूह देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी थियो । भूमिगत अवस्थामा पनि त्यसले आम जनताको सहभागितासहितको सङ्घर्ष निर्माण गर्ने काममा आफ्नो दक्षता देखाएको थियो । अनुभवको कमीले धेरै उपलब्धि प्राप्त हुन सकेन, तर वि.सं. २०२८ सालको लुम्बिनी अञ्चलको किसान आन्दोलनले आम जनपरिचालनमा कमरेड पुष्पलालको नीतिले कस्तो काम गरेको थियो भन्ने देखाउ“छ । हजारौंहजार किसानहरूले सदरमुकाम घेर्न जाने कुरा पञ्चायती तानाशाहीको बिगबिगी भएका बेला चानचुने कुरा थिएन । 
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा धेरै चर्को विवाद र असन्तुलनको अवस्था थियो, जसको प्रभावले गर्दा पुष्पलालले नेतृत्व गरेको सन्तुलित धारले आफूभित्रको एकतालाई टिकाउन नै समस्या प¥यो । यसको बिजारोपण एकीकृत पार्टीबाट अलग रहेर गतिविधि गर्दै आएको पूर्व कोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले २०२८ साल (सन् १९७१) मा सुरु गरेको किसान विद्रोहबाट भएको थियो । जमिनदारविरोधी आन्दोलनको नाममा व्यक्तिहत्याको कार्यशैली लिएको सानो विद्रोहले युवाहरूको क्रान्तिकारी भावनालाई देशव्यापी रूपमा तरङ्गित गर्न 
थालेको थियो । 
वि.सं. २०३३ सालसम्म आइपुग्दा कमरेड पुष्पलालको समूह एकीकृत रहिरहन सकेन, विभाजित भयो । त्यतिखेरका युवाहरू मोदनाथ प्रश्रित, जीवराज आश्रितलगायतको नेतृत्वमा पुष्पलाल समूहको नेतृत्वको पार्टीको सा“स्कृतिक मुखपत्र मुक्तिमोर्चाको नाउ“बाट नया“ समूह बन्यो । यो समूह र २०३२ जेठ २५ गते गठन गरिएको अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) का बीच २०३४ साल साउनमा एकीकरण गर्ने सहमति भयो , 
विभिन्न स्थानमा छरिएर रहेका सानाठूला समूहहरूलाई एउटै धारमा ल्याउ“दै वि.सं. ०३५ साल पुस ११ गते नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) गठन भयो ।
व्यापक स्तरको धरपकड र ०२९ साल फागुन २१ गते सुखानीमा पा“चजना नेताहरूको हत्यापछि झापामा पार्टी छिन्नभिन्नजस्तै भएको थियो । कुनै सङ्गठन बा“की थिएन भनेर स्वयम् प्रदीप नेपालले आफ्ना विभिन्न संस्मरणहरूमा लेख्नुभएको छ । झापाबाहिर भने त्यसको बेग्लै प्रभाव थियो । ०३३ मा चन्द्रप्रकाश मैनाली, प्रदीप नेपाल, गोपाल शाक्यलगायतका नेताहरू नक्खु जेल तोडेर निस्केपछि नेकपा (माले) गठनको काम तीव्र भयो । ०३५ साल पुस ११ गते (२६ दिसम्बर १९७८) मा माओ त्से तुङको जन्मदिन पारेर नेकपा (माले) गठन गरियो । 
नेकपा (माले) गठन भएपछि पनि वैचारिक उग्रता यथावत् नै थियो । विभिन्न समूहबाट पाका, अनुभवी र वरिष्ठ नेताहरू समावेश भएर नेकपा (माले) बनेको थियो, तर सुरुका दिनमा सबै झापाली जोसबाट अभिभूत भएका थिए । एक इलाका, एक कमिटी, एक सशस्त्र टुकडी (स्क्वाड) र एक भौतिक कारबाही (एक्सन) को सूत्रले धेरै युवाहरूलाई आकर्षित ग¥यो । 
वि.सं. ०२८ सालमा केन्द्रीय न्युक्लिअस गठन गरेर ०३१ सालमा चौथो महाधिवेशन गरेका मोहनविक्रम सिंहले नेतृत्व गरेको समूहलाई नेकपा (चौम) भनियो । यस समूहले तत्काल वर्गशत्रु खत्तम गर्ने लाइन लिएको थिएन, तर दीर्घकालीन सशस्त्र सङ्घर्ष र गाउ“ले सहरलाई घेर्ने चिनिया“ क्रान्तिको लाइन मान्ने सन्दर्भमा नेकपा (माले) र नेकपा (चौम) मा समानता थियो ।
मोहनविक्रम सिंहले पुष्पलाललाई ‘गद्दार’ भन्ने बिल्ला भिराउ“दै सानो पुस्तिका नै तयार गर्नुभएको थियो । उता झापाली लाइनअनुसार पुष्पलाल संशोधनवादी तथा काङ्ग्रेसको पुच्छर थिए । शब्दमा यताउति भए पनि नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापकलाई गाली गर्ने मामिलामा यी दुई समूह प्रतिस्पर्धा नै गर्थे । 
भाकपा (माक्र्सवादी)ले भोग्नुपरेको वैचारिक आरोपको नियति र कमरेड पुष्पलालको समूहले भोग्नुपरेको विपत्ति उस्तैउस्तै देखिन्छन् । सन् १९६४ मा भाकपा (माक्र्सवादी) गठन हु“दा उसलाई दक्षिणपन्थी धारले चीनपन्थी र उग्रवामपन्थी भन्ने आरोप लगाएको थियो भने तीन वर्षपछि सन् १९६७ मा गठन भएको चारु मजुमदारको भारतीय कोकेले दक्षिणपन्थी तथा संशोधनवादी भन्ने बिल्ला भिराएको थियो । यसरी एकै समयमा र उही राजनीतिक लाइन लिएको अवस्थामा उही कम्युनिस्ट पार्टीलाई एकथरीले उग्रवामपन्थी देख्ने र अर्कोले संशोधनवादी तथा गद्दारसम्म भन्ने खालका बिदु्रप अभ्यासहरू देखिन्छन् । नेकपा (पुष्पलाल समूह) लाई माझी समूह तथा पछि बनेका मानन्धर र बर्मा समूहहरूले चीनपन्थी, उग्रवामपन्थी भन्ने र झापाली समूहले संशोधनवादी तथा तत्कालीन मोहनविक्रम नेतृत्वको चौथो महाधिवेशन समूहले गद्दार पुष्पलाल शीर्षकमा पुस्तक नै लेखेर वितरण गर्ने कुरा स“गस“गै देखिन्छन् । 
नेकपा (चौम) सुरुमा ०४० मा निर्मल लामा र मोहनविक्रम सिंहका बीचमा नेकपा (चौम) र नेकपा (मशाल) भनेर विभाजन भयो । अनि त्यसको दुई वर्षपछि ०४२ सालमा मोहनविक्रम सिंह र मोहन वैद्यका बीचमा पनि विभाजन भयो । मोहन वैद्यले नेकपा लेखेर मोटो ‘श’ भएको मशाल शब्दलाई कोष्ठभित्र राखेर आफ्नो क्रान्तिकारिता सिद्ध गर्न खोज्नुभयो भने आफ्नो ज्यानजस्तै पातलो ‘स’ भएको नेकपा (मसाल) राखेर मोहनविक्रम सिंहले आफ्नो समूहलाई अगाडि बढाउनुभयो । 
वि.सं. ०४७ सालमा नेकपा 
(एकता केन्द्र)का नाममा फेरि सङ्गठित भएर नेकपा (माओवादी)का नाममा ०५२ साल फागुन १ गतेबाट जनयुद्धको नाम दिएर सुरु गरिएको हिंसात्मक आन्दोलनले एक दशक पार गरिसकेपछि भने मोहनविक्रम सिंहबाहेकको चौथो महाधिवेशनको धारले फेरि एकपटक आफूलाई देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउन सफल भयो । ०४८ सालसम्म आइपुग्दा टुक्राटुक्रा भएको नेकपा 
(चौथो महाधिवेशन)को धार कसरी ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा देशकै ठूलो पार्टी बन्न सफल भयो भन्ने कुरा कम्युनिस्ट आन्दोलनका विद्यार्थीहरूका लागि धेरै गहिरो प्रश्न हो ।  
नेकपा(माले) भने २०३५ सालमा गठन भएपछि धेरैभन्दा धेरै सानाठूला समूहहरूलाई समेट्दै अगाडि बढ्न सफल भयो । २०४७ साल पुस २२ गते कमरेड मदनकुमार भण्डारीले नेतृत्व गर्नुभएको नेकपा (माले) र कमरेड मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेकपा (माक्र्सवादी)का बीचमा एकीकरण सम्पन्न भएपछि यो नै देशको प्रमुख कम्युनिस्ट पार्टी बन्न सफल भयो । महाकाली नदीको पानी बा“डफा“टका विषयमा भारतस“ग गरिएको सन्धिका बारेमा पार्टीभित्र उत्पन्न विवादको सही निकास हुन नसकेर २०५४ सालमा विभाजित हुनुअघिसम्म भने झापा आन्दोलनबाट सुरु भएको पुनर्गठनको अभियानले निरन्तर गति लिइरहेकै थियो । 
नेकपा (एमाले)का सबैजसो कार्यकर्ताहरूले ज्यादै पछुतो मान्दै भन्छन््– ‘०५४ सालमा नेकपा (एमाले) विभाजित नभइदिएको भए दुईवटा परिणाम निस्कन्थे ः एक, नेकपा (एमाले)को विजय यात्रा झन् उचाइमा पुग्ने थियो, ०५६ सालको निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउ“थ्यो । दुई,  नेकपा (एमाले) विभाजित नभएको भए नेकपा (माओवादी) त्यति छिटो मौलाउने थिएन ।’ यी त इतिहासमा समाप्त भएका सम्भावनाहरू हुन् । इतिहासमै समाप्त भएका सम्भावनाहरूबारे बहस गरेर परिणाम निकाल्ने स्तरको योग्यता हामीले देखाएका छैनौं । कमरेड वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) त बन्यो, पछि ०५८ सालमा पुनः एकीकरण गर्दासम्म उहा“लाई धेरैले छोडेर नेकपा (माओवादी)मा गइसकेका थिए, ती फेरि त्यही मात्राका साथ नेकपा 
(एमाले)मा फर्केका छैनन् । 
साङ्गठनिक क्षमता र परिचालनका हिसाबले नेकपा (माले) र माक्र्सवादी धारले ०३५ सालपछि ०५४ सालसम्म कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । यो अवधिका प्रत्येक वर्ष निरन्तर विस्तार र एकीकरणका वर्षहरू रहे । 
नेकपा (एमाले)ले ०५४ अघिसम्मको गौरव र साङ्गठनिक क्षमता पुनः प्राप्त गर्न धेरैधेरै मेहनत गर्नुपर्नेछ । यही“निर सम्झनुपर्ने कुरा छ, त्यतिखेरसम्म आइपुग्दा नेकपा (एमाले)का केही काम–कुरामा भने धमिराहरूको प्रवेश सुरु भएको थियो । अग्राखजस्तै बलियो बनिसकेको नेकपा (एमाले)मा कहा“, कुन अङ्गबाट छि¥यो धमिरो ? यसको विश्लेषण तलका अनुच्छेदमा गरिनेछ । त्यसअघि वामपन्थी उग्रवादबाट रूपान्तरणको क्रमका बारेमा सानो चर्चा गर्नु सान्दर्भिक हुनेछ । 
४. उग्रवामपन्थबाट तत्कालीन नेकपा (माले)को बहिर्गमन र सन्तुलित क्रान्तिकारी पार्टी निर्माणको सिलसिला 
संसारकै कम्युनिस्ट पार्टीहरूमध्ये नेकपा (एमाले) नै त्यस्तो फरक खालको पार्टीका रूपमा देखा पर्दछ, जसले अत्यन्त छोटो समयमा आफूलाई कुशलतापूर्वक तथा ज्यादै कम क्षतिमा वामपन्थी उग्रवादका सबैखालका विचार र कार्यशैलीबाट पृथक् राख्न सफल भयो । धेरै क्षति सहेर मात्र सच्चिने कम्युनिस्ट पार्टीका थुप्रै उदाहरण छन् । हाम्रै देशको अहिलेको एनेकपा (माओवादी)ले पनि आफूलाई उग्रवामपन्थी धरापबाट मुक्त गर्दै लगेको छ, तर धेरै क्षति बेहोरेपछि मात्र † 
नेकपा (माले)का समकालिन संसारका अन्य उग्रवामपन्थी पार्टीहरू धेरैजसो समाप्त नै भएका छन् । खासगरी सन् १९६० को दशकयता हतियार उठाउनेहरू त सर्वनाश नै भएका छन् । उदाहरणका लागि म्यानमार, फिलिपिन्स, मलेसिया, पेरु, थाइल्यान्ड, इन्डोनेसिया इत्यादि देशका एक समय हतियारको बलमा सत्ताको नजिकै पुगेका भनिएका पार्टीहरूको वर्तमान हविगतलाई हेरे हुन्छ । धेरै पार्टी उग्रवामपन्थी गल्तीलाई सच्याउनै नपाई समाप्त भएका छन् । 
हालको नेकपा (एमाले) कसरी बन्यो ? यसका नीतिहरू कसरी बने ? कसरी यो पार्टी देशको एक नम्बरको पार्टीसमेत बन्न पुग्यो भन्ने लेखाजोखा गर्नका लागि बु“दागत विवरण यहा“ प्रस्तुत गरिएको छ ः
४.१. नेकपा (माले) ः वर्ग शत्रु खत्तमदेखि पञ्चायती चुनावको उपयोगसम्म
जनवर्गीय सङ्गठनहरूले पार्टी काममा अलमल सिर्जना गर्दछन् । यसैले जनसङ्गठन होइन, गुप्त पार्टी कमिटीहरू मात्रै बनाउनुपर्दछ भन्ने चारु मजुमदारको लाइनलाई पछ्याएको नेपाली कोकेले नेकपा (माले) बनाउ“दासम्ममा त्यसलाई आंशिक रूपमा छोडिसकेको थियो । ०३४ साल साउनमा तत्कालीन कोके र मुक्तिमोर्चाबीच एकीकरण गर्दाका बखत धनुषामा भएको वार्तामा दुईवटा महŒवपूर्ण सहमति भएको बताइन्छ । त्यस वार्तामा कोकेको तर्फबाट सीपी मैनाली र प्रदीप नेपाल छलफलमा तथा मुक्तिमोर्चाको तर्फबाट मोदनाथ प्रश्रित, जीवराज आश्रित र मदनकुमार भण्डारी रहनुभएको थियो । त्यस अभियानका अर्का महŒवपूर्ण नेता वामदेव गौतम गिरप्mतार भई जेलमा रहेको हु“दा वार्तामा सहभागी हुन सक्नुभएन । ती सहमति थिए–(१) वर्गशत्रू खत्तम गर्ने व्यक्ति हत्याको लाइन छोड्ने र परिस्थितिअनुसार सशस्त्र सङ्घर्ष र संयुक्त आम जनसङ्घर्ष दुवै सञ्चालन गर्ने र (२) जनसङ्गठनहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने ।ज्ञट
नेकपा (माले)को गठन गर्दाको बखतसम्ममा यस धारको अव्यवहारिक उग्रतामा कमी आइसकेको थियो । कोके कालको सुरुमा जनसङ्गठन चाहिन्न भन्ने समूह सबैभन्दा पहिले अनेरास्ववियुमा आफ्नो पकड बनाउनेतिर लाग्यो । अनेरास्ववियु (पा“चौं) नेकपा (माले)का कार्यकर्ता उत्पादन गर्ने र पार्टी निर्णयहरूलाई सार्वजनिक रूपमा सम्भवसीमासम्म लागू गर्ने सबैभन्दा बलियो र भरपर्दो खम्बाका रूपमा विकसित भयो । त्यसपछि अन्य जनसङ्गठनहरू पनि निर्माण हु“दै गए । विभिन्न समूहहरूस“ग एकीकरण गर्दै जाने सिलसिलमा जनसङ्गठनको नेतृत्व पनि गाभि“दै जान थाल्यो । यति हु“दाहु“दै पनि नेकपा (माले) गठन भएको दुई वर्षसम्म वैचारिक उग्रता र तद्जन्य गतिविधि छिटपुट रूपमा जारी नै थिए । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाललाई संशोधनवादी, दक्षिणपन्थी, काङ्ग्रेसको पुच्छरजस्ता आरोप लगाएर अपमान गर्ने सिलसिला भने जारी नै थियो । 
वि.सं. २०३७ सालको मंसिर महिनामा १५ दिनसम्म चलेको मकवानपुरको बैठकबाट निकालिएका निष्कर्षहरू नेकपा (माले)को जीवनमा धेरै महŒवपूर्ण प्रमाणित भएका छन् । यसै बैठकले कमरेड पुष्पलाललाई संस्थापक नेताका रूपमा पुनः सम्मानित गर्ने निर्णय ग¥यो । यसैगरी, विगत झापा र कोकेकालको व्यक्तिहत्याको राजनीतिक लाइन गलत थियो भन्ने निष्कर्ष पनि यसै बैठकले निकाल्यो । जनसङ्गठनहरू निर्माण गर्ने, खुला प्रकृतिका सङ्घर्षहरूलाई सकेसम्म उपयोग गर्ने, चिनिया“ सांस्कृतिक क्रान्ति गलत थियो भनेर मूल्याङ्कन गर्नेजस्ता महŒवपूर्ण निर्णयहरू यसै बैठकबाट भएका छन् । यसै बैठकबाट नेकपा (माले)को धार र मोहनविक्रमले नेतृत्व गरेको तत्कालीन नेकपा (चौम) र त्यसबाट विभाजित भई बनेका विभिन्न धारहरूको बीचमा नेपाली क्रान्तिको बाटोका सम्बन्धमा, चिनिया“ सांस्कृतिक क्रान्ति र पुष्पलालको मूल्याङ्कनबारे विषयहरूमा वैचारिक रूपमा स्पष्ट भिन्नताहरू छुट्टिन थाले । नेकपा (माले)ले सशस्त्र सङ्घर्षको लाइनलाई परित्याग गरिहालेको थिएन तर त्यसलाई नेपाली क्रान्तिको एक मात्र बाटो होइन भन्ने निष्कर्षमा पुगिसकेको थियो ।
तत्कालीन नेकपा (चौम) र त्यसपछि बनेका विभिन्न समूहहरू र पछि पुनः एकीकृत भई बनेका नेकपा (माओवादी)हरूले धेरै पछिसम्म सशस्त्र सङ्घर्षलाई नेपाली क्रान्तिको एक मात्र बाटोका रूपमा बुझे र व्यवहारमा प्रयोग पनि गरे । नेकपा (माओवादी)ले आफ्नो हिंसात्मक आन्दोनको अन्तिम चरणमा आएर ०६३ सालमा पुष्पलाललाई भिराएको ‘गद्दार’को बिल्ला झिक्यो । निर्मल लामाले आफ्नो मृत्युभन्दा केही समयपहिले काठमाडौंको राष्ट्रिय सभागृहमा भएको पुष्पलालको १३औं स्मृति दिवसमा सार्वजनिक रूपमै गहिरो आत्मालोचना गरे । मोहनविक्रम समूहले भने धेरैपछि पुष्पलालको बारेमा मूल्याङ्कन गर्दै ‘पुष्पलालमा कतिपय कमजोरी भए पनि गद्दार नै भनिहाल्न उपयुक्त नहुने’ निष्कर्ष निकाल्यो र पहिले गद्दार पुष्पलाल शीर्षक दिएर लेखिएको पुस्तकको नाम परिवर्तन गर्दै क्रान्ति वा भ्रान्ति भनेर पुनः प्रकाशित भयो ।ज्ञठ
नेकपा (माले)को धारमा ०४२ सालसम्ममा आइपुग्दा वैचारिक विषयमा युगान्तकारी परिवर्तन भयो भन्न सकिन्छ । ०४२ सालमा मकवानपुरमै यस पार्टीको अर्को लामो बैठक बस्यो र यसले तीनवटा महŒवपूर्ण निर्णयहरू ग¥यो– (१) पार्टीको मार्गदर्शक सिद्धान्तबाट माओ विचारधार शब्द हटाउने । यसै बैठकले स्पष्टरूपमा चिनिया“ सांस्कृतिक क्रान्तिलाई पूर्ण रूपमा गलत र उग्रवामपन्थी विचारले ग्रस्त भनेर आलोचना ग¥यो । (२) यसै बैठकबाट तत्कालीन सोभियत सङ्घ र पूर्वी युरोपका देशहरूलाई आधारभूत रूपमा समाजवादी रहेको निष्कर्ष निकालियो । (३) यसै बैठकले पञ्चायती चुनावलाई उपयोग गर्ने र जनपक्षीय उम्मेदवार उठाएर पञ्चायती व्यवस्थाको भण्डाफोर गर्दै त्यसलाई भित्रैबाट कमजोर गर्ने नीति पारित ग¥यो । 
वि.सं. ०४३ सालको पञ्चायती चुनावमा उठेका जनपक्षीय उमेदवारहरूमध्ये द्रोणाचार्य क्षत्री, सोमनाथ अधिकारी प्यासी, नोबल केमी राई, जागृतप्रसाद भेटवाल, रूपचन्द्र विष्ट एवम् पद्मरत्न तुलाधरहरूले राष्ट्रिय पञ्चायतमा बहुदलको पक्षमा आवाज उठाए । जसले हारे, उनीहरूलाई स्थानीय जनताले आफ्नो राष्ट्रिय स्तरको खुला नेताका रूपमा बुझे । भूमिगत नेता जनतालाई समस्या परेको ऐनमौकामा भेटिन सक्ने सम्भावना थिएन, तर ती जनपक्षीयहरू जनताको सुखदुःखमा साथ दिने गरी भेटिने भए । यसैगरी, पञ्चायतको स्थानीय निकाय अर्थात् तत्कालीन नगर र गाउ“ पञ्चायतका विभिन्न पदमा चुनाव जित्नेहरूले स्थानीय जनताका प्रशासनिक झमेला वा ज्यादतीमा साथ दिन थाले । उनीहरूले स्थानीय स्तरमा बहुदलीय व्यवस्था स्थापनाको लागि वातावरण बनाउन थाले । स्थानीय स्तरमा चुनाव हार्नेहरू पनि जनताका स्थानीय स्तरका नेताको रूपमा विकसित हुन थाले । 
पञ्चायती चुनावमा भाग लिएकाहरूमध्ये अधिकांशले आफूलाई उठाउने भूमिगत पार्टी र जनताप्रतिको आस्थामा कुनै कमी आउन दिएनन् । उनीहरूलाई तत्कालीन प्रशासनले पनि भूमिगत पार्टीका खुला नेताका रूपमा बुझेको थियो । उनीहरूलाई पञ्चायती प्रशासनले एकातिर आ“खाको तारो बनाएको थियो र बेलाबेलामा पक्राउ गरेर दुःख पनि दिन्थ्यो भने अर्कोतिर विस्तारै उनीहरूप्रति एक प्रकारको अदब वा सम्मान पनि गर्न थालेको थियो । 
जनपक्षीय उम्मेदवार बनेका अत्यन्त थोरै मानिसहरू मात्रै विवादित भए । यस कुराले तत्कालिन नेकपा (माले)को प्रशिक्षण वा स्कुलिङ को राम्रो स्तरलाई प्रमाणित गर्दछ । पञ्चायती निर्वाचनको उपयोग गर्ने नीतिले तत्कालीन नेकपा (माले)को सङ्गठन विस्तारमा अत्यधिक ठूलो मद्दत गरेको देखिन्छ । 
४.२. खुला मोर्चाको निर्माण ः प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च
खुला क्षेत्रको कामलाई व्यवस्थित गर्न प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको गठन गरियो । यसले तत्कालीन परिवेशमा सम्भव सीमासम्म वा गर्न सकिने सीमासम्म खुला गतिविधिमार्फत पञ्चायत विरोधी राजनीतिक सङ्घर्ष अगाडि बढाउन थाल्यो । ०४२ सालमा ठूलो सङ्ख्यामा भारतको आसाम र मेघालयबाट नेपालीहरू लखेटिएका थिए । पुस्तौंदेखि त्यहा“ बसोबास गरिरहेका र भारतलाई नै आफ्नो देश ठानिरहेका नेपालीहरू लाखौंको सङ्ख्यामा लखेटिएका थिए । उनीहरूलाई भारतका अन्य ठाउ“मा बस्न दिइएन र षड्यन्त्रमूलक ढङ्गले भारतीय प्रहरी लगाएर झापाको का“कडभिट्टाको बाटो नेपालभित्र हुलिएको थियो । त्यसबारे पञ्चायती सरकार एक शब्द पनि बोलिरहेको थिएन । त्यस विषयलाई लिएर यही प्ररामञ्चको नेतृत्वमा देशव्यापी आन्दोलन भयो । मेची, काठमाडौं र लुम्बिनी अञ्चलमा विशाल प्रदर्शनहरू भए । देशभरी सयौंले गिरप्mतारी दिए । झापाको प्रदर्शनमा युवा लक्ष्मी पाण्डे प्रहरीको गोलीबाट मारिए । यस आन्दोलनको माध्यमबाट नेकपा (माले)लाई सहरिया क्षेत्रमा काम विस्तार गर्न धेरै मद्दत पुग्यो । 
४.३. नेकपा (माले)को चौथो महाधिवेशन
वि.सं. ०४६ सालसम्म आइपुग्दा नेकपा (माले) देशव्यापी सङ्गठनसहितको सुदृढ पार्टी बनिसकेको थियो । सन्तुलित सर्वहारा शैली र परिपक्व विचार निर्माणको प्रक्रियाबाट पार्टी खारि“दै थियो । ०४६ सालको भदौमा यसको चौथो राष्ट्रिय महाधिवेशन आयोजना भयो । यो महाधिवेशन दुईवटा कारणले युगान्तकारी महŒवको रहन गएको छ ः (१) यस महाधिवेशनले एकदलीय जनवादको ठाउ“मा बहुदलीय प्रतिस्पर्धासहितको व्यवस्था निर्माण गरेर अगाडि बढ्नु उपयुक्त हुने निष्कर्ष निकाल्यो । यसरी यसै महाधिवेशनमा पछि नेकपा (एमाले)को पा“चौं महाधिवेशनले अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको बिजारोपण भएको थियो । (२) यस महाधिवेशनले नेपाली काङ्ग्रेसस“ग मिलेर पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त सङ्घर्ष गर्ने नीति पारित ग¥यो । 
५. नेकपा (एमाले)को निर्माण र जनताको बहुदलीय जनवाद
वि.सं. ०४७ साल पुस २२ गते तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी)को बीचमा एकीकरण सम्पन्न भयो । एकीकरणको दस्तावेजमा पार्टीको नाम राखियो– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी र लेनिनवादी) । हाम्रो बीचमा गुटगत सङ्कीर्णता कस्तो थियो भन्ने कुरा सुरुमा राखिएको यस नामले बताउ“छ । एकीकृत माक्र्सवादी–लेनिनवादी को बीचको धर्कोको ठाउ“मा ‘र’ राख्नुपर्ने स्तरको भाषिक दृष्टिले पनि अनुपयुक्त हुने मनोरोग हु“दाहु“दै पनि दुईवटा प्रभावशाली कम्युनिस्ट पार्टीको बीचमा एकीकरण सम्पन्न हुनु नेपाली कम्युनिस्ट आन्दोनमा कोसेढुङ्गा प्रमाणित भयो । पछि तलका कमिटीहरूले नै बीचको ‘र’ लेख्न छाडिदिए । 
यसै समयमा नेपाल मजदुर किसान पार्टी र नेकपा (तुलसीलाल अमात्य समूह)स“ग पनि एकीकरण गर्ने गरी वार्ता भएको थियो । अन्तिम समयमा उहा“हरूले अति सामान्य कारण देखाएर एकीकरण घोषणा गर्ने भेलामा उपस्थित हुनुभएन । 
वि.सं. ०४९ सालमा नेकपा (एमाले)को पा“चौं महाधिवेशन सम्पन्न भयो । विचार निर्माणका हिसाबले यो महाधिवेशनको महŒवबारे यति धेरै चर्चा भएको छ कि यहा“ थप केही लेखिराख्नु आवश्यक देखिन्न । चुनावको माध्यमबाट वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्ष सञ्चालन तथा केन्द्रीय सत्तामा समेत हस्तक्षेप गर्दैै कम्युनिस्ट आन्दोलन अगाडि बढाउने नीति यसको सारमा रहेको छ ।
जबजको प्रयोगले पार्टीलाई नेपाली राजनीतिको केन्द्र भागमा पु¥याएको छ । एक समयमा डेथ वारेन्ट भएका नेताहरू पालैपालो प्रधानमन्त्री, मन्त्री र सांसद भएका छन् । नेपाली समाजमा नेकपा (एमाले) स्थापित नाम भएको छ । यसले अनेक हन्डर–ठक्कर पार गर्दै यहा“सम्म आइपुगेको छ । 
६. मदन भण्डारी र जीवराज आश्रितको हत्या
कमरेड मदनकुमार भण्डारीको नेतृत्वमा नेकपा (एमाले) चौतर्फी रूपमा विकसित हु“दै थियो । कमरेड मदनकुमार भण्डारीको प्रतिष्ठा र प्रभाव पनि त्यतिकै विस्तारित हु“दै थियो । उहा“मा विचारमा दृढता र व्यवहारमा शालीनताको गजबको मिश्रण थियो । एक–दुईवटा उदाहरण नै उहा“को शालीनताको परिचयका लागि पर्याप्त हुनेछन्, ०४८ सालको संसदीय निर्वाचनपछि नेकपा (एमाले) प्रमुख प्रतिपक्ष भएको थियो । चुनाव अगाडिसम्म ‘खै कहा“ छ प्रतिपक्ष, मैले त प्रतिपक्ष नै देखेको छैन’ भनेर ठाउ“ठाउ“मा गणेशमान सिंहले भाषण गरेका थिए । ‘माले, मशाले र मण्डले एउटै हुन्’ भनेर गिरिजा कोइरालाले भाषण गरेका थिए । यसैगरी, काङ्ग्रेसभित्रका शालीन भनेर चिनिने कृष्णप्रसाद भट्टराईले पनि अन्तिम चुनावी सभामा ‘मैले अन्तरिम सरकारमा राखेर कम्युनिस्टहरूलाई सुधार्ने प्रयास गरें, तर उनीहरू सुध्रिएनन् । गधा धोएर गाई नहुने रहेछ ?’ भनेर बोलेका थिए । तर, मदन भण्डारी त्यस्तो तिक्त भाव राख्ने पार्टीका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई चुनाव जिताएर संसद्मा पु¥याउनैपर्दछ भन्नेमा अन्तिम समयसम्म लाग्नुभएको थियो । 
निर्वाचनपछि संसदीय दलको नेताको चयन हुनुपर्ने थियो । मदन भण्डारीलाई नै संसदीय दलको नेता बन्न उक्साउनेहरू पार्टी भित्र र बाहिर सक्रिय थिए, तर कमरेड मदन भणडारीले त्यो कुरा मान्नुभएन । उहा“ आफैंले प्रस्ताव राखेर कमरेड मनमोहन अधिकारीलाई संसदीय दलको नेताका रूपमा अगाडि बढाउनुभयो । 
वि.सं. ०५० साल जेठ ३ गते उहा“को योजनाबद्ध रूपमा हत्या गरियो । उहा“को हत्या नभएको भए पार्टीको वैचारिक, साङ्गठनिक र राजनीतिक उचाइ अवश्य पनि झन् धेरै माथि उठ्ने थियो । 
७. नेकपा (एमाले)को नौमहिने सरकार ः समाजवाद निर्माणको नेपाली बाटोको अभ्यास
वि.सं. २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचनमा नेकपा (एमाले) देशको सबैभन्दा ठूलो दलका रूपमा उदायो । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्व र पाका नेता कमरेड मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले विकास निर्माणमा जनसहभागिता जुटाउने, तल्लो तहसम्म आर्थिक अधिकार र स्रोतलाई बा“डफा“ड गर्ने र विकास–निर्माणका क्रममा देखिएको क्षेत्रीय असन्तुलनलाई हटाउने विषयमा महŒवपूर्ण प्रभाव छोडेको छ । नेपालमा समाजवाद निर्माणको तरिका के हुन सक्ला भन्ने प्रश्नको जवाफ नेकपा (एमाले)को नौमहिने सरकारले दिएको छ । नेपाली अर्थतन्त्रमा सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई कार्यरूपमै प्रयोग गरेर देखाउने काम पनि नेकपा (एमाले)को नौमहिने सरकारका पालामा सुरु गरिएको हो, वृद्धभत्ता, विधवा भत्ता र असहायभत्तामार्फत् । 
तत्कालीन समयमा नेकपा (एमाले)को सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम र बजेटको चर्को आलोचक रहेको नेपाली काङ्ग्रेसका त्यसपछि बनेका सरकारहरूले पनि तिनलाई निरन्तरता दिन बाध्य भए । त्यति मात्रै होइन, २०६५ सालमा बनेको एनेकपा (माओवादी)को सरकारले पनि एमालेको नौमहिने सरकारले ल्याएको भन्दा कुनै नया“ कार्यक्रम ल्याउन सकेन । यसैबाट नेकपा (एमाले)को नौमहिने सरकारले चालेका कदमहरूको महŒव स्पष्ट हुन्छ । 
८. नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशन ः विचार निर्माणको अर्को खुड्किलो
नेपालका कम्युनिस्ट पार्टीहरूले नेपाली समाजको चरित्रबारे दशकौंदेखि एउटै रटिरटाउ वाक्यांश लेख्दै आएका थिए– नेपाली समाजको चरित्र अर्धसामन्ती, अर्धऔपनिवेशिक छ । झन्डै पौने शताब्दी बितिसक्दा पनि समाजको चरित्र आधारभूत रूपमा उही कसरी हुन सक्छ भन्ने विषयमा कहिल्यै गम्भीर छलफल भएको थिएन । यस पट्यारलाग्दो वैचारिक जडतालाई नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनले तोडेको छ । ‘नेपाली समाज पु“जीवादी समाजमा रूपान्तरण भइसकेको छ तथा नेपालको गणतान्त्रिक क्रान्ति नै यहा“को सन्दर्भमा सम्पन्न नया“ जनवादी वा नया“ पु“जीवादी क्रान्ति हो । यो नै जनताको बहुदलीय जनवादले परिकल्पना गरेको नेपालको पु“जीवादी जनवादी क्रान्ति हो । अब नेपालमा अर्को पु“जीवादी जनवादी क्रान्ति हु“दैन’ भन्ने निष्कर्ष निकालेर यस महाधिवेशनले नेपाली समाजको चरित्र निरूपणका मामिलामा देखिएको अति लामो जडतालाई तोडेको छ । 
९. झापा विद्रोहदेखि सिंहदरबारसम्मको 
यात्रा ः के पाइयो, के गुमाइयो ?
झापा विद्रोहदेखि यहा“सम्म आइपुग्दा उपलब्धिहरूका चाङ चुलिएका छन् । चुनावको माध्यमबाट कम्युनिस्ट पार्टीलाई पनि सत्ताको केन्द्र भागका पु¥याउन सकिन्छ र जनताको हितमा बढीभन्दा बढी राहत र सुधारका कामहरू गर्दै आर्थिक–राजनीतिक–सांस्कृतिक परिवर्तन अर्थात् समग्र सामाजिक रूपान्तरणको काम गर्न सकिन्छ भन्ने कुरा व्यवहारमै देखाउने मौका मिलेको छ । 
नेकपा (एमाले)को नीतिलाई ‘घोर दक्षिणपन्थी, संशोधनवादी’ भनेर आरोप लगाउ“दै हिंसात्मक सङ्घर्षमा होमिएको नेकपा (माओवादी) (हालको एनेकपा माओवादी) एमालेकै नीतिलाई पछ्याउ“दै ठीक त्यही बाटो र कार्यनीतिमा आइपुगेको छ । यसलाई पनि नेकपा (एमाले)का नीति र व्यवहारको विजय नै मान्नु पर्दछ । 
देशमा गणतन्त्र स्थापना भएको छ । जुन क्रान्ति सम्पन्न गर्न भनेर ००६ सालमा कम्युनिस्ट पार्टी गठन भएको थियो, त्यो गणतान्त्रिक क्रान्ति सम्पन्न भएको छ । पार्टीको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि धेरै माथि उठेको छ । निश्चय नै यी कुराहरू महान उपलब्धि नै हुन् । यी उपलब्धिको चाङभित्र गैरकम्युनिस्ट आचरण र कार्यशैली पनि विकास भएका छन् । तिनलाई देखेर पनि नदेखेजस्तो गर्नुभन्दा राम्ररी केलाएर पहिचान गर्नु र हटाउनु उपयुक्त हुनेछ ।
९.१. कार्यशैली र जीवनशैलीमा क्षयीकरण 
झापा विद्रोहदेखि ०४६ सालअगाडिसम्म कार्यशैली हेरेरै ‘को कम्युनिस्ट हो र को गैरकम्युनिस्ट हो’ भनी सजिलै छुट्याउन सकिन्थ्यो । पञ्चायतकालमा गुप्तचरहरूलाई कम्युनिस्ट चिन्ने सूत्र यसरी सिकाइन्थ्यो रे– ‘जो विनम्र भएर बोल्छ, जो सादा पहिरनमा छ, जसले महिला र वृद्धवृद्धाहरूको इज्जत गर्छ, जसले खाली समयमा गफ गरेर बिताउ“दैन, बरु केही न केही पढिरहन्छ, जसले गाउ“ठाउ“मा भएका अन्याय–अत्याचारको विरोध गर्छ, जसले गाउ“का किसानहरूलाई केही न केही नया“ कुरा सिकाइरहन्छ, ऊ पक्का पनि कम्युनिस्ट हो भनेर बुझ्नू †’
यसैगरी, अनेरास्ववियु अर्थात् अखिलको विद्यार्थी कसरी चिन्ने भनेर पञ्चायती गुप्तचरहरूलाई यसरी सिकाइन्थ्यो रे– ‘जो कक्षाकोठामा सबैभन्दा बढी अनुशासित भएर बस्छ, जो पढाइमा तीक्ष्ण छ, जसले परीक्षाहरूमा राम्रो अङ्क ल्याउ“छ, जसले गुरुहरूको सम्मान गर्छ, जसको पहिरन अत्यन्त सादा छ, ऊ अखिले हो भनेर बुझ्नू’ †’ 
झापाकाल र त्यसपछि कार्यशैलीमा उग्रस्तरमा सादापन थियो । कतिपय सन्दर्भमा त्यो अव्यवहारिक पनि थियो होला तर त्यस कार्यशैलीमा एउटा प्रतिबद्धता थियो– कमभन्दा कम साधन–स्रोतबाट काम चलाऊ, फजुल खर्च गर्दै नगर । 
वि.सं. ०३५ सालको कुरा हो– अहिलेको पार्टीको माथिल्लो तहमै रहेका एकजना नेता र अन्य नेताहरू, जो त्यतिखेर जिल्लास्तरका कार्यकर्ता थिए, रूपन्देहीको बुटवलबाट बलियो आश्रयस्थल रहेको सीतापुर भाटा भन्ने ठाउ“मा जा“दै थिए । साथमा भर्खर बनेको नेकपा 
(माले)का केन्द्रीय इन्चार्ज थिए । बाटोमा पर्ने तिनाउ नदीको किनारमा चितामा कसैको लास जल्दै थियो र छेवैमा ठूलै आकारको सिरक फालिएको थियो । सीतापुर सेल्टरमा बेलाबेलामा धेरै नेताहरूको जमघट हुन्थ्यो र कपडाको कमी हुने गथ्र्यो । केन्द्रीय इन्चार्जले आदेश दिए– ‘कमरेड यो सिरक उठाउनुस् । हेर्नुस त यति राम्रो छ । लगेर एकपटक फिनेल पानीले सफा गरे त भैहाल्छ । सेल्टरलाई राम्रो कोसेली हुनेछ ।’ त्यतिखेरका स्थानीय कार्यकर्ताले खुरुक्क आदेशको पालना गरे । त्यो सिरक पछिसम्म धेरै केन्द्रीय नेताहरूले प्रयोग गरे । त्यतिखेर क्रान्तिका महानायक र प्राधिकारका रूपमा चित्रित गर्ने गरिएका सीपी मैनालीले पनि त्यो सिरक धेरै पटक ओढेर न्यानो रात बिताएका थिए ।
सादापनको नाममा कतिपय अपाच्य कार्यशैलीहरू पनि थिए तर थियो गज्जबको सादापनप्रतिको प्रतिबद्धता । (मलाई यो घटना सुनाउने नेताले अप्ठ्यारो मान्नु होला भनेर नाम उल्लेख गरिन“) । अहिले सबैभन्दा बढी हामीले यही कुरा गुमाएका छौं भन्ने लाग्छ । 
के अहिले कसैले ‘सबैभन्दा बढी अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी पक्कै पनि अखिल नै हुनुपर्दछ’ भन्ने स्थिति छ त ?  
के अहिले कसैले ‘सबैभन्दा सादा जीवनशैली भएको मानिस कम्युनिस्टबाहेक अरू हुनै सक्दैन’ भन्नसक्ने अवस्था छ त ? ‘मौका’ नपाउने नेता–कार्यकर्ताहरूको हकमा यो कुरा लागू होला, अरूको हकमा त खै कुन्नि ? तर के हाम्रो आम चरित्र यस्तो छ त ?
९.२. सामूहिकताको ह्रास र भावनात्मक निकटताको समाप्ती अर्को ठूलो दुःखान्त 
विगतमा हरेक निर्णय सामूहिक छलफलबाट लिइन्थे । बैठकहरू कहिलेकाही“ पट्यारलाग्दो गरी लामा हुन्थे । सारै साना र नचाहिने विषयमा पनि घण्टौं बहस हुन्थे । ती त्यतिखेरका कमजोर पक्ष थिए, तर जे निर्णय लिइन्थ्यो– त्यो सामूहिकतामा आधारित हुन्थ्यो । एक कमरेड अर्को कमरेडस“ग भावनात्मक रूपले जोडिएको हुन्थ्यो, सुखदुःखमा साथी भनेकै कमरेड हुन्थ्यो । तर, अहिले स्थिति त्यस्तो छैन । अहिले त गुटका कुरा छन् र गुटभित्र पनि हार्दिकता र भावनात्मक एकताको अभाव देखिन्छ । 
बोल्ने, लेख्ने, सभा–सम्मेलन गर्ने, राजनीतिक पार्टी खोल्न र मन लागेको पार्टीमा लाग्न वा मन नपरेको पार्टी छोड्न सकिने, निर्वाचनमा मत हाल्न र सरकार बनाउन सक्ने अधिकारका कुराहरू पुरानो लोकतन्त्र (पु“जीवादी लोकतन्त्र)ले दिएकै थियो । यी अधिकारहरू आर्थिक अधिकारको अभावमा अपूरा थिए । त्यसैले नया“ लोकतन्त्र, नया“ जनवाद, जनतामा आधारित बहुदल अर्थात् बहुदलीय जनवाद हु“दै समाजवादी लोकतन्त्र चाहिएको हो । यसको आधार वा जगमा रहेको छ– बढीभन्दा बढी छलफल र विमर्शपछि निर्णय लिने पद्धति । यही कुरा नै समाप्त भयो भने कसरी हाम्रो समाजवादी लोकतन्त्रतिरको यात्रा अगाडि बढ्ला ?
९.३. विधि–पद्धतिप्रति नजरअन्दाज 
अव्यवस्थाका विरुद्ध व्यवस्था सिर्जना गर्नका लागि कम्युनिस्ट आन्दोलनको उदय भएको हो । काम गर्नेहरूले खान नपाउने र काम नगर्नेहरूले मोजमस्ती गर्ने कुरा नै सबैभन्दा बढी अव्यवस्था हो । सामूहिक उत्पादन भइसकेपछि वितरण पनि सामूहिक हुनुपर्दछ । पु“जीवादले उत्पादनलाई सामूहिक बनायो, तर वितरणको प्रणाली निजी रह्यो । गाउ“ले आधारभूत खाद्य र औद्योगिक कच्चा पदार्थ उत्पादन गर्दछ, तर सुविधाजति सहरमा केन्द्रित गरिन्छ । महिला समाजका आधा हिस्सा हुन्छन्, तर उनीहरू अपहेलित गरिएका छन् । यस्तै अव्यवस्थाले अनेकन् अव्यवस्था सिर्जना गर्दछन् । यिनै कुरा हटाउनका लागि समाजवाद चाहिएको हो । यसो हो भने समाजवाद ल्याउने पार्टी हरेक कुरामा विधिसम्मत चल्नुपर्दछ । कुनै कुरा किन भयो, कुन विधिबाट गरियो, गर्नु केकति कारणले जायज थियो भन्ने स्पष्ट जवाफ हरेक निर्णयमा बोल्नुपर्दछ । 
हरेक कुरा विधिसम्मत भयो भने कसैको पनि चित्त दुख्दैन र गुटबन्दी पनि समाप्त भएर जान्छ । ०३७ सालतिरको कुरा हो– नेकपा 
(माले)का एकजना केन्द्रीय नेतालाई कुनै विषयमा कारबाही भएको रहेछ । त्यो थाहा पाएर तत्कालीन नेकपा (मशाल)का नेताहरू सहानुभूति दिन र आफ्नो पार्टीमा तान्नका लागि उहा“लाई भेट्न पुगेछन् । उहा“ले जवाफ दिनुभएछ– ‘मैले गल्ती गरेकै कारणले मलाई पार्टीले कारबाही गरेको हो । यस विषयमा तपाईंहरूले चिन्ता नलिनुभए हुन्छ ।’ यस घटनालाई अहिले धेरै सम्झनुपर्ने भएको छ । 
अहिले हामी पार्टीको सदस्यता वितरणको विषयमा समेत झगडा र बलमिच्याइ“ गर्ने तहमा आइसकेका छौं । वर्षौंदेखि देशको राजधानीका कमिटीहरू सदस्यता वितरणको विवादमा अल्झिएका छन् । हामी गुटबन्दीमा यतिसारो जकडिइसकेका छौं कि गल्ती गर्नेलाई दण्डित गर्नै नसक्ने अवस्थामा पुगेका छौं । यो सङ्गठनात्मक क्षेत्रमा देखा परेको उग्र दक्षिणपन्थ हो । 
योग्यता अनुसारको काम, कामअनुसारको दाम हुने व्यवस्था स्थापना गर्न हि“डेको पार्टीले बनाउने सांसद र मन्त्रीहरूको कुनै योग्यता हुनुपर्छ कि पर्दैन ? हामी यस कुराको पनि प्रष्ट जवाफ दिन नसक्ने अवस्थामा पुगिसकेका छौं । 
१०. निष्कर्ष ः झापा विद्रोहदेखि अहिलेसम्मको नेकपा (एमाले)को यात्रा हेर्दा उपलब्धिहरूका सानदार पक्षहरू छन् । धेरै देशका कम्युनिस्ट पार्टीहरू हाम्रो प्रगति देखेर लोभिन्छन् । यसैगरी, यसबीचमा हामीले ज्यादै धेरै गैरकम्युनिस्ट आचरण र व्यवहारका कसिङ्गरहरू जम्मा गरेका छौं । उपलब्धिहरूलाई जोगाउ“दै अगाडि बढ्नु र जम्मा भएका फोहोर–कसिङ्गरहरू निर्ममतापूर्वक बढार्नु नै बुद्धिमानी हुनेछ । कमजोरीलाई ढाकछोप गर्ने पार्टी कहिल्यै उ“भो लागेको छैन, कमजोरीलाई सहजतापूर्वक स्वीकारेर हि“ड्ने पार्टी कहिल्यै पछाडि परेको छैन । सहिदहरूले सोचेकोजस्तै गरी समाज र क्रान्ति अगाडि नबढ्न सक्छ, हि“ड्ने बाटाहरू मोडदार र घुमाउरा हुन सक्छन्, हुन्छन् नै । मूल कुरा हो, क्रान्तिको प्रक्रिया र श्रमजीवी वर्गप्रतिको प्रतिबद्धता । प्रतिबद्धताले सोहीअनुसारको कार्यशैली र कार्यपद्धति खोज्छ । श्रमजीवी वर्गप्रतिको प्रतिबद्धता बिर्सिएन भने सहिदहरूको रगत खेर जानेछैन ।

  •   जीवचन्द्र कोइराला (संपा.), बीपीवाद , (काठमाडौं ः जीवचन्द्र कोइराला, २०५२), पृ.१५
  •  उही,
  • ब्ला.इ.लेनिन, वामपन्थी उग्रवाद ः एक बाल रोग, (मस्को ः प्रोग्रेस ः सन् १९८२)
  • गाओ वेनक्वियान, श्जयग भ्लबिष्स् त्जभ ीबकत एभचाभअत च्भखयगितष्यलबचथ, (अङ्ग्रेजी) (न्युयोर्क ः न्युयोर्क पब्लिक अफेयर्स ः २००८) पृ.२७
  •  टाङ टी सउ, त्जभ ऋगतिगचब िच्भखयगितष्यल बलम एयकत ःबय च्भायचmक स् ब् ज्ष्कतयचष्अब िएभचकउभअतष्खभ, (अङ्ग्रेजी), (सिकागो ः युनिभर्सिटी अफ सिकागो प्रेस, १९८६), पृ. १५ । 
  • माओ त्से तुङ, म्ष्चभअतष्खभक च्भनबचमष्लन तजभ ऋगतिगचब िच्भखयगितष्यल ज्ञढटट( टढ, (अङ्ग्रेजी), (पेकिङ ः रेडगार्ड पब्लिकेसन, १९६९) पृ. ४, ७, १४ र १६ ।
  • माओ त्से तुङ, ‘द्ययmदबचम तजच द्ययगचनभयगक ज्भबमत्रगबचतभच’ (अङ्ग्रेजी), पेकिङ रिभ्यु, अंक ३३, सन् १९६७) ।
  •   लियोनिद ब्रेजनेभ, ‘ीभततभच तय तजभ क्भखभलतज ऋयलनचभकक या तजभ ऋयmmगलष्कत एबचतथ या क्ष्लमष्ब, ’ कलेक्टेड वक्र्स अफ लियोदिन बे्रजनेभ, (मस्को ः प्रोग्रेस पब्लिसर्स, १९८०), पृ. २२ । 
  •  क्उचष्लन त्जगलमभच दचभबपक यखभच क्ष्लमष्ब’ पेकिङ रिभ्यु, १४ जुलाई, १९६७ । 
  •   हिस्ट्री अफ नक्सलिज्म’, (अङ्ग्रेजी), ज्ष्लमगकतबल त्ष्mभक। द्दण्ण्ठ(ण्ज्ञ(ण्घ
  •   विवेक देव रोय, ‘द लास्ट अफ थ्री’, द इन्डियन एक्सप्रेस, २५ मार्च २०१० ।
  •    दिपायन बोस, ‘नक्सलबाडी और उत्तरवर्ती चार दशक ः एक सिंहावलोकन’ (हिन्दी), दिशा सन्धान , त्रैमासिक पत्रिका, अक्टुबर–दिसम्बर २०१५ ।
  •  ऋजबचग ःबशगmमबच, ूूष्नदत ब्नबष्लकत तजभ ऋयलअचभतभ ःबलषभकतबतष्यलक या च्भखष्कष्यलष्कmू, ीष्दभच बत ष्यल, ख्य।ि द्द, ल्य। ज्ञ, ९ल्यखझदभच, ज्ञढटढ०स ूक्जबय थ्यलन(जगलनक ज्बष् िच्बष्कष्लन च्भखयगितष्यल या तजभ क्ष्लमष्बल एभबकबलतकू, ीष्दभचबतष्यल। ख्य।ि घ, ज्य। ज्ञ, ९ल्यखझदभच, ज्ञढटढ०स क्ष्लमष्बल ऋयmmगलष्कत। ख्य।ि द्द, ल्यक। ज्ञ बलम द्द ९ःबचअज ( व्गलभ, ज्ञढटढ०, उ । द्दद्द।
  • सरोज दत्तका त्यस खालका लेखहरू त्यसबेलाका अधिकांश कार्यकर्ताहरूले पढेका छन्, यस पंक्तिकारले पनि पढेको हो । अहिले उल्लेख गर्नका लागि स्रोत फेला पार्न सकिएन । 
  •  अन्तर जोन सामञ्जस्य समिति, ‘नेपाल कम्युनिस्ट पार्टीको तमाम पार्टी सदस्यहरूलाई अपिल’, दस्तावेज सङ्ग्रह, भाग–१, (काठमाडौं ः पुष्पलाल स्मृति प्रतिष्ठान, ०७०), पृ.१६६ । 
  •  मोदनाथ प्रश्रित र वामदेव गौतमस“ग ०७२ साल फागुन २१ गते गरिएको कुराकानीमा आधारित । 
  •    हेर्नुस्– मोहनवक्रिम सिंह, क्रान्ति या भ्रान्ति, 

        (गोरखपुर ः जनसाहित्य प्रकाशन, ०५२) ।

झापा सङ्घर्षमा संलग्न भएका सबैप्रति म लालसलाम गर्छु‘

– मोहनचन्द्र अधिकारी
झापा आन्दोलनका चर्चित ‘नेल्सन मन्डेला’
० झापा विद्रोहको सानो झिल्काले ४४ वर्षपछि आज देशमा जुन प्रभाव दिएको छ, त्यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? 
– कम्युनिस्टहरू तितरबितर भएको बेलामा सामन्ती निरङ्कुशताको अन्त्यका निम्ति झापामा किसान विद्रोहका रूपमा झापा विद्रोह भएको हो । यो पूर्व कोसी प्रान्तीय कमिटीस“ग विद्रोह गरिकन गरिएको विद्रोह थियो । यो विद्रोहले को–अर्डिनेसन केन्द्र, नेकपा (माले) हु“दै नेकपा (एमाले) भएर एकीकृत कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ । यो विकासकै क्रममा छ । अहिले त पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल कार्यरत छ । उहा“ नै प्रधानमन्त्री हुनुहुन्छ । यसरी यसको विकास नै भएको छ । 
० त्यही आन्दोलनको धार झापादेखि सिंहदरबारसम्म आइपुगेको छ । त्यतिबेला यो परिकल्पना गर्नुभएको थियो ? 
– योभन्दा सशक्त परिकल्पनालाई लिएर झापा विद्रोह गरिएको थियो । खालि प्रधानमन्त्री वा मन्त्री बन्ने भन्ने थिएन । हामी त नौलो जनवादी क्रान्ति गर्र्र्र्र्ने नै भनेर हि“डेका हौं । मैले २०१९ सालमा पार्टीको तेस्रो महाधिवेशनमा नौलो जनवादी क्रान्तिको प्रस्ताव राखेको थिए“ । त्यतिबेला पारित गर्न सकिएन । त्यतिबेला तुलसीलालजीको विचार पारित भयो, राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम । सुप्रिम एन्ड सोभरन पार्लियामेन्टचाहि“ अहिले भएको छ । नौलो जनवादका कतिपय कुराहरू अहिले अब हामीले लागू गर्न सक्ने स्थिति छ । अहिले वामपन्थीहरूको एकताको सरकार बनाएको हुनाले र नेपाली कांग्रेस पनि समाजवादमुखी भएको हुनाले हामीले यहा“ आमूल परिवर्तन गर्ने आ“ट ग¥यौं भन्ने हुनसक्ने स्थिति छ । समाजवादतर्फ लम्किनका निम्ति अग्रगमनतर्फ गति लिनुप¥यो । आर्थिक आधार नभई समाजवाद बन्दैन र टिक्दैन । त्यसका निम्ति हामीले सशक्त आर्थिक कार्यक्रम पेस गरेर संसद्बाट त्यसलाई अनुमोदित गर्दै कति वर्षमा समाजवाद बनाउन सक्छौं ? त्यति वर्षमा आर्थिक उन्नतिको आधार दिनेसम्मका उपलब्धिलाई संस्थागत त गर्नुप¥यो नि † अब यसो गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
० तपाईंहरूले राजतन्त्र फाल्ने र आमूल परिवर्तन गर्ने भन्नुभएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । यसले त्यतातिर जाने आधार सजिलो बनाएको हो ? 
– हामी माक्र्सवाद, लेनिनवाद, माओ विचारधाराअन्तर्गतको नौलो जनवादी क्रान्ति मानेर हि“डेका साथीहरूले झापा विद्रोह गरेको हो । त्यस विद्रोहलाई ‘टाउको कटुवा’ पनि भने । त्यो कुरा भन्नेहरू अहिले पा“चपटक मन्त्री भइसके । उहा“हरू स्थायी कमिटीमा पनि बस्नुभयो । परिवर्तनको हिसाबले हेर्दाखेरि शान्तिपूर्ण तरिकाले जाने कुरामा हामीले के देख्यौं भन्दा झापाको सङ्घर्ष सुरु नगर्दासम्म पार्टी पनि विभिन्न तप्का र इलाकामा गुट–उपगुटमा बा“डिएको थियो । हामीले आफ्नो जिल्ला कमिटी बनाएर क्रान्ति गर्ने भन्ने उद्घोष गरिएको हो । त्यो एउटा फिलिङ्गोले विकराल रूप लियो । अहिले एमाले पार्टी बनाएको छ । अब एमालेको नेतृत्वमा बनेको सरकारले गर्न सक्ने कुराहरू गर्दै गए हुन्थ्यो । त्यतिबेला राजतन्त्र नढालेसम्म हामी मुक्ति यात्रामा विजयी भयौं भन्न सक्दैनथ्यौं । तर, अहिले आएर शन्तिपूर्ण तरिकाले नै परिर्वतन भएको छ । त्यतिबेला हामीले सशस्त्र क्रान्ति ग¥यौं । पछि नेपाली कांग्रेससित सहकार्य गर्दै अगाडि बढ्दा राजतन्त्र ढालेर गणतन्त्र आएको छ । यसलाई जनगणतन्त्रमा परिणत गर्नुपर्ने हो । त्यसका निम्ति आर्थिक समुन्नति, सामाजिक एकता र राष्ट्रियताको जगेर्ना नभई समाजवाद निर्माण हु“दैन । 
० झापा आन्दोलनमा तपाईंस“गस“गै लाग्नुभएका नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, सीपी मैनाली उपप्रधानमन्त्री हुनुहुन्छ । उहा“हरूको सरकारले खासगरी राष्ट्रियता र परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा कस्तो काम गरिरहेको छ ? 
– केपी ओलीजीस“ग त म पार्टीमै छु । सीपीस“ग अहिले मेरो पार्टीगत सम्बन्ध छैन । उहा“ एउटा माले पार्टी खोलेर बस्नुभएको छ । उहा“ उपप्रधानमन्त्रीका साथै महिला तथा बालबालिका मन्त्री पनि हुनुहन्छ । खास कुरा केपी ओलीजीले ल्याउनुपर्ने परिवर्तन हो । उहा“हरू झापा कालमा हामी स“गस“गै हुनुहुन्थ्यो । हामी पक्राउ परेपछि सीपी नेता नै हुनुभयो । खासगरी चारु मजुमदारको लाइन नै नेपालमा स्थापित गर्नुपर्छ भन्नेमा सीपी मैनालीजीहरू हुनुहुन्थ्यो । हामीचाहि“ त्यसका विरोधी हौं । यहा“ माओत्से तुङ विचारधाराको नेतृत्वमा नौलो जनवादी क्रान्ति गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले चारु मजुमदारलाई अथोरिटी मानेका होइनौं । तर, सीपीहरूले मान्नुभएको हो । 
प्रधानमन्त्री मन्त्रिमण्डलको निर्णायक नेतृत्व हो । झापा आन्दोलनबाटै आउनुभएका केपी ओलीजी अहिलेसम्म राष्ट्रियताको सवालमा भन्नुपर्दा भारतले नाकाबन्दी गरेर हामीलाई गलाउने जुन इच्छा गरेको थियो, त्यसको सामना गर्दै यतिबेला केपी ओलीजीले अडान लिनुभएको म ठान्दछु । उहा“ले भारतसित कुरा गर्दाखेरि ४०÷५० मिनेट दुईजनाको मात्रै कुरा भयो । त्यसमा के–कस्तो भयो भन्ने कुरा अखबारमा आएको छैन । त्यो नआउन्जेल हामीलाई पार्टीले ज्येष्ठ नागरिक बनाएको स्थिति हुनालेकेही भन्न गाह्रो छ । हामीले भेटेर सोध्न सकिन्न“ । अहिले हामीले पत्रिका हेरेर थाहा पाउने होे । 
नेपालको राष्ट्रियता भनेको विशाल दुई छिमेकी देश चीन र भारतको बीचमा रहेको यो धर्ती हो । मचाहि“ खालि रोड बनाई पर्मिट लिएर मात्रै नेपालको उन्नति हु“दैन भन्ठान्छु । ०४६ साल पछाडिका सरकारहरूले समाजवादी मुलुकहरूले दिएका कलकारखानाहरू व्यक्तिहरूलाई बेचेर जुन खालको स्थिति ल्याए, फलतः हामी कहिल्यै पनि भारतबाट उम्किनै नसक्ने स्थिति बनाए र त्यसरी आर्थिक विकास गर्न चाहे पहिलेका सकारहरूले † त्यसको विपरीत गएर अब हामीले भारत र चीनजस्ता ठूला राष्ट्रहरूको बीचमा हामी टिक्नुपरेको छ, हाम्रो राष्ट्र टिक्नुपरेको छ । हामी समृद्ध हुनुपरेको छ, र देशलाई समाजवादमा पु¥याउ“दै साम्यवाद प्राप्त गर्नुपरेको छ ।
० यसका निम्ति केपी ओली नेतृत्वको सरकारले काम गरोस् भन्नुहुन्छ ? 
– हो । यसका निम्ति नै केपी ओलीको सरकारले काम गरोस् भन्ने म हृदयदेखि नै कामना गर्छु । किनभने, उहा“ झापा सङ्घर्ष नगरेको साथी त होइन । झापाको विद्रोहमा सरिक भएको मान्छे हो । त्यो उहा“ले सम्झिनु र बुझ्नुपर्ने कुरा हो । यहा“ भनेर मात्रै केही हुने होइन । म त न पार्टीमा न सरकारमा नै कतै छु † म त साधारण नेपाली नागरिक मात्रै हो । मलाईचाहि“ के लाग्छ भने विश्वमा जतिसुकै संशोधनवाद हावी भए पनि समाजवाद आउ“छ आउ“छ । साम्यवाद अउ“छ आउ“छ । मानव समाज भनेको साम्यवादमा पुग्छ पुग्छ । यो ठोकुवा गर्न सकिने कुरा हो । अहिले देखिएका बर्नस्न्टिनको लाइनअन्तर्गतका यी परिदृश्यहरूचाहि“ केही दिनका भूलभुलैया मात्र हुन् । 
० झापा आन्दोलनका आफ्ना सहयोद्धाहरूलाई कसरी सम्झनुहुन्छ ? 
– सुखानीमा सहिद भएका मानिसहरू 
(कमरेडहरू) प्रति यो सरकारले ४४ वर्ष पछाडि आएर भए पनि सम्झना राख्यो र उहा“हरूलाई सहिद घोषणा ग¥यो । त्यतिबेलै जेलमा यातना सहेर कतिपय साथीहरू जस्तो कि छविल राजवंशी एउटा उदाहरण हुनहुन्छ । उहा“लाई पनि सहिद घोषणा गर्नुपर्छ भन्ने मलाई लाग्छ । रामप्रसाद प्रधानलाई पनि सहिद घोषणा गर्नैपर्ने हो । उहा“का बारेमा सानो दुर्गा अधिकारीजीलाई सोध्दा जानकारी लिन सकिनेछ । अरू छुट सबै दिवंगत योद्धाहरूलाई सहिद घोषणा गर्नुपर्छ ।
० झापा आन्दोलनले यति ठूलो उपलब्धि ल्यायो । त्यसमा लड्नेहरूले यथोचित सम्मान पाएको अनुभूति भएको छैन ? 
– खासमा सम्मान भनेको समयसमयमा फेरिने कुरा हो । यो कुरा मलाई नसोधेको भए बेस हुन्थ्यो । के दिनुभएको छ उहा“हरूले ? प्रश्न यो हो । डिगेन राजवंशीले डेढ वर्ष अघि पार्टी कार्यालयमा आत्मदाह गरेर सहादत प्राप्त गर्नुभयो । उहा“कै छोरा पनि पछि मर्नुभयो । सानो दुर्गा र ठूलो दुर्गाको हालत त्यस्तै छ । दुई तीन दिनअघि फागुन २१ को सम्झनामा अरू कमरेडहरूको पनि फोटो राखेर पत्रिकाले बेहाल अवस्था निकालेको थियो । त्यही झापा आन्दोलनका एकजना साथी प्रधानमन्त्री हुनुहुन्छ । अरूलाई भने हातमुख जोड्नै समस्या छ । यो हेर्ने त नेतृत्वले हो नि † केपी ओलीजी झापाको पनि नेता हुनुहुन्थ्यो, अहिले पार्टीको पनि नेता हुनुहुन्छ र सिङ्गै मुलुकको नेता हुनुहुन्छ । म त्यहा“ सङ्घर्षमा सरिक भएका मान्छेहरू र जीवन कुर्बानी गरेका मान्छेहरूप्रति नतमस्तक भएर लालसलाम गर्छु । उहा“हरूले देखाएको बाटोमा हामी चल्न सकेका छैनौं । तर, अरू साथीहरूका बारेमा पनि अब केपी ओलीजीले सोच्नुपर्छ भन्ने 
मलाई लाग्छ । 
० यो बीचमा भेटेर कुनै सल्लाह दिनुभएको छ ? 
– एक वर्षअघि सुखानीको स्मृति कार्यक्रमका सिलसिलामा भेट भएको थियो । परिचय दिएकोजस्तो गरी म मोहनचन्द्र अधिकारी भनियो । केपी ओलीजी मुसुक्क हा“स्नुभयो, अनि हि“डियो । पछि रामनाथ दाहाल मेमोरियल कलेजको वार्षिकोत्सवमा मलाई पनि निम्ता गरिएको थियो । त्यहीबेलामा मैले केपीजीलाई भनेको थिए“, साथीहरूलाई सहिद घोषणा गर्न । उहा“ले २१ फागुनका बेला म घोषणा गर्छु भन्नुभएको थियो । त्यो त गर्नुभयो । तैपनि, कतिपय साथीहरू छुट्नुभयो । तिनीहरूलाई पनि खोजबिन गरी सहिद घोषणा गर्नुपर्छ । सबैलाई समेटेर सर्वस्वीकार्य रूपमा सहिद घोषणा गर्नुप¥यो । राणाकालमा सहिद भएका चारजना थिए । त्यस्तै हो नि सहिद भनेको † सहिद यसको र उसको भन्ने हु“दैन । जसले आफ्नो राष्ट्र र जनताको समुन्नतिका खातिर जीवन कुर्बानी ग¥यो, त्योभन्दा बढी व्यक्तिगत तहमा के गर्न सकिन्छ ? त्यो नै निर्विवाद रूपमा सहिद हो ।
० पहिले झापा आन्दोलनका बेला तपाई ३५ वर्षको भर्भराउ“दो युवा हुनुहुन्थ्यो । ४४ वर्षपछि अहिले ७९ वर्षमा चल्दै हुनुहुन्छ । एकबेला खासगरी ०४६ सालअगाडि यहा“लाई ‘नेल्सन मन्डेला’का रूपमा सिंगो देशले सम्मान गरेको थियो । अहिले तपाईंको दिनचर्या कसरी बितेको छ ? 
– ‘नेल्सन मन्डेला’ भनेर त भन्नुभयो । तर, उहा“ले साउथ अफ्रिकामा पाएकोजस्तो सम्मानका लागि त मैले केही गर्न सकेको होइन । मलाई सम्मान गरियोस् भन्ने होइन । तर, ६० वर्षकै उमेरमा मे नौलो जनवादका निम्ति एमालेको स्थायी कमिटी छाडेको मान्छे हु“ । उहा“हरूभन्दा केही नजान्ने भएर मैले छाडेको त होइन । नौलो जनवादका निम्ति छाडेको हु“ । उहा“हरूले त्यही कुरालाई सकारात्मक रूपमा लिनुभएन । मलाई केन्द्रीय कमिटीमा कसरी नआउने बनाउन सकिन्छ भनेर लाग्नुभयो । म विगत २० वर्षदेखि केन्द्रीय कमिटीमा छैन । कहिले सल्लाहकार दिनुभयो र मभन्दा जुनियर साथीको अध्यक्षतामा बस्नुप¥यो । त्यसमा मलाई दुःखचाहि“ लागेको छ । तर, मैले अभिव्यक्तचाहि“ गरेको छैन । मलाई पार्टीले चिन्ने कुरा हो । पार्टीले मान्यता जसलाई दियो, त्यसैको नाममा ह्वीपिङ गरेर ताली पिटियो । अनि निर्णय भयो । 
अहिले ग्रुपिज्म केही टुटेकोजस्तो मलाई लागेको छ । त्यो के हो तपाईंहरू नै जान्नुहुन्छ । खास कुरा हामी त नेपालमा कम्युनिस्ट पार्टी पो निर्माण गर्न हि“डेका हौं । गुट बनाएर हि“ड्ने हाम्रो लक्ष्य होइन । हाम्रो लक्ष्य त माक्र्सवाद, लेनिनवाद र मानव मुक्ति हो । पछिका सारा हथकण्डा गर्नुभन्दा अघि नै ०५२ सालमा प्रचण्डजी मलाई भेट्न आउनुभएको थियो । त्यतिबेला मैले भनेको थिए“, यो राजतन्त्रलाई ब्यालेटबाट हटाइनेछ । अहिले ब्यालेटमा तपाईंहरू नौजना हुनुहुन्छ, हामी ६९ को संख्यामा छौं । मिलेर संयुक्त सङ्घर्ष गरौं । उहा“हरू हतियारबन्द आन्दोलन गरेर मुक्ति आन्दोलनमा लाग्ने भन्दै जानुभएको थियो । पछि आएर त उहा“ प्रधानमन्त्री नै हुनुभयो नि † पछि आएर भेट्दा त प्रचण्डले मलाई चिन्दै चिन्नुभएन । प्रधानमन्त्री भइसकेपछि उहा“ले समाजवादका निम्ति के गर्नुभयो ? रिङरोडमा उभिएर जुन आन्दोलन गर्नुभयो, मैले कलङ्कीमा उभिएर सहयोग गरें । तर, के गर्नुभयो ? हिजो स“गस“गै बसेर काम गर्ने साथीलाई स“गै नहु“दा जे पनि बाबुरामलाई गद्दार भन्ने छुट उहा“लाई छैन । कम्युनिस्ट आन्दोलनमा जसलाई जे मन लाग्यो, जे पनि भन्ने छुट छैन । हाम्रो देशमा मात्रै यस्तो भएको हो । 
० झापा आन्दोलनका क्रममा अलिक उग्रवामपन्थी गल्तीहरू भए भनिन्छ ? त्यसको समीक्षाले अलिकति त्यो बताउ“छ, होइन र ? 
– यो उग्रवामपन्थी र दक्षिणपन्थी भन्ने कुरामा मेरो आफ्नै भनाइ छ । उग्रवामपन्थ केलाई भन्ने ? अहिलेको परिवेशमा शान्तिपूर्ण तरिकाले जानुपर्छ भन्ने साथीहरूले जित्नुभएको छ । यो कुन परिवेश हो ? त्यही झापाले जन्माएको परिवेश होइन ? झापामा त्यतिबेला हतियार उठ्यो, जतिबेला पञ्चायतको विरोधमा बोल्नेबित्तिकै गोली हानिन्थ्यो । शाह राजाका वंशजहरूले हाम्रा साथीहरूलाई घेरा हाल्दै मार्दै गरेका थिए । जेल चलान गर्ने निहु“मा हाम्रा साथीहरू मारिए । त्यस्तो स्थितिमा पनि हतियार नचलाउने झापाको स्थितिमा (नेपाली काङ्ग्रेसले पनि गुरिल्ला फाइट भनेर गाउ“ले जनतालाई तर्साउ“थ्यो, दुःख दिएकै थियो, काङ्ग्रेस गइसकेपछि प्रहरी आएर दुःखकष्ट दिने र जनतामाथि गोली बर्साउने काम हुन्थ्यो) हामीले सशस्त्र विद्रोह गर्नुबाहेक अरू कुनै विकल्प थिएन । 
० कतिपय गल्ती त भए नि ?
– एक्सनलाई रिपिटेसन गर्ने जुन काम भयो, त्यो गल्ती भयोे । मैले फस्ट एक्सनको जिम्मेवारी लिएको छु । सबै हाम्रा एक्सन हुन् भनेर हामीले भनेका छौं । जिम्मेवार त हुनुप¥यो । तर, खास कुरा के हो भने हरेक एक्सनपछि जनलहर आउ“छ भन्ने जुन तर्कना थियो, चारु मजुमदारका पक्षधर कमरेडहरूको, त्यस्तो लहर आएन । त्यसकारण, उपचारका क्रममा आउ“दा मैले नारायण ओलीको घरमा मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, निर्मल लामा र मोहनविक्रम सिंहस“ग यस विषयमा कुरा गरेको थिए“ । मैले मोहनविक्रम कामरेडलाई सबै स्थिति बताएकै हो । उहा“लाई तपाईं सिनियर लिडर भएको नाताले हि“ड्नुस्, केही गल्तीहरू हाम्रा भएका छन्, सच्याउने काम गर्छौं भनेको थिए“ । तर कोही पनि नगएपछि म आफैं आफ्नो कार्यक्षेत्र झापा पुगेर भनें– ‘अब उपरान्त एक्सन नगर्ने र सर्वहारा वर्गलार्ई मुख्य शक्तिका रूपमा लिएर पार्टीभित्र सङ्गठित गर्ने ।’ उग्रवादभन्दा त्यतिबेला बढी विद्यार्थीहरूलाई लिइयो । भर्खर कलेजबाट आएको विद्यार्थी छ । ऊ हामीभन्दा डेढ हात माथि नउफ्री त भएन नि † चारु मजुमदारकी जय भनेर सीपी हामीस“ग उफ्रिएकै यही कारणले हो । हामीले त्यतिबेला एउटा एक्सन ग¥यौं, त्यो ठूलो कुरा होइन । त्यो त गर्नुपथ्र्यो पथ्र्यो, तर एक्सनमा जा“दा रिट्रिट गर्न पनि सकिन्थ्यो नि † 
० त्यसक्रममा सातजनाको ज्यान गयो, ती सबै एक्सनमा पार्टीकै निर्णय कार्यान्वयन भएको हो ? 
– मैले भन्दाखेरि पार्टीगत निर्णय कार्यान्वयन त होइन । केही चारु मजुमदारलाई नै यहा“को ‘अथोरिटी’ मान्ने साथीहरूले ती एक्सनको नेतृत्व गर्नुभयो । जस्तो विमली र बुटन काण्डमा त्यस्तो भएको होइन । उनीहरूले हिजोको रिस फेरेका हुन् । बुटन चौधरीलाई त मैले झापामा भूमिगत बस्दाखेरि भनिदिएको थिए“– ‘तपार्इं हाम्रोमा पनि आउने, काङ्ग्रेसकोमा पनि जाने, आफैं पञ्च हुनुहुन्छ, यसरी सबैतिर देखिने नगर्नुस्, एकातिर लाग्नुस् । नत्रभने, तपार्इंलाई कारबाही हुन्छ ।’ सीआईडीगिरी गर्ने मान्छेलाई कारबाही गर्नु त एकदम जायज कुरा थियो । 
० त्यसमा कुनै गल्ती भयो भन्ने पश्चात्ताप छैन ? 
– एक्सनप्रियता देखाएकोमा पछि आएर म आत्मालोचित छु । एक्सन नगरी व्यवस्था जान्छ वा जा“दैन भन्ने पहिले थाहा भएन । त्यसकारण एक्सन भएको हो । गौतममाथि फस्ट एक्सन गर्दा त्यतिबेला हाम्रो पोलिटिकल कमान्डर र एक्सन कमान्डरलाई सोधेरै गरेका थियौं । कमान्डर गएरै मान्छे चिनाएर कारबाही भएको हो । त्यसैलाई आजकल आएर मोहनचन्द्रजीले कतिपय कुरामा आफू अलिक उग्र हु“दा गर्नुभयो भन्ने कुरा आएको छ । हिजो चारु मजुमदारको जय भन्नेहरूले मलाई किन दोष लगाउनु ? 
० झापा आन्दोलन सफल भयो कि असफल भयो ? 
झापा विद्रोह असफल भएको होइन । झापा विद्रोहले जेजति गर्न सक्ने थियो, त्यो ग¥यो । अहिले आएर झापा विद्रोहको रनवेमा चल्ने काम भएको छैन । जेजति गर्न सक्थ्यो, त्यसले सङ्गठन विस्तार गरेकै हो, पार्टी सुदृढ गरेकै हो र हतियारबन्द आन्दोलन चलाएकै हो । हामीले काङ्ग्रेसको हतियार पनि लिएर हि“ड्न सक्थ्यौं, तर त्यसो गरेनौं । हतियार त हामीले जनताबाटै उठाउनु थियो । मैले ०३२ सालमै भनेको थिए“, बीपी कोइरालालाई । जेलमा भेट्न जाने बेलामा माथवरसिंह बस्नेतले केही खबर तपाईंहरूको छ कि भन्दा मैले भनेको थिए“– ‘तपार्इंहरूको हतियार राखेको ठाउ“ राजनीतिक रूपमा हाम्रो कब्जामा छ । त्यसकारण तपाईंहरू शान्तिपूर्ण तरिकाले आउनोस् । बीपीले ०३८ सालमा आएर मलाई सोध्नुभयो– तिमी कसरी सोच्दै छौ त नेपालको राजनीतिका बारेमा ? मैैले सिनो–अमेरिका र इन्डो–सोभियत ध्रु्रवबाट सोच्दा म नेपाल देख्दिन“ । त्यतिबेला भारतमा इन्दिरा गान्धीको सरकार थियो । 
अहिले साथीहरूले शान्तिपूर्ण तरिकाले नै विकास गर्न सकिन्छ भन्नुभएको छ । मैले त २० वर्ष भयो पार्टी छाडेको छैन, तर जिम्मेवारी पनि केही छैन । पार्टीस“ग त्यति धेरै सम्पर्क पनि छैन । पार्टीले बोलाएको बेला जाने गरेको छुु । अहिले ज्येष्ठ कम्युनिस्ट भइयो । मेरा काका भरतमोहनजी सल्लाहकारै हुनुहुन्छ । उहा“ मभन्दा तीन वर्षले जेठो मान्छे † तर, म नौलो जनवादीे मान्छे परें, बहुदलीय जनवादमा त मेरो केही काम छैन । त्यसकारण, मचाहि“ बुढो कम्युनिस्ट भए“ । 
खास कुरा गर्ने हो भने झापा विद्रोहले हारेको होइन । झापा विद्रोहले जति हदसम्म सुसङ्गठित कम्युनिस्ट पार्टी निर्माण ग¥यो, सुसङ्गठित सेना बनायो, सुसङ्गठित राजनीति दियो, नौलो जनवादी क्रान्तिका लागि । त्यसमा आधारित बन्दै हामी यहा“सम्म आएका हौं । अहिले विश्वमै बहुदलीय जनवादको बोलवाला छ । रुस ढल्यो, युरोपियन मुलुकका कम्युनिस्ट देशहरू ढले, एउटा उत्तर कोरिया बा“की छ र आफ्नो अस्तित्वका निम्ति लडिरहेको छ । हामीले शान्तिपूर्ण तरिकाले केही गर्न सकेनौं भने कतिले बलिदान दिनुपर्छ ? अहिलेको संविधान बन्नुभन्दा पहिले हतियारबन्दकै स्थिति थियो । माओवादीहरू त लठैतको अवस्थामा मात्रै बसेका थिए । जतिबेला मैले हतियार उठाउनुहुन्न भनें, प्रचण्डजीले हतियार उठाउनुभयो । जतिबेला हतियार उठाउनुपर्ने जरुरी थियो, त्यतिबेला उठाउनुभएन । चाहिएको बेला उठाउन नसक्ने सेना र हतियारको के अर्थ ?
० अर्थात् झापा आन्दोलनले हारेको छैन... ? 
– हो । झापा आन्दोलनले हारेको छैन । यो निरन्तर अघि बढिरहेकै छ ।
 सूर्य थापा
 

यसरी सुरु गरियो झापा सङ्घर्ष

राधाकृष्ण मैनाली

२०२८ साल वैशाख पहिलो साता 
तराई भूमि झापामा गर्मी बढ्दो थियो । त्यही गर्मीको उकुसमुकुसभित्र मसहित थुप्रै सहकर्मीहरू क्रान्तिको दावानल कसरी भर्भराउ“दो बनाउने भन्ने चिन्ता र छटपटीमा थियौं । छटपटाहटकै बीचमा म र मदन खपाङ्गीले ‘चुपचाप बसेर हुन्न, सामन्तहरूको ज्यादतीविरुद्ध किसान आन्दोलन उठाउनुपर्छ । नया“ बाटोमा जाऔं’ भन्ने सल्लाह ग¥यौं । हामीले विद्रोहको योजनाबारे सल्लाह गरिरह“दा वीरेन राजवंशी पनि स“गै थिए । मदनको तुलनामा वीरेन युवा भएकाले हाम्रा कुराबाट उनी बढी उत्साहित भए । उनले छिट्टै नया“ योजना ल्याउन आग्रह गरे । वीरेनको उत्सुकता बुझेपछि मदनलाई मैले भने– ‘त्यसो भए चुनि“दा साथीहरूको एउटा सानो बैठक बोलाउनोस् । त्यहा“ हामी पनि आउछौं ।’ मदन तुरुन्तै राजी भए । मिति तय गरियो ।
वैशाख ८ गते 
सा“झ मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल र म दुवागढीस्थित मेरो घरबाट ज्यामिरगढीको वीरेनको घरमा गयौं । उनको घर राजवंशी गाउ“को बीचमा थियो । त्यही गाउ“मा वीरेनले विश्वास गरेका विसुलाल राजवंशीको झुप्रो घर रहेछ । खरले छाएको र बा“सका बेरालाई माटो छ्यापेर लिपिएको उक्त घरमा १० जनाको बैठक बस्यो । बैठकमा मदन भने सहभागी हुन सकेनन् । वीरेनसहित हामी चारजना राजनीतिक रूपमा सचेत अगुवा र ६ जना स्थानीय युवाहरू थियौं । उनीहरू लडाकू विचार र भावले परिपक्व देखिन्थे । एक÷दुई महिनाअघिदेखि वीरेनले उनीहरूमा राजनीतिक सचेतना भरिरहेका थिए । हामीस“ग शोषणप्रतिको आक्रोश र व्यथा थियो । तर, कसरी अगाडि जाने भन्ने प्रस्ट बाटो दिमागमा बनिसकेको थिएन । हाम्रो लक्ष्य नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा सशस्त्र सङ्घर्षलाई झापाबाट सुरु गरेर कसरी देशव्यापी बनाउने ? स्थानीय जमिनदारहरूको ज्यादतीविरुद्ध मोही÷ किसानहरूको पक्षमा कसरी आन्दोलन संगठित गर्ने ? रातभर छलफल ग¥यौं । बिहानीपख निष्कर्षमा पुगियो, सशस्त्र सङ्घर्षबाहेक अर्को विकल्प छैन । 
तत्काल सङ्घर्ष उठाउने । तर, कसरी ? हामीस“ग कुनै योजना र अनुभव थिएन । हामीले सुन्दैबुझ्दै आएअनुसारका गोरिल्ला स्क्वायड निर्माण गर्ने र त्यसमार्फत सशस्त्र गतिविधि अर्थात् गैरकानुनी बाटो अख्तियार गर्ने निर्णय गरियो । यो निर्णयस“गै वैशाख ९ गते बिहान झिसमिसेमै वीरेन राजवंशीको राजनीतिक अगुवाइ र खोका राजवंशीको सैनिक नेतृत्वमा विसु राजवंशी, राजन राजवंशीलगायतको सात सदस्यीय झापा सङ्घर्षको पहिलो ‘गोरिल्ला स्क्वायड’ गठन भयो । त्यसका लागि वैशाख ९ गतेको बिहान नै किन छानिएको थियो भने त्यो दिन २२ अप्रिल अर्थात् लेनिन जयन्ती थियो ।
हामीले त्यस स्क्वायडलाई सशस्त्र सङ्घर्ष गर्ने जनवादी अधिकार दिने निर्णय ग¥यौं । स्क्वायडको कार्य क्षेत्र पनि तय गरियो । ‘वान एरिया वान युनिट, वान स्क्वायड, वान एक्सन’ को कार्यशैली अपनाइयो । त्यस स्क्वायडले तोकिएको क्षेत्रभित्र एउटा समयमा एउटा मात्र एक्सन (काम) गर्ने र निर्धारित क्षेत्र बाहिर गएर केही पनि गर्न नपाउने नियम बनाइयो । ज्यामिरगढीमा पहिलो स्क्वायड बनाएपछि एक महिनाभित्र शनिश्चरेको सालबाडीमा शिव सिवाकोटी, शनिश्चरे हात्तीकिलामा मानकुमार तामाङ (भर्खरै पार्टीमा पुनः सामेल), बुधबारेको होक्सेमा रामप्रसाद प्रधान (सहिद), धाइजनमा छबिल राजवंशी (केन्द्रीय कारागारमा निधन) को नेतृत्वमा स्क्वायडहरू विस्तार गरिए । यस्ता स्क्वायडहरू जलथल, चारपाने, चकचकी, राजगढमा पनि गठन भए । स्क्वायड बनाउनुपहिले एक–एकजना लडाकु किसानलाई सशस्त्र सङ्घर्षप्रति हृदयभित्रदेखि सहमत गराउने नीति बन्यो । वर्गशत्रुविरुद्ध लड्न, मर्न जाइलाग्न मानसिक तथा शारीरिक रूपले प्रतिबद्ध भइसकेपछि मात्र कसैलाई समूहमा सामेल गरेर स्क्वायड घोषणा गरिन्थ्यो । 
वीरेनको नेतृत्वमा स्क्वायड बनाएको २३औं दिन जेठ २ गते झापा विद्रोहको पहिलो धावा ज्यामिरगढीका कर्णबहादुर गौतमविरुद्ध बोलियो । हामीले झापा सङ्घर्षको पहिलो एक्सनका लागि ज्यामिरगढीलाई नै छनोट गर्नुको पनि कारण थियो । ज्यामिरगढी ००७ साल आसापासदेखि नै कम्युनिस्टहरूको प्रभाव र पकड क्षेत्र थियो । त्यहा“ कम्युनिस्टप्रति सहानुभूति नराख्ने वा समर्थन नगरेको व्यक्तिले प्रधानपञ्चसमेत जित्न सक्दैन थिए । यसैको फाइदा उठाएर हामीले ज्यामिरगढीका गौतमलाई आक्रमणको पहिलो  निसाना बनाएका थियौं । कारबाही गरिने ‘वर्गशत्रु’ को छनोट स्क्वायडले नै गरेको थियो । छनोट गरिने आधार थियो, किसानहरूलाई एकदमै थिचोमिचो गर्ने जमिनदारमाथि निसाना सा“ध्ने, जसले गर्दा किसानहरूले राहत महसुस र हाम्रो कामको समर्थन एकसाथ गरून् । तर, स्क्वायडको पहिलो निसानामा परेका गौतम आफैं भने जमिनदार थिएनन् । उनी किसानलाई सक्दो शोषण–दोहन गरेर जमिनदारलाई बुझाउने र जमिन्दारका नजरमा आफू प्यारो बन्ने जमिनदारी कामदका कारोबारी थिए । 
सुरुमा स्क्वायडले कसलाई, किन र कहिले कारबाही गर्दै छ भन्ने जानकारी माथिल्लो कमिटीमा कार्यरत हामीलाई पनि दिने गरिएको थिएन । स्क्वायड आफैंले वर्गशत्रुको निसाना छानेर आक्रमण गर्ने क्रममा कमजोरीहरू देखा पर्न थाले । किसानहरूमा आन्दोलनको अनुभवको अभाव र पेटी बुर्जुवा चिन्तनको प्रचुरता रहेकाले आत्मनिर्णयको अधिकारले वर्ग सङ्घर्षलाई फाइदा गरेन । त्यसपछि हामीले माथिल्लो कमिटीबाट अनुमति लिएर मात्रै कारबाही गर्ने नीति बनायौं र सोही निर्देशन जारी भयो । 
ज्यामिरगढीको गौतमपछि झापा विद्रोहमा स्क्वायडले दोस्रो एक्सन ०२९ साल वैशाखमा शनिश्चरे बुटाबारीका बुटन चौधरीविरुद्ध ग¥यो । तेस्रो ०२९ साल असारमा गरामुनिका विष्णुप्रसाद विमली र ईश्वरीप्रसाद चुडालविरुद्ध भयो । चौथो एक्सन पनि ०२९ साल कात्तिकमा गरामुनिकै उद्रकान्त राजवंशीलाई गरियो । पा“चौं ०२९ साल पुस १० गते शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालमाथि भयो । छैटौं ०३० साल कात्तिक ४ गते दुवागढीका ज्ञानबहादुर बस्नेत र सातौं एक्सन बुधबारेका भक्तबहादुर कोइरालाविरुद्ध गरियो । यी एक्सनमध्ये कोइरालालाई भने भौतिक सफाया गरिएन । एक्सनमा जाने गुरिल्लाहरूलाई हामीले जमिनदारहरूको घरबाट सिन्को पनि नल्याउनु भन्ने निर्देशन दिएका थियौं । यो नियम सबैले मानें । स्क्वायड सात जनाको मात्र बनाइए पनि कारबाहीमा जाने बेला बीचमा स्थानीय किसानहरूसमेत थपिएर सङ्ख्या कही“ थोरै त कही“ धेरै हुन्थ्यो । शनिश्चरेका ढकाललाई एक्सन गर्न ३०÷३५ जना गएका थिए । अन्यन्त्रका एक्सनमा चाहि“ त्यो सङ्ख्या सानो थियो ।
उद्रकान्त राजवंशीको घरमा एक्सन गर्दा सबैभन्दा धेरै रुपैया“ भेटिएको थियो । फिल्ड कमान्डरको भनाइमा राजवंशीस“ग त्यस समयमा नै दुई लाखभन्दा बढी रुपैया“ थियो । राजवंशीपछि धर्मप्रसाद ढकालकोमा धेरै रकम पाइएको थियो । रुपैया“को बिटा फुकाएर ओछयानदेखि आ“गनसम्म छरियो । तर, कसैले पनि एक रुपैया“ ल्याएनन् । बन्दुक भने कही“को छोडिएन । प्रायः सबैकोमा कही“ भरुवा, कही“ टुवल्बोर, कही“ चरा मार्ने नै किन नहोस्, बन्दुक रहेछन् । ती सबै नियन्त्रणमा लिइयो । चरा मार्ने बन्दुकचाहि“ पछि फालिदिनुप¥यो । ०२८ जेठदेखि ०३० साल कात्तिकसम्म चलेको झापा विद्रोहमा सातजना सामन्त जमिनदारमाथि एक्सन भयो भने तत्कालीन शासकले हाम्रा ११ जना योद्धाहरूको हत्या ग¥यो ।
हामीले सङ्गठनको पकड धेरै बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरु गरेका होइनौं । आक्रमणअघि स्क्वायडलाई कही“कतै पनि सैन्य तालिम दिइएको थिएन । विद्रोह सुरु गर्दा हाम्रो सांगठनिक आधार त्यति बलियो पनि थिएन । १ सय ५० को हाराहारीमा संगठित युवाहरू थियौं । रात–बिहान सघाउने किसानहरूसहित कार्यकर्ताहरूको सङ्ख्या तीन सयभन्दा बढी थिएन । नेतृत्वको हिसाबले पनि आन्दोलनको राप र अनुभवले खारिएर परिपक्व थिएनौं । सैद्धान्तिक रूपमा माक्र्सवादका धेरै ठेलीहरू पिएका पनि थिएनौं । सङ्घर्ष सुरु गर्नुअघि हामीले क्रान्तिकारी कार्यक्रमको कुनै लिखित दस्तावेजसमेत तयार पारेका थिएनौं । 
झापा विद्रोह सुरु हुनुअघि नै मलाई मनमोहन अधिकारी नेतृत्वको तत्कालीन ‘पूर्व कोसी प्रान्तीय कमिटी’ अन्तर्गत झापा जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको थियो । आफ्नो कार्यक्षेत्रमा मैले युवाहरूलाई समेट्न ‘कम्युनिस्ट युथ लिग’को निर्माण सुरु गरेको थिए“ । लिगमा आबद्ध युवाहरूले कम्युनिस्ट आन्दोलनलाई गाउ“गाउ“का किसानहरूमाझ फैलाएर सङ्घर्षको आधार तयार पार्ने काम गरे । त्यसबेला झापाको शनिश्चरे, सुरुङ्गा, दुवागढी, बुधबारे, धुलाबारी, ज्यामिरगढी, भद्रपुर, चन्द्रगढी, हर्दीबारीलगायत ३५ स्थानमा युथ लिगका कमिटी बनाइएको थियो । जिल्लामा युथ लिग कमिटी व्यापक हुन थालेपछि किसानहरूस“गको सम्पर्क झा“गियो । त्यसबेला हाम्रो सम्पर्कमा आएका धेरैजसो किसानहरू जमिनदारका मोही थिए । जमिनदारहरूले किसानलाई दुःख दिन्थे । चित्त नबुझे खेती लगाउने मौसममा समेत जमिनदारले मोहीलाई कमाइ लगाउनबाट निस्कासन गर्थे । हामी मोहीलाई निकालिएका स्थानहरूमा गएर किसानहरूको पक्षमा रोपाइ“ गर्न मद्दत गर्दथ्यौं । ६०÷७० जना युवा, किसान भेला हुन्थ्यौं र हतारहतार रोपाइ“ गरेर हि“ड्थ्यौं । 
बाली भिœयाउने बेलामा पनि यही शैली अपनाउ“थ्यौं । युवा, किसान जम्मा भएर झ्यामझुम धान काट्थ्यौं । किसानको आ“गनमा धानका बिटा थुपारिदियो, हि“ड्यो । यसो गर्दा कतिपय ठाउ“मा जमिनदारस“ग लट्ठी लिएर खेदाखेद हुन्थ्यो । हाम्रो अभियानलाई जमिनदारले मात्र प्रतिरोध गर्न नसकेपछि उनीहरूले प्रहरीलाई बोलाउन थाले । वारदात भएको स्थानमा प्रहरीले गा“उभरिका किसानलाई दुःख दिन्थ्यो । यसक्रममा प्रहरीले जिल्लाका झन्डै डेढ सयजति किसानलाई मुद्दा लगाएर थुन्यो । किसानहरूलाई कम्तिमा १५÷२० दिन थुनिन्थ्यो । हामी उनीहरूलाई अदालतबाट धरौटीमा उकासेर ल्याउथ्यौं । त्यसका लागि पैसा खोज्नुपर्दथ्यो । बाहिर आइसकेपछि पनि किसानहरूले अड्डामा तारिख धाइराख्नुपर्दथ्यो । यस अभियानले हामीलाई यस्तो धर्मसङ्कट पारिदियो कि मोहियानी हक सुरक्षाको आन्दोलन चलाउने कि नचलाउने ? आन्दोलन चलाउ“दा जमिनदारबाट खेत खोसिएर आन्दोलनकारीहरूबाट रोपाइ“ गरिएका किसानहरू त खुसी हुन्थे । दुइ÷चारजना पीडित किसानको रोपाइ“ पनि हुन्थ्यो । तर, गाउ“का निर्दोष किसान अनाहकमा थुनामा पर्न थाले । निर्दोष मानिससमेत मुद्दामा बा“धिएपछि निकै तनाव हुन थाल्यो । कानुनी लडाइ“को यस्तो झमेलाले आन्दोलन नै सङ्कटमा पर्न थाल्यो ।
त्यसबेला भारतमा पनि जमिनदारी प्रथा विरोधी आन्दोलन चर्किरहेको थियो । त्यता के हु“दै छ भनी हाम्रो ध्यानाकर्षण भयो । भारतीय आन्दोलनमा जमिनदार सफाया अभियान सुरु भएको रहेछ । हामीलाई त्यस आन्दोलनले पनि प्रभाव पा¥यो । जमिनदारलाई नै सफाया गरिदिएपछि कसले मुद्दा लगाउने ? हामीमा सजिलो विद्रोही चिन्तन विकास हुन थालेपछि पूर्व कोसी प्रान्तीय कमिटीका नेताहरू मनमोहन–भरतमोहन अधिकारीलगायतलाई सशस्त्र युद्धमा जान्छौं भनेर प्रस्ताव राख्यौं । उनीहरू त्यसो गर्न हुन्न भन्दै आत्तिएर हामीलाई सम्झाउनतिर लागे । सशस्त्र आन्दोलन सुरु गरे प्रतिक्रियावादीहरूले क्रान्तिकारी आन्दोलनकारीको हत्या गर्ने, चर्को दमन गर्ने भएकाले त्यो बाटो नलाग्न सुझाए । तर पनि म, रामनाथ दाहाल, नेत्र घिमिरेलगायत युवाहरू किसानहरूका पक्षमा उनीहरूलाई सहयोग गर्न, सहानुभूति दिन र आन्दोलनको राजनीतिक नेतृत्व गर्न वल्लो गाउ“ पल्लो गाउ“ गरिरहन्थ्यौं । त्यसबेला सीपी मैनाली (मेरै माइला भाइ) चाहि“ मेची कलेज भद्रपुरमा विद्यार्थी फा“टमा सक्रिय थिए । घैलाडुवा माध्यमिक विद्यालयमा अध्ययनरत केपी ओली त्यही“ सक्रिय थिए । उनीहरू यस्ता मुठभेडमा एकदुईपटक बाहेक हि“डेनन् । मलगायत युवाहरूले किसानको पक्षमा रोपाइ“ गरिदिने र बाली भिœयाउने अभियान ०२७ सालतिर धेरै चलायौं । यही भ्रूण विकसित भएर झापा विद्रोह बन्न पुग्यो । 
०००
हामीले झापामा विद्रोहको तयारी गर्दा पूर्र्व कोसी प्रान्तीय कमिटीमा मनमोहन अधिकारी वरिष्ठ नेता थिए भने उनका भाइ भरतमोहन अधिकारी पार्टी सचिवालयका सचिव । धरानका रामप्रसाद पोखरेल, जनार्दन आचार्य, धनकुटाका मोहन पोखरेल, भोजपुरका मेघराज आचार्य, तेह्रथुमका मित्रलाल सुवेदी, झापाका गोपालकृष्ण प्रसाईं, मदन खपाङ्गी, मोरङका कमल कोइराला, मोहनचन्द्र अधिकारी र महेशप्रसाद उपाध्याय गरी १२ सदस्यीय प्रान्तीय कमिटी थियो । झापा जिल्ला कमिटी सदस्य मात्र भए पनि मलाई प्रान्तीय कमिटीको बैठकमा तीनपटक पर्यवेक्षक सदस्यका हैसियतमा सहभागी गराइएको थियो । जिल्ला कमिटीका अन्य सदस्यहरू त्यति धेरै सक्रिय नभएकाले होला, मलाई मात्रै प्रान्तीय कमिटीको बैठकमा सहभागी गराइयो । त्यसबेला भरतमोहन अधिकारी र कमल कोइरालाको जोडी एकदमै मिलेको थियो । नया“ प्रस्ताव ल्याउनु वा निर्णय गर्नुप¥यो भने उनीहरू आ“खाको इसारालै नै समर्थन वा विरोध गर्दथे । पछि एकताका मेरो र केपी ओलीको जोडी पनि उनीहरूको जस्तै जम्यो । समयक्रममा दुवै जोडीको मित्रतामा तुषारापात भयो । मित्रतामा स्खलन हुनुको कारण आफू मात्र माथि पुग्ने रवैया थियो । होडबाजीमा जसले उछिन्यो, उसले अर्कोलाई पाहा पछारेझैं पछा¥यो । मित्रता, विगत र सद्भाव कुरीकुरी गर्दै लाजलाग्दो बन्न पुग्यो । 
हामीले विद्रोह थाल्नै लाग्दा पूर्व कोसी प्रान्तीय कमिटी मातहतको झापा जिल्ला कमिटी नौ सदस्यीय थियो । गोपालकृष्ण इन्चार्ज र मदन खपाङ्गी सचिव थिए । सदस्यहरूमा द्रोणाचार्य क्षेत्री, म, केरकेरु राजवंशी, बलबहादुर थापा, तिलविक्रम ढकाल, टीकाप्रसाद सापकोटा र भ्रमणसिंह राजवंशी थियौं । त्यसबेला जिल्ला कमिटीका इन्चार्ज गोपालकृष्ण र उनको गाउ“का किसानहरूबीचको सम्बन्ध तितो बन्दै गइरहेको थियो । गोपालकृष्ण झापाका कम्युनिस्ट नेताहरूमध्ये धनीमानीमा गनिन्थे । २५÷२६ बिघा जमिन थियो, उनको । ०१७ सालमा पञ्चायती व्यवस्था सुरु भएपछि शासकको गिरफ्तारीबाट बच्न गोपालकृष्ण भारत निर्वासित भए । त्यहीबेला पञ्चायती सरकारले उनको जग्गाजमिन जफत गरेर स्थानीय किसानलाई ठेक्कामा कमाउन दियो । त्यसबेलाको चल्तीमा गोपालकृष्णको धाइजनको दुई बाली लाग्ने जमिन प्रतिबिघा २० मन ठेक्कामा लाग्दथ्यो । तर, सरकारले उनको त्यो जमिनको चार मन धान मात्र राज्यलाई बुझाएर बा“की आफैंले पाउने गरी किसानहरूलाई कमाउन दिएको थियो । गोपालकृष्ण बा“की जमिनको प्रतिबिघा १६ मन धान मलाई बुझाऊ भनेर किसानहरूलाई दबाब दिन्थे । किसानहरू, हामीले सरकारबाट ठेक्का लिएको हो, तिमीलाई केही पनि दि“दैनौं भन्न थाले । यही विषयमा मोही र गोपालकृष्णबीच द्वन्द्व चर्कंदै गयो । उनले पार्टी काममा सक्रिय हुनुभन्दा विवादास्पद पारिवारिक काममा बढी समय बिताउन थाले । यो प्रकरण छानबिन गर्न प्रान्तीय कमिटीले झापामा एउटा कमिसन पठायो । 
कमिसनले उनको बाह्य सम्बन्ध, खासगरी किसानहरूस“ग राजनीतिक सम्बन्ध बिग्रिएको रिपोर्ट दियो । त्यसपछि गोपालकृष्णलाई पार्टीले आचरण सुधार्न भन्दै अनिश्चित समयका लागि निलम्बन ग¥यो । यही समयको सेरोफेरोमा मोहनचन्द्र अधिकारीलाई प्रान्तीय कमिटीमा कुन जिम्मेवारी दिने भन्ने समस्या रहेछ । गोपालकृष्णले नै मोहनचन्द्रलाई मेचीमा लैजाने प्रस्ताव गरेका रहेछन् । त्यसपछि मोहनचन्द्र मेची अञ्चल सहइन्चार्ज बने । गोपालकृष्णकै प्रस्तावमा मेचीको सहइन्चार्ज बनेका मोहनचन्द्रसमेत उनको किसानविरोधी गतिविधिविरुद्ध हामीस“गै मिल्न पुगे । जुनबेला मेरो अगुवाइमा झापामा कार्यरत हामी मनमोहन अधिकारी नेतृत्वको समूहस“ग राजनीतिक रूपमा असहमत ह“ुदै थियौं । ठीक त्यही समयमा भारतमा नक्सलवाडी आन्दोलन चर्किरहेको थियो । मनमोहनहरूलाई कतै यिनीहरू पनि त्यो आन्दोलनबाट प्रेरित भएर त्यतै लाग्ने हुन कि भन्ने चिन्ता थियो । नभन्दै हामी क्रमशः नक्सलवाडी आन्दोलनबाटै उत्साहित एवम् प्रभावित हु“दै पूर्र्व कोसी प्रान्तीय कमिटीको दक्षिणपन्थी रुझानबाट विकर्षित ह“ुदै अगाडि बढ्यौं । 
प्रान्तीय कमिटीमा रहेकाहरूमा जनार्दन, कमल, रामप्रसाद निकै सक्रिय थिए त्यसबेला । तीमध्ये जर्नादनलाई धरानका सडकमा निस्किएपछि उनका सर्मथक, विद्यार्थीहरूले वरिपरीबाट घेरेर बजार घुमाउ“थे । त्यसबेला आचार्य सबैस“ग मीठो बोल्दथे भने उनको दिमाग पनि तेजिलो मानिन्थ्यो । स्थानीय कमिटीमा रहेका मध्ये ताप्लेजुङ जिल्ला कमिटीका सचिव नन्दकुमार प्रसाईं पनि सक्रिय र क्षमतावान् मानिन्थे । नन्दकुमार र मेरो घनिष्ठ राजनीतिक सम्बन्धचाहि“ त्रिपुरेश्वरको केन्द्रीय कारागारमा जेलबसाइको क्रममा भएको हो । एकपटक नन्दकुमारले मलाई जेलमा सुनाएका थिए– ‘आरकेजी मलाई १४ अञ्चलमा एकएक घण्टा मात्रै भाषण गर्न दिने हो भने सबै अञ्चल कब्जा गरिदिन्छु †’ हुन पनि उनको भाषण शैली बेजोड थियो त्यसबेला । भाषण गर्दा यस्तो चित्रण गर्थे कि आ“गनमै जुनतारा झारिदिन्छु झैं मान्छेलाई विश्वस्त बनाएर लोभ्याइदिन सक्थे । तर पनि उनलाई प्रान्तीय कमिटीमा ल्याएका थिएनन् । पछि बुझ्दा पत्ता लाग्यो, त्यसबेला प्रान्तीय नेताहरूले उनलाई अतिरञ्जनाकारका रूपमा मूल्यांकन गरेका रहेछन् ।
त्यसबेला कम्युनिस्ट पार्टीमा आबद्ध नेताहरू प्रायः देशबाहिरका कुरा मात्र गर्थे । डा. रायमाझी समूहमा आबद्धहरू रुसी कम्युनिस्ट पार्टीका गतिविधि र प्रशंसाका कुरा धेरै गर्थे भने मनमोहन नेतृत्वका कम्युनिस्टहरू भारतको प्रसंग बढी निकाल्थे । मनमोहन पक्षधरहरू भारतीय नेताहरू जीएस डा“गे, रणद्विवे, नम्बुदरीपादहरूको चर्चा गरेर बैठकभरि रङ भर्थे । देशभित्रका कुराचाहि“ खासै गर्दैनथे । स्थानीय स्तरसम्म सङ्गठन विस्तार गर्न झापामा सक्रिय रूपले लागेपछि मलाई उनीहरूले सिकाउने गरेका थिए– ‘सङ्गठन धेरै फैलायो भने पार्टी लाइनभन्दा बाहिर जान्छ । गोप्यता खुल्छ । सबैले कम्युनिस्ट भनेर चिन्छन् । प्रशासनले पक्राउ गर्छ । त्यसैले खासखास मान्छेलाई मात्र समेटेर चुस्त सङ्गठन बनाउनुपर्छ । ठूलो सङ्गठन बनाउ“दा कार्यकर्ताले विद्रोह गर्न सक्छन् । त्यसबेला हामी आफैं सङ्कटमा जाकिन सक्छौं ।’ उनीहरूका कुराले मलाई चाहि“ सङ्गठन निर्माण गर्नै डराउने नेताहरूको पार्टीले कहिले देशव्यापी रूप लेला र विजेता बन्ला भन्ने लाग्दथ्यो । उनीहरू अझ थप्थे– ‘गाउ“ जा“दा एकदम होसियार हुनुपर्छ । भारतीय र अमेरिकी गुप्तचरहरू तथा पञ्चायतका एजेन्टहरू पार्टीभित्र घुस्न सक्छन् ।’ उनीहरूको यस्तो कुरा सुनेपछि मलाई मनमोहन नेतृत्वको समूहमा पुराना र निस्क्रिय नेता÷कार्यकर्ता मात्र रहेछन् भन्ने लाग्यो । यिनीहरूले नया“ निर्णय र नया“ सङ्घर्ष केही गर्न सक्दैनन् भन्ने अनुभूति हुन थाल्यो ।
झापाका किसान अन्यत्रका भन्दा सचेत थिए । त्यसो हुनुमा त्यहा“ ००७ सालदेखि नै कम्युनिस्ट सङ्गठनमार्फत चेतनाको विस्तार प्रमुख कारण थियो । ०२१ सालको भूमिसुधार ऐनमार्फत राजाले दिएको मोहियानी हक अन्यत्रको तुलनामा झापामा धेरै हदसम्म लागू भएको थियो । ००७ सालदेखि नै ज्यामिरगढी, दुवागढी, धाइजन, धुलाबारी, शनिश्चरे, गरामुनी, हल्दीबारी, घेराबारीजस्ता राजवंशी आवादका क्षेत्र कम्युनिस्ट पार्टीका आधारभूमि थिए । त्यही आधारभूमिमा टेकेर हामीले झापा विद्रोह उठाएका थियौं । हामीले पूर्व कोसी प्रान्तीय कमिटीबाट विद्रोह गर्नु केही महिनाअघि २०२७ साल माघमा पूर्वकोसी प्रान्तीय कमिटीका सदस्यलाई भारतमा सशस्त्र विद्रोह गरिरहेको भाकपा (माले) का नेता कानु सन्यालले भेटघाट÷छलफल गर्न बोलाए । भाकपालाई बाहिर नक्सलवाडी भनेर चिनिन्थ्यो । कानुस“ग मदन खपाङ्गीको व्यक्तिगत सम्बन्ध असाध्यै सुमधुर थियो । मदनकै पहलमा कानु सन्यालले पूर्व कोसी प्रान्तीय कमिटीका सदस्यस“ग छलफल गर्न बोलाएका थिए । 
सन्याललाई भेट्न भरतमोहन अधिकारी, रामप्रसाद खनाल, जनार्दन आचार्य, गोपालकृष्ण प्रसाईं र मोहन पोखरेल गए । उनीहरूलाई अर्धभूमिगत भारतीय नेताहरूले सम्पर्क बिन्दु पश्चिम बंगालको सिलगुढीमा दिएका थिए । सिलगुडीबाट नेपाली नेताहरूलाई सम्पर्क सूत्रले नक्सलवाडी नजिकको गाउ“मा कमरेड कदम मल्लिकको घरमा पु¥याएछन् । वार्तामा कमरेड चारु मजुम्दार नै आउने कुरा थियो । तर, रेलको समय नमिलेर उनी आउन सकेनछन् । कानु सन्याल, जङ्गल सन्थाल र कदम मल्लिक उताबाट वार्तामा सरिक भएछन् । कानु र जङ्गलले नेपाली भाषामै राम्रोे कुरा गरे भनेर वार्तामा सहभागी जनार्दन आचार्यले फर्किएपछि बताएका थिए । नेपाली टोली सीपीआई 
(एमएल) का नेताहरूस“ग किसान बस्तीमा दुई रात छलफल गरेर फर्कियो । 
फर्किएपछि भरतमोहनले ‘कानुहरू आतंकवादी रहेछन् । उग्रवादीस“ग लागियो भने खतरा हुन्छ । पञ्चायती शासनले खत्तम पार्छ’ भन्ने निष्कर्ष सुनाए । बुझ्न ग्राहो भएन, उनीहरू प्रभावित भएर होइन, डराएर फर्किए । उता नक्सलवाडीहरू पनि नेपाली कम्युनिस्ट आन्दोलनको यो नेतृत्व काम लाग्दैन भन्ने निष्कर्षमा पुगेछन् । भारतमै सुधारवादी, संशोधनवादी भनिएको ज्योति वसु नेतृत्वको कम्युनिस्टभन्दा पनि नेपाली नेताहरू काम नलाग्ने रहेछन् भन्ने नक्सलवाडीहरूको मूल्यांकन बनेछ । उनीहरूले हाम्रा नेताहरूलाई क्रान्तिकारी चिन्तनहीन ठहर गरेको मदन खपाङ्गीले हामी युवाहरूलाई सुनाए । त्यसपछि हाम्रो दिमागमा मनमोहनकै विचारमा लागिरहने वा अगाडि बढ्ने भन्ने खुल्दुली तीब्र बन्यो । भरतमोहनहरू सीपीआई (एमएल) का नेतालाई भेट्न जानुअघि ज्यामिरगढीमा बसेको झापा जिल्ला कमिटीको बैठकबाट हामीले गैरकानुनी आन्दोलन उठाउने निर्णय गरिसकेका थियौं । त्यसैले, भरतमोहनहरूको निष्कर्षले हामीलाई विद्रोहतिर सजिलै हुत्यायो । धेरै दिन अन्योलमा बस्नुपरेन । संयोग, जिल्ला कमिटीको त्यस बैठकमा हाम्रो लाइनस“ग असहमत गोपालकृष्ण भने उपस्थित थिएनन् ।
०००
२०३० साल साउन १८ गते राति
म, नरेश खरेल, नारद वाग्ले र दिलबहादुर खड्का झापाको धुलाबारी÷लालपानीबाट दुवागढी बरालगाउ“ हु“दै गरामुनी खालबाडीस्थित नरेश खरेलका दाइ नीलप्रसादकोमा सेल्टर लिन पुगेका थियौं । रात छिप्पिसकेको थियो । त्यही“ सहिद नेत्र घिमिरेकी धर्मपत्नी जीवन घिमिरेस“ग नेत्रको सहादत (सुखानी काण्ड) पछि पहिलोपटक भेट भयो । स्वास्थ्य खराब भएपछि झापा–इलामको का“ठमा कार्यक्षेत्र भएकी सीता खड्कालाई पनि त्यही“ ल्याइएको रहेछ । बिरामी भएको सुनेपछि हामी सीतालाई भेट्न गयौं । सीताले आफूलाई घरमा आमास“ग भेट गराइदिन आग्रह गरिन् । हामीले मानेनौं । उनलाई निकै सम्झायौं । तर, आफ्नो अड्डी त्यागिनन् । त्यसपछि १९ गते राति हामी पा“चै जना सीताको घर नडियावाडी गयौं । लगातार दर्के झरी परिरहेको थियो । गरामुनी बजारबाट पश्चिम–दक्षिणमा पर्दथ्यो, सीताको घर । पैनी, बिग्रिएका कलबर्ट र भत्किन लागेका काठे पुलहरू तरेर पुग्नुपर्दथ्यो त्यहा“ । रोपाइ“का लागि जोतेका खेतहरू जलाम्मे थिए । मध्यरातमा निस्पट्ट अ“ध्यारोले केही देखिन्नथ्यो । बिग्रिएको काठे कल्बर्टमा नरेश गल्र्याम्म लडे । कल्बर्टमुनि डोलिएको पानीले उनलाई झन्डै बगायो । म र सीता दुईजनाले तानेर बालबाल बचाइयो । नरेश ख“जा भएपछि बिस्तारै खेतको आलीआली हि“ड्दै थियौं । सर्पले टोक्यो भन्दै दिलबहादुर खुट्टा समाएर अर्कोतिर चिच्याए । मध्यराति उनी चिच्याएको स्वरले हल्लाखल्ला भयो । सीताको घर पुग्नसाथै खुर्सानी चटाएर सर्पले टोकेको हो वा होइन परीक्षण गरियो । होइन रहेछ । उनको खुट्टामा सनपाटको छेस्काले घोचेको रहेछ । 
थाकेर लखतरान हामी बिहान ८ बजेसम्म सुत्यौं । खाना खाएपछि पनि पुनः मस्तले आराम ग¥यौं । त्यसबेलासम्म बेलुकीको ४ बजिसकेको थियो । सीताकी सानी बहिनी चिच्याएको सुनें– ‘पुलिस आयो, पुलिस आयो †’ छाती ढुकढुक गर्न थाल्यो । ‘को हो हेर्नोस् त,’ मैले नारद वाग्लेजीलाई हत्तपत्त बाहिर पठाए“ । त्यतिबेलासम्म प्रहरी ढोकामा आइपुगिसकेको रहेछ । हामीस“ग हतियार थिएन । प्रहरी दलबलसहित थियो । प्रहरी आरके, सीपी, हर्क कता बसेका छन् भन्दै बन्दुक सोझ्याउदै सामुन्ने आइपुगिसकेको रहेछ । झापाकै पश्चिम क्षेत्रबाट आएर हामी बसेभन्दा एक सय मिटर दूरीको अर्को घरमा हर्क खड्का, लीला कट्टेल र चन्द्र डा“गीले पनि सेल्टर लिएका रहेछन् । दुई समूहको संयोगले मात्र त्यहा“ जम्काभेट हुने सम्भावना बनेको थियो । 
प्रहरी आएको जानकारी सबैभन्दा पहिले अर्कै सेल्टरमा रहेका चन्द्र डा“गीले पाएकाले घेरा तोड्न खोजेछन् । त्यही क्रममा बा“सझ्याङमा लुकेका प्रहरीले उनलाई गोली हानेछन् । झापा विद्रोह जिन्दावाद † भन्दै चन्द्रले त्यही सहादत प्राप्त गरे । हामीलाई गिरफ्तार गरिरहेका बेला मैले फायरिङको आवाज सुनेको थिए“ । त्यही फायरिङबाट चन्द्रको हत्या भएछ । वल्लो घरबाट म, नरेश, नारद, सीता र दिलबहादुर पक्राउ प¥यौं भने पल्लो घरबाट हर्क र लीला । हामीलाई पक्रन प्रहरी टोलीको कमान्ड गर्दै एसपी पदमबहादुर मानन्धर आफैं ढोकामा आइपुगेका रहेछन् । 

झापाली उग्रपन्थ : मेरो अनुभव

मुकुन्द न्यौपाने

‘हि“ड्नुपर्ने धेरै छ है जीवनको बाटो
पर्खिरैछ तिम्रै आसमा यो भूमिको माटो ।
अल्छी बनी कोठाभित्र टोलाउनु हुन्न
नुन खाएको कुखुराझैं लोलाउनु हुन्न ।
तारा झरे आकाशले रंग फेरिसक्यो
बिहानीको घामले तिम्रो कोठा हेरिसक्यो
उठ अब भविष्यको निम्ति जा“गर झिक
देशको असल छोराछोरी बन्न अहिल्यै सिक ।’
झापा जिल्ला को–अर्डिनेसन कमिटीको गठनपछि मेरो कामको जिम्मा माई पश्चिमको क्षेत्र प¥यो । गौरीगन्ज, तोपगाछी र दमक क्षेत्रमा सम्पर्क बलियो थियो । किनभने, मैले २०२६ सालदेखि पूर्णकालीनजस्तै भएर यसै क्षेत्रमा खुला आन्दोलनको नेतृत्व गरेको थिए“ । गौरीगन्जको काण्डपछि म यही क्षेत्रबाट ०२८ सालमा भूमिगत भएको थिए“ । यस क्षेत्रमा एक वर्षजति काम गरेपछि मोरङतिर पनि कामको विस्तार भयो । ०२९ सालको सुरुतिर मोरङ क्याम्पसका विद्यार्थीहरू हाम्रो गतिविधिबाट प्रभावित भएर गाउ“ जाने अभियानतिर लाग्न थाले । गौरीगन्ज घटनामा घाइते भएर उपचारका लागि विराटनगर आउने क्रममा त्यसबेलाका मोरङ क्याम्पसका सभापति छत्रमान कार्की, उपसभापति वासु गिरीलगायतका विद्यार्थीस“ग हाम्रो गाढा सम्बन्ध कायम भइसकेको थियो । उनीहरूले झापा जिल्ला कमिटीस“ग गाउ“मा काम गर्ने एकजना अनुभवी मान्छेको माग गरे । जिल्ला कमिटीले मेरो क्षेत्रस“ग जोडिएको जिल्ला भएकाले मलाई नै पठाउने निर्णय ग¥यो । त्यसबेला झापामा स्पष्ट दुई लाइन देखा परिसकेको थियो । 
खासगरी व्यक्तिलाई खतम गर्ने विषयलाई लिएर मत विभाजन भयो । ज्यामिरगढीमा मारिएका कर्णबहादुर मध्यम किसान थिए, कुनै ‘दलाल जासुस’ थिएनन् । यो घटनापछि मोहनचन्द्र अधिकारी यस्तो खाले हिंसाको विपक्षमा गए । त्यहा“ मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल, केपी ओली र म एकातिर थियौं भने आरके मैनाली, सीपी मैनाली, राजन राजवंशी र भोगन राजवंशी एकातिर थिए । आरके र सीपी प्रत्यक्ष नक्सलपन्थीको दबाबमा थिए । तर, आरकेलाई भने उनीहरूको ठाडो आदेश त्यति चित्त नबुझेको कुरो उनी बेलाबेलामा व्यक्त गर्थे । मलाई मोरङ पठाउने पनि सीपीकै प्रस्ताव थियो । म उनीहरूको लाइनविरुद्ध भएको र माईवारीको इलाकामा राम्रो आधार भएकाले मोहनचन्द्रहरूबाट अलग गर्न पनि सायद उनीहरूले मलाई मोरङको प्रस्ताव गरे होलान् ।
मोरङ आएपछि म मध्यक्षेत्रका गाउ“हरू कसेनी, बाहुनी, बेलबारी, दुलारी आदिमा केन्द्रित भए“ । मोरङको जोगबनी क्षेत्र पनि हाम्रो कामको केन्द्रबिन्दु भयो । त्यहा“ ठूल्ठूला उद्योगहरू भएको र ठूलो सङ्ख्यामा मजदुरहरू रहेकाले काम गर्न निकै सजिलो थियो । पूरै जिल्लामा काम विस्तार गर्ने हिसाबले हामीले एउटा जिल्लास्तरीय सङ्गठन कमिटी बनायौं । म त्यसको सचिव बनें । वासु गिरी, जनार्दन राउतलगायत पा“चजना साथीहरू कमिटीमा थिए । गाउ“मा हाम्रो प्रचारप्रसारको काम तीव्र गतिले पैmलियो । राति ११–१२ बजेसम्म हामीहरू भेलाहरू गथ्र्यौं र किसानका विविध समस्यामा छलफल गथ्र्यौं । त्यसबेला झापा–मोरङमा सुकुम्बासी समस्या पनि चर्को रूपमा उठेको थियो र जङ्गल फ“डानी पनि तीव्र थियो । कानेपोखरी, रमाइलो झोडा, कुलझोडा, इन्द्रे झोडा आदि चर्चित थिए । दिनहु“जसो सरकारी सुरक्षाकर्मी र फ“डानीकर्ता बीचका झडपका खबरहरू आइरहन्थे । त्यसैले, झोडाको प्रभाव हाम्रो कमिटीभित्र पनि देखा पर्दथ्यो । पुराना बस्ती छोडेर पार्टी काम झोडातिरै केन्द्रित गर्नुपर्छ होला भन्ने विचार पनि कमिटीमा आउने गर्थे । तर, म झापामा छ“दा दुधेकैजले, झिलझिले र तोपगाछीका झोडाको अस्थिरताबाट परिचित भइसकेको थिए“ । कामको स्थायित्वका लागि पुराना बस्तीका किसान र मजदुरभित्रै काम केन्द्रित गर्नुपर्छ भन्ने पक्षमा थिए“ । त्यसैअनुसार हामीले मोरङका दक्षिणी क्षेत्रमा कामको विस्तार ग¥यौं । सहरका धेरै कारखानाहरूमा पनि मजदुरहरूका कमिटी निर्माण भइरहेका थिए । खगेन्द्र राई र बमबहादुर खड्काजस्ता लगनशील मजदुरहरू अत्यन्त लोकप्रिय बन्दै गइरहेका थिए ।
मैले मोरङको गोकुवा गाउ“मा पनि एउटा भरपर्दो आश्रयस्थल बनाएको थिए“ । रोहिणी तिम्सिना नाम गरेका एक जना किसान थिए । उनका भाइ मोरङ क्याम्पसमा पढ्थे र त्यहा“ अनेरास्ववियुमा सक्रिय थिए । उनीहरू आसामबाट बसाइ सरेर आएका रहेछन् । कम्युनिस्टलाई मन नपराउने धार्मिक परिवार रहेछ । मलाई ती विद्यार्थीले एक दिन दुःख पोखे– ‘मेरो माइला दाइलाई रिझाउन सके मेरो घर राम्रो आश्रयस्थल बन्छ । मैले जति कोसिस गरे पनि सकिन“ । त्यसैले तपाईंलाई लिएर जान्छु ।’ मैले ‘हुन्छ’ भनें र एक दिन बेलुका म उनको घरमा गए“ । उनी कट्टर धार्मिक मानिस रहेछन् । ‘राम’, ‘कृष्ण’बाहेक कसैलाई नमान्ने उनी भाइले ल्याएका ‘रेडबुक’हरू खोलामा बगाइदिन्छु भनेर झगडा गर्दा रहेछन् । मैले गएको बेलुकैदेखि उनीस“ग कुरा गर्न थालें । साथमा विधवा आमा, उनका बहिनी र परिवारलाई पनि राखें । उनका सबै कुरा सुनें । त्यस दिन मैले धेरै कुरा गरिन“ । दोस्रो दिन मैले उनलाई गाउ“का किसानहरूले भोगेका दुःखकष्ट, बसाइ हि“ड्नुका कारण आदिबारे चर्चा गरें । मैले ‘किन तपाईंका पुर्खा आसाम गए र तपाईं पुनः किन नेपाल फर्कनुभयो ?’ जस्ता प्रश्नोत्तरका साथ छलफल गरें । उनले मेरा कुरा ध्यानपूर्वक सुने । त्यसबाट मैले उनको आधा मन फर्किएको महसुस गरें । यो कात्तिकतिरको कुरा थियो । उनी दिउ“सो खेतमा धान काट्न गए, म पनि उनीस“गै गए“ । मैले पनि हल्का धान काट्न सघाउ“दै केही किसानका गीत सुनाए“ । म आपैंm गीत रचना गर्थें र आवश्यकताअनुसार गाउथें पनि । यसरी नै मैले त्यस घरमा चार दिन बिताए“ । उनी मस“ग यति घुलमिल भए कि पहिले ‘रेड बुक’ बगाउ“छु भन्ने मान्छे धर्मग्रन्थ बगाउन तयार भए । यसबाट त्यस क्षेत्रवरपर हाम्रो काम विस्तार गर्ने 
आधार बन्यो । 
एक दिन त्यही“ गोकुवामै भएको बेला मोहनचन्द्र अधिकारी र पश्चिम बङ्गाल कमिटीका सदस्य केशव सरकार मलाई भेट्न आए । केशव सरकारले ‘झापामा मोहनचन्द्र असुरक्षित हुनुहुन्छ, तपाईंले मोरङतिर राखेर सुरक्षा दिनुप¥यो’ भने । उनको भनाइमा ‘पश्चिम बङ्गालमा दीपक विश्वासले आप्mनै पार्टीका तीनजना कमरेडको हत्या गराए । खोकन मजुमदारको ज्यानसमेत जोखिममा छ । अहिले नेपालमा आएका भाकपा (माले) का मान्छे भनेका दीपकका मान्छे हुन् । उनीहरूको नारा छ, पार्टीभित्रका विरोधीलाई पहिले सफाया गर । त्यसैले उहा“लाई यतै राख्नु राम्रो हुन्छ ।’
केशव सरकारका कुराहरू एक हदसम्म सही थिए र भारतका नक्सलपन्थीहरूभित्र भएका घटनाका बारेमा हामीलाई बिहारका नक्सलपन्थीहरूले यस्तै रिपोर्ट गरेका थिए । हामी त्यहा“बाट विराटनगर गयौं । मैले मोहनचन्द्रलाई जोगबनीको आश्रयस्थलमा राखें र वासु गिरीहरूस“ग सल्लाह गर्न गए“ । मोहनचन्द्रमाथि कडा निगरानी भएको र उनलाई धेरैले चिन्ने भएकाले जहा“तही“ राख्न सकि“दैनथ्यो । फेरि मोहनचन्द्रको बानी लुकेर बस्नसक्ने खालको पनि थिएन । जङ्गिने र रिसाउने बानी त्यत्तिकै थियो । कसैले नाम, थर सोध्यो भने जाइलागिहाल्थे । मैले मोरङका मेरा कमिटीका साथीहरूसित सल्लाह गरें । साथीहरूले एउटा उपाय निकाले । मोरङमा देवानसिंह राईको झोडामा भर्खरै हत्या भएकाले त्यहा“ प्रहरीको बिगबिगी थियो । त्यसैले, हामीले सुनसरीको प्रकाशपुर र राजाबास क्षेत्रमा लाने निधो ग¥यौं । मैले शालिकराम दाहालको माध्यमबाट सुनसरीको राजाबास र प्रकाशपुरमा पनि सम्पर्क जोडेको थिए“ । त्यहा“ अच्यूत पोख्रेल नामका एक जना युवा साथी थिए । तिनका माध्यमबाट म पहिले पनि त्यस क्षेत्रमा बसेको थिए“ । मोरङ क्याम्पसका विद्यार्थी माधव पोख्रेललाई साथमा लिएर म विराटनगरको जनपथबाट बिहान ३ बजे गाउ“ छल्दै नहरको बाटो मोहनचन्द्रलाई लिएर सुनसरीतिर लागें । 
बाटो धेरै लामो थियो र बीचमा कतै पनि हाम्रो आश्रयस्थल थिएन । बाटोमा भेटेका खुद्रे चिया पसलका चना–चिउरा चपाउने र पानी पिउनेबाहेक हामीस“ग कुनै उपाय थिएन । हामी शाखा नहरको सिधै उत्तर हु“दै खनार पश्चिमको चतराको मूल नहरमा पुग्यौं र झुम्का पार गरेर नहरैनहर सिङ्गियातिर लाग्यौं । 
घाम ओरालो लागिसकेको थियो । हामी थकानले लखतरान थियौं । पहिले म शालिकराम दाहाललाई लिएर जा“दा लालपुर हु“दै धुनीको बाटो गएको थिए“ । तर, यसपालि कालीझोडातर्फको बाटोबाट जाने निधो ग¥यौं । यो बाटो विद्यार्थी भाइले देखेको हुनाले हामीलाई सजिलो थियो । मोहनचन्द्र एकदमै ढिलो हि“ड्थे । ‘अलि छिटो हि“ड्नुस्’ भन्यो भने ‘जाओ तिमीहरू’ भनेर झर्कन्थे । कुनै कुरा सोध्यो भने रिसाइहाल्थे । बाटोभरि नै हामी दुवैजना अघि–अघि र उनी पछि–पछि जस्तै भयौं । सा“झ पर्न लागेकाले हामी अगाडि निकै हुत्तिएर हि“ड्यौं, चकलघटी बजार आउन लागेको थियो । पछाडिबाट एक्कासी हल्ला आयो– ‘गोद साला, त“ हामीले रक्सी खा“दा नाक थुन्ने ?’ यो आवाजले मेरो मनमा चिसो पस्यो । मोहनचन्द्रस“गकै झगडा परेको हुनसक्छ भन्ने लागेर हामी पछाडि नै फर्कियौं । तीनजना केटाले मोहनचन्द्रलाई पाखुरामा समातेका रहेछन् । एउटाले तान्ने र अर्कोले लछार्ने दुव्र्यवहार भइरहेको थियो । म गएर एक जनाको हात समात्दै भनें– ‘के गरेको भाइ यो, बरखी बारेको मान्छेलाई ? किन भ्mयाङ्लाङझुङ्लुङ पार्छौ ?’ तीनैजना धरानका केटा रहेछन् । एउटाले मलाई भन्यो– ‘दाइ, तपाईंस“ग हाम्रो झगडा होइन । हिजोआज कसले खा“दैन र नाक थुन्ने ?’ मैले भनें– ‘यो यस्तो मान्छे होइन, मेरो आप्mनो मान्छे हो, छोड ।’ त्यसपछि मलाई उनीहरूले घर सोधे । मैले ‘धरान’ भनें । फेरि ‘धरान कहा“ ?’ भने । मैले ‘पुतली बजार जनार्दन आचार्यको टोलमा’ भनें । त्यसपछि ‘ए दाइ, एकै ठाउ“का रहेछौं । तर, यसलाई चाहि“ सम्झाउनुहोला है’ भनेर उनीहरू बाटो लागे । त्यसपछि मोहनचन्द्र हामीस“ग बम्किन थाले– ‘म तीनैजनालाई साफ पार्दिन्थें । तपाईंहरूको आत्मरक्षाले गर्दा आज गुन्डाहरू बचेर गए ।’ मैले भनें– ‘अनि किन लुरुक्क परेर जता तान्यो, त्यतै तानिनुभएको त ?’ उनको भनाइ थियो– ‘म विचार गर्दै थिए“ †’ न उनीस“ग कुनै हतियार थियो, न त त्यति बल † तीन जनालाई कसरी एकसाथ खत्तम गर्थे ? यो जोगिएपछिको झोंक मात्र थियो । त्यहा“ भएको के रहेछ भने मोहनचन्द्रको नया“ मान्छे कतै भेटियो भने चिन्छ कि भनेर मुखमाथि हात राख्ने बानी थियो । त्यहा“ उनले हातले नाक छोपेछन् । ती जा“ड खाएका केटाहरूले आपूmले जा“ड खाएकाले यसले नाक थुन्यो भन्ने ठानेछन् र आइलागेका रहेछन् । 
विपत आपैंm आउ“दैन, त्यसलाई निम्त्याइन्छ । दोस्रो दिनको घटना पनि बडो सम्झनलायक छ । राजाबासमा रात बिताएर हामी प्रकाशपुरतिर लाग्दै थियौं । मोहनचन्द्रले भेष बदल्न सधैं बरखी बारेका लुगा लगाउ“थे । आज पनि त्यस्तै लुगा लगाएका थिए । हामी खेतको आलीबाट जा“दै थियौं । ठूलो बाटो हि“ड्दा चिनेका साथी भेटिएलान् भन्ने डर थियो । अचानक एकजना औलोमा काम गर्ने कर्मचारी भेटिए । तिनले मोहनचन्द्रलाई राम्रोस“ग चिन्दा रहेछन् । उनले मोहनचन्द्रलाई त्यो हालतमा देख्ता सहानुभूति जाग्नु स्वाभाविकै थियो । उनले भनिहाले– ‘मोहन दाइ के भयो ?’ मोहनचन्द्र जङ्गि“दै उतिर फर्किएर जवाफ दिन थाले– ‘को मोहन दाइ ? कसलाई भनेको ? गजबको मान्छे रहेछ बा † म त तिमीलाई चिन्दिन“ ।’ उसले भन्यो– ‘हामीस“गै धनकुटामा औलोमा काम गर्दा बसेको होइन ? क्या, मोहन दाइ पनि †’ उसले मात्र के भनेको थियो, मोहनचन्द्रले उसको सातो काढे र नचिनेको बहाना गरे । ऊ त्यहा“बाट हि“ड्यो । हामी केही बेरपछि एउटा किसानको घरमा पुग्यौं । त्यहा“ पुगेको १० मिनेट पनि नपुग्दै प्रहरी गाउ“ पसेको खबर आयो । त्यहा“का साथीहरू आत्तिएका थिए । त्यही औलोमा काम गर्नेलाई दोष लगाउ“दै थिए । यो घटना सा“चो थियो वा अफवाह थियो वा त्यहा“का साथीले डरले पैmलाएका थिए, हामीस“ग छानबिन गर्ने कुनै आधार थिएन । किनकि, हामी सर्वथा नया“ इलाकामा थियौं । उनीहरूले भनेको पत्याउनुबाहेक हामीस“ग विकल्प थिएन । उनीहरूकै सल्लाहमा हामी भात न पानी भएर का“चो दुई माना चामल र अलिकति नुन लिएर कोसी बा“धको बाटो भारतको वीरपुर निक्लने भनेर हि“ड्यौं । त्यहा“बाट नेपालको सिमाना २७ किलोमिटर टाढा रहेछ । अघिल्लो दिनको लामो यात्रा, हातमा का“चो चामलको पोको, भदौका घाम, मोहनचन्द्रजस्तो बसौं भन्यो भने पनि आइलाग्ने, चा“डो हि“डौं भन्दा पनि आइलाग्ने साथी, पेटमा का“चो चामल † हाम्रो हालत के भयो होला †
३ बजेतिर हामीले सीमा पार ग¥यौं । पारि भीमनगर भन्ने सानो बजार रहेछ । हामीस“ग केही किनेर खान पुग्दो पैसा पनि थिएन । मस“ग १५ रुपैया“जति थियो र हामीले त्यही पैसाले जोगबनी पुग्नु थियो । बसमा चढेर जाने पैसा नभएकाले मैले ट्रक खोज्न थालें । एकजना सरदार ट्रकमा माल लिएर जोगबनी जा“दै रहेछन् । उनले ‘त्यति पैसाले लान्न“’ भने । मोहनचन्द्र फेरि झोंक्किन थाले । मैले मोहनचन्द्रलाई अलिक पर बसाएर एक्लै कुरा गर्न थालें । सरदारले भन्यो– ‘नेपालबाटै किन नगएको त ?’ मैले ‘नेपालबाट धेरै पैसा लाग्ने भएकाले यताबाट जान लागेको’ भनें । उसले खलासीलाई ‘माथि हुटमा चढाइदे’ भन्यो । हामी तीनैजना हुटमा बसेर जोगबनीतिर लाग्यौं । भोकको पीडा कस्तो हु“दो रहेछ भन्ने कुराको अनुभूति मलाई बाटाको देब्रे किनारामा बन्जाराहरूले पकाइरहेको खाना देखेर भयो । एकातिर बा“सघारीको छेउमा बकुल्लो भुत्लाइरहेको दृश्य देखिन्थ्यो भने अर्कोतिर कराइमा मासु भुटिरहेको देखिन्थ्यो । बकुल्लो र काग मलाई सबैभन्दा मन पर्दैनथे । तर, त्यो दृश्यले मेरो मुखमा थुक रसाइरहेको थियो, म घुटघुटी निल्दै थिए“ र भोकलाई बिर्सने प्रयत्न गर्दै थिए“ । 
हामी सा“झ जोगबनी पुग्यौं । रघुपति जुटमिलको क्वार्टरमा खगेन्द्र राईकोमा बस्यौं । त्यहा“ मजदुरको एउटा मिल्स एरिया कमिटी थियो । त्यो रात त्यही“ खाना खायौं, आरामसित सुत्यौं र भोलिपल्ट मोहनचन्द्रप्रति झापालीहरूले गरेको व्यवहार र झापाको व्यक्तिहत्याको लाइनबारे छलफल चलाउन मोरङका साथीहरू बसेर एउटा बैठक ग¥यौं । झापा जिल्ला कमिटी र मोरङ जिल्ला सङ्गठन कमिटीबीच चिसि“दै गरेको सम्बन्ध र झापामै रहेका दुई गुटबीच बढ्दै गरेको मतभेदलाई हल गर्न भनेर म र विश्वराज भट्ट (जोगबनी एरिया कमिटीका सचिव) झापा जाने कुरा भयो । हामीस“ग मोहनचन्द्र अधिकारी पनि झापा जाने र उहा“लाई उतै राख्ने तय गरियो । यसैअनुसार हामी बिहान जोगवनीबाट पूर्णियाको अररिया कोटको गाडी चढ्यौं । अररिया कोटमा गएर खाना खायौं । हामी त्यहा“बाट पूmलबारिया हु“दै झापाको कोरोबारी निस्कने योजनामा थियौं । कोरोबारी मेरो झापामा हु“दाको क्षेत्र पथ्र्यो र त्यहा“ हाम्रा आश्रयस्थलहरू थिए । अजित राजवंशी, गोपाल लामा र कालुराम राई त्यस क्षेत्रमा घर भएका गौरीगन्ज काण्डमा मुद्दामा परेका साथीहरू थिए ।
अररिया कोटबाट करिब २० किलोमिटर जति हामी बसमा गयौं । त्यसबेला भारतका गाउ“हरू पनि नेपालजस्तै यातायातविहीन रहेछन् । त्यहा“बाट ओर्लिएर हामी पैदल पूर्वतिर लाग्यौं । एक घन्टाजति हि“डेपछि एउटा ठूलो गाउ“ आयो । बाटोको छेउमा एउटा चियापसलमा पा“च÷सातजना मानिस बसेका थिए । हामीलाई पसलको बेन्चमा बस्ने एक जनाले सोध्यो– ‘कहा“ जाने ?’ हामीले ‘पूmलबारिया बजार जाने’ भन्यौं । उसले घाटको पैसा तिरेर जान भन्यो । मैले ‘केको घाट ?’ भनेर सोधें । उसले ‘नदी तरेको’ भन्यो । हामीले ठान्यौं, अगाडि नदीमा नाउ तर्नुपर्ने रहेछ । हामीले भन्यौं– ‘हामी नाउमै दिन्छौं ।’ उसले ‘अहिले नाउ छैन, यही“ पैसा दिएर जाऊ’ भन्यो । मोहनचन्द्र र भट्ट झगडा गर्न लागे । बाझाबाझ सुरु भयो । ऊ पैसा नतिरी अगाडि बढ्न दिन्न भन्छ । मोहनचन्द्रले तथानाम भन्न थाले । मान्छेहरूको भीड बढ्दै गयो । मैले अलिकति अगाडि बढेर हेरें । त्यहा“ बालुवा थुप्रिएको सुक्खा खोलो थियो, पानी थिएन । मैले त्यहा“का मान्छेलाई सोधें– ‘यो के हो भाइ ? बिनापानीको खोलामा नाउको पैसा लिने ?’ एकजनाले भने– ‘छोड्नुस् भाइ, यहा“ यिनीहरूस“ग लफडा नगर्नुस्, त्यहा“ पानी ठूलो परेको बेला र तल बा“ध थुनेको बेला नाउ लाग्छ । बाहिरको मान्छेलाई यिनीहरूले बाह्रै महिना यसै गर्छन् ।’ मोहनचन्द्र र भट्ट पाखुरा बटारी–बटारी बाझिरहेका छन् । हाम्रो साथ दिने मान्छे त्यहा“ कोही छैन । अनकन्टार भारतको गाउ“ † मलाई ती मान्छेको कुरा चित्त बुभ्mयो र सायद तीन मोहर हो या तीन रुपैया“ हो, हातमा थमाइदिएर मोहनचन्द्रलाई बाटो लाग्न भनें । मोहनचन्द्रहरू पनि थाकिसकेका थिए । किनकि, त्यहा“ उनीहरू टसमस हुनेवाला थिएनन् र हामीले कुटाइ खाने स्थिति थियो । मोहनचन्द्र कराउ“दै अघि बढे । मोहनचन्द्रको गाली चर्को हु“दै गयो– ‘हाम्रो देशका गोरु चोरहरू † लुटेराहरू † एकएक गरेर सिध्याउनुपर्ने †’ भट्टले पनि त्यत्तिकै गाली गरिरहेका थिए । एक छिनपछि दुवैजना ममाथि खनिए । ‘तपाईंमा संशोधनवाद हावी भयो, तपाईं लत्रिनुभयो, हामी पैसै नदिईकन हि“ड्थ्यौं ।’ मैले भनें– ‘तपाईंको पक्षमा माइबाप छैन, न तपाईं लडेर जित्नुहुन्छ, न त तर्कले सम्झाउन सक्नुहुन्छ । कति घन्टा झगडा गरेर बस्ने ?’ बाटोमा अलि–अलि झगडा पर्दै गयो । उनीस“ग धेरै पटक हि“डेको र उनको बानी बुझिसकेकाले मैले यसलाई सहज 
रूपमा लिए“ ।
बेलुका सा“झतिर हामी पूmलबारिया पुग्यौं । त्यो नेपालको गौरीगन्ज कोरोबारी र महाभाराका बासिन्दाको पनि भारतको नजिकको बजार थियो । बजार त्यति ठूलो थिएन । सा“झ परिसकेको र ज्यादै थाकेको हुनाले हामी बिहान मात्र नेपाल प्रवेश गर्ने निधोमा पुग्यौं । एउटा सानो होटलमा खाना खायौं । मेरो जीउ असाध्यै तातेको थियो । १ सय २ डिग्री ज्वरो आएको मान्छेजस्तो खुट्टा एकदमै पोलेको थियो । मलाई खाना पनि त्यति रुचेन । बेलुका हामीले पैसा तिर्नुपर्ला भनेर त्यसै होटलको बाहिर बरन्डामा सुत्ने निर्णय ग¥यौं । 
त्यतिखेर पारिबाट आएका नक्सलपन्थीहरू जस्ता किसिमका ढा“चाका“चा लिएर आउ“थे, जोजस्तो मान्छेको सम्पर्कमा हुन्थ्यो, उसले त्यसैको नक्कल गथ्र्यो । विराटनगरमा सम्पर्क गर्ने जयन्त नाम गरेका अत्यन्तै अव्यवहारिक नक्सलपन्थी थिए । लुङ्गी र सर्ट मात्र लाउने । घाउखटिराको उपचार नगर्ने, जुत्ता नलगाउने, रिक्सा नचढ्ने, होटलमा पैसा तिरेर नबस्ने, जनताकोमा किनेर नखाने आदि उनका पालाका कडा नियम थिए । भट्ट उनको अनुशरण गरेर हुबहु नक्कल गर्थे । उनको अनुशरण नगर्नेहरू बुर्जुवाको पङ्क्तिमा पर्थे । उता झापामा आउने नक्सलपन्थीहरूको अर्कै चालढाल थियो । दीपक विश्वासको गोजीमा जहिले पनि बोरोलिन हुन्छ भन्ने चर्चा उनीहरू गर्थे । त्यहा“ होटलमा पैसा तिरेर बस्दा बुर्जुवा हुने डरले हामीले रात बिताउन बाहिरको पेटी रोज्यौं । होटलवालालाई दया लागेछ । उनी पनि सामान्य मान्छे थिए । उनकोमा सामान्य खाना खाने व्यवस्था मात्र थियो, सुत्ने व्यवस्था थिएन । उनले हामीलाई बाहिर पेटीमा सुते राती प्रहरीको गस्तीले समातेर लाने र झमेला हुने बताए । त्यहा“ बाहिर सुत्न दि“दा रहेनछन् । प्रायः सीमाका बजारमा सुरक्षाका कारण त्यस्तो कडाइ गरिएको रहेछ । त्यसपछि हामीलाई उनैले भित्र भुइ“मा गुन्द्री र तन्ना दिए । हामीले त्यही“ रात काट्यौं । मेरो खुट्टा तातेर धेरै पोलेकाले म राम्ररी निदाउन सकिन“ ।
भोलिपल्ट बिहानै उठेर हामी झापाको कोरोबारीको सीमातिर लाग्यौं । हामीले सिमाना पार गर्दा करिब ९ बजेको थियो । सिमाना नजिकै राजवंशीको एउटा सानो गाउ“ थियो । मैले ०२७ सालतिर गौरीगन्ज क्षेत्रमा काम गर्दा अजित राजवंशीको माध्यमबाट यहा“को सम्पर्क बढाएको थिए“ । ०२८ सालमा भूमिगत भएपछि यो क्षेत्रमा पनि हाम्रा राम्रा आश्रयस्थल थिए । हामी त्यही“को एउटा टोलमा पस्यौं । अजित राजवंशीस“ग सम्पर्क ग¥यौं र दिन त्यही“ बितायौं । बेलुकातिर ग्वालडुब्बातिर लाग्यौं । ग्वालडुब्बा हाम्रो पूर्वको पार्टीको सम्पर्कको थलो थियो, पार्टी सामग्री र चिठीपत्र पनि त्यही“ छोडिन्थ्यो । हामी पुगेकै दिन बिहान केपी ओली त्यहा“बाट हि“ड्नुभएको रहेछ । त्यहा“ मानबहादुर राईले ‘खड्ग कमरेड बिहान जानुभयो’ भने । त्यसबेला हामी सबैका आ–आप्mना गुप्त नाम थिए । केपीलाई त्यस क्षेत्रमा खुला नामले कसैले चिन्दैनथ्यो । तर, उहा“ले आप्mनो खुला नाम बताएर हि“डेको कुराले त्यहा“ सानो चर्चा पायो । ‘किन आप्mनो नाम खोल्दै हि“ड्छन् यिनी ?’ मैले भने“– ‘न अर्कै खड्ग हो कि के थाहा ?’ त्यसबेला यस्ता कुरा पनि आलोचनाका विषय बन्थे । केपीले हामीलाई कहा“ आउने भनेर पत्र छोडेर गएका रहेछन् । त्यसैअनुसार हामी बिहानै माईतिर लाग्यौं, शिवगन्जको दक्षिण हु“दै बिरङबारी केपी ओलीकै गाउ“मा पुग्यौं । यो भदौतिरको कुरा थियो । हामीलाई बिरङ छेउकै कुनै घरमा बेलुका इलाकाका साथीहरूद्वारा पु¥याइयो । झापा जिल्ला कमिटीस“ग मोरङ जिल्ला सङ्गठन कमिटीको कुराकानी त्यही“ तय गरिएको रहेछ । यो कुरा सीपीहरूस“गै छलफल गरेर मिलाइएको थियो । बैठक बिहानबाट सुरु हुने तय भयो । केपी ओलीस“ग त्यही“ भेट भयो । धेरै साथीहरू बिहान अ“ध्यारैमा आइपुग्नुभयो । रामनाथ दाहाल, शिव सिवाकोटी, सीपी र आरकेहरू सबै बैठकमा थिए । बैठक सुरु हुनासाथ चर्काचर्की प¥यो । त्यहा“ चुनीचुनी हत्या गर्ने सवालमा प्रश्नहरू उठे । मारिएका मानिसहरूबारे कुरा उठे । त्यहा“ सामान्य जनता पनि मारिएका थिए । सीपीहरूको शैलीको कडा आलोचना भयो । विश्व भट्टको आलोचनाको उग्रशैली र झापा जिल्ला कमिटीभित्रकै अधिकांश साथीहरूको यसप्रतिको असन्तुष्टिका कारण सीपीहरूले आत्मालोचना गरे । उनले ‘अब यस्तो घटना दोहोरिनेछैन र हामी एक्सन प्रधानतालाई रोक्छौं र विचारलाई प्राथमिकतामा राख्छौं’ भने । पार्टीभित्र दुई लाइनको सङ्घर्ष सञ्चालनको तरिकाको पनि कडा आलोचना भयो र दीपक विश्वासको पार्टीभित्र मतभेद राख्नेमाथि हमला गर्ने शैलीको पनि प्रतिवाद भयो । यी सबै कुरालाई त्यहा“ उनीहरूले स्वीकार गरे र हामीलाई ढुक्क बनाए । हामीले मोहनचन्द्रलाई झापामै काममा लगाउने अनुरोध ग¥यौं र बैठक सकेर बिदा भएर फर्कियौं । हामी फर्किंदा सौहार्दपूर्ण वातावरणको अनुभव गरेका थियौं र सा“च्चै आत्मालोचना गरे भन्ने ठानेका थियौं । किनकि, हामीले उग्रवादले गर्ने षड्यन्त्रका तौरतरिकाको ज्ञान हासिल गरिसकेका थिएनौं ।

 

झापा सङ्घर्षलाई फर्केर हेर्दा

घनेन्द्र बस्नेत

२०२८–३० सालमा भएको बहुचर्चित झापा सङ्घर्ष झन्डै साढे चार दशक पुरानो भइसकेको छ । सङ्घर्षको त्यस अवधिमा सातजना वीर योद्धाहरूले सहादत प्राप्त गर्नुभयो । कमरेडहरू चन्द्र डा“गी र रामप्रसाद प्रधान अलगअलग मिति र स्थानमा मारिनुभयो भने रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइ“केललाई जेल सार्ने बहानामा झापाको चन्द्रगढी जेलबाट निकालेर झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा लगेर तत्कालीन प्रतिक्रियावादी शासकहरूले ०२९ साल फागुन २१ गते निर्ममतापूर्वक हत्या गरे । झापा आन्दोलनले सबैभन्दा ठूलो धक्का खाएको साथै नेपाली जनता उहा“हरूका सहयोद्धाहरूलगायत नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूका निम्ति अत्यन्तै दुःखद एवम् पीडादायी त्यो दिन बितेको पनि त्रिचालीस वर्ष पूरा भइसकेको छ । 
यो साढे चार दशकको अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ठूल्ठूला परिवर्तन भएका छन् । त्यसबेला जल्दोबल्दो रूपमा रहेको निर्दलीय पञ्चायती व्यवस्था र राजतन्त्रको निरङ्कुशतालाई ०४६ सालको संयुक्त जनआन्दोलनले समाप्त पारिदियो । ०६२–६३ को जनक्रान्तिले पुनः ब्य“ुताइएको राजाको निरङ्कुशतालाई मात्र होइन, सदियौंदेखि शोषण र शासन गर्दै आएको राजतन्त्रलाई नै समाप्त पारिदियो । यतिबेला नेपाली जनताका छोराछोरी सरकारमा छन्, सरकार प्रमुख र राष्ट्र प्रमुख नै छन् । हाम्रो देशमा यतिबेला समावेशी लोकतन्त्र र सङ्घीय गणतन्त्र स्थापना भएको छ । नेपाली जनताको चीर प्रतीक्षित चाहनाअनुसार नै जनताले चुनेको संविधान सभामार्फत मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भइसकेको छ । आज नेपाली जनताले मौलिक हक अधिकार प्राप्त गरेका छन्, स्वतन्त्र छन् र सार्वभौमसत्ता सम्पन्न छन् । 
एउटा विशिष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा सुरु भएको थियो– झापाको सशस्त्र विद्रोह । त्यतिबेला रुस र चीनको विवादले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन विभाजित भइसकेको थियो । त्यसले दुनिया“को कम्युनिस्ट आन्दोलनमा ठूलो विभाजनको बीउ रोपेको मात्र होइन, नकारात्मक प्रभाव पारेको थियो । तर, आफ्नो मुलुकमा जेजस्तो परिणाम ल्याएको भए पनि त्यतिबेला चीनमा चलिरहेको सांस्कृतिक क्रान्तिले दुनिया“का विभिन्न देशहरूमा र खासगरी एसियाली देशहरूमा सशक्त प्रभाव पारेको थियो । झापा जिल्लास“ग सिमाना जोडिएको भारतको नक्सलवाडीबाट सुरु भएको आन्दोलनले भारतका विभिन्न प्रान्तहरूमा सशस्त्र सङ्घर्षको विस्तार गरिरहेको थियो । हिन्दचिनी जनताले चलाएको अमेरिकी साम्राज्यवाद विजयोन्मुख बन्दै थियो । पूर्वी एसियाका कतिपय मुलुकहरूमा कम्युनिस्ट आन्दोलन अघि बढिरहेको थियो । यी सब कुराहरूले नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूलाई सामन्तवाद तथा साम्राज्यवादविरोधी सङ्घर्षमा होमिन प्रेरित गरिरहेका थिए । 
त्यतिबेला हाम्रो मुलुकमा निरङ्कुश सामन्ती राजतन्त्र र फासिस्ट पञ्चायती व्यवस्थाको राज थियो । अनेक प्रकारका शोषण उत्पीडनको जा“तोमा पिसिएका नेपाली जनतामा क्रान्तिकारी परिवर्तनको चाहना प्रबल बन्दै गइरहेको थियो । तर, सामन्तवाद तथा साम्राज्यवादका सबै प्रकारका विभेद, शोषण तथा उत्पीडनलाई समाप्त पार्दै जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष बोकेर ००६ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्र्टी ०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजित भयो । बीसको दशकको उत्तराद्र्धमा आइपुग्दा नेपाल कम्युनिस्ट पार्टी सानाठूला अनेकांै टुक्राहरूमा विभाजित भएको थियो । गुट, फुट र विभाजनले गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पलायनता, निराशा, आत्मसमर्पणवाद र विसर्जनवादजस्ता हानिकारक चिन्तन र प्रवृत्तिहरू मौलाउ“दै गइरहेका थिए । ती सब हानिकारक प्रवृत्तिहरूलाई चिर्दै आन्दोलन अघि बढाउन त्यतिबेला एउटा जुझारु सङ्घर्षको आवश्यकता थियो । 
त्यसताका किसान, मजदुर, युवा, विद्यार्थी र बुद्धिजीवीहरूको सहभागितामा भएका मोही बेदखलीविरोधी आन्दोलन, ‘गोर्खा भर्ती बन्द गर’ भन्दै भएका आन्दोलन, मह“गीविरोधी आन्दोलन, सुस्ता र महेशपुरमा भारतले गरेको सीमा अतिक्रमणविरुद्धका आन्दोलन र हिन्दचिनी जनताको सङ्घर्षमा ऐक्यबद्धता जनाउन भएको आन्दोलनजस्ता जनताका शान्तिपूर्ण आन्दोलनलाई समेत शासक वर्गले निर्ममतापूर्वक दमन गरिरहेको थियो । झापाली कम्युनिस्टहरूलाई यी सब कुराले समेत विद्रोहमा उत्रन प्रेरित गरे ।
तत्कालीन पूर्व कोसी प्रान्तीय कमिटीस“ग झापा जिल्ला कमिटीका मतभेदहरू चर्किंदै थिए । मतभेद समाधान नहुने अवस्थामा पुग्यो । क्रान्तिको थालनी गर्ने विषयमा कुरा नमिलेपछि ०२८ सालमा आइपुग्दा झापा जिल्ला कमिटी पूर्व कोसी प्रान्तीय कमिटी बाट अलग भयो र झापाली कम्युनिस्टहरूले सशस्त्र सङ्घर्षको बाटो अवलम्बन गरे ।
सशस्त्र सङ्घर्षको थालनी गर्नुपूर्व झापामा क्रान्तिकारी राजनीतिको प्रचारप्रसार राम्ररी भएको थियो । पार्टी कमिटी गठन गर्ने तथा जनसङ्गठन निर्माण गर्ने काम जिल्लाव्यापी रूपमा भएको थियो । सशस्त्र सङ्घर्षको सिलसिलामा वर्ग शत्रु खत्तम अभियानअन्तर्गत दुश्मन ठानिएका ६ जना ब्यक्तिहरू मारिए भने सातजना कम्युनिस्ट क्रान्तिकारीहरूले सहादत प्राप्त गर्नुप¥यो । त्यसबेला थुप्रै किसान, युवा तथा बुद्धिजीवीहरूले दुःखकष्ट र यातना भोग्नुप¥यो । ठूलो सङ्ख्यामा कम्युनिस्टहरू पक्राउ परे । उनीहरूले अनेक प्रकारका शारीरिक तथा मानसिक यातना र जेलनेलको सजाय भोग्नुप¥यो । तर, त्यो सङ्घर्षले देशको शासक वर्गलगायत सबैखाले प्रतिक्रियावादीहरूलाई आतङ्कित पा¥यो भने देशभरका कम्युनिस्ट क्रान्तिकारीहरूमा नया“ जोस, जा“गर र उत्साह जगाउन सफल भयो । झापा सङ्घर्षलाई तत्कालीन प्रतिक्रियावादी शासक र त्यसका मतियारहरूले व्यक्ति हत्या र आतङ्कवादको संज्ञा दिए । पञ्चायतविरोधी राजनीतिक नेताहरू कसैले स्पिरिट राम्रो भने तर आन्दोलनको विरोधै गरे । कसैले पञ्चायती व्यवस्थाविरुद्धको विद्रोह हो, तर बाटो गलत हो भने । कसैले देशीविदेशी प्रतिक्रियावादीहरूको सुनियोजित षड्यन्त्र हो भने । वास्तवमा के थियो त झापा विद्रोह ? त्यो सामन्तवाद तथा साम्राज्यवादका सबै प्रकारका शोषणलाई समाप्त पारेर नेपाली जनताको जनवादी सत्ता कायम गर्ने एउटा अभियान थियो । अनेक टुक्रामा विभाजित कम्युनिस्ट पार्टीलाई सङ्घर्षकै दौरान र क्रान्तिकारी आधारमा एकीकरण गर्ने मान्यता बोकेको अभियान थियो । गुट, फुट र विभाजनकै कारण त्यसबेला व्याप्त पलायनता, निराशा र आत्मसमर्पणजस्ता दक्षिपन्थी विचार र प्रवृत्तिलाई समाप्त पादै देशभर छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकीकृत गर्दै सुदृढ क्रान्तिकारी पार्टी निर्माण गर्ने र नेपाली क्रान्तिलाई अघि बढाउने उद्देश्य लिएर अघि बढेको एउटा कदम थियो । पछि आएर त्यही क्रान्तिकारी धाराकै आधार र जगमा को–अर्डिनेसन केन्द्रको गठन, नेकपा (माले) को गठन र नेकपा (एमाले) को निर्माणले त्यसलाई पुष्टि गर्दछ । 
झापा आन्दोलनमा उग्रवामपन्थी मनोगतवाद, अन्धनक्कल गर्ने प्रवृत्तिजस्ता थुप्रै गल्तीकमजोरीहरू पनि थिए । त्यसलाई पछि आएर समयक्रममा सच्याउने काम भयो । ती कमजोरीहरूले त्यस आन्दोलनले पारेको प्रभाव र निर्वाह गरेको ऐतिहासिक महŒवको भूमिकालाई ओझेल पार्न सक्दैनन् । त्यही धारबाट अघि बढ्दै विकसित भएको पार्टी नेकपा (एमाले) आज मुलुकको सबैभन्दा शक्तिशाली पार्टी रहेको छ र राज्यसत्ता सञ्चालनको केन्द्रमा रहेको छ । यो हाम्रो लागि गर्वको विषय हो ।
आजको परिवर्तित सन्दर्भ र विकसित चेतनाले हेर्दा साढे चार दशक पुरानो झापा सङ्घर्ष सामान्यजस्तो लाग्न सक्छ, तर त्यसबेलाको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, हाम्रो देशको कम्युनिस्ट आन्दोलनको अवस्था र त्यसबेलाको जनताको चेतनालाई हेर्ने हो भने यसलाई सामान्य घटनाका रूपमा लिन मिल्दैन । त्यस आन्दोलनले देशव्यापी रूपमा पारेको प्रभाव, परिणामतः वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनको विकासमा पारेको प्रभावको हिसाबले हेर्दाखेरि त्यसलाई एउटा ऐतिहासिक महŒवको कोसेढुंगा नै भन्न सकिन्छ । 

 

 

झापा सङ्घर्षमा महिला सहभागिताको परिवेश

गौरा प्रसाईं (कोइराला)

हरेक समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकासको पृष्ठभूमिमा पूर्व आन्दोलन र नेतृत्वको अहम् भूमिका रह“दै आएको हुन्छ । आज हामी र हाम्रो समाज जहा“ आइपुगेको छ, यसको जगमा ठूल्ठूला आन्दोलन र विद्रोहका शृङ्खला जोडि“दै आएका छन् । त्यसमध्येको एउटा महŒवपूर्ण घटना हो– झापा विद्रोह । एकातर्फ तत्कालीन निरङ्कुश पञ्चायती कालो शासनको चरम शोषण र उत्पीडनले जनता मर्माहत थिए । त्यो बेला पञ्चायत व्यवस्थाको निरङ्कुश शासन जनतामाथि लादिएको थियो । जनताका सम्पूर्ण मौलिक अधिकार खोसिएका थिए । राजनीतिक रूपमा बोल्ने, लेख्ने र सभा सम्मेलन गर्न पाउने सबै अधिकारबाट जनता वञ्चित थिए । नेपाली जनतामाथि निरङ्कुश पञ्चायती व्यवस्थाको एकलौटी शासन चलेको थियो । 
गाउ“गाउ“मा गरिब निमुखा जनतामा सामन्ती शोषण व्याप्त थियो । जमिनदारहरूको अन्याय अत्याचार तीव्र थियो । जनताको रगत पसिनामा जमिनदार मौलाएका थिए । जमिनदारहरूले अत्यधिक जमिन ओगटेर राख्थे । त्यसैको माध्यमबाट किसानहरूमाथि शोषण दोहन गर्थे र सामन्तहरू राज्यबाट पूरै संरक्षित थिए । समाजमा सामाजिक विभेद  व्याप्त थियो । जातजातिमा उचनिचको ठूलोसानोको र गरिबधनीको असमान व्यवहार थियो । त्यस्तो व्यवस्था राज्यले स्थानीय जमिनदार तिनका दलालहरूमार्फत कायम राखेको थियो । 
फागुन २१ र वीर सहिदहरूलाई सम्झि“दा झापा विद्रोहको थोरै भए पनि चर्चा गर्नु बाञ्छनीय हुन आउ“छ । वास्तवमै भन्नुपर्दा झापा सङ्घर्ष जमिनदारी अत्याचार र पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध जनताको मनबाट उठेको विद्रोह हो । यो सङ्घर्षमा जनताले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार खोजेका थिए । शोषणबाट मुक्ति चाहेका थिए । त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वले माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधाराको सही प्रतिनिधित्व गर्न सकिरहेका थिएन । सही विचार र नेतृत्वका लागि पनि हजारौं हजार कार्यकर्ता आफ्नो हकअधिकार प्राप्त गर्न सिङ्गो समाज र राष्ट्रलाई परिवर्तन गर्न झापा विद्रोहमा होमिएका थिए । त्यसका प्रभावबाट महिला पनि अछुतो रहन सकेनन् । झापा विद्रोहमा अघि बढेका अगुवा महिलाहरूमध्ये लीला कट्टेल, गौरा प्रसाईं, सीता खड्का, सुशीला खरेल, शोभा कु“वर (मैनाली), रीता डा“गीहरू नै थिए । यो कठिन परिस्थितिमा उनीहरूले आमाबाबु, घरपरिवार, सुखसयल, साथीस“गी सबै कुरा त्यागेर राष्ट्र, जनता र महिला मुक्तिका निम्ति जीवन नै बलिदान दिने अठोटका साथ कम्युनिस्ट पार्टीको झन्डामुनि आफूलाई गोलबन्द गरेका थिए । तिनै अगुवा महिलाहरूले घरघरमा क्रान्तिको आगो सल्काए । चुलोचौका र घरधन्दामा सीमित रहेका महिलाहरूलाई पञ्चायत निरङ्कुशताविरुद्ध लड्न संगठित गरे । उनीहरूले गाउ“का सामन्त जमिनदारलाई ललकार्दै विभिन्न वर्ग र तहका जनतालाई सामाजिक मुक्ति र महिला अधिकारका लागि विशेषतः महिलाहरूलाई अघि बढ्न पे्ररित गरे । 
त्यो समयमा राजनीतिमा आउन महिलालाई फलामको चिउरा चपाउनुबराबरै कठीन थियो । फलामको चिउरा चपाइन्छ र ? समाजमा विद्यमान शोषण उत्पीडनका अलावा महिलाहरूमाथि महिला भएकै कारण अरू थप विभेद र शोषण थियो । उनीहरू सबै जनताजस्तै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट वञ्चित थिए । पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन । छोरी अर्काको घर स्याहार्ने जात अर्कैको गहना सम्पत्ति हो । यो थाङ्ना धुने जातलाई पढाएर के काम भनिन्थ्यो ? छोरीलाई घरको सदस्य नै ठानिदैनथ्यो । छोरी कसैको कमारी दास हुन्, दास नै रहनुपर्छ भनी अपमान र तिरस्कार गरिन्थ्यो । आफ्नै घर परिवारमा छोरा र छोरीबीच विभेदको भीमकाय खाडल थियो । मलाई सम्झना छ । गाउ“घरमा छोरा स्कुलबाट आए ‘बाबु † भोक लाग्यो होला मकै भए पनि खाजा खाऊ’ भनिन्थ्यो भने छोरी स्कुलबाट आए ‘किन ढिलो गरेकी ? देखिनस् डोको नाम्लो † चा“डै घा“स काटेर ल्या †’ भनिन्थ्यो । त्यतिबेला छोरीहरू बिक्षिप्त हुन्थे । उनीहरूले हु“क्क गरेर रुने ठाउ“सम्म थिएन । जहा“ छोरी जन्मेहुर्के, शिक्षादीक्षा, माया र संरक्षण पाउने ठाउ“मा यस्तो विभेद अपमान हुन्थ्यो । कसरी बढून् छोरी अगाडि ? त्यहा“ विद्रोह नभए के हुन्छ ? सामाजिक विभेद त्यत्तिकै थियो । बालविवाह, बहुविवाहजस्ता विकृति समाजमा कायमै थिए । एउटा पुरुषले एघारजना महिलास“ग विवाह गथ्र्यो । ११ जना महिलालाई सतरञ्ज बनाएर कौडा फ्या“क्थ्यो । अझ भनिन्थ्यो– ‘खुट्टा भए जुत्ता कति कति ?’ अंश र वंशका कारणले पनि महिलाहरू प्रताडित थिए । 
राज्यले महिलाहरूलाई दोस्रो दर्जाको नागरिक बनाएको थियो । महिलाहरूका निम्ति कानुन र न्याय भन्ने नै थिएन । जमिनदारहरूले गाउ“मा गरिबका राम्रा छोरीबुहारी देख्नै हु“दैनथ्यो । उनीहरूलाई अपहरण, बलात्कार र हत्यासमेत गर्ने गरिन्थ्यो । जमिन्दारहरूले उनीहरूको घरपरिवार र जीवन नै बरबाद गरिदिन्थे । यस्तो बेलामा महिलाहरूलाई संगठित गर्ने शिक्षादिक्षा र चेतना दिने शक्तिको खा“चो थियो । यो खा“चोलाई विद्रोहको प्रक्रियामा अघि बढेका अगुवा महिलाहरूले झापा विद्रोहपछि राज्यको दमन र सामाजिक शोषण विभेदका बाबजुद पनि महिलाहरूलाई संगठित गर्ने र अघि बढाउने काममा लागेर निर्वाह गरे । पञ्चायती कालो शासनमा महिलाहरूले आफ्ना हक, अधिकार र मुक्तिका निम्ति अत्यन्तै जोखिमपूर्ण बाटो हि“ड्ने आ“ट गरेकै हुन् । गाईचरन, घा“सदाउरा, पानीप“धेरो, अर्मपर्मको निहु“ बनाएर महिलाहरू राजनीतिमा अघि बढे । सचेत र जागरुक भए । छोरीहरूको स्कुले जीवन पनि सक्रिय भयो । स्कुलमा गुरुहरूबाट गोप्य रूपमा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा र क्रान्तिकारी विचारको प्रशिक्षण हुन थाल्यो । 
चुलोचौको र घरधन्दा सकिसकेपछि सिरकलाई मान्छेको आकार बनाई ओछ्यानमा सुताउने र आफूले रातभरि राजनीतिक प्रचारप्रसार र सङ्गठन निर्माणका लागि जनताको घरदैलो चहार्ने † बिहानीपख अरू नउठ्दै कसैले थाहा नपाई सुटुक्क आई ओछ्यानमा सुत्ने । त्यतिबेला कतिले बाल सङ्गठनमा संगठित हु“दै पार्टी राजनीतिको काम गरे । यसरी नडराई साहसपूर्वक बुद्धिमानीपूर्ण तरिकाले महिलाले आफूलाई राजनीतिको जोखिमपूर्ण बाटोमा हि“डाउन साहस गरे । 
मलाई सम्झना छ, विद्यार्थी आन्दोलन चर्किरहेका बेला दाजु रामचन्द्र दाहाल सङ्गठनको एउटा चिठी लिएर आए । म मकै गोड्दै थिए“ । दाजुले यताउता हेरेर चिठी मलाई दिए र केही इसारा गरे । भाउजूले देखिहालिन् । चिठीमा राजनीतिक र सङ्गठनका बारेमा लेखिएको थियो । झनै देखाउन मिलेन । म सा“च्चै सङ्कटमा परें । त्यसैलाई एक कान दुई कान, मैदान बनाइयो । सा“झ घरमा चर्चा भयो । यो नाठास“ग सल्किछे, पोइल जान आ“टी । हुने÷नहुने गाली गरेर आरोप लगाए । मुख देखाइसक्नु र टाउको उठाइसक्नु भएन । नाठालाई चिठी लेख्न, पोइल जान त“लाई पठाएको होइन । भोलिदेखि स्कुल जान बन्द । साह्रै ठूलो प्रहार गरे । म मर्माहत भए“, छोरी भएकै कारणले मैले यो प्रहारलाई सहनुपरेको थियो । पञ्चायती व्यवस्थाको कालो शासनमुनि, सामन्तवादको चर्को दमन, कुसंस्कार र कुपरम्पराका बीचमा उनीहरूको आदेशविना महिलाहरूलाई सास फेर्न पनि कठिन थियो । फेरि पनि महिलाहरू कम्युनिस्ट पार्टीको असल इमानदार कार्यकर्ता भएर अघि बढे । त्यस समयमा कम्युनिस्ट पार्टीमा काम गर्नुको उद्देश्य निरङ्कुश पञ्चायती व्यवस्थालाई ढाल्नु, प्रजातन्त्र ल्याउनु र जनतालाई स्वतन्त्रतापूर्वक बा“च्न पाउने अधिकार दिलाउनु नै थियो । 
त्यसपछि अझ ठूलो सङ्ख्यामा भूमिगत भएर काम गर्न थाले । महिलाले भूमिगत राजनीति गर्नु अत्यन्तै कठिन थियो । आइमाई गाउ“गाउ“मा चहार्दै कुरा गर्न थाले । के उदेक देख्नुप¥यो, लौन पोथी बास्न थाले † पोथी बसेको राम्रो होइन, अलच्छिन हो । यिनलाई गाउ“मा बास नदेऊ, यिनले लोग्ने मान्छे बिगार्छन् । यी वेश्या हुन् – यस्तै आरोप लाग्थे । महिलालाई बास नदिने, विश्वास नगर्ने, कुरा नपत्याउने र शङ्का गरिन्थ्यो । यस्तो अवस्थामा खेतबारी, जङ्गल, खोलाकिनारमा लुकेर बस्नुबाहेक विकल्प थिएन । तर, महिलाहरू अझ धेरै कष्ट उठाउ“दै त्याग समर्पण गर्दै साहसका साथ मेहेनत मजदुरी गर्दै जनतामा घुलमिल भए । बिस्तारै जनताको मन विश्वास जिते । र, आफू बस्ने सेल्टर पनि आफैं तयार गरे । भेष बदलेर खेतबारीमा काम गरेर किसानहरूलाई सहयोग गरे । खेतबारीमा गीत गाएर निरङ्कुशताको दमनले पिल्सिएका भत्किएका र चिरिएका मनहरूलाई शान्त पार्ने काम पनि गरे । ‘चिरीमा चारी उत्तिसको दाउरा, फूल भयो खरानी † यति नै बेला कहा“ पुग्यो होला, हितैको परानी । घुमाई ज्यान गुडै लाउने त्यै चरी पौरखी । झन् पर जान्छु झन् माया लाग्छ नहुने छौरकी ।’ भित्र लुकेर बस्दा गुन्द्री, पिरा, बिडा, मान्द्रो, कुचो आदि बुनेर, ओखलीमा धान कुटेर भात भान्सा तयार गरेर जनतालाई सहयोग पु¥याए । बत्ती कात्ने, टपरी खुट्ने, सिन्का चिर्नेदेखि नाच्नेगाउने सीप, कला, श्रम देखाएर हरेक काममा महिलाहरूको भूमिका अत्यन्तै महŒवपूर्ण रह्यो । 
त्यति मात्रै होइन, भूमिगत अवस्थामा पार्टीको बैठक भेला प्रशिक्षण र सङ्गठन निर्माण गर्ने काममा त्यत्तिकै सक्रिय भएर लागिरहे । विभिन्न जातजातिका जस्तै उराउ, सतार, राजवंशी, धिमाल, मेचे, कुर्मी, दनुवारलगायतका बस्तीमा पुगेर उनीहरूलाई संगठित गर्ने काममा निरन्तर खटिरहे । पछि गाउ“गाउ“बाट संगठित भएर महिलाले नै सेल्टर दिने कार्यकर्तालाई सुरक्षा प्रदान गर्ने र कम्युनिस्ट पार्टीलाई जोगाउने काम गरे । उनीहरू स्वयम् निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लड्न पनि तयार भए । यसरी झापा विद्रोहमा महिला कार्यकर्ताले जनताको मन विश्वास जित्न सफल भएर निरङ्कुश शासनलाई फाल्ने शक्ति सञ्चय गरे । भूमिगत अवस्थामा हरेक गाउ“मा सेल्टरदाता जीवन घिमिरे, राधिका मैनाली, भक्तिमाया खरेल, हरिमाया कु“वर, लक्ष्मीदेवी भुर्तेल, रेखा कु“वर (उपे्रती), शिला भट्टराई, सूर्यमाया श्रेष्ठ, सावित्रा पौडेल, सोमा अधिकारी, शान्ता भट्टराई, देवी श्रेष्ठ, टीका गुरागाईं, गङ्गा सिवाकोटी, रेनु अधिकारी, कृष्णमाया खरेल, हरिमाया चिमरिया, मुना सिटौला, सुधा कु“वर आदि थिए । यी महिलाहरूले सामन्ती शोषणविरुद्ध सङ्घर्ष गरेर सिङ्गो मुलुकलाई योगदान पु¥याए । 
त्यो समय भूमिगत यात्रा अत्यन्तै कठिन थियो । महिलाहरूको कतिबेला अस्मिता लुटिने हो, कतिबेला मृत्युको सामना गर्नुपर्ने हो, कुनै टुङ्गो थिएन । निकै ठूलो मुटु बनाएर निःस्वार्थ भावनाले महिलाहरू दृढताका साथ निरङ्कुश शासनविरुद्ध क्रान्तिको रा“को बोकेर अघि बढिरहे । मलाई एउटा घटना सम्झना छ । ०२९ साल चैत महिनामा सीपी मैनाली, बहिनी सीता खड्का र म गौरा प्रसाईं हामी चारआली जङ्गलको बाटो हि“डिरहेका थियौं । रातको समय अ“ध्यारो छ । खतरैखतरा छ । कुनै सेल्टरमा पुग्ने लक्ष्य थियो । हि“ड्दाहि“ड्दै अचानक सीता हराइन् । हामी दुवैलाई सीता खोइ भन्ने मात्र भयो । अन्धकार छ, लाइट बाल्न पाइ“दैन । आवाज निकाल्न भएन । कस्तो आपत् † धेरैबेर खोज्यौं, पाएनौं । हामी अत्यन्तै चिन्तित भयौं । जङ्गली जनावरले लगेको पनि थाहा भएन । मनमा अनेकन् प्रश्न उठ्न थाले । निकै बेरको खोजीपछि एउटा मधुरो आवाज आयो । त्यही आवाज पछ्याउ“दै सीताको नजिक पुग्यौं । सीता जमिन फाटेको धान्द्रोमा छिरिछन् । निकै बेरको प्रयासपछि मुस्किलले सीतालाई निकाल्यौं । सीपीले ठूलो साहस गर्नुभयो । केही समय ढिला भएको भए हामीले (जिउ“दो वा मरेको दुवै) उनलाई पाउने थिएनौं । आखिर राजनीतिमा हि“ड्दाको परिणाम होइन र त्यो ?
राजनीतिमा अघि बढेका महिलाले के सहेनन् र के भोगेनन् ? कैयौं छाक खाना पाएनन् । कैयौं रात खेत खलियान, पाखाबारी, जङ्गल र खोलाका किनारमा बिताए । अपमान, तिरस्कार त कति सहे कति ? जेलनेलको सामना पनि त्यत्तिकै मात्रामा गरे । कतिले बच्चा पिठ्य“ूमा बोकेर त, कतिले बच्चै त्यागेर दूधका धारा बगाउ“दै छातीमा नमीठो पीडा बोकेर कम्युनिस्ट पार्टीको अनुशासन मान्दै अघि बढिरहे । यसरी झापा (विद्रोह) सङ्घर्षले देशभरि नै होनहार बहादुर महिला कार्यकर्ता जन्मायो, जसमा जनता र राष्ट्रको हितमा विभिन्न प्रकारले योगदान पु¥याए । आज पनि समाज, राज्य र दलहरूबाट महिलाहरूको उचित सम्मान र मूल्यांकन हुनसकेको छैन । महिला मुक्ति प्राप्त भएको पनि छैन । अतः महिलाहरूले आफ्ना अधिकार र महिला मुक्ति प्राप्तिका निम्ति अझै लामो लडाइ“ लड्नुपर्छ । सबै एकजुट भएर अघि बढौं 

आदिवासी समुदायको भूमिका

नरेश खरेल

झापा आन्दोलन नेपाली कम्युनिस्ट आन्दोलनका निम्ति एउटा महŒवपूर्ण कडी हो । यो आन्दोलनमा झापाली शोषित–पीडित जनताले अत्यन्त धेरै श्रम र पसिना बगाएका छन् भने धेरै बहादुर छोराछोरीहरूको रगतले झापाली भूमि रंगिएको छ । सामान्यतः झापा आन्दोलन भन्नासाथ सुखानीका पा“च सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई सम्झन पुगिन्छ । उहा“हरू झापा आन्दोलनका आदर्श सहिद र नेपाली क्रान्तिका नेताहरू हुनुहुन्छ । झापा आन्दोलनकै सहिदहरू चन्द्रबहादुर डा“गी र राम प्रधान पनि हाम्रा आदर्श सहिद हुन् । झापा विद्रोहले नेपालबाट राजतन्त्र समाप्त गरेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्य लिएको थियो । त्यो लक्ष्य प्राप्तिका लागि जुन किसिमको त्याग, तपस्या र बलिदानी कार्यकर्ता उत्पादन गर्ने कामको थालनी २१ फागुनबाट सुरु भयो, त्यही उद्देश्य प्राप्तिका लागि धेरै नेता र कार्यकर्ताहरूले आफूलाई बलिवेदीमा चढाए । 
हुन त पहिले झापालाई वन र जङ्गलले ढाकिएको क्षेत्रका रूपमा चिनिन्थ्यो । झापा आउन अनकन्टार जङ्गल पार गर्दै मानव बस्तीसम्म पुग्न अत्यन्त कठिन थियो र केही गरी पुगियो भने फेरि फर्केर आउन सम्भव छैन भन्ने मान्यता थियो । यमद्वारको तरी नाघेपछि झापा पुगिने र त्यहा“ पुगेको व्यक्तिसित एक रुपैया“ छ भने उसलाई जीवनभर खान मात्र होइन, मरेपछि किरिया गर्ने खर्चसम्म पुग्छ भन्ने कहावत थियो । झापाको गर्मी, औलो र हैजा अनि हिंस्रक वन्यजन्तुका कारण मानिसहरू झापामा बसोबास गर्न डराउ“थे । जब राणाहरूले आफन्त, भाइभारदारहरू, सहयोगी, आसेपासे र शुभेच्छुकहरूलाई मौजा र बिर्ता बा“डे । मौजा र बिर्ताबापत जब झापाका जङ्गल बा“डिए, झापाका घना जङ्गलहरू फ“डानी गर्ने क्रम तीव्र गतिमा सुरु भयो । मानौं, जमिनदारहरूले जङ्गलमाथि युद्धको घोषणा गरे । जङ्गल फा“डेर नसकिन्जेल निरन्तर जङ्गल काट्ने क्रम चलिरह्यो । त्यसपछि तिरो उठाएर मालमार्फत बुझाउने जिम्मेवारीहरूसमेत बा“डे । त्यसपछि मानिसहरू आसामबाट आए, बर्माबाट आए र पहाडबाट झरे । राणाहरू र जमिनदारहरूले पाएका जग्गा अधिया“ र ठेक्कामा लगाएर जीविका चलाउन थाले । सामान्य मान्छेहरूले उनीहरूको जग्गा कमाउनुपर्ने बाध्यता बन्यो । सामान्य जनसमुदायले तिरो बुझाउन नसकेर जग्गाधनी हुन सकेनन् । यस्तै समयमा जनतामा राणा शासनविरोधी चेतना जागृत हुन थाल्यो र झापा राणा शासनविरोधी आन्दोलनको किल्ला बन्न पुग्यो । मुलुकमा राणाशासन समाप्त भयो । राजनीतिक पार्टीका गतिविधिहरू सुरु भए । यस्तो स्थितिमा २००८ सालमा झापामा नेपाल कम्युनिस्ट पार्टीको झापा जिल्ला कमिटी गठन भयो । जिल्ला कमिटीको गठनस“गै सामन्ती शोषण, थिचोमिचो र अन्याय अत्याचारबाट पिल्सिएका मोही किसान र निम्न वर्गका जनतालाई पार्टीले संगठित र आन्दोलित ग¥यो । शोषण चरम भएको, किसान जनता अत्यन्त पीडित भएको, मजदुरहरूको ज्याला अत्यन्त न्यून रहेकोले गरिब जनतालाई जीवन धान्न अत्यन्त कठिनाइ थियो । पार्टीको नेतृत्वमा शोषित–पीडित जनता आन्दोलनमा सामेल हुन थाले । तर, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । त्यस्तो स्थितिमा २००९ साल जेठमा पार्टीका सदस्यहरूसमेत सामेल भएको अखिल नेपाल किसान सङ्गठन गठन गरियो । किसान सङ्गठनको गठनस“गै जनताका जल्दाबल्दा १३ सूत्रीय मागहरू लिएर किसान आन्दोलन सुरु भयो । आन्दोलनका मागहरू– मोहियानी हक कायम गरिनुपर्ने, जसको जोत उसको पोत हुनुपर्ने, घरघडेरी बसेको एक कट्ठा जमिनको कुत लिन नहुने, ऋण असुलीका लागि घरमा नोकर राख्न नपाइने, झूटा मुद्दा लगाएर किसानलाई दुःख दिन नपाइने र किसानलाई कुटपिट गर्न नपाइने आदि थिए । आन्दोलका यी मागहरू शोषित–पीडित वर्ग र तहका जनताको भावनालाई समेट्न र आन्दोलमा सामेल गर्न सफल भए । कृष्णप्रसाद ओली अध्यक्ष रहेको किसान सङ्घमा श्यामलाल राजवंशी समेतका सदस्य थिए । ०१० सालमा किसान नेता भ्रमणसिंह राजवंशीको नेतृत्वमा खमार बन्द आन्दोलन सुरु भयो । सो आन्दोलनमा श्यामलाल राजवंशी, अमरबहादुर माझी, जोगेन राजवंशी, जिझारु राजवंशी, पत्रसिंह राजवंशी, देशीलाल थारू, पुहातु राजवंशी, जोगेन ठाकुर, सती चौधरी, दिनकाटु राजवंशी, पुर्जीलाल राजवंशी र गोल राजवंशीको सक्रिय सहभागिता रहेको पाइन्छ । भनिन्छ, पुजिलाल राजवंशी, गोल राजवंशी र तिलक चन महतोको जेलमै मृत्यु भयो ।(१) गोल राजवंशीलाई जेलबाट छुटाइदिन पैसा खाएको आरोपमा वसन्तकुमार खड्कालाई पार्टीले कारबाहीसमेत गरेको पाइन्छ । ०१३ सालपछि किसान आन्दालन क्रमशः शिथिल बन्दै गयो । ०१५ सालमा पहिलो आम चुनाव सम्पन्न भयो । झापामा कम्युनिस्ट पार्टीको जुन प्रभाव र हैसियत थियो, त्यसअनुसारको मत पार्टीले प्राप्त गर्न सकेन । गोपालकृष्ण प्रसार्इंलाई टिकट दिएको निहु“मा गणेशबहादुर प्रसार्इंले पार्टी परित्याग गरी काङ्ग्रेस प्रवेश गरे भने भवानी घिमिरेले झापा छोडेर इलाममा गई काङ्ग्रेसलाई सहयोग पु¥याए । कम्युनिस्ट पार्टीले देशीलाल थारूलाई टिकट दिनुपर्दथ्यो भन्ने भनाइ पनि पाइन्छ ।(२) ०१७ सालको राजाको सैनिक ‘कु’पछि झापामा पार्टीका गतिविधिहरू शून्य प्रायः हुन पुगे । केही नेताहरू पञ्चायतमा प्रवेश गरे भने केही निर्वासित हुन पुगे । प्रशासनिक दमन, धरकपड र घरसम्पत्ति कब्जा गरिएको आतङ्कपूर्ण क्रियाकलापले धेरै मान्छे आतङ्कित बने । पार्टी केन्द्रमा देखापरेको विभाजनको प्रभावले पनि धेरैलाई निराश बनायो ।
०२१ सालमा सुरु गरिएको भूमिसुधार कार्यक्रम झापाको बुधबारेमा पहिलोपटक राजा महेन्द्रले मोही किसानलाई मोहीको प्रमाण–पुर्जा बा“डेर सुरु गरेका थिए । यो कामबाट सामन्त, भूमिपति र भाइभारदार रुष्ट बने । उनीहरूले राजालाई दबाब दिए र भित्रभित्रै आफ्ना जमिनबाट मोहीका नामहरू हटाउन थाले । प्रशासन जमिनदारको सहयोगी बन्न पुग्यो । अधिकांश जमिनदारले मोहीका नाम आफ्नो जग्गा धनीपूर्जाबाट हटाएर आफ्ना मानिसको नाम राखे । आफ्ना भरपर्दा मानिस नभएका सामन्तहरूले कृत्रिम नाम खडा गरेर जमिन लुकाए । किसानहरू आफ्नो मोहियानी कायम भएको जग्गा नछोड्ने, सामन्तहरू किसानलाई आफ्नो जग्गाबाट नलखेटी ढुक्क नहुने कुराले किसान र जमिनदारबीच शत्रुतापूर्ण अवस्था उत्पन्न हु“दै गयो । गाउ“गाउ“मा सामन्ती शोषण र अत्याचारले सीमा नाघिरहेको थियो । २०२६ सालमा धुलाबारीको माउरमाडीमा करुण सुब्बाले कमाइरहेको मोहियानी जग्गामा हरिजङ लप्टन नाम गरेका सामन्तले आफ्ना मोहीलाई बन्दुकद्वारा गरेको सशस्त्र आक्रमणलाई असफल पारी सयौं किसानहरूले कुटपिट गर्दै धुलाबारी प्रहरी चौकीमा बुझाउन ला“दा बाटैमा उनको मृत्यु भयो ।(३) यस्तै प्रकृतिका घटना बुधबारे, गरामनी, धाइजनमा भएका थिए । बुधबारेमा चन्द्रकान्त भट्टराई नामक सामन्तले खेत जोतिरहेका किसानमाथि दलालमार्फत आक्रमण गरी अङ्गभङ्ग बनाएका थिए । यस्ता अत्याचारपूर्ण र उत्तेजित कामहरूले झापाली किसानहरूलाई सामन्तविरोधी अभियानमा सामेल हुन उत्पे्ररित ग¥यो । अन्याय, अत्याचार र शोषणविरुद्ध जनताले आवाज उठाउन नपाउने र विरोध गरे प्रशासनिक दमन हुने भएकाले झापाका कम्युनिस्टहरू विद्रोहका निम्ति उत्प्रेरित हु“दै गए । ठीक यसैबेला चीनको सर्वहारा सांस्कृतिक क्रान्तिको उत्कर्ष र छिमेकमा नक्सलवाडी विद्रोह भइरहेको अवस्थाले पनि झापा विद्रोहका निम्ति अनुकूल अवस्था सिर्जना गरिदियो । ०२७ सालको अन्त्यतिर झापा जिल्ला को–अर्डिनेसन कमिटी गठन गरेर झापाका युवा कम्युनिस्टहरूले विद्रोहको घोषणा गरे । यसरी सामन्ती शोषण, दमन, उत्पीडन, र अत्याचारको समग्र परिणाम नै झापा विद्रोह बन्न पुग्यो ।
झापा विद्रोहपछि प्रशासनिक दमन तीव्र हु“दै गयो । वीरेन राजवंशीमाथि पक्राउ पुर्जी जारी गरियो । वीरेन राजवंशीले भूमिगत रूपमा पार्टी गतिविधि सञ्चालन गर्न थाल्नुभयो । उहा“स“गै विश्वु राजवंशी पनि भूमिगत हुनुभयो । त्यसपछि छवि राजवंशी, भीष्म धिमाल भूमिगत भएर काम गर्न थाल्नुभयो । राजवंशी समुदायका अत्यन्त सम्मानित नेता हुनुहुन्थ्यो, वीरेन राजवंशी, उहा“ राजवंशी गाउ“मा पुगेर पार्टीको प्रचार अभियानमा जुट्नुभयो र पार्टीको सम्बन्ध विस्तार हु“दै गयो । यसै समयमा भारतबाट राजेन राजवंशी र भोगेन राजवंशी झापा आएपछि राजनीतिक गतिविधि अरू तीव्र बन्दै गयो । धाइजनमा पुराना कम्युनिस्ट कार्यकर्ता बुधरसिंह मेचेले पनि सक्रियतापूर्वक झापा आन्दोलनलाई सहयोग र समर्थन जुटाउनुभयो । चारआलीका कालीचरण राजवंशी राजनीतिक रूपमा सचेत किसान हुनुहुन्थ्यो । उहा“ पार्टी कमिटीमा रहेर राजनीतिक प्रचारप्रसारमा जुट्नुहुन्थ्यो । त्यस क्षेत्रका राजवंशी बस्तीहरूलाई आन्दोलनकारीहरूका निम्ति 
सुरक्षित आश्रयस्थल निर्माण गर्नुभयो । वर्गसङ्घर्षले चर्को रूप लि“दै गयो । जमिनदार खत्तम गर्ने काम पनि सुरु भयो । प्रशासिनक दमन तीव्र रूपमा बढाइयो । यस्तै स्थितिमा मङ्गल सतारलाई गिरफ्तार गर्न हि“डेका प्रहरीहरूले मङ्गत मार्डी सतारलाई भेट्टाए र सामन्तहरूले उनलाई मोहियानी हकबाट बञ्चित गर्ने उद्देश्यले गिरफ्तार गर्न लगाए । कुनै राजनीतिक सम्पर्क नभएका उनलाई बन्दी बनाइयो र जन्मकैदको सजाय गरियो । जेलमा पुगेपछि राजनीतिक कार्यकर्तास“ग भेट गरेका उनले १८ वर्ष जेल जीवन बिताए । त्यसैक्रममा वीरेन राजवंशी, नेत्र घिमिरे, रामनाथ दाहाललगायत ठूलो सङ्ख्यामा मानिसहरू गिरफ्तार गरिए । यसरी गिरफ्तार हुनेहरूमा गरामनीबाट डिगेन राजवंशी, गुलुम राजवंशी, भेटला राजवंशी, हरिकृष्ण चौधरी, टङ्क चौधरी, बुर्जु चौधरी, रामदुलाल चौधरी, रामलखन चौधरी हुनुहुन्थ्यो । चारपानेका जेठो सतार राजनीतिक रूपले सचेत हुनुहुन्थ्यो । उहा“समेत धेरै साथीहरू गिरफ्तार हुनुभयो । गरामनीबाट सोम सतार भूमिगत काम गर्दै हुनुहुन्थ्यो । उहा“ पनि गिरफ्तार हुनुभयो । यसरी झापाका राजवंशी, धिमाल, मेचे, उराउ, मुण्डा, सतार समुदायमा कम्युनिस्ट पार्टीको प्रभाव विस्तार भएको देखेर निरङ्कुश राजतन्त्र आतङ्कित बन्न पुग्यो र पा“चजना योद्धाहरूलाई सुखानीमा पु¥याएर हत्या ग¥यो । उहा“हरूको हत्यापछि विभिन्न समुदायमा निकै ठूलो निराशा र आतङ्क जन्मिन पुग्यो । भूमिगत रहेका निकै साथीहरू सम्पर्कविहीन बन्न पुगे । पुराना सम्पर्क र आश्रयस्थलहरू क्षतविक्षत बन्न पुगे । छवि राजवंशी, राजेन राजवंशीको सचेत पहलले आदिवासी समुदायलाई समेट्ने प्रयत्न भयो । धुलाबारीका जगदीश उराउले निकै महŒवपूर्ण भूमिका खेल्नुभयो । उहा“को घरमा राखिएका धेरै पुस्तकसहित जगदीश गिरफ्तार हुनुभयो । भदुवा उराउ, कालो हा“डी, जोगेन राजवंशी आदिले आन्दोलनमा निकै सहयोग गरे । लिम्बू मेचे पनि भुल्नै नहुने एउटा साथी हुन् । मेरो आरके मैनालीको चरम दमनका क्षणमा लिम्बू मेचेस“ग सम्पर्क भएको थियो । त्यो जटिल अवस्थामा उनले पार्टीलाई धेरै सहयोग गरे । उनी मेचे परिवारमा बस्दा रहेछन् । त्यसैले, हामीले ‘लिम्बू मेचे भनेको के हो ?’ भनेर सोध्यौं । बूढा मेचे बाले भन्नुभयो– ‘लिम्बूको एउटा परिवार पहाडबाट झापाको दुवागढीमा आएर बसेको थियो र पहाडबाट आएको केही समयपछि औलो र हैजाले सताएछ र परिवारका सबै सदस्यको मुत्यु भएछ । तीन वर्षको बच्चा मात्रै बा“च्न सकेछन् । तिनै बच्चालाई मेचे परिवारले हेरचाह गरेर हुर्काएछन् । उनले मेचेकै छोरी बिहे पनि गरेछन् । त्यसैले, उनलाई लिम्बू मेचे भनेको रहेछ । हामीस“ग सम्पर्क हु“दा उनी जवान थिए । उनले पार्टीलाई धेरै सहयोग गरे । गिरफ्तारीको क्रम तीव्र हु“दै गयो । भीष्म धिमाल, मसला धिमाल, भोगेन राजवंशी, छवि राजवंशी, राजेन राजवंशी पनि गिरफ्तार हुनुभयो । तर, कार्यकर्ता उत्पादनको क्रम रोकिएन । 
झापा आन्दोलनकारीहरूको गिरफ्तारीले जेलका चिसा छि“डीहरू भरिए । उनीहरू जेलका कष्टपूर्ण यातना भोग्न विवश भए । तर, क्रान्ति, परिवर्तन र जनमुक्तिको सपनालाई उनीहरूले कहिल्यै भुलेनन् । उनीहरूले कस्तै दुःखकष्टमा पनि शिर झुकाएनन्, बरु मृत्यु स्वीकार गरे । यसरी जेल बसाइकै क्रममा निकै योद्धाहरूले जीवन उत्सर्ग गरे । यसरी जीवन उत्सर्ग गर्नेहरूमा हरिकृष्ण चौधरी, भेटला राजवंशी, छवि राजवंशी र हेम खड्का थिए । झापा आन्दोलनमा धेरै योद्धाहरूको संलग्नता रहेको थियो । आन्दोलनलाई उठाउन, बचाउन र विस्तार गर्न उहा“हरूको योगदान अत्यन्त मूल्यवान् थियो । केही आन्दोलनका योद्धाहरू अझै पनि बेपत्ता छन् । मैले आन्दोलनमा संलग्न भएका र जेल परेका आदिवासी साथीहरूका नामहरू सम्झेसम्म समावेश गरेको छु । समयको लामो अन्तरालले कैयौं साथीहरूका नामहरू छुट्न गएका हुनसक्छन्् । 
ऐतिहासिक झापा आन्दोलनका नेता नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओली नेपालको प्रधानमन्त्री निर्वाचित भएर मुलुककै नेतृत्व गरिरहनुभएको छ । यो क्षणमा झापा आन्दोलनका आन्दोलनकारीहरू विगतका जेलनेल र दुःखकष्टहरू बिर्सेर गर्वबोध गरिरहेका छन् । अझै पनि दुःखकष्ट सहेर कठिन जीवन बिताइरहेका सहयोद्धाहरू आफ्ना कठिन दिनचर्याहरू स“गै मूलुकका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको वर्तमान निवास बालुवाटारतिर आफ्नो नजर लगाइरहेका छन् †
– सन्दर्भ सामग्री
(१) झापाली सन्देश पृष्ठ ८७
(२) झापाली सन्देश पृष्ठ ८७
(३) झापा दिग्दर्शन ३४५ पेज

साधुको भेषमा  क्रान्तिको काम

मनकुमार गौतम
२०२७ सालको अन्त्य र ०२८ को प्रारम्भबाट झापामा एउटा आन्दोलनको उद्घोष भयो । त्यो नेपाली राजनीतिक आन्दोलनको विकास क्रममा एउटा सर्वथा नया“ प्रकारको आन्दोलन थियो । असमानता, विभेद, शोषण, दमन र अत्याचारविरुद्ध समतामा आधारित अत्यन्तै सुन्दर समाज, जहा“ मान्छेद्वारा मान्छेमाथि गरिने सबै प्रकारका विभेदहरूको कुनै अस्तित्व हु“दैन । हो, त्यस्तो समुन्नत समाजको निर्माणका लागि माक्र्सवाद–लेनिनवाद (माओ त्सेतुङ विचारधारा) को मार्गदर्शनमा (श्रद्धेय नेता कमरेड चारु मजुमदारको) क्रान्तिकारी लाइनमा आधारित भएर अनि सर्वहारा वर्गको नेतृत्व र मजदुर किसान एकताका आधारमा हाम्रो जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक सामाजिक चरित्र भएको मुलुकमा गाउ“लाई क्रान्तिको केन्द्र मान्दै सशस्त्र बलद्वारा सत्ता कब्जा गर्ने अथवा श्वेतसत्ताको सबभन्दा कमजोर कडी भएको गाउ“ले क्षेत्र कब्जा गर्दै गाउ“ले सहरलाई घेर्दै अघि बढ्ने र अन्त्यमा केन्द्र कब्जा गरी नया“ किसिमको जनवादी गणतन्त्र स्थापित गर्ने रणनीतिक योजनाका साथ सङ्घर्षको प्रारम्भ गरियो ।  
हामीमा कुनै द्विविधा थिएन । सङ्घर्षको न्यूनतम अधिकतम लक्ष्यबारे नया“ जनवाद न्यूनतम लक्ष्य र समाजवाद–साम्यवाद आन्दोलनको अधिकतम लक्ष्य हो भन्ने कुरा निर्णयहरू, निर्देशनहरू, मन्तव्य, वक्तव्यहरू र हाम्रा आधिकारिक दस्तावेजहरूमा मध्याह्नको घामजस्तै हुने गरी छर्लङ्ग भनिएका कुरा थिए । त्यति मात्र होइन, हामी गिरफ्तार भएपछि गरिएका बयानहरूमा समेत सामन्तवाद, साम्राज्यवादलाई समूल नष्ट गरेर (त्यसको अर्थ निर्दलीय पञ्चायती तानाशाहीरूपी निरङ्कुश राजतन्त्रात्मक व्यवस्थालाई अन्त्य गरेर) त्यसको चिहानमाथि गणतन्त्र नेपालको सुन्दर फूल फुलाउने अनि अझ अगाडि बढेर समाजवाद र साम्यवादको महान् उद्देश्य प्राप्त गर्ने हु“कार गर्दै आएको  कुरा प्रस्टै पारिएको थियो । 
यसैका लागि ‘वान एरिया वान युनिट, वान स्क्वार्ड, वान एक्सन’को पद्धतिबाट ‘वर्गशत्रु सफाया’ हतियारहरूको सङ्कलन, भण्डारण एवम् प्रयोग गर्दै अघि बढ्ने कार्यनीति र कार्ययोजनाको निर्माण गर्ने र त्यसको प्रयोगसमेत गर्दै हामीले निरन्तर अघि बढ्ने अविराम र अथक अभियान सञ्चालन ग¥यौं । झापा जिल्ला को–अर्डिनेसन कमिटी (माले), झापा जिल्ला सङ्गठन कमिटी (माले), झापा जिल्ला कमिटी (माले) हु“दै झापा र मोरङको एकता, ०३२ सालमा कोके (अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले) को गठन र कोके हु“दै माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्ने आफ्नो केन्द्रीय कार्य हो भन्ने घोषणाका साथ पार्टी निर्माणको केन्द्रीय कार्य भएर ०३५ पुस ११ मा नेकपा (माले) को गठनबाट पूरा भयो । त्यसपछि नेकपा (माले) र (माक्र्सवादी)का बीचमा पार्टी एकता ०४७ मा सम्पन्न भई नेकपा (एमाले)निर्माण भएको कुरा जगजाहेर छ । 
यसरी हामीले झापा आन्दोलनकै निरन्तरतामा नेपालको सर्वाधिक शक्तिशाली कम्युनिस्ट पार्टी, कार्यकर्ता शक्तिको हिसाबले प्रमुख पार्टी, पार्टी सदस्यको हिसाबले प्रमुख पार्टी, सङ्गठनात्मक सञ्जालको हिसाबले प्रमुख पार्टी, जनाधारको हिसाबले प्रमुख पार्टी, अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्कको हिसाबले प्रमुख पार्टी मात्र होइन, दार्शनिक, सैद्धान्तिक, राजनीतिक, कार्यक्रमिक, कार्यनीतिक तथा कार्यविधि, पद्धति र शैलीसमेतको रूपमा जनमानसमा आधारित कार्यकर्ता आधारित कम्युनिस्ट पार्टी निर्माण गर्न सफल भएका छौं । यो पनि झापा आन्दोलनकै सफलता हो । सुखानी, इभाङ, छिन्ताङ र पिस्कर आदिआदि बलिदान र कुर्बानीकै शृङ्खलाहरूको सफलता हो । 
‘हजारौंको मृत्युबाट जो डराउ“दैन, त्यसले मात्र वादशाहलाई घोडाबाट खसाल्न सक्छ’ भन्ने भनाइलाई जीवन्त व्यवहारमा अनुवाद गर्नुहुने आदरणीय वीर सहिद राम प्रधान, जसलाई राजाका मतियारहरू र स्थानीय क्रूर जनविरोधी, अत्याचारी, जमिन्दार चन्द्रकान्त भट्टराईको (स्मरण रहोस्, पछि माओवादीले उनको हत्या गरे) जत्थाले लामालामा बा“सका भालाहरूद्वारा घोचीघोची छियाछिया पारेर अत्यन्तै बर्बर अनि पासविक क्रूरताका साथ निर्मम ढङ्गबाट हत्या गरे । प्राण जाने बेलामा ती वीर सपूत राम प्रधानले प्याकप्याकी मुख बाएर ‘पानी...पानी...†’ भन्दा त्यो राक्षसी जमिनदार चन्द्रकान्तले ‘ए यो साले कम्युनिस्ट पानी माग्दै छ, जाओ गएर त्यसका मुखमा मुतिदेओ’ भन्यो । हो † कस्तो थियो त्यो विभत्सता ? दमन र अत्याचारको कालरात्रि † तर पनि हामीमा त्यो नृशंस दमनले कुनै विचलन ल्याउन सकेन । 
चाहे, हामी सर्वस्वसहित जन्मकैदको सजाय पाएर झ्यालखानाभित्र फलामका नेल र हत्कडीहरूबाट बा“धिदै पुलिस र आन्तरिक प्रशासन (जेलभित्र छुट्टै एउटा प्रशासन बनाएर चलाइएको हुन्छ) त्यसलाई आन्तरिक प्रशासन भनिन्छ) का लठैतहरूद्वारा निरन्तर गरिएका शारीरिक एवम् मानसिक दमन र यातनाका अवस्थामा रहौं अथवा मन र मस्तिष्कभरि क्रान्तिको सपना बोकेर अनि उसकै विजयका लागि आ–आफ्नो जीवनका सुन्दर क्षण बिताउनेहरूलाई होस् अथवा मजदुर र किसानहरूका बस्तीबस्तीहरूका झुप्राहरू र छाप्राहरूमा चेतनाको झिल्को बोकेर ‘एउटै झिल्कोले संसार डढाउन सक्दछ’ भन्ने सत्यलाई नेपाली क्रान्तिको क्रान्तिकारी व्यवहारमा स्थापित गर्ने त्यो महान् अभिष्ट सिद्ध गर्ने कार्यमा लागेका निडर अनि साहसको पहाडजस्तो छाती भएका भूमिगत योद्धाहरूलाई यतिबेला विशेष स्मरण गर्नैपर्छ † ओहो † ०२७÷२८ को त्यो निर्दलीय पञ्चायती बर्बरता अनि निरङ्कुश राजतन्त्रको निष्पट्टताको अन्धकारमा पनि त्यसैलाई समाप्त पारेर उसकै चिहानमाथि गणतन्त्र नेपालको सुन्दर फूल फुलाउने गगनभेदी उद्घोष गर्दै झापाको त्यो केचना जो, नेपालको सबभन्दा गहिरो भागमा पर्दछ । झापा–सुखानी–इभाङ–छिन्ताङ अनि पिस्कर र सिन्धुलीले हामीले उठाएको गणतन्त्र नेपालको झन्डा फहराइरहे र त्यो गणतन्त्र नेपालको कार्यकारी प्रमुख अहिले हाम्रै पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली मुलुकको सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । राष्ट्रपति हाम्रै पार्टीकी नेतृ वरिष्ठ पूर्व उपाध्यक्ष कमरेड विद्यादेवी भण्डारी हुनुहुन्छ । तर, यत्तिकैले मात्र पुग्दैन ।
जनताका आधारभूत समस्या समाधानको महान् तथा कठिन काम अझै बा“की छ । आर्थिक–सामाजिक रूपान्तरणद्वारा नया“ नेपाल निर्माण गर्ने, समानतामा आधारित भएर जनताको गा“स, बास, कपास, शिक्षा अनि सुरक्षाका समस्याहरू समाधान गर्ने अत्यन्तै कठिन तर धेरै गह्रौं काम गर्न अझै बा“की छ । २१ फागुनको सपना साकार पार्न अझै बा“की छ । झापा–सुखानी, इभाङ र छिन्ताङको सपना साकार पार्न अनि पिस्कर, सिन्धुली र मुरिवाको सपना साकार पार्न अझै बा“की छ । राजतन्त्रको झ्यालखानभित्रको चिसो छि“डीमाथि फलामे नेल र हतकडीहरू छिनाउने प्रयत्न गरिरह“दारह“दै आफ्नो प्राणको आहूति दिनुहुने ती वीर झापाली सपूतहरू छविल राजवंशी, भेटला राजवंशी, हरिकृष्ण चौधरी, बृजु चौधरी अनि हेमबहादुर खड्काको सपना साकार पार्न अझै बा“की छ । २१ फागुनको सपना साकार पार्न अझै बा“की छ । 
साधुको भेषमा गिरफ्तार भए“
०२९ साल पुस १० गते धर्मप्रसाद ढकाल मारिएपछि झापामा दमन चुलियो । त्योभन्दा पहिले नै पा“चवटा एक्सन (वर्गशत्रु सफाया) भइसकेका थिए । अब झन् धर्मप्रसाद ढकाल र उनका छोरासमेतको सफायाबाट झापा पुरै आतङ्कित थियो । यस्तो अवस्थामा सरकारले झापा विद्रोहका विद्रोहीहरूविरुद्ध राज्यको ठूलो शक्ति खन्याउने काम ग¥यो । गाउ“गाउ“मा व्यापक खानतलासी लिने, घेराउ गर्ने, गिरफ्तार गर्ने, यो गाउ“बाट त्यो गाउ“ आवतजावत गर्न नदिने, प्रहरी र जासुसहरू गाउ“गाउ“मा व्यापक रूपले छ्याप्छ्याप्ती परिचालित हुने सरकारी जासुसका रूपमा राखिएका तालिमप्राप्त कुकुरहरूको व्यापक रूपमा प्रयोग गर्ने, गाउ“हरूमा गएर सानासाना नानीहरूलाई ललाईफकाई सोधपुछ र अन्तर्वार्ताहरू लिने, शङ्का लागेका गाउ“ कटेराहरू वा झुप्रा र छाप्राहरूलाई प्रहरीको कडाभन्दा कडा निगरानीमा नियन्त्रणमा राख्नेजस्ता दमनका अनेक चक्रहरू, शृङ्खला वा अभियानहरूको बाढी नै चल्यो । 
हामी चारजना आन्दोलनकारीहरू इलाम जिल्लाको शान्तिपुर भन्ने गाविसको एउटा अत्यन्तै विकट गाउ“मा भूमिगत ढङ्गबाट उच्च सतर्कता अनि सावधानीका साथ क्रान्तिकारीे काम प्रचार, सङ्गठन र सङ्घर्षको क्रमलाई अघि बढाइ नै रहेका बेला हाम्रो भूमिगत सञ्चारले ‘लौ कमरेड नेत्र घिमिरे र अम्मर कार्की गिरफ्तार पर्नुभयो रे, चन्द्रगढीमा । एसपी कार्यालय अगाडिको चौरीमा दुवैजना कमरेडहरूलाई चरम यातना दिएर पूरै शरीर छियाछिया पारेर मरणासन्न अवस्थामा राइफलधारीहरूको कडा पहराभित्र राखिएको छ रे †’ भन्ने जानकारी गरायो । यो गाउ“ वा त्यो गाउ“ हि“डडुल, सोधपुछ केही गर्न पाउने अवस्था नै थिएन । त्यो खबर प्राप्त भएपछि हाम्रो गम्भीर बैठक बस्यो र म फेरि उही पुरानै साधुको भेषमा आफू बच्नका निम्ति गरिने सम्पूर्ण उपायहरू गरेर खुला हुने र सम्पूर्ण परिस्थिति बुझ्न साधुको भेषलाई चलाकीपूर्ण रूपमा निडर र साहसका साथ प्रयोग गर्ने भन्ने फैसला भयो । त्यसपछि म तुरुन्त पुनः साधुको भेष बनाई गेरु रंगको कुर्था, गेरु रङको धोती, हातमा श्रीमद्भागवत गीता अनि दाहिने का“धमा झोली गेरु रङको बेरेको मृगको छाला काखीमा च्यापेर अनि टाउकोमा जटा कसेर काठका खराउ लगाई म काठमाडौं आएर दुईतीन दिन ठाउ“ठाउ“मा पशुपति, बूढानीलकण्ठ, कृष्ण मन्दिर आदि ठाउ“हरूमा पूर्णतः साधु–बालब्रह्मचारीको अभिनयका साथ बसेर लगत्तै झापा फर्के । 
त्यसपछि वीरगन्ज हु“दै रक्सौलबाट पारी गएर रेलबाट बागडुगरा पुगें र गाडी चढेर झापाको धुलाबारीको माहुरमाडीमा आएर बसें । भोलिपल्ट बिहान म माहुरमाडीबाट बुधबारे हु“दै जयपुरतर्फ लागें । यो ०२९ साल माघको ११ गतेको कुरा हो । साधुको भेषमा वैष्णवी ठाडो चन्दन हातमा ती खोलामा भालावाला राम्रो र दह्रो खालको बाङ्गेलौरो  टेक्दै मानिसहरू भेटि“दा हरिनारायण हरिनारायण के छ बच्चा, बाआमा ठिकै छ नि होइन आदिआदि रूपले म बुधबारे बजार आइपुगें । कही“ पनि हि“ड्दा वा बस्दा पनि मानिसहरू भेटिए भने पुरुष भए सबैलाई चाहे ती साना हुन् वा जतिसुकै ठूला नै भए पनि सबैलाई म ‘ए बच्चा †’ भनेर सम्बोधन गर्दथें अनि महिलाजति सबैलाई मा भन्ने मेरो आम प्रचलन नै थियो । माघ महिनाको ठिहिराउने चिसो, पातलो गेरु रङको एकसरो कुर्था अनि धोतीमा टाउकामा कसिएका जटाका साथमा म बुधबारे पुग्दा चारैतिर ए ऊ साधु आयोऽऽऽ साधु आयो ऽऽऽ भने । परिस्थिति अत्यन्तै शङ्कालु थियो । बजार एकछिन घुमेर म पश्चिमतर्फ जयपुरतिर पैदल लागें । झन्डै ४५ मिनेट वा एक घण्टा पैदलयात्रापछि म जयपुर चोकमा पुग्दा निकै मानिसहरूको उपस्थिति, करिब ५०–६० जना जति सशस्त्र बर्दीधारी पुलिसहरू पनि थिए । 
मनमनै मलाई समाउने पो हुन् कि भन्ने शङ्का आशङ्काका साथ म पनि हरिनारायणऽऽऽ हरिनारायणऽऽऽ भन्दै त्यही भीडमा पसें र खत्री ठूल्दाइको चिया दोकानको एउटा मेचमा बसें । पूरै साधु बालब्रह्मचारीको अभिनयका साथ बसेर एक कप चिया मागें । मेरा खुट्टाका खराउ निकै पुराना र खिइएका थिए । भीडमा कुनै मानिसले भन्यो बाबाजी महाराजका खराउ त फाटिसकेछन् नि † मैले जवाफमा अ“ इन्डियामा पिचमा हि“ड्दा खराउ छिटो फाट्दो रहेछ भन्नासाथ पुनः कसैले भन्यो– ‘अ“ इन्डियामा पिचमा हि“ड्दा फाट्या हो कि रातिराति बिरिङ टाङटिङ खोलाको बगरमा कुद्दा फाट्या हो ?  मैले त्यो आवाज नसुनेझैं गरी चिया पिएर चियाको पैसा २५ पैसा तिरेर म गिरफ्तार हुने बलियो सम्भावना मनमा राख्दै झोली का“धमा मिलाउ“दै भालावाल लौरो हातले समाएर हरिनारायणऽऽऽ हरिनारायणऽऽऽ गर्दै उठेर हि“ड्न आ“टदा दुईजना हतियार बोकेका बर्दीधारीहरूले मेरा कुहिनामाथि एकएक हातमा एकएकजनाले समाउनासाथ सबै बर्दीवाला हतियारधारीहरूले मलाई घेरा हालेर ‘अब त“ गिरफ्तार भइस्’ भने । 
पुलिसको त्यो घेराभित्र मलाई राखेर फेरि पूर्वतर्फ, म जुन बाटो भएर गए“ त्यही बाटो मलाई हि“डाए । मचाहि“ हरिनारायणऽऽऽ हरिनारायणऽऽऽ, यो के भएको ह“ ? हे प्रभु † २०÷३० मिटर हि“डेपछि उनीहरू मलाई घेरा हालेर उभिन्छन्, अनि सोध्छन्, के छ विचार, सङ्गठन कहा“कहा“ छ ? धर्मप्रसादलगायतका मानिसहरू किन काटेको ? कसकसले 
काटेको ? अरू कसकसलाई काट्नेवाला छौ ? हतियार कति छन् ? यसको नेता को हो ? राम्ररी भन, नत्र... यस्तैयस्तै प्रश्नहरू ओइरिरहे ।  मचाहि“ हे भगवान्, हे प्रभु † यो के भएको ह“ † हे परमात्मा † के सा“च्चि नै कलियुग व्याप्त भएकै हो त ? हे प्रभु † फेरि उनीहरूको बीचबाट त्यही आवाज पुनः आउ“छ, ए साधु नाटक नगरिकन भन्, कुरा के हो आदि इत्यादि । तर, म रत्तिभर पनि विचलित नभई हे भगवान, हे प्रभो, यो के सुन्नुपरेको ? ए बच्चा हो, तिमीहरूलाई अलिकति पनि अपराधको डर छैन ? मस“ग यस्तो कुरा गर्ने † यस्तैयस्तै क्रम चलिरह्यो । पा“च÷सात मिनेट उभिएर सोधपुछ, फेरि त्यही पुराना कुरा दोहोरिन्छ । म पनि आफ्ना तिनै कुरा आफूले सकेसम्म मिलाएर उनीहरूलाई प्रभाव पार्न सम्भव हुने गरी भनिरहन्छु । म गिरफ्तार हु“दा करिब बेलुका ४ बजेको थियो होला तर अब उनीहरूले मलाई जयपुर चोकबाट पर खड्ग प्रसाईंको घरछेउबाट उत्तर हु“दै माथि होक्से गिद्धे कहा“कहा“ घुमाउ“दै छिनछिनमा तिनै कुराहरू सोध्दै घुमाउ“दै रातको करिब १२÷१ बजे बुधबारे बजारदेखि अलिक माथि ह“डिया खोलाको किनारमा पु¥याए । 
मध्यरातको निस्पट्ट अन्धकार अनि माघ महिनाको चिसो ठिहीमा साधु भेषको त्यो अवस्था... † त्यहा“ पनि त्यही कुरा सोधे अनि मेरा पनि त्यही उनै कुरा जावफ पाए । यत्तिकैमा उनीहरूको कमान्डरले भन्यो– ‘ए खाल्डो खन, यसले भन्दैन, अब यसलाई मारेर यही“ पुरेर जानुपर्छ ।’ ह“डिया खोलाको त्यो बगरमा उनीहरूले खाल्डो खनेर उत्तानो पारेर मलाई समाते, अनि त्यही खाल्डोमा सुताए । मेरो मनमा अनेकन् कल्पनाका तरङ्गहरू त“छामछाड गर्दै उर्लिरहेका छन् । म अझ होसियारीका साथ विगतमा अनेकौंपटक अत्यन्तै कठिनतम अवस्थाहरूमा समेत स“गस“गै काम गर्ने सन्दर्भमा हाम्रो त्यस क्षेत्रमा प्रमुख सङ्गठकको रूपमा काम गर्ने होल्टाइमर एवम् कडा भूमिगत ढा“चामा आधारित कमरेड डम्बर बानिया“ले भन्ने गर्नुभएको कुराहरूलाई सम्झन्छु, उहा“ले भनेका ती कुराहरूको रिल मेरो मनमस्तिष्कमा कल्पनाको पनि उच्चतम गतिमा गतिशील हुन्छ । म सम्झन्छु, उहा“ले भन्नुभएको ‘कमरेड † तपाईंलाई यति धेरै सेल्टर झापादेखि इलामसम्मै थाहा छ । दूर्भाग्यवश कुनै दिन गिरफ्तार हुनुभयो र सबै कुरा खोल्नु भयो भने के हालत होला ?’ ‘यी सबैले जनताका झुप्रा र छाप्राहरू हाम्रा आश्रयस्थलहरू (सेल्टरहरू) प्रतिक्रियावादी राज्य व्यवस्थाको क्रूरतम अनि नृशंस दमनात्मक ज्वालाबाट खरानी हुनेछन् र त्यसपछिको स्थिति कति डरलाग्दो अनि भयानक होला ? झापा विद्रोहका विरुद्ध प्रतिक्रियावादी शासन व्यवस्थाको दमनको त्यो उत्कर्ष, ह“झङ्डिया जङ्गलको किनारमा बग्ने ह“डिया खोलाको बगरमा मध्यरातको चुक घोप्ट्याएजस्तो भयानक अन्धकार, म खाल्डोमा सुस्ताइएको छु, उत्तानो पारेर र मलाई ५०–६० जना अत्याधुनिक शस्त्रास्तले लैस भएका राजा र व्यवस्थाका सिपाहीहरूले घेरेका छन् । मलाई कमरेड डम्बर बानिया“का ती वाणी, वाक्यांशहरूले सिङ्गो मन र मस्तिष्कलाई झक्झक्याइरहेका छन् । अनि म सेकेन्डभरमा अनेकौंपटक प्रण गर्दै पार्टीको सदस्य हु“दा खाएको कसम सम्झन्छु, अनि अठोट गर्दछु– कुनै हालतमा पनि गोपनीयता भङ्ग गर्दिन“ । आखिर यिनीहरूले धेरै गरे मार्ने त हुन् । प्राण दिन्छु तर गोपनीयता बचाउ“छु । यस्तैयस्तै कल्पना गरिरहेका बेला उनीहरूको कमान्डरले भन्यो– ‘ए तीनभन्दा तिमीहरू हान्न तयार होऊ †’ दुईवटा गोली लोड गरेर संगीन तेस्र्याएर राइफल दुईजना प्रहरीले समातेर पोजिनसका साथ मेरो छातीमा राखेर उनीहरू पोजिसनमा बसे । अनि कमाडन्डरले भन्यो– ‘ए... कसले भन्, ए भन्, भनिस् भने बा“च्छस्, नत्र अब तेरो मृत्यु हुन्छ, भन् ।’ मैले भने– ‘हे भगवान् † हे प्रभो यो के भएको, मजस्तो बालब्रह्मचारीले यस्तो के सुन्नुदेख्नु परेको हो प्रभो † हरिनारायण कलियुगको पराकाष्ठा भयो, सन्तमहन्त र त्यागी–तपस्वीहरूमाथि यस्तो † यस्तो कसैले देख्नुसुन्नु वा भोग्नु नपरोस् । हे ईश्वर, हे प्रभो, आदिआदि । खाल्डोभित्र उत्तानो परेर म यस्तै बोलिरहें ।
एकछिन पछि फेरि उसले भन्यो– ‘दु... दुई’ र अनि थप्यो– ‘ए साधु भन्, नत्र अब तेरो जीवनको अन्त्य हुन्छ, सा“चो सत्य कुरा भन्, तिमीहरूको उद्देश्य के हो ? नेता को हो ? सङ्गठन कहा“कहा“ छ ? हतियारहरू कति छन् र तेरा साथीहरू को–को छन् ? अब कसकसलाई (मार्ने) काट्ने योजना छ ? धर्मप्रसाद ढकालहरूलाई काटन् तिमीहरू को–को गएका थियौ ?’ उसका यस्ता कुराहरू सुनेर मैले फेरि भनें– ‘ए बच्चाहरू हो † तिमीहरूलाई मस“ग यस्तो कुरा गर्न अलिकति पनि डर छैन ? म बालब्रह्मचारी, सन्त, यो मायारूपी संसारबाट विरक्त भएर ब्रह्ममा लीन हुन हि“डेको, म त परमेश्वर पर्मात्माको भक्त हु“, मस“ग यस्तो कुरा गर्ने ? हे प्रभो † हे भगवान् ? हे नारायण ? भनेर म भन्दै थिए“, उसले फेरि भन्यो– ‘यसले भन्दैन, अब सिध्याइदिनुपर्दछ । ए, अब भन् तेरो अन्तिम इच्छा के छ ? जे छ तेरो इच्छा त्यो भन् । अब त“लाई हामीहरू गोलीले उडाइदिन्छौं । भन् इच्छा के छ, जे छ भन् । मैले यी सब कुरा सुनें र सेकेन्ड पनि बित्न नपाउ“दै मृत्युवरण गर्ने अठोटका साथ भनें– ‘मलाई मारेको कुरा गोप्य नराखिदिनु †’ भरसक तिमीहरूको छोरालाई हामीले मा¥यौं भनेर मेरो घरमा मेरा बुबाआमालाई भनिदिनू, यदि त्यो सम्भव भएन भने मलाई जहा“बाट गिरफ्तार गरेको हो, त्यहा“ गएर (जयपुर चोकमा) हामीले फलानो साधुलाई मारिदियौं भनेर भनिदिनू । यदि त्यो पनि सम्भव नभए कतै न कतै गएर हामीले साधु मनकुमार गौतमलाई मा¥यौं भनेर भनिदिनू, तर मलाई मारेको कुरा कुनै हालतमा पनि गोप्य नराखिदिनू ।’ मैले यति भन्नासाथ उसले ‘ती...न भन्यो । उसले तीन भन्नासाथ एकैचोटी ड्याङड्याङड्याङको आवाज आयो । मैले त्यो अन्धकार रात्रिको समय, खाल्डोभित्र यसो जीउ हल्लाए“ र किन प्राण पनि जा“दैन, कतै दुख्दैन पनि, के हो ठूलो घाउ डडेल्नामा भ्वाङ नै प¥यो होला । म यस्तै केके न सोच्दै थिए“ । फेरि उसले भन्यो– ‘ए महाराज उठ्नुस्’ सायद म अलिअलि नर्भस पनि भएको थिए“ क्यार † मैले भनें– ‘म एकछिन सुत्छु ।’ त्यत्तिकैमा दुईजनाले मेरो दुवै पाखुरामा समाते र जुरुक्क उचालेर खाल्डोको बाहिर ठिङ्ग उभ्याउनासाथ एकैचोटि सबैले हात जोडेर ‘हे महाराज † हे प्रभो † तपाईं त सा“च्चिकै बालब्रह्मचारी सन्त हुनुहु“दो रहेछ । हे प्रभु † हामीलाई क्षमा दिनुहोस्, माफ गर्नुहोस् । अपराध नलागोस् प्रभो † अपराधीले म अपराधी हु“ भन्दैन, त्यसै हेरेर थाहा पनि पाइन्न । तसर्थ, हामीले अनुसन्धान गरेका हौं’ भने । 
तपाईंका बारेमा अनेक कुराहरू आए÷भएकाले हामीले अनुसन्धान ग¥यौं, हे प्रभु उनीहरूको कुरा सुनेपछि मैले मनमनै आफू सफल भएको महसुस गर्दै भनें– ‘बच्चो तिमीहरूलाई क्षमा छ, भैगो कुनै अपराध लाग्नेछैन, ईश्वरले तिमीहरूलाई क्षमा दिनेछन् । चिन्ता गर्नुपर्दैन, भैगो क्षमा छ भन्दै मैले उनीहरूलाई माफी दिए“ । अनि उनीहरू र म मध्यरातको करिब १÷२ बजे । बुधबारेबाट पश्चिमतर्फ लाग्यौं । करिब ३ बजेतिर जयपुर चोकको छेउमा लक्ष्मी ओली मेरी सानिमाको घरमा आइपुग्यौं । त्यहा“ उनीहरूका लागि खानाको व्यवस्था रहेछ । बासमती धानको फरर परेको तातोतातो भात, लोकल कुखुराको तातोतातो गे्रभी मासु, माघको जाडोमा त्यसमा पनि आधा रात बितिसकेको अवस्थाको भोक तर आफू त बाल ब्रह्मचारी सन्त पारियो, त्यो खाना देखेर मलाई मन थाम्नै अत्यन्त गाह्रो भयो । उनीहरू धमाधम फुक्दैफुक्दै खान थाले । सानीमाले मलाई ‘ए त“ के खान्छस् कान्छा (मलाई कान्छा भनेर भनिन्थ्यो) भनेर सोध्नुभयो । मैले भनें– ‘यस्तो काटमार भएको घरमा म केही पनि खान्न“ ।’ पानीसम्म खान्न“ भन्दै कुनै पनि कुरा नखाने भन्ने आफ्नो इच्छा प्रकट गरें । उनीहरू सबैले सानदार खाना बडो आरामस“ग खाए । अनि हि“ड्ने तयारीमा उनीहरू लागे र मस“ग पुनः क्षमा माग्दै हात जोडेर बिदा माग्न लाग्दा मैले मेरो झोलीमा रहेको खरानीको डल्लो झिकेर सबैलाई विभूत लगाउ“दै क्षमा दिने र बिदा गर्ने काम गरें । बिहानको करिब ५ बज्न आ“टिसकेको थियो, उनीहरू सन्तमहाराजको हातबाट खरानीको टीका लगाएर क्षमादानको आशीर्वाद प्राप्त गरी आफ्नो बाटो लागे ।

झापा सङ्घर्षका  बन्दीहरूले भोगेको जेल यातना

डा. नारद भारद्वाज (वाग्ले)
झापा आन्दोलन नेपालको वामपन्थी पुनः एकीकरणको प्रक्रियामा घटेको एउटा युगान्तकारी राजनीतिक घटना थियो । अहिलेको युवा पुस्ताका लागि यो सुदूर अतीतको एउटा सामान्य घटनाजस्तो लाग्न सक्छ । तर, यो आन्दोलन नेपालको वामपन्थी आन्दोलनको जल विभाजक (पानी ठलो) थियो, जहा“बाट नेपाली वामपन्थी आन्दोलनमा क्रान्तिकारी एकीकरण र विघटनको कित्ता छुट्टियो । यसैक्रममा क्रान्तिकारी योद्धाहरूले अवर्णनीय दुःखकष्ट र यातना झेल्नुप¥यो, त्यसका बारेमा युवा पुस्ताका धेरै आन्दोलनकारीहरूलाई जानकारी छैन । क्रान्तिकारी आन्दोलनका तथ्यहरूको यो पाटो प्रायः इतिहासमा अभिलिखित हु“दैन । यसलाई ध्यानमा राखेर म यस लेखमा झापा आन्दोलनमा क्रान्तिकारीहरूले भोगेका शारीरिक र मानसिक यातानाका बारेमा 
चर्चा गर्नेछु ।
झापा विद्रोह वामपन्थी आन्दोलनमा विकास हु“दै गरेको विभाजनकारी प्रवृत्तिविरुद्ध एकीकरण अभियानको सुरुवात थियो । आज यो एकीकरणको धारा अरू सबल र विस्तृत हु“दै अगाडि बढिरहेको छ । यस्तो विकासले यो आन्दोलनमा रगत बगाउने, यातना भोग्ने र जेलनेल खेप्नेहरूलाई गौरव र सन्तोष महसुस गराउ“छ । तर, यो आन्दोलनका क्रममा विस्थापनामा परेर बेघरबार हुने, प्रहरी हिरासतमा यातनाका कारण विक्षिप्त र अपाङ्ग बनाइने अथवा लामो कारावासको समयमा रोग, कुपोषण र पारिवारिक नियोगका कारण मृत्युवरण गर्ने कैयौं क्रान्तिकारी योद्धाहरूलाई आज धेरैले चिन्दैनन् । तिनीहरूलाई सम्झेर तिनीहरूका योगदानहरूलाई कदर गर्नु इतिहासलाई सम्मान गर्नु सबै नागरिकहरूको कर्तव्य हो । यही कर्तव्यलाई महसुस गरेर म यहा“ इतिहासको त्यस पाटोको उत्खनन गर्न लागेको छु ।
झापा आन्दोलन २०२८ देखि ०३२ सालसम्म पूर्वको झापा जिल्लालाई केन्द्रबिन्दु मानेर भएको ऐतिहासिक राजनीतिक आन्दोलनको नाम हो । यो आन्दोलनमा पूर्वी नेपालका लाखौं जनता आन्दोलित भए । हजारौं सक्रिय समर्थक बने र सयौंको सङ्ख्यामा कुनै न कुनै हैसियतमा त्यो आन्दोलनमा सहभागी भएका कारण निर्वासित भए । कैयौं गिरफ्तारीमा परेर यातना भोग्न, सहादत प्राप्त गर्न, कुपोषण र रोगले कारावासमै मृत्युवरण गर्न र अपाङ्ग हुन बाध्य भए ।
आन्दोलनका क्रममा सबैभन्दा पहिले पक्राउ पर्नेहरूमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइ“केल र नारायण श्रेष्ठ हुनुहुन्थ्यो । गिरफ्तारीपछि उहा“हरूलाई चरम यातना दिइयो । प्रहरी हिरासतमा बयान लिने प्रक्रिया सकेर ०२९ साल माघमा उहा“हरूलाई अदालतमा उपस्थित गरियो । अदालतमा रामनाथ दहालले प्रहरी हिरासतमा आपूmलाई बारम्बार यातना दिइएको र स्वेच्छाले बयान दिन नपाएको जिकिर गर्दै ‘घाउ जा“च गराई पाऊ“’ भनेर न्यायाधीशलाई अनुरोध गर्नुभयो । उहा“को बयान लेखिसकेपछि घाउ जा“च गर्न त्यसै दिन उहा“लाई मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याइयो । त्यतिबेला म आन्दोलनमा सरिक भइसकेको थिए“, तर सरकारको निगरानीमा परिसकेको थिइन“ । म एसएलसी परीक्षा दिन भद्रपुरमा नै डेरा लिएर बसेको थिए“ । त्यसबेला एसएलसी परीक्षाको लागि झापा जिल्लाभरि एउटै मात्र परीक्षा केन्द्र रहने व्यवस्था थियो । मस“गै पुष्प उप्रेती पनि बस्नुहुन्थ्यो । हामी दुवैजना विद्यार्थी क्षेत्रबाट आन्दोलनमा संलग्न थियौं । दुवैले रामनाथ दाहाललाई चिनेका थियौं । उहा“ धेरैपटक हाम्रो गाउ“मा आउनुभएको थियो । मेरो घर एउटा सुरक्षित आश्रयस्थल भएकाले उहा“लाई म राम्ररी चिन्दथें ।
करिब १÷२ बजेतिर एक हुल प्रहरीहरूको बीचमा घेरिएर मुस्किलले खुट्टा घिसार्दै हामी हि“डिरहेको सडकबाट एउटा दुब्लो, मैलो लुगा लगाएको, झुस्स दारी पालेको मान्छे आइरहेको देखेर हामी झस्कियौं । एकै छिनमा हामीले उहा“लाई चिन्यौं । उहा“ रामनाथ दाहाल हुनुहुन्थ्यो । हामीले उहा“लाई चिनेजस्तो गरेनौं, तर प्रहरी टोलीको पछिपछि अस्पतालसम्म गयौं ।
अस्पतालमा हामीले देख्यौं उहा“का खुट्टाहरूमा औलादेखि गोलीगा“ठासम्म घाउ नै घाउ थिए र घाउबाट पिप बगिरहेको थियो । पिठय“ू र खुट्टाहरूको माथिल्लो भागमा गहिरागहिरा घाउका आला डोबहरू थिए । डाक्टरले घाउ नील जा“च गरेको हामीले छेउबाट हे¥यौं । आ“खाबाट आ“सु आयो, तर केही गर्न सकिने अवस्था थिएन ।
त्यसपछि उहा“हरूलाई जेल लगियो । नेत्र घिमिरे र अन्य तीनजना क्रान्तिकारीहरूलाई घाउ जा“च गर्न लगिएन । रामनाथ दाहाल जिल्लाका सम्भ्रान्त परिवारहरूसित जोडिएकाले उहा“को बचाउका लागि ठूलै दबाब परेको थियो । नेत्र घिमिरे अदालतबाट न्याय पाइन्छ र छुट्न सकिन्छ भन्ने कुरामा विश्वास गर्नुहुन्नथ्यो । त्यसैले, उहा“ आप्mनो पक्षमा प्रमाण जुटाउन पनि लाग्नुभएन । त्यो घटना घटेको लगभग एक महिनापछि फागुन २१ गते उपर्युक्त पा“चैजना क्रान्तिकारीहरूलाई झापा जेलबाट इलाम जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर निर्ममतापूर्वक गोली हानी हत्या गरियो ।
जेल सार्न लग्दा उहा“हरूलाई नेल र हतकडी लगाइएको थियो । नेल भनेको चार÷पा“च किलो तौलको सिक्रीले जोडेका दुईवटा फलामे कल्ली हुन् । त्यो कल्ली हत्कडी जसरी चाबीले लाउने होइन । कल्लीको आ“ऽऽऽ परेको भागबाट खुट्टा त्यस्मा छिराएपछि पा“च किलोको घनले हिर्काएर आ“ऽऽऽ परेको मुखलाई टपक्क जोडिन्छ । त्यसपछि फलाम काट्ने आरीले काटेर मात्रै त्यसलाई छुटाउन सकिन्छ । यसरी बा“धेर लगेका कमरेडहरूलाई पञ्चायती व्यवस्थाका प्रहरीहरूले जङ्गलमा यत्रतत्र भागेजस्तो पारेर ताकीताकी गोली हानेर हत्या गरे ।
यी दुई घटनाले मेरो मानसिकतामा गहिरो प्रभाव पा¥यो र मैले पनि पूर्णकालीन कार्यकर्ता भएर काम गर्ने निश्चय गरे । दिन बित्दै गए । गाउ“मा राजनीतिक क्रियाकलापहरू बढ्दै गए । गाउ“मा अगुवा कार्यकर्ता खडानन्द वाग्ले, घनेन्द्र बस्नेत, प्रेम सापकोटा, कर्मसिंह भुजेल, जेठा खाती हुनुहुन्थ्यो । धर्मप्रसाद ढकालको हत्या भएको घटनापछि बुधबारेबाट खडानन्द वाग्ले, घनेन्द्र बस्नेत, मनकुमार गौतम, मनकुमार तमाङ, अम्बर कार्की आदि भूमिगत हुनुभएको थियो । त्यसपछि त्यस गाउ“को सङ्गठनको जिम्मा नै म र ठूलो दुर्गाप्रसाद अधिकारीमा थियो । हामीले फागुन २१ गतेको घटनाले छाएको निराशालाई तोडेर साङ्गठनिक क्रियाशीलता जारी राख्न ठूलो प्रयत्न ग¥यौं ।
एक दिन चैत महिनातिर झापाको दक्षिण क्षेत्रबाट पार्टीको एउटा लडाकु दस्ता हाम्रो क्षेत्रमा आयो । त्यस टोलीमा हर्क खड्का, मुकेश मगर, छत्र मगर, लीला कट्टेल र गौरा प्रसाईं थिए । उनीहरूलाई दावा खोलाको सुरक्षित बाटोबाट भोटेटार भन्ने गाउ“मा रहेको ठूलो दुर्गाप्रसाद अधिकारीको घरसम्म मैले लिएर जानुप¥यो । जुनेली रात थियो । बन्दुक बोकेका गुरिल्लाहरूलाई बाटो देखाउ“दै म अघि बढिरहेको थिए“ । अचानक नजिकै खोलाको किनारमा रहेको घरबाट कुकुर भुक्यो । मैले साथीहरूलाई आड लिन इसारा गरें र आश्रयदाता साथीको घरतिर लागें । म पुगेर भित्र पसेको मात्र थिए“ एकजना छिमेकी दर्जी दौड“दै आए“ र भने– ‘हजुर मलाई बल चाहियो । मेरो घर बन्दुकधारीहरूले घेरेका छन् । मलाई र ठूलो दुर्गालाई ती को हुन् भन्ने थाहा भयो, तर त्यो दर्जी गाउ“का अरू मानिसहरू पनि बटुल्न चाहन्थ्यो । हामीले जसरी पनि उसलाई त्यसो गर्नबाट रोक्नुपथ्र्यो । त्यसैले, मैले अगाडि सरेर भनें– ‘दाइ † ती मान्छे लुटेरा होइनन् । तपाईं हामीजस्तै गरिबहरूलाई मुक्ति दिलाउन हि“डेका मानिस हुन् । बरु, हामीले पनि तिनीहरूलाई सघाउनुपर्छ । हाम्रा कुरा सुनेर ऊ केही शान्त त भयो तर आश्वस्त हुन सकेन । त्यस रात हामीले दक्षिणबाट आउने साथीहरूलाई त्यो गाउ“मा शरण दिन सुरक्षित ठानेनौं र १० किलोमिटर उत्तर–पश्चिम इलाम जिल्लामा पर्ने बर्फल्याङ भन्ने गाउ“मा एकजना स्थानीय साथीको साथ लगाएर पठायौं । म र दुर्गाले भएर त्यो दर्जीलाई राजनीतिक प्रशिक्षण गरेर क्रान्तिकारी पङ्क्तिमा ल्याउने प्रयत्न ग¥यौं ।’
तर, बिहान हुनेबित्तिकै थाहा भयो, उसले राति भएको बेलिविस्तार गाउ“भरि फिजाइसकेछ । मलाई उसले चिनेनछ, तर ठूलो दुर्गालाई पक्रिन बेलुका नभई प्रहरीहरू आइपुगे । उहा“लाई प्रहरी हिरासतमा दुई दिनसम्म चरम यातना दिइयो, तर उहा“ले त्यो दर्जीले भनेको कुरा भूmट हो भनेर जित्नुभयो । ‘अबदेखि फेरि यस्तो आतङ्ककारी गतिविधि गरेको थाहा पायौं भने तेरो लास मात्रै घर फर्कन्छ’ भनेर उहा“लाई छोडिदिए“ । तर, बिस्तारै हामी दुबै प्रहरीको निगरानीमा परेको हामीलाई थाहा भयो ।
पार्टी गतिविधि बाक्लि“दै गएपछि म बिस्तारै अर्धभूमिगत भएर काम गर्न थालें । पार्टीबाट मलाई पूर्णकालीन हुन दबाब आइरहेको थियो । त्यस क्षेत्रको इन्चार्ज घनेन्द्र बस्नेत हुनुहुन्थ्यो र उहा“ मलाई भूमिगत हुन प्रेरित गर्दै हुनुहुन्थ्यो । यसैबीच, ०२९ साउन १२ गते बुधबारेको एकजना सानो जमिनदारमाथि भौतिक आक्रमण भयो । त्यो घटना हाम्रो गाउ“ कमिटीले गठन गरेको गुरिल्ला, स्क्वार्डले गरेको थियो । म त्यो स्क्वार्डको पथप्रदर्शक भएर गएको थिए“ । घनेन्द्र बस्नेत त्यसको राजनीतिक नेता र ठूलो दुर्गाप्रसाद अधिकारी त्यसको कमान्डार हुनुहुन्थ्यो । त्यो आक्रमणमा ती जमिनदारलाई कुनै चोटपटक लागेको थिएन । पार्टीको स्क्वार्ड उनको घर कम्पाउन्डमा पस्तापस्तै उनी घरको अर्को दिशाबाट भाग्न सफल भएका थिए । त्यस दिन नराम्रो कुरा के भयो भने त्यो परिवारका सदस्यहरूले मलाई चिने र त्यस घटनाको प्रमुख अभियुक्तका रूपमा मेरो विरुद्ध उजुर गरे । म पूर्ण रूपले भूमिगत भए“ ।
त्यो घटना घटेको आठ दिनपछि मलगायत झापा आन्दोलनका अन्य अगुवाहरू गरामनीको नडियाबारी भन्ने गाउ“मा आश्रय लिएर बसेका थियौं । हामी बसेको घर कमरेड सीपी मैनालीकी पत्नी निलम केसीको माइतीघर थियो । दिउ“सो ४ बजेतिर प्रहरीले गाउ“ घेरिसकेको हामीले समाचार पायौं । बुझ्दा थाहा भयो, त्यही परिवारको कसैले सुराकीको काम गरिरहेको थियो र सरकारको प्रलोभनमा परेर हामी त्यहा“ भएको जानकारी प्रहरीलाई दिएको थियो † हामीले छिटोछिटो के गर्ने भन्नेबारे छलफल ग¥यौं तर विकल्प थोरै थिए । हामीसित बन्दुक थिएनन् । 
खाली हातले सम्पूर्ण गाउ“ घेरेर बसेका असङ्ख्य प्रहरी र बाहिरी घेराबाट सहयोग गरिरहेका सैनिकहरूसित लड्ने र उम्किने कुरा भएन । हाम्रो अगाडि शान्तिपूर्ण ढङ्गले गिरफ्तारी दिनेभन्दा अर्को बाटो नै थिएन ।
बाहिरबाट एसपी पदमबहादुर मानन्धर हामीलाई आत्मसमर्पण गर्न आदेश दिइरहेको थियो– ‘राधाकृष्ण मैनाली, बाहिर आइज, नत्र फायर खोल्छु, घरमा आगो लगाउ“छु ।’ हामी निर्णय गर्न सकिरहेका थिएनौं । त्यो घरमा आरके, नरेश खरेल, म, दिलबहादुर खड्का र निलम केसी थियौं । संयोगले त्यही गाउ“को अर्को घरमा लीला कट्टेल, हर्कबहादुर खड्का, चन्द्र्रबहादुर डा“गी र बलबहादुर खड्का आश्रय लिएर बसेका थिए । प्रहरीले दुवै घरलाई घेरामा हालिसकेका थिए ।
घरभित्र र बाहिर मुर्दा शान्ति छाएको थियो । म आप्mनो मुटुको घड्कन सुनिरहेको थिए । त्यो छोटो अवधिको शान्ति गोलीको आवाजले भङ्ग ग¥यो । हर्कबहादुर खड्का र चन्द्रबहादुर डा“गीले परिस्थितिको राम्रो आ“कलन नगरी घरबाट निस्केर भाग्ने प्रयत्न गरेछन् । प्रहरीले गोली चलायो चन्द्रबहादुर डा“गी सहिद हुनुभयो । हर्क खड्कालाई घु“डामा थोरै चोट लाग्यो र ढल्नुभयो । प्रहरीहरू उनीहरूको टोलीलाई गिरप्mतार गरिसकेपछि हामी बसेको घरतिर केन्द्रित भए ।
आरके र नरेश धमाधम पार्टीका संवेदनशील दस्तावेजहरू जलाउ“दै हुनुहुन्थ्यो । मचाहि“ उम्किन सकिहाल्छु कि भनेर आफूसित भएको खुकुरी भिरेर बाहिर निस्कें । वरिपरि हेरें, केही देखिन“ । प्रहरीले घेरा हालिसकेको रहेनछ जस्तो लाग्यो र छिटोछिटो बाहिरी भ¥याङबाट ओर्लन थालें । भ¥याङको सबभन्दा तल्लो ल्यान्डिङ्बाट के हाम फाल्न लागेको थिए“, घरको कुनाबाट ठूलो आवाजले कोही करायो ‘हल्ट’ । म रोकिए“ र फेरि वरिपरि हेरें यसपटक चारैतिरबाट बन्दुक मतिर ताकिएका थिए । राइफलमा जोडिएका सङ्गीनहरू बेलुकीका घाममा टिलिक्क टल्केका थिए । म फनक्क पछि फर्कें र भ¥याङबाट फेरि माथि नै उक्लें । सायद मलाई नाबालक नै देखेर प्रहरीले जहा“को त्यही“ अडिरहने आदेशको उल्लङ्घन गर्दा पनि ममाथि गोली चलाएनन् । मैले बाहिरको अवस्थाको जानकारी आरके र नरेश कमरेडहरूलाई दिए“ । बाहिर प्रहरीको उत्तेजक चहलपहल बढिरहेको थियो । 
त्यतिबेलै प्रहरी भ¥याङबाट माथि चढ्न थालेको आवाज आयो । केही समयमै भित्ताको सिलिङसित जोडिएका साना प्वालबाट बन्दुक छिराएर हामीतिर फर्काउ“दै प्रहरीले हामीलाई हात उठाउने आदेश दियो । टाउकोमाथि हात राखेर हामी बिस्तारै बाहिर निस्क्यौं । बाहिर निस्कने जतिलाई एकएक गर्दै प्रहरीले हात पछाडि मर्काएर बा“ध्दै घोक्र्याएर छेउमा उभ्याएका जिपभित्र राख्न थाल्यो । स“गस“गै हामीमाथि लाठी, बुट र बन्दुकहरू बर्सिन थाले । 
सा“झ परिसकेको थियो । हामीलाई जिप र ट्रकका लस्करभित्र पारेर सदरमुकाम चन्द्रगढीतिर लान थाल्यो । बाटोमा देउनिया“ भन्ने सानो खोला पर्छ । हामीलाई त्यो खोलाको किनारमा रोकियो र गाडीबाट ओर्लने आदेश दिइयो । ओर्लेपछि सबैलाई लाइन लाएर उभ्याइयो । प्रहरीले हतियार खट्याकखटुक पार्दै तिनीहरूको परीक्षण गर्न थाले । ‘हामीलाई मार्छ होला । जे गरे पनि हामीले आत्मसम्मानपूर्ण व्यवहार देखाउनुपर्छ,’ आरकेले भन्नुभयो । मलाई पनि जीवनको अन्तिम क्षण त्यही हो जस्तो लागेको थियो, तर त्यसो होइन रहेछ । घेराबन्दीमा संलग्न प्रहरीको अर्को टोली आइपुगेको रहेनछ । त्यसलाई पर्खेर त्यो आइपुगेपछि हामीलाई त्यही“बाट हि“डाएर यातना दि“दै लैजानका लागि रोकिएको रहेछ । केही मिनेटमै त्यो टोली आइपुग्यो । त्यसको नेतृत्व रुसमा तालिम लिएर आएको इन्सपेक्टर हरिदास राईले गरेको रहेछ ।
ऊ आइपुगेपछि एसपी पदमबहादुर मानन्धरले हाम्रो परिचय गरायो । मानन्धरले परिचय गराएपछि परिचय गराइएको व्यक्तिलाई हरिदास राई एक झापड कुट्थ्यो । मेरो पालो आएपछि उसले मलाई यति जोडले झापड हान्यो कि मेरो दिमाग एकछिन चेतनाशून्यजस्तै भयो । भन्न रि“गटा लाग्यो र मुखमा रगत भरियो । मैले रगत थुकें र नरेश खरेललाई हेरें । उहा“ले भन्नुभयो– ‘हामीलाई यही“ मार्छ होला । गोली पड्केको सुन्नेबित्तिकै नारा लगाउन थाल्नुपर्छ ।’ मैले मौन सहमति जनाए“ ।
भर्खरै पानी परेर जमिन हिलो भएको थियो । परिचयपछिको छोटो मौनतापछि प्रहरीले हामीलाई मार्चिङ अर्डर दियो, ‘मार्च १’ । मार्चिङ आदेशपछि हामीमाथि लाठी, बुट र बन्दुका कुन्दाहरू बर्सन थाले । सङ्गीनका चेप्टोतिरबाट पिठ्यु“मा यसरी पिट्थ्यो कि त्यसको आवाज रातको सन्नाटामा टाढाटाढासम्म प्रतिध्वनित हुन्थ्यो । हामी प्रहरीसितै दौडिरहेका थियौं र हामी माथि निरन्तर सङ्गीन र बन्दुकका कुन्दा बर्सिरहेका थिए । बेलाबेला वातावरणमा गम्भीरता थप्तै आकाश गर्जिन्थ्यो । म भने टाउकोबाट बगेको रगत आ“खाभित्र पसेर सीधा बाटो हेर्न पनि सकिरहेको थिइन“ । करिब चालिस मिनेटको अपमानजनक दौडपछि हामीलाई चन्द्रगढीस्थित जिल्ला प्रहरी कार्यालय पु¥याइयो । त्यहा“बाट सुरु भयो, औपचारिक यातनाको शृङ्खला । 
यातनाको पनि विज्ञान हु“दो रहेछ । यसका सिद्धान्त र उपकरणहरू हु“दा रहेछन् । त्यहा“ पहिलो पटक हामीलाई तुरुङसित साक्षात्कार गराइयो । तुरुङ भनेको करिब एक क्विन्टल गहु्र“गो काठको बिम हो, जसमा गोलीगा“ठा र पि“डुलाको बीचको भाग अट्नसक्ने प्वाल हुन्छ । त्यो बिम बीचबाट चिरिएको हुन्छ । त्यसको एक छेउमा कब्जा प्रयोग गरी दुई बिमहरू तलमाथि चल्ने गरी जोडिएका हुन्छन् र अर्को छेउमा ताला लाउने व्यवस्था हुन्छ । त्यसमा खुट्टा हाल्ने मानिसले हलचल नगरी बस्नुपर्छ, नत्र खुट्टा भा“चिन सक्छ । हामीले करिब एक महिना त्यस्ता तुरुङमा बस्नुप¥यो । रात परेपछि तुरुङबाट झिकेर बयान लिन लान्थ्यो सोधपुछ सुरु गथ्र्यो । एक अर्काको बयान मिल्दैनथ्यो र सही कुरा पत्ता लगाउन यातना दिन्थे । बयान लिने एउटा लामो हल थियो । त्यहा“ यातनाका औजारहरू भरिएका थिए । त्यहा“ पु¥याएपछि हिलो भुइ“मा कुद्न लाउ“थ्यो । कुद्दा लडिन्थ्यो । कोही लडेन भने घोक्र्याएर लडाउ“थे । खुट्टा ठाडो पारेर कुर्सीमा अड्याइन्थ्यो र टायरका पेटी र भाटाले तबसम्म पिट्थे, जबसम्म ऊ बेहोस हु“दैनथ्यो । 
सोधपुछ सामान्यतयाः एक महिना चल्थ्यो । त्यसबीचमा बयान लिइन्थ्यो र बयान नमिले यातना दिने क्रम दोहोरिन्थ्यो । त्यो क्रममा झापा आन्दोेलनका क्रान्तिकारीहरूले अवर्णनीय यातना पाएका थिए । सबभन्दा बढी यातना पाउनेमा हर्क खड्का थिए । उनी सामान्य राजनीतिक चेतना भएका साथी थिए, तर पञ्चायती सरकारका नजरमा उनी आन्दोलनका कमान्डर र हतियार चलाउन जान्ने खतरनाक विद्रोही थिए । हामी सबैले धेरै यातना पाएका थियौं, तर उनले पाएको यातना कहालीलाग्दो थियो । पैतालामा कुट्दाकुट्दा उनी दिग्भ्रमित रहन्थे । कपालका रौं झरेर मुडुलै भएका थिए र शरीरका कुनै ठाउ“मा चोट नभएको ठाउ“ थिएन । कुटेका घाउमा टा“सिएका लुगा शरीरबाट हटाउन गाह्रो हुन्थ्यो । हर्ककी पत्नी अम्बिका खड्कालाई म यहा“ विशेष रूपले सम्झना गर्छु । उहा“ बाहिरै हुनुहुन्थ्यो । प्रत्येक हप्ता भेट्न आउनुहुन्थ्यो र हाम्रा रगतले लतपत भएका लुगा घरमा लगेर धुनुहुन्थ्यो र अर्को हप्ता ल्याइदिनुहुन्थ्यो । प्रहरीले अघाउ“जी खान दि“दैनथ्यो । उहा“ले नै घरबाट मासुभात पकाएर ल्याउनुहुन्थ्यो र हामीलाई ख्वाउनुहुन्थ्यो ।
बेलुका पालैपालो बयान लिन लान्थ्यो । बयान लिने सूचीमा समावेश नभएकाहरू बयान लिन हलबाट आएका चित्कारहरू सुनेर सुत्न निदाउन सक्दैनथे । बयान लिएर फर्कंदा कोही पनि आफैं हि“डेर फर्कन सक्दैनथ्यो । दिसापिसाब गर्ने अस्थायी चर्पी थियो । त्यहा“ ला“दा लात्तीले हान्दै र हतकडी झट्कार्दै लान्थ्यो । चर्पी जाने बाटोमा भर्खर काटेको का“सघारी थियो । खाली खुट्टाले का“सधारीमा हि“ड्दा तिखा सुइरा गाडिएर हाम्रा पैतालामा गहिरा घाउ भएका थिए । चर्पीमा बसेका बेला पनि भाग्यो कि भनेर दुख्ने गरी हतकडी झड्कारिरहन्थ्यो । विशेषगरी राति चर्पी जा“दा भाग्यो भनेर गोली हान्ने सम्भावना भएकाले प्रायः पिसाब लागे पनि पुलिसलाई भनि“दैनथ्यो, थामेर रात काटिन्थ्यो । यो पीडा अहिले पनि सम्झी नसक्नु जस्तै लाग्छ । 
पुलिस हिरासतको बयान सकेर जेल पु¥याइएका आन्दोलनकारीहरूलाई जेलको गेटमै नेल ठोक्थ्यो । गह्रु“गो नेल लिएर यताउता हि“ड्न धेरै गाह्रो हुन्थ्यो । नेल लाएको केही दिनपछि नली खुट्टा फलामले काटेर छियाछिया हुन्थ्यो । छाला कालो भएर आउ“थ्यो र हेर्न नहुने हुन्थ्यो । जाडोमा फलामको चिसो बढेर बरफमा टेकेजसरी ठिहि¥याउ“थ्यो । त्यसको चिसो र फलामको धारको चोटबाट बच्न हामी त्यो नेलमा कपडाका खोल सिलाएर लाउ“थ्यौं । पि“डुलासम्म थोत्रा कपडा बेथ्र्यौं । हिरासतबाट जेल पुगेपछि तङ्ग्रिन महिनौं लाग्थ्यो । 
बयान लिने क्रममा धेरै यातना भोग्ने साथीहरूमा मनकुमार गौतम पनि पर्नुहुन्छ । झापा आन्दोलनमा संलग्न हुनुभन्दा अघि उहा“ आध्यात्मिक बाटोमा हि“डिरहनुभएको थियो । गेरु वस्त्र धारण गर्नुहुन्थ्यो । लामालामा जटा पाल्नुहुन्थ्यो । वेशभूषाका कारण धेरै समय उहा“ प्रहरीको निगरानीमा पर्नुभएन । तर, आन्दोलनमा गिरफ्तारी बढ्दै गएपछि कसैले उहा“को संलग्नताबारे प्रहरीलाई जानकारी दियो । एक दिन आफ्नो क्षेत्रमा आएको बेला उहा“ पक्राउ पर्नुभयो । प्रहरीले चरम यातना दिएर उहा“लाई साबित गर्ने प्रयत्न ग¥यो । उहा“लाई राति बिरिङ खोलाको बगरमा लिएर गयो । छातीसम्म डुब्ने खाल्डो खन्यो । त्यो खाल्डोमा उहालाई हाल्यो र केही पर उभिएका प्रहरीहरूको टोलीलाई गोली हान्ने आदेश दियो । प्रहरीहरूले बन्दुक ‘कक’ गरे । चेम्बरमा गोली चढाए, तर फायर गरेनन् । यो उहा“लाई आतङ्कित पार्न रचिएको चाल रहेछ । त्यति गर्दा पनि उहा“ले आफ्नो संलग्नताबारे मुख खोल्नुभएन । 
त्यसपछि उहा“माथि शारीरिक यातना दिन थालियो । पैतालामा भाटा र टायरका पेटीले मरणान्त नहुन्जेल कुटियो । पटकपटक बेहोस पारियो । त्यसपछि उहा“का जटा उखेल्न थालियो । कपाल उखेल्दा उहा“को टाउको मुडुलो भएको थियो । जरीतिर त झन् कपाल फिटिक्कै थिएन । अहिले पनि कानको छेउछाउ उहा“को कपाल धेरै छैन । 
जेल पु¥याएपछि पनि हामीलाई धेरै र पटकपटक यातना दिइयो । अनेक बहाना निकालेर सुरक्षा प्रहरी र जेल प्रशासनले हामीलाई शारीरिक र मानसिक यातना दिने गथ्र्यो । हामीसित पक्राउ परेर थुनिनेमा दुईजना महिला साथीहरू पनि हुनुहुन्थ्यो । उहा“हरू लीला कट्टेल र सीता खड्का (अहिले नीलम केसी) हुनुहुन्थ्यो । एक रात उहा“हरूको वार्डमा पहरामा बसेका प्रहरीहरू जबर्जस्ती पस्न प्रयास गरेछन् । उहा“हरूले त्यो कुराको जानकारी गोप्य पत्रमार्फत हामीलाई दिएर असुरक्षाबारे चिन्ता व्यक्त गर्नुभयो । हामीले जेलरसित भेटेर त्यो व्यवहारको विरोध ग¥यौं । जेलरले दोषीलाई कारबाही गर्ने वचन दिए, तर हाम्रो डेलिगेसन जेलभित्र आइपुग्नेबित्तिकै एक हुल प्रहरीहरू हातमा लठ्ठी र बाक्लाबाक्ला पेटी हातमा लिएर हाम्रो वार्डभित्र पसे । उनीहरूले राधाकृष्ण मैनाली, नरेश खरेल, म, धर्म घिमिरे, मनकुमार गौतम र जीवन मगरलाई पा“च नम्बर वार्ड बाहिरको चोकमा राखेर बा“की साथीहरूलाई वार्डभित्र पठाए र वार्डमा ताला लगाए । त्यसपछि हामी बाहिर राखिनेहरूमाथि तिनीहरूले अन्धाधुन्ध लाठी, बुट र पेटी बर्साउन थाले । करिब आधा घण्टासम्म हामीलाई उनीहरूले कुटिरहे । शरीर रगतले लछप्पै भिज्यो । अन्तिममा हामी सबै जमिनमा ढल्यौं । प्रहरीले हामीलाई नेलको सिक्रीमा समातेर घिसार्दै वार्डभित्र पु¥याएर फर्के । 
हामी गिरफ्तार भएपछि बाहिरको पार्टी गतिविध ठप्पजस्तै भयो, केही समय । जेल सुरक्षा प्रमुख कहिलेकाही“ जेलभित्र आउ“थ्यो र तिमीहरूको क्रान्तिको झिल्कोलाई हामीले यसरी निभायौं भनेर दुइटा हत्केला जोडेर बटाथ्र्यो । त्यसले झन् निराशाको सञ्चार गथ्र्यो । एक दिन बिहानै कुनै समर्थक कर्मचारीबाट बाहिर पार्टीले ज्ञानबहादुर बस्नेत भन्ने सुराकीको सफाया गरेको समाचार सुनियो । नरेश कमरेड हौसिएर जेलको भित्री भित्ताभरि क्रान्तिकारी नारा लेख्न थाल्नुभयो । एकैछिनमा सेता भित्ता अ“गारले लेखेका क्रान्तिकारी नाराहरूले भरिए । नारा मैले लेखेको थिइन“ । म वास्तवमा सधैं नरम धार समातेर हि“ड्ने गर्थे, तर नरेश कमरेडका दृढता र क्रान्तिप्रतिको समर्पण, ईष्र्या गर्नलायक लाग्थ्यो । उहा“ र म अत्यन्तै मिल्ने । अहिले पनि हाम्रो मित्रता र एकअर्काप्रतिको सम्मान अगाध छ । जेलमा हल्ला चल्यो त्यो भित्ताको नारा नरेश र नारदले लेखेका हुन् । उसको किल्लाभित्र हामीले त्यो दुस्साहस गरेको के सहन्थ्यो सरकारले । बेलुकीपख हामी दुईजनालाई नराम्ररी धुल्यायो । धेरै दिन लाग्यो तङ्ग्रिन हामीलाई †
झापामै ह“ुदा एक दिन का“चा दाउरा र सडेको चामल बा“डेको विषयमा विरोध गर्न मनकुमार गौतम जेलरकोमा जानुभएछ । जेलरले बढ्ता जान्ने हुन्छस् भनेर उहा“लाई मोटा बिजुलीको तारले यसरी कुटेछ, उहा“लाई अर्धमृत अवस्थामा जेलभित्र ल्याइयो । उहा“को पिठ्यू“, गाला, छाती, तिघ्रा कुनै ठाउ“ तारले सुम्ला नबसाएको ठाउ“ थिएन । उहा“लाई हामीले हेरचाह गरेर बचायौं तर यातनाका शृङ्खलाहरू रोकिएनन् । 
जेलमा वर्तमान प्रधानमन्त्री, नेकपा 
(एमाले)का अध्यक्ष केपी शर्मा ओली, सीपी मैनाली र मोहनचन्द्र अधिकारीलाई सरकारले चरम यातना दिएको थियो । केपी शर्मा ओली र मोहनचन्द्र अधिकारीलाई बयान लिइसकेपछि काठमाडौं केन्द्रीय कारागारमा लगेर एकान्त कैद (गोलघर)मा राखिएको थियो । उहा“हरूलाई पनि नेल र हतकडी लगाएर राखिएको थियो । उहा“हरूलाई बाहिरी संसार त परै जाओस्, जेलभित्रकै अलिक खुला परिवेशसित समेत सम्पर्कमा आउने छुट दिइएको थिएन । यातनाले गर्दा मोहनचन्द्र अधिकारीलाई गम्भीर ‘डिप्रेसन’को समस्या भएको थियो । तर, उपयुक्त उपचार गराउनुको साटो उहा“लाई मर्फिनका सुई दिएर सुताएको सुतायै गरिन्थ्यो । मर्फिनको सुईको प्रभावले उहा“को एउटा नितम्बमा गहिरो घाउ भएको थियो जहा“बाट पिप बगिरहन्थ्यो । 
झापा विद्रोहका अरू बन्दीहरूलाई पनि समयसमयमा एकान्त कैदमा राखिन्थ्यो । पक्राउ गरेपछि सीपी मैनालीलाई पनि केही समय एकान्त कैदमा राखिएको थियो । नेपालमा त्यस्तो कैदमा गोलघर भन्ने अ“ध्यारो कोठामा राख्ने गरिन्छ, जहा“ कसैसित बोल्न र भेट्न पनि पाइ“दैन । 
२०३३ सालमा नक्खु जेल तोडेर भागेपछि नरेश खरेल, म, घनेन्द्र बस्नेत, धर्म घिमिरे, भीष्म धिमाल पुनः पक्राउ प¥यौं । त्यसपछि हामीलाई करिब तीन वर्ष गोलघरमा एकान्तमा कैद गरियो । त्यस समयको पीडा शब्दमा व्यक्त गर्न सकि“दैन, तर त्यसले हामीलाई झन् कठोर बन्न सिकायो । दमनका कालरात्रिमा उज्यालोको प्रतीक्षा गर्न सक्ने धैर्य विकास गरायो र स्वतन्त्र जीवनका लालसाहरूलाई अझ प्रगाढ बनायो । 

सहिदहरूको आदर्शलाई  शिरोपर गरेर अघि बढौं 

पवित्रा निरौला खरेल
फागुन २१ स“ग हाम्रो आस्था, हाम्रो भावना जोडिएको छ । सुखानी जङ्गलको नाम सुन्नेबित्तिकै हाम्रो शरीरका रौं ठाडा हुन्छन्, शरीरभरि का“डा उम्रन्छन् । त्यस जङ्गलस“ग कम्युनिस्ट पार्टीको गहिरो नाता छ, अमर सहिदहरूको रातो र तातो रगत पोखिएको त्यस पवित्र धर्तीको प्रगाढ माया छ, स्नेह छ र त्यस भूमिको हामीलाई ।
भूमिगतकालमा झापाबाट इलाम जाने क्रममा घना जङ्गलभित्र उम्रिएका पा“चवटा रूखको छेउमा पुग्दा हामीलाई पा“चजना सहिदहरूलाई भेटेजस्तो लाग्दथ्यो । पल्याकपुलुक वरिपरि कोही छ कि भनेर नियाल्दै, गोठाला, दाउरे वा बटुवाले देख्लान् कि भनेर लुक्दै जोसिलो लालसलाम गरेर, वनमा भेटिएका वनफूल सहिदहरूलाई अर्पण गरेर हि“ड्थ्यौं । फागुन २१ लाई एउटा अत्यन्तै महŒव राख्ने दिनका रूपमा हामी लिन्छौं । एकै स्थानमा पा“च÷पा“चजना वीरहरूको रगत पोखिएको थियो– सुखानीमा त्यस त्यस दिन ।
फागुन २१ सम्झनेबित्तिकै ती बहादुर योद्धाको तस्बिर आ“खा अगाडि नाच्न थाल्छ । ती वीरहरूले आफ्नो व्यक्तिगत सुखसुविधा र पारिवारिक माया–ममता त्यागेर भोका, नाङ्गा, शोषित, उत्पीडित नेपाली जनताको मुक्तिका खातिर आफ्नो अमूल्य जीवन आहूति दिए । आज सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइ“केल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सुखानीमा बगेको रगतले कम्युनिस्ट नेता र कार्यकर्तालाई प्रश्न गरिरहेको छ, के हाम्रा सपना साकार हुनेछन् ? के हामीले बगाएको रगतले सम्मान पाउनेछ ? नेपाल आमाका ती सपूत महान् सहिदहरूको आस्था अटल थियो । हिमालजस्तो अटल, हिउ“जस्तो स्वच्छ † जसको भावना र व्यवहार कति निस्कलङ्क र निःस्वार्थ थियो, कही“कतै लोभ, लालच र स्वार्थका अंशहरू देखि“दैनथे । त्याग, निष्ठा र आस्थामाा अडिग योद्धाहरूले यस्तो सपना देखेका थिए । खासमा अन्याय अत्याचाररहित समाज, ठूलो र सानो, धनी र गरिबको खाडल अन्त्य गरी समानतापूर्ण समाज, सबै जनता शिक्षित, जनताको आवश्यकताअनुसारको काम, कामअनुसारको दाम प्राप्त छैन व्यवस्थाको सुन्दर नेपाल । समृद्ध नेपाल निर्माण गर्ने सपना नै सहिदहरूको 
सपना थियो ।
आफूले बोकेको लक्ष्य पूरा गर्न शोषित–पीडित जनताको हित प्रतिनिधित्व गर्ने महान् पार्टी कम्युनिस्ट पार्टीमा आबद्ध भई कम्युनिस्ट सिद्धान्त, मूल्य र मान्यतामा दृढ भई अनुशासित, लगनशील, सिर्जनशील, जनभावनाको कदर गर्ने, जनप्रेमी नेताको रूपमा नेतृत्व गर्दै, तमाम जनता र कार्यकर्तालाई मार्गनिर्देशन गर्दै अगाडि बढ्ने क्रममा प्रतिक्रियावादी शासकहरूले उहा“हरूलाई जेलमा थुनेका थिए । जेलका चार पर्खालभित्र फलामे जन्जिरले बा“धेर राख्दा पनि ती कम्युनिस्ट क्रान्तिकारीहरूको विचार थुन्न नसक्ने डरले पञ्चायती शासकहरूले सदाका लागि विचार मार्न सुखानीको जङ्गलमा लगेर हत्या गरेका थिए । ती वीर क्रान्तिकारीहरूले यस्तो साथी पाएका थिए, जुन साथी आपसमा छाया“जस्ता थिए, जुन छाया“ले कहिल्यै साथ छोड्दैन अनि छोडेन पनि । साथीलाई ख्वाएर मात्र आपूm खाने साथीलाई सुख दिएर आफू दुःख सहने ती पा“चैजनामा त्यो भावना थियो, जसले गर्दा अनेकौं यातनाको प्रहार खपेर पनि कहिल्यै आफ्ना बाहिर भएका साथीहरूको नाम खोल्नुभएन । र, ठेगाना बताउनुभएन । 
त्यस ताका फलामे अनुशासन पालना गर्ने क्रान्तिकारीहरूको टिम थियो, प्रशिक्षित, पारदर्शी, पूर्ण विश्वासी कमरेडहरू, जो ऐनाजस्तो, जुन ऐनाले कहिल्यै झुटो बोल्दैन त्यस्ता साथीको साथ पाएका क्रान्तिकारीहरूले आफ्नो विचार र सिद्धान्तमा सधैं प्रतिबद्ध रहने प्रण गर्दै पञ्चायती प्रतिक्रियावादी शासकहरूका बन्दुकको नालअगाडि शिर उ“चो राखी न्यायप्रेमी जनताको मुक्तिका खातिर आफ्नो कल्कलाउ“दो जीवन उत्सर्ग गर्नुभयो । हरेक वर्ष झापाली वीरहरूको रगतले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, स्वदेश–विदेश र प्रवास समेतका कम्युनिस्टलाई खबरदारी गरिरहेको छ । सही विचार बोकेर हि“ड्न र पार्टी नीति सिद्धान्तअनुरूपको व्यवहार गर्न सधैंसधैं यो महान् दिनले घच्घच्याइरहेको छ । 
सुखानीमा सहिदहरूले रगत बगाएको आज ४३ वर्ष बितेछ । देशमा हजारौंहजार नेता–कार्यकर्ता सुखानीका सहिदहरूको प्रेरणाबाट अगाडि बढ्दै राज्यका विभिन्न निकाय र सर्वोच्च निकायमा समेत पुग्नुभएको छ । म सम्पूर्ण कम्युनिस्ट पार्टीमा आबद्ध कमरेडहरूलाई अनुरोध गर्न चाहन्छु, ती प्रेरणाका स्रोत महान् सहिदहरूको मर्म र भावना आज छाया“मा परेको अनुभूति भएको छ । यी प्रेरक महान् हस्तीको निष्ठा, दृढता र आस्थाको पूर्ण सम्मान हुन नसक्ने हो कि ? प्रश्नचिह्न खडा भएको छ । पार्टीमा अविश्वास, स्वार्थ, अराजकता बढेको छ । पार्टी पद्धतिलाई लत्याउने र व्यक्ति हावी हुने, व्यक्तिलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति मौलाएको छ । पार्टीमा लामो समय काम गर्ने कार्यकर्ताको पङ्क्ति बेखबर भएको छ । पार्टीले कार्यकर्ता निर्माणमा लगाएको लगानी र व्यक्तिले पार्टीमा लगाएको लगानी त्यसैखेर गएको छ । अवसरको खोजीमा हराएको छ भने अर्कोतर्फ कम्युनिस्ट विचारमा कहिल्यै आस्था नराख्ने व्यक्तिले आज पार्टीलाई दिएको ‘दान’का नाममा मान सम्मान पाएको छ, अवसर पाएको छ । बलबाहु हुनेले पार्टीलाई आफ्नो स्वार्थपूर्ति गर्ने प्लेटफर्म बनाउन थालेको छ । यस्तै प्रवृत्ति मौलाएर जाने हो भने किन आस्थाको लडाइ“ लड्ने ? किन विचारको लडाइ“ लड्ने ?
हाम्रो गौरवपूर्ण पार्टीको कार्यपद्धति व्यक्तिगत विचारको स्वतन्त्रता तथा सामूहिक निर्णयको परिपालना, व्यक्ति सङ्गठनको मातहत, अल्पमत बहुमतको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति हो, यो नै कम्युनिस्ट पार्टीको पद्धति हो । वर्तमान अवस्थामा यस पद्धतिलाई परिपालना गर्न नसकेको अवस्था छ । साथै, चित्त नबुझेको सवाललाई सङ्गठनमा नै राखेर छिनोफानो गर्नुपर्ने, असन्तुष्टिका अभिव्यक्ति बाहिर नलैजाने जुन हाम्रो पद्धति हो, त्यो उल्लङ्घन हुन थालेको छ । कतै चित्त नबुझेको सवाल राख्ने ठाउ“ छैन । कतै राख्ने ठाउ“ भएर पनि राखि“दैन । असन्तुष्टिका अभिव्यक्तिहरू बाहिर यत्रतत्र सर्वत्र छरिएका छन् । पार्टीमा राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई कारबाही गर्ने कार्यकर्तालाई सधैं धारिलो बनाउने आलोचना÷ आत्मालोचना नामक सान लगाउने पद्धतिको अन्त्य भएको छ । पार्टी निर्माणको अत्यन्तै महŒवपूर्ण पक्ष कम्युनिस्ट कार्यशैली हो । यो नितान्त व्यवहारस“ग सम्बन्धित हुन्छ । तर, आज पार्टीमा सदस्यभित्रै कम्युनिस्ट कार्यशैलीको खडेरी परेको छ । पार्टी सिद्धान्तप्रति प्रतिबद्ध खुला, खुलस्त र पारदर्शी जीवनशैली कम्युनिस्ट कार्यकर्तामा हुनुपर्दछ । कम्युनिस्ट कार्यकर्ताले कहिल्यै झूटो बोल्नुहु“दैन, नेतृत्वलाई ढा“ट्नु र खुइल्याउनुह“ुदैन । तथ्यका आधारमा सत्य पत्ता लगाउने शैली अपनाउनुपर्दछ । कम्युनिस्टले कुनै पनि विषय, घटना र व्यक्तिप्रति अन्धसमर्थन गर्नुहु“दैन । कम्युनिस्ट पार्टी सर्वहारा, मजदुर, किसान र सम्पूर्ण न्यायप्रेमी जनताको प्रतिनिधि भएकाले त्यस पार्टीका नेता–कार्यकर्ताको कार्यशैली शिष्ट, सभ्य, मर्यादित, नम्र, स्वाभिमानी अनुशासित, कामप्रति लगनशील, सिर्जनशील र जनभावनाको कदर गर्ने आचरण र शैलीको अनुशरण गर्न छोडिएको छ । 
मुलुकमा विभिन्न कालखण्डमा भएका आन्दोलन, क्रान्ति र जनक्रान्तिबाट परिवर्तन त आएको स्थिति छ । सामन्तवादको अन्त्य भएको छ । पू“जीवादतर्फ देश अघि बढेको छ । पु“जीवादको बोलवालास“गै अवस्था समाजमा डन, गन र धन हावी भएको छ । समाजमा हरेक दिन घट्ने सानातिना घटना, मुद्दा मामिला र समस्यामा पनि आज डन प्रवृत्ति मौलाएको छ । सही विचार पक्ष मुर्छाएको छ । हाम्रो पार्टीको नीति जबजको नीतिअनुरूप प्रतिस्पर्धाबाट श्रेस्ष्ठता हासिल गर्दै अगाडि बढ्ने क्रममा कतिपय ठाउ“मा सङ्घसंस्था, समिति, क्लब र पार्टीका निर्वाचनमा हामीले सफलता हात पारेका छौ“ । जुन ठाउ“मा विचार पक्ष प्रबल छ, सामुहिक कार्य पद्धति गतिशील छ । त्यस्ता कमिटी÷सङ्गठनका प्रयत्नबाट स्वस्थ प्रतिस्पर्धाबाट विजय प्राप्तसमेत भएको छ । कतिपय स्थितिमा सानातिना आन्तरिक समस्याका कारणले गर्दा आफ्नो घरमा आगो लगाएर शत्रुको घरको संरक्षण गर्ने प्रवृत्ति देखिएको छ । ३ सय ६४ दिन एमाले हुने, मतदानको दिन अर्थोक हुने प्रवृत्ति पनि देखिएको छ । आन्तरिक र बाह्य प्रतिस्पर्धालाई हेर्ने एउटै नजरिया भएका कारण पार्टी सङ्गठन मजबुत भएर पनि, कार्यकर्ताको पङ्क्ति बलियो भएर पनि, बहुमत जनमत हु“दाहु“दै पनि ३ सय ६४ दिन पार्टीको बफादार सिपाही बनेर काम गर्ने कार्यकर्ता एक दिन शत्रुको खेतालो भएपछि पार्टीले हार खाएको छ । विचार दुर्बल भएको छ । यस्तो अवस्था नसुधारे प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने पार्टी निर्माण कार्य चुनौतीपूर्ण हुन सक्छ । दिनप्रतिदिन मौलाउ“दै गएको गलत चिन्तन र प्रवृत्तिको अन्त्य गर्न पार्टीको उपल्लो कमिटीबाटै निर्देशन हुनुपर्दछ । पानी मुहानबाटै सङ्लिएर आउनुपर्दछ । अनि मात्र विश्वव्यापी रूपमा स्थापित कम्युनिस्ट अनुशासन, आचरण र कार्यशैली एवम् व्यवहारबाट प्रेरित भई अघि बढ्न सकिनेछ । तब मात्र सङ्घ, संस्था, समिति, पार्टीका जनसङ्गठन, पार्टी सङ्गठन तथा राज्यका विभिन्न निकायमा हुने प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सकिनेछ । अनि, सा“चो अर्थमा जबजको सिद्धान्तलाई आत्मसात् गर्न सकिनेछ । 
फागुन २१ का सपना पूरा गर्न जननेता कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबजलाई प्रत्येक कम्युनिस्ट कार्यकर्ता र नेताले आत्मसात् गर्दै अघि बढौं † पार्टी अनुशासनको पालना गर्दै सहिदको आस्था र सपना पूरा गर्ने प्रण गरौं †† 
अन्त्यमा,
सहिद तिम्रो सपनालाई साकार हामी गर्छौं
गलत चिन्तन प्रवृत्तिको अन्त्य हामी गर्छौं
सम्मान गर्छौं सहिद तिम्रो महानतालाई
भावपूर्ण श्रद्धाञ्जली २१ फागुनलाई

झापाली सङ्घर्षको भावभूमि

पुण्यप्रसाद खरेल
नेपालको कम्युनिस्ट आन्दोलनमा कोसेढुङ्गाका रूपमा देशै थर्कमान पार्दै परिचित भएको ०२८÷२९ को झापाली आन्दोलन नै हो । त्यस आन्दोलनका पक्षमा र विपक्षमा जति बहस गरे पनि त्यसले आफ्नै पहिचान बनाएको छ र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको जगका रूपमा स्थापित पनि भएको छ । 
यो सानो लेखमा म त्यस चर्चित सङ्घर्ष या आन्दोलनका बारेमा, यसको पक्ष वा विपक्षमा बहस गर्नपट्टि लाग्दिन“ । खालि त्यस सङ्घर्षको पृष्ठभूमि तयार गर्ने साहित्यिक वा सांस्कृतिक भावभूमिबारे छोटो चर्चा गर्ने धृष्टता मात्र राख्दछु । मलाई लाग्छ, झापाली सङ्घर्षका संस्थापक नेताहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सीपी मैनाली, केर्प शर्मा ओली, नरेश खरेल, घनेन्द्र बस्नेत आदिजस्ता घागडान नेता लेखकहरू मौजुद हु“दाहु“दै मेरो यो लेख पक्कै इन्द्रका अगाडि स्वर्गका कुरा गरेजस्तै हुन्छ । तर, इन्द्र कहिल्यै स्वर्गको चर्चा गर्दैनन् भने त अरू कसैले अथवा एकदुईपल्ट स्वर्ग पुगेका व्यक्तिले नै सही, स्वर्गको चर्चा गर्नै त प¥यो नि †
द्वन्द्ववादको एउटा नियम छ– ‘परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन †’ यसको अर्थ हो, जतिसुकै अगेठ आगोमा पनि एक भा“डो पानी बसाउ“दा बसाउनेबित्तिकै पानी उम्लि“दैन । उम्लिनुपूर्व भा“डाको पानीको तापक्रम क्रमशः बढ्दैबढ्दै उम्लिने बिन्दुसम्म पुग्नुपर्छ । त्यस्तै क्रान्ति अकस्मात् हु“दैन । क्रान्तिका लागि पहिले क्रान्तिकारीहरूको चेतनामा परिवर्तन, क्रान्तिविरोधीहरूको दमनको अवस्था, क्रान्तिकारीहरूको सङ्गठनको विकास, बाह्य वातावरणको प्रेरणा र अनुकूलता, समग्रमा भन्नुपर्दा क्रान्तिको वातावरणको विकास आवश्यक पर्छ । यसरी हेर्दा झापाको ०२८ को सङ्घर्षलाई उत्प्रेरित गर्ने साहित्यिक र सांस्कृतिक वातावरण कस्तो थियो ? यो एउटा त्यस सङ्घर्षलाई हेर्ने पाटो हो । 
००७ सालपछि लगभग ०१२÷१३ सम्म झापा, मोरङ, रौतहटतिरको सामन्ती व्यवस्थाविरोधी किसान आन्दोलनको परिप्रेक्ष्य, ००७ को परिवर्तनले जनताको चेतनालाई झक्झक्याएको अवस्था, भारतको स्वतन्त्रता सङ्ग्राम र चीनमा मुक्तिसंग्रामको सफलताको हावा आदिले आम जनता जाग्दै गए । ०२१ सालमा राजा महेन्द्रले लागू गरेको भूमिसुधारले, ०२० सालको नया“ मुलुकी ऐनले पनि जनताको आत्मबल बढाउन सघाउ पु¥याए । 
०२०÷२१ पछि त क्रान्तिकारी साहित्यको प्रचारमा तीव्रता आउन थाल्यो । ००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले पनि विभिन्न घुम्ती र मोडहरू पार गर्दै, धक्का खा“दै विभाजन र एकता बेहोर्दै नेपाली जनताको चेतनालाई प्रभावित पार्दै गयो । 
यसै परिप्रेक्ष्यमा शनिश्चरेमा ०२५ फागुन ८, ९ र १० मा आयोजित एउटा साहित्यिक सम्मेलनको सन्दर्भ उल्लेख गर्नैपर्छ । यसका आयोजकमा साहित्य सङ्गम, आठराईका सूर्य कन्दङ्वा, गङ्गाप्रसाद उप्रेती, नरेश शाक्य, नेपाली साहित्य परिषद् भद्रपुरका राधाकृष्ण मैनाली, डा. ऋषिकेश उपाध्याय, रामप्रसाद पोखरेल, द्रोणाचार्य क्षेत्री, वासुदेव शर्मा, भवानी घिमिरे र साहित्य सेवा समिति शनिश्चरेका जयप्रसाद ढकाल, रुद्र खरेल, गणेशबहादुर प्रसाईं, रामनाथ दाहालहरू थिए । आमन्त्रितहरूमा काठमाडौंबाट गोविन्द भट्ट तथा विराटनगरबाट महानन्द सापकोटाहरू थिए । 
यस सम्मेलनले यथार्थमा पूर्वाञ्चलको वाम राजनीतिलाई नै निर्णायक मोड दिएको थियो । गफको मात्र वामपन्थलाई कार्यरूपमा बदल्न निर्णायक दिशा प्रदान गरेको थियो । प्रगतिशील साहित्यिक लेखनको दिशानिर्देश गरेको थियो । साहित्यिक प्रकाशनलाई प्रोत्साहित गरेको थियो । साहित्यकारहरूमा जागरण ल्याएको थियो । राधाकृष्ण मैनाली र वासुदेव शर्माद्वारा सम्पादित हु“दै आएको ‘पञ्चामृत’ पत्रिका त्यसपछि कम्युनिस्टमय भएर प्रकाशित हुन थाल्यो । यसमा रुद्र खरेल पनि सम्पादक मण्डलमा थपिए । झापाकै गौरादहबाट ‘लालटिन’ पत्रिका निस्कियो । घैलाडुबाबाट ‘झम्पल’ निस्कियो, शान्तिनगरबाट ‘झटारो’ निस्कियो, शनिश्चरेबाट ‘मुना’ निस्कियो भने मेची कलेज भद्रपुरबाट ‘मुक्ति सङ्ग्राम’ निस्कियो । यी जम्मैको माउका रूपमा ‘पञ्चामृत’ निरन्तर निस्किरहेको थियो । प्रगतिशील साहित्यकै आलोकमा ‘आ“खो’, ‘भानु’, ‘मोती’हरू पनि निस्क“दै थिए । 
विराटनगरबाट मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मोहनचन्द्र अधिकारी, डीपी अधिकारी, कमल कोइराला, जनार्दन आचार्य आदिका गम्भीर लेखहरूसहित ‘नव जागरण’ भन्ने पत्रिका जागरणको बिगुल फुक्दै प्रकाशित भएर हातहातमा पुगेको थियो । आठराईको साहित्य सङ्गमले निकाल्दै गरेको ‘प्रोत्साहन’ ताप्लेजुङ खोक्लिङबाट प्रकाशन भएको ‘झुप्रो’, बनारसबाट प्रकाशन भएको ‘मिर्मिरे’ आदि पत्रिकाहरू, महेन्द्र कलेज धरानबाट विद्यार्थीले निकालेको ‘छाया“’ तथा महेन्द्र मोरङ कलेज, विराटनगरका विद्यार्थीले निकाल्दै रहेको ‘प्रकाश’जस्ता पत्रिकाहरूले त्यतिबेला नवयुवाहरूका पाखुरामा क्रान्तिकारी ऊर्जा भर्ने गर्दथे । 
शोषण दमनविरुद्ध कविहरू कविता लेख्थे भने गीतकारहरू गीत लेख्थे, गायकहरू गाउ“थे । झापाली सङ्घर्षको पृष्ठभूमि तयार गर्न गीतहरूको महŒवपूर्ण भूमिका थियो । घण्टौं लगाएर प्रवचनद्वारा अन्यायविरुद्ध जगाउन नसकिएका सोझा गाउ“वासी जनता एउटा मार्मिक गीतबाट जिउज्यान अर्पेर अन्यायविरुद्ध लडाइ“ लड्न तयार हुन्थे । मस“ग यस लेखमा प्रस्तुत गर्न त्यतिबेलाका धेरै गीतहरू छैनन् । हिजोआज जस्तो रेकर्डको अवस्था, गायनलाई संरक्षण गर्ने सुविधा त्यतिबेला थिएन । यसै कानमा रेकर्ड हुने र स्मरणमा संरक्षण गर्नुपर्ने वाध्यताले विस्मृतिको गर्भमा ती महŒवपूर्ण गीतहरू विलिन हु“दै छन् । तैपनि म सम्झनाका रूपमा केही यहा“ राख्न चाहन्छु–
जोत्नेको यो भूमि हो, भूमि सबको साझा हो
साझा भूमि साझा भोग, यही नै हाम्रो माग हो ।
क्रान्तिकारीहरूले यो गीत गाउ“दा किसानहरू मन्त्रमुग्ध हुने गर्दथे । यस्तै अर्को–
भोका नाङ्गा ज्यामी किसान एक भएर
साझा हक साझा भोग लिऊ“ लडेर ।
यस्तै अर्को गीत थियो–
धरती भन्छिन् हु“ म आमा यी सारा भोकको
हु“दैन हेर † धरती यहा“ एकलौटी कसैको ।
यस्तै अर्को लोकभाकामा गाइएको गीत थियो–
यसपालि मंसिर मैनामा रामशाली धानको कुनिया“
भु“डेले रैतीको धान लुट्ता देख्नेछन् सारा दुनिया“ ।।
विराटनगरवासी लव प्रधानले लेखेर जेबी टुहुरेले गाएको एउटा गीत जो अमर जतिकै छ–
बसाइ“ं हि“ड्नेको ता“तीले बस्नेको मन रुवाउ“दछ
लाखौंका लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ ।
अर्को गीत छ–
जान्न म त नि हो गोर्खा भर्ती मलाया छाउनीमा
पापी मोरो कुइरेको देशैमा ।
यस्तै अर्को गीत छ–
माया छ आमा तिमीलाई, पवित्र दिलले माया छ
परेको छाप मेटिनेछैन, तिमीलाई ह“साउने धोको छ ।
अन्नको दाना नपाए झरनाको पानी पिउ“ला 
अझै त आमा जिउ“दै छ छोरो तिमीलाई ह“साइ राखु“ला †
यस्तै गोकुल जोशीले पल्टन जाने कामका विरोधमा रचेको एउटा गीत पनि प्रसिद्ध रह्यो–
नमार गरिबलाई नजाऊ अङ्ग्रेजी पल्टनमा ...।
झापाको यो सङ्घर्ष नक्सलवाडी विद्रोहको प्रभावबाट बढी प्रभावित भएका कारण त्यतिबेला यहा“का केही क्रान्तिकारीहरू बङ्ला भाषामा पनि गीत गाउ“थे–
पुक दिक लाल सूर्य उगे
चीन दिलो पृथिवी के माउसेतुङ
हाई हाई हो जनगणेर मुक्तिदाता ...
यस्तै अर्को–
युगयुग जिओ चेयरमेन माओ
जिन्दावाद लिन पियाओ
युगयुग जिओ चेयरमेन माओ
जिन्दावाद चाओ...
अझ सामन्तका नाममा वैरीको हत्या गर्न थालेपछि त झन् 
सामन्तलाई नगि“डे सैनिकस“ग नभीडे
आउ“दैन है जनवाद छमछम नाचेर...
धाइजनका हरिचरण बानिया“ भन्नुहुन्छ, ‘टीकाराम बर्देवाले एउटा खुकुरी देखाउ“दै निम्न गीत गाउ“दा त कस्तो रौं पनि रोमाञ्चित हुन्थ्यो ।’
सामन्तलाई छिनाउने यही हो धार
दाज्यै ख्यालख्यालैमा...
सतार भाषामा रचिएको गीत पनि सम्झना छ एउटा–
रिङ्गे रेचे आर लाङ्टा बेरे वाङ्वा रेचे हाचिव
नोवा देशा वाङवेनेका हो हो ...
‘भोकानाङ्गा नउठेसम्म यो देश बन्दैन’ भन्ने भाव छ यो गीतमा ।
२६÷२७ सालतिर सरकारले झोडावासीमाथि गरेको अन्यायलाई शब्दमा उतारेर तत्कालको शोषण र उत्पीडन अभिव्यक्त गर्ने एउटा गीत साह्रै मार्मिक लाग्छ–
पहाडमा छ“दा हाम्रो सानो घर थियो
एउटा सानो कोठेबारी हाम्रो ज्यान थियो
एउटा जाली ठालुले
घरबारी सप्पै खोसी लियो ।
सानो पोको बोकी बाबा अघिअघि
दुई दिनको भाइ बोकी आमा पछिपछि
भोकले रु“दै कराउ“दै
रगत र आ“सु बगाउ“दै
... ... ...
बाघभालुस“ग जुध्दै झोडातिर पस्ता
आमा मरिन् जङ्गलमा गोमन सा“पले डस्ता
.... .... ....
घर भत्काउन नदिन
सङ्घर्ष गर्दै बाबा उभि“दा
बाबालाई कुटी मारे
हात्ती लगाई घर भत्काए ...
यसरी एउटा बाढीका रूपमा, एउटा हुरीको पारामा ०२८÷२९ को सङ्घर्ष चम्कियो । शत्रुको सङ्गठन र ताकतको उचित मूल्याङ्कन नगरी सुरु गरिएको उग्र सङ्घर्षले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइ“केल, नारायण श्रेष्ठ, वीरेन राजवंशी, रामप्रसाद प्रधान, चन्द्रबहादुर डा“गीजस्ता होनहार अमूल्य रत्नहरू गुमाउन पुगियो । 
सुखानीको त्यो देशै थर्काउने सहिदहरूको सहादतपछि उहा“हरूप्रति श्रद्धा व्यक्त गर्ने गीत पनि क्रान्तिकारीहरूले गाए–
आलै छ रगत मुटुमा २१ फागुन भुल्दैनौं
क्रान्तिको बाटो अ“गाल्ने वीर सहिदलाई भुल्दैनौं ।
यस्तै अर्को– 
प्राणभन्दा प्यारा हाम्रा सहिदहरूलाई
क्रान्तिकारी लाल सलाम प्यारा सहिदलाई 

ताप्लेजुङ : एउटा अभेद्य किल्ला


योगेश भट्टराई 
ताप्लेजुङ जिल्ला
ताप्लेजुङ नेपालको सुदूरपूर्वको उत्तरी किल्ला हो । समुद्र सतहबाट ६७० मिटरदेखि विश्वको तेस्रो हिमशिखर कञ्चनजंघा (८,५८६ मिटर) सम्म यो जिल्लामा पर्दछ । ताप्लेजुङ लिम्बू भाषाबाट राखिएको नाम हो भनेर इतिहासकारहरूले लेखेका छन् । लिम्बू भाषामा ताप्ले भनेको ‘राजा’ र जुङ भनेको ‘किल्ला’ अर्थात् लिम्बू राजाले राज्य गरेको क्षेत्र भएकाले यसलाई ताप्लेजुङ भनिएको हो । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार यो जिल्लाको जनसङ्ख्या महिला ६६,९०९ र पुरुष ६०,५५२ गरी १,२७,४६१ रहेको छ भने कुल क्षेत्रफल ३,६४६ वर्ग किलोमिटर रहेको छ । यस जिल्लामा २६,५०९ घरधुरी रहेका छन् । ताप्लेजुङमा मुख्यतया लिम्बू, ब्राह्मण, क्षेत्री, राई, शेर्पा, गुरुङ, मगर, नेवार, तामाङ, सुनुवार, ढोक्प्या, कामी, दमाई, सार्कीलगायतका जाति÷जनजातिहरूको बसोबास रहेको छ ।
हिन्दु, बौद्ध, किरात र इसाई धर्मावलम्बीहरू बसोबास गर्ने यो जिल्लामा दर्जनौं भाषाभाषी र संस्कृतिमा आबद्ध मानिसहरूको बसोबास रहेको छ । मानव सभ्यताको दृष्टिले ताप्लेजुङ जिल्ला समाजशास्त्र÷मानवशास्त्रीय अध्ययनका लागि खुला विश्वविद्यालय हो भन्न सकिन्छ । संसारमा पाइने ३२ जातिका गुरा“समध्ये ताप्लेजुङ जिल्लाको मिल्के–जलजले क्षेत्रमा मात्र २८ प्रजातिका गुरा“सहरू पाइन्छन् । वार्षिक तीन लाखभन्दा बढी दर्शनार्थी आउने पाथीभरा देवी यहा“को पवित्र धार्मिक तीर्थस्थल हो, जसमा हिन्दु, बुद्धिस्ट र किरातीहरूले समान सम्मानका साथ पूजाआजा गर्ने गर्दछन् । रेडपान्डा, हिमभालु र हिउ“चितुवालगायत यस जिल्लामा चरा र जनावरका २५० प्रजातिहरू पाइन्छन् । कृषि, पर्यटन, पशुपालन, घरेलु (कपडा बुन्ने डोको, नाम्लो, थुन्से, डालो, मान्द्रो बनाउने आदि) यहा“का मानिसहरूको मुख्य पेसा हो । पछिल्लो समयमा यस जिल्लाबाट वर्षमा ६ अर्बको अलैंची र ठूलो मात्रामा चिराइतो निकासी हुने गरेको छ । तमोर, काबेली, मेवा, मैवा, धुन्सालगायतका दर्जनौं खोलानालाहरूले यो जिल्लाको सुन्दरतालाई चम्काएका छन् । काबेली नदीमा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ भने अन्य नदीमा पनि यो क्रम अघि बढ्दै छ । तमोर नदीमा मात्र पनि हजारौं मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । गाउ“गाउ“मा साना जलविद्युत् आयोजनाले रातको समयमा ताप्लेजुङको ग्रामीण बस्तीलाई चम्किलो बनाइरहेको छ । 
एक नगरपालिका र ४७ गाविस भएको यो जिल्लामा निर्वाचन क्षेत्र नं. २ मा २३ गाविस पर्दछन् भने बा“की क्षेत्र नं. १ मा रहेको छ । झापाको चारआलीदेखि मेची राजमार्गले सडक यातायातबाट जोडिएको यो जिल्ला काठमाडौं र विराटनगरबाट सुकेटार विमानस्थलमार्फत हवाई यातायातबाट समेत जोडिन पुगेको छ । धनकुटा–वसन्तपुर हु“दै गुफा–सा“घु–ताप्लेजुङ जोड्ने र धनकुटाको मूलघाटबाट तमोर नदीको किनारैकिनार ताप्लेजुङ पुग्ने अर्को मोटरबाटो सम्पन्न भए ताप्लेजुङलाई तराई÷मधेसस“ग जोड्ने छोटो र सजिलो हुनेछ । यी आयोजनाका लागि नेकपा (एमाले)को नेतृत्व र जनप्रतिनिधिहरू लागिरहेका छन् । 
कम्युनिस्ट आन्दोलनको विस्तार 
पहिलो र दोस्रो विश्वयुद्धस“गै विजयी बनेको रसियन र चिनिया“ क्रान्ति तथा भारतको स्वतन्त्रता सङ्ग्रामले नेपालमा समेत परिवर्तनका लागि आधार तयार गर्दै थियो । युवाहरूको मस्तिष्कमा क्रान्तिको जबर्जस्त प्रभाव पर्न थालेको थियो । त्यहीक्रममा ००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भयो । त्यसले क्रमशः पूर्व–पश्चिम, उत्तर–दक्षिण आफ्नो प्रभाव विस्तार गर्न थाल्यो । त्यही सिलसिलामा कम्युनिस्ट पार्टीको प्रचार गर्दै संखुवासभाका बल्लभमणि दाहाल ०१४÷१५ सालतिर सुन्दर पहाडी जिल्ला ताप्लेजुङ पुगे । प्रजापति काफ्लेलगायत केहीस“ग सम्पर्क बढाए । तर, यो अभियानले राम्ररी निरन्तरता पाउन सकेन । केही वर्षपछि फेरि अम्बिका सा“वाहरू सक्रिय भए । त्यसक्रममा अम्बिका सा“वा, लक्ष्मी अधिकारी, शिव दाहाल, काजी श्रेष्ठलगायतका मानिसहरूले केही सङ्गठित प्रयत्न गरे । ०२६÷२७ सालतिर नन्दकुमार प्रसाईं बेगवान गतिमा ताप्लेजुङ पुगे । कम्युनिस्ट विचारको राजनीति र सङ्गठनले केही मात्रामा गति पक्रियो । विभिन्न व्यक्तिहरू शिक्षकका रूपमा विद्यालय÷विद्यालयमा पुगे र दिउ“सो कक्षाकोठामा अध्यापन गराए र बिहान बेलुका वामपन्थी विचारको प्रचार गर्न थाले । यो क्रम क्रमशः अघि बढ्दै गयो । सिनाम, खोक्लिङलगायतका गाउ“हरूमा विचारको प्रभाव देखा पर्न थाल्यो । भानु माविमा विद्यार्थीहरूले स्ववियु नै गठन गरे । भानुभक्त सिटौला, वासु गिरी, दिवाकर बराल, सीएम कन्दङ्वालगायतले शिक्षकको साथै कम्युनिस्ट पार्टीको विचार फैलाउन भूमिका खेले । ०२७÷२८ सालको झापा विद्रोहले नजिकैको पहाडी जिल्लालाई प्रभावित नगर्ने सवाल नै थिएन । अनि सुरु भयो, को–अर्डिनेसन केन्द्रअन्तर्गतको सङ्गठनको निर्माण । ०३३ सालमा रत्नकुमार बान्तावा, हरि नेपाल र कुलप्रसाद उपे्रतीसहितको इलाम, पा“चथर, ताप्लेजुङको संयुक्त कमिटी निर्माण भयो । क्रमशः ताप्लेजुङका लागि छुट्टै कमिटी निर्माणका लागि आधार तयार हु“दै गयो । त्यसक्रममा डिल्लीजङ्ग मादेन सचिव, हरि नेपाल, भरत श्रेष्ठ र कुल मादेन सदस्य रहेको कमिटी निर्माण भयो । तर यो कमिटी क्रियाशील हुन सकेन । अनि ०३४ सालमा हरि नेपाल सचिव र कुलप्रसाद उपे्रती,  वासु शाक्य, चन्द्र पुरी, इन्द्र डा“गी, सिंहबहादुर इवारुङ र देउमान कु“वर सदस्य रहेको कमिटी निर्माण भयो । यो कमिटी सक्रिय हु“दै थियो । बीचैमा कमरेड हरि नेपाल र चन्द्र पुरीको हत्या भयो । अनि कुलप्रसाद उपे्रती सचिव र देवराज घिमिरे, ओम ओझा, सिंहबहादुर इवारुङ, ओम राई, भरत श्रेष्ठ, धनबहादुर गुरुङसहितको कमिटी निर्माण भयो । यो कमिटीले सक्रियताका साथ पार्टीको विचार र सङ्गठनको विस्तार ग¥यो । यसक्रममा पार्टी नेताहरू अमृतकुमार बोहरा र प्रदीप नेपालले इन्चार्जको भूमिका निर्वाह गर्नुभयो । ०३५÷३६ को विद्यार्थी आन्दोलनस“गै ताप्लेजुङमा वाम आन्दोलनले नया“ गति लियो । टंक कार्की, भरत श्रेष्ठ, सुशीला श्रेष्ठ, माधव प्रधानलगायतले आन्दोलनलाई गति दिन भूमिका निर्वाह गरे । ०४८ सालसम्म कुलप्रसाद उपे्रतीको नेतृत्वमा रहेको कमिटीले नै तत्कालीन नेकपा (माले) को निर्माणमा भूमिका खेल्ने काम ग¥यो । पार्टीले ०४३ सालको पञ्चायती चुनावलाई उपयोग गर्ने नीति लियो । अम्बिका सा“वा जनपक्षीय उम्मेदवारका रूपमा खडा भए । जिल्लाव्यापी रूपमा प्रभावशाली प्रचार अभियान सञ्चालित भए । राष्ट्रिय पञ्चायत र गाउ“ पञ्चायतको चुनाव उपयोगको नीतिले पार्टीलाई एकैचोटि जनव्यापी बनाइदियो । गाउ“गाउ“मा पार्टी कमिटीहरू निर्माण हुन थाले । विद्यालयहरूमा अनेरास्ववियुका गतिविधिहरू हुन थाले । यी सबै कामहरूमा शिक्षकहरूको अग्रणी भूमिका रह्यो । कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरू मदन भण्डारी, सीपी मैनाली, राधाकृष्ण मैनालीको जन्मभूमि ऐतिहासिक विद्यार्थी आन्दोलनका नेता टङ्क कार्की र त्यसपछि योगेश भट्टराईको जन्म र कर्मभूमिका रूपमा परिचित छ, ताप्लेजुङ जिल्ला । ताप्लेजुङमा नेकपा (एमाले)को विस्तारका लागि देवराज घिमिरेसहित डिल्ली घिमिरे, हरि घिमिरे, भरत चुडाल, गणेश राई, खेमराज राज पोखरेल, पुण्य खरेल, ओम ओझा, लक्ष्मी कु“वर, पीपी ढुङ्गाना, प्रजापति काफ्ले, वासु शाक्य, चन्द्र पुरी, धनबहादुर गुरुङ, खेमराज खरेल, विश्व बराललगायतले आ–आफ्नो समयमा महŒवपूर्ण भूमिका रहेको छ । पार्टी प्रमुखका रूपमा रत्नकुमार बान्तवा, डिल्लीजङ्ग मादेन, हरि नेपाल, कुलप्रसाद उपे्रती, डिल्ली खरेल, तिलकुमार मेन्याङ्वो, डिल्ली प्रसाईं, काजीमान साम्सोहाङ, राम सुवेदी र बलबहादुर साम्सोहाङ (हाल जिल्ला अध्यक्ष) हरूको नेकपा (एमाले)को निर्माण, विस्तार तथा विजय अभियानमा नेतृत्वदायी भूमिका रहेको छ ।
आजसम्म अपराजित एमाले
ताप्लेजुङ जिल्लाले कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहास मात्र निर्माण गरेको छैन, यसले दलीय प्रतिस्पर्धामा अपराजित इतिहास पनि बनाएको छ । जनताको बहुदलीय जनवादको नेतृत्वकर्ता जननेता मदन भण्डारीको जन्मभूमि, अमर सहिद हरि नेपालको कर्मभूमि, कांगे्रेसी सर्वसत्तावादका विरुद्धको सङ्घर्षमा सहिद भएका इन्द्र थेबे र रुकमान थेबेले रगत–पसिना बगाएको यो जिल्लाको क्षेत्र नं. २ मा आजसम्म नेकपा 
(एमाले)ले पराजय भोग्नुपरेको छैन । 
०४८ र २०५१ को आमनिर्वाचनमा यो जिल्लाको क्षेत्र नं. २ बाट अम्बिका सा“वाले विजय प्राप्त गरेका थिए भने ०५६ को निर्वाचनमा ओम ओझा तथा ०६४ र ०७० को संविधानसभाको निर्वाचनमा डम्बरध्वज तुम्बाहाम्फेले विजय प्राप्त गरी सुन्दर पहाडी जिल्लामा सूर्य चिह्न फहराउन सफल भएका थिए । २३ वटा गाविस रहेको क्षेत्र नं. २ मा ०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पा“चवटा गाविसबाहेक सबै गाविसमा एमालेका सूर्यध्वजाबाहक प्रतिनिधिहरूले विजय हासिल गरेका थिए । यो क्षेत्रमा एमाले र जनताको सम्बन्ध पानी र माछाजस्तै वा नङ र मासुजस्तै घनिष्ठ र अन्योन्याश्रित रह“दै आएको छ । क्षेत्र नं. १ मा पनि पा“चवटा संसदीय निर्वाचनमा तीनपटक नेकपा (एमाले)ले विजय प्राप्त गरेको छ, जसमा ०५१ मा कुलप्रसाद उपे्रती, ०५६ मा तिलकुमार मेन्याङ्वो र ०७० मा भूपेन्द्र थेवे विजयी भएको पाइन्छ । ०५४ सालमा सम्पन्न भएको जिविस निर्वाचनमा समेत सभापति र उपसभापतिसहित सबै स्थानमा नेकपा 
(एमाले)कै प्रतिनिधिहरूले विजय प्राप्त गरेका थिए । विगतको प्रतिनिधिसभाको २०५ क्षेत्र र संविधानसभाका २४० निर्वाचन क्षेत्रमध्ये ताप्लेजुङ क्षेत्र नं. २ मात्र यस्तो क्षेत्र हो, जहा“ आजसम्म एमालेले पराजय सहनुपरेको छैन । यसरी यो क्षेत्रले सिङ्गो पार्टीको इतिहासमा पनि विजयको गौरवगाथा कायम गरेको छ । 
एमालेको रजत महोत्सव 
विगत २५ वर्षदेखि अपराजित यात्रा गर्दै आएको नेकपा (एमाले)ले ताप्लेजुङ क्षेत्र नं. २ मा भव्य रजत–महोत्सव मनाएको छ । यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको रजत महोत्सवको स्थानीय दोभान बजारमा पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एक भव्य समारोहका बीच शुभारम्भ गर्नुभयो । गाउ“गाउ“बाट आएका ‘नेकपा (एमाले)का हजारौं समर्थक तथा शुभचिन्तकहरूको उल्लासमय उपस्थितिमा सुरु भएको रजत महोत्सवलाई पार्टी सचिव योगेश भट्टराई, वैकल्पिक केन्द्रीय सदस्यहरू सोम मिश्र र भास्कर काफ्ले, पूर्वसांसद तिलकुमार मेन्याङ्वो, वर्तमान सभासद् डम्बरध्वज तुम्बाहाम्फेलगायतले नेकपा (एमाले)को यो अभेद्य किल्ला दशकौंसम्म पनि कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । पार्टी अध्यक्ष बलबहादुर साम्सोहाङको अध्यक्षता, सचिव केशर मेन्याङ्बोको सञ्चालन, उपाध्यक्ष मातृका भट्टराईको स्वागत मन्तव्य तथा उपसचिव मङ्गलसिंह केदेम र सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेनको मन्तव्यसमेत रहेको उक्त कार्यक्रममा प्रख्यात कलाकारहरू मनोज गजुरेल, कमलीकान्त भेटवाल, टङ्क आचार्यसहित स्थानीय कलाकारहरूको रोचक सा“स्कृतिक प्रस्तुतिसमेत रहेको थियो । क्षेत्र नं. २ का सबै गाविसहरूमा पार्टी तथा जनसङ्गठनका भेला, प्रशिक्षणहरू, खेलकुद, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम,ज्येष्ठ नागरिकको सम्मान, पुराना कार्यकर्ताहरूको सम्मानलगायतका रचनात्मक कार्यक्रम गर्दै ०७२ चैत ३ गते जननेता मदन भण्डारीको जन्मगाउ“ ढुङ्गेसा“घुमा पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा रजत महोत्सवको समापन समारोह गर्ने एमाले जिल्ला कमिटी ताप्लेजुङको योजना रहेको छ । त्यस अवसरमा पे्रस चौतारी नेपाल ताप्लेजुङका शाखा र उद्योग व्यवसायी महासंघका सचिव स्थानीय ढुंगेसा“घु निवासी बलबहादुर तामाङका बीचमा कर्णबहादुर–जैमति पत्रकारिता पुरस्कार स्थापना गर्ने र त्यसका लागि बलबहादुर तामाङबाट अक्षयकोषमा दुई लाख उपलब्ध गराउने गरी सहमतिपत्रमा समेत हस्ताक्षर भएको छ । आर्थिक समृद्धि, विकास र सामाजिक रूपान्तरणको जनअपेक्षालाई सही ढङ्गले नेतृत्व गर्दै नेकपा (एमाले)ले आगामी दिनमा समेत आफ्नो विजय यात्रालाई निरन्तरता दिनेछ । यसरी ताप्लेजुङ जिल्ला देशभरिको नेकपा (एमाले)का लागि पे्ररणा र गौरवको मानक बनेको छ । यो गौरव निरन्तर निरन्तर कायम रहिरहोस्, हार्दिक शुभकामना † 

नक्सलवाडी जहा“ लिन प्याओको सालिक खडा छ †

सूर्य थापा
नेपालमा झापा आन्दोलनको पे्ररकका रूपमा लिइने भारतको नक्सलवाडी किसान विद्रोह आज प्रायः सुनसान जस्तै छ । चारु मजुमदारको नेतृत्वमा नक्सलवाडी विद्रोहका क्रममा सत्तरीको दशक (भारत) मुक्तिको दशक हुने उद्घोष गरिएको थियो, जुन एउटा मनोगत घोषणा मात्रै साबित हुन पुग्यो । तर, त्यसले भारतको पश्चिम बङ्गालसहित पूर्वी नेपालको झापा जिल्लामा भयानक कम्पन नै पैदा ग¥यो । त्यसकै जगमा अघि बढेर भारतमा भाकपा (माले) लिबरेसन र नेपालमा नेकपा (एमाले) आज फरकफरक हैसियत, भूमिका र परिवेशमा क्रियाशील छन् ।
नक्सलवाडी आन्दोलन मूलतः सन् १९७२ मा कोलकातामा महासचिव चारु मजुमदारको गिरफ्तारी तथा १२ दिनको कठोर यातनापछि जुलाई २८ मा भएको हत्यापश्चात् सङ्घर्षको महाभुमरीमा फस्न पुग्यो । सन् १९७४ मा महासचिव बनाइएका सुव्रत दत्त (जौहर)को पनि एक वर्ष बित्दा नबित्दै नोभेम्बरमा पुलिसस“गको भिडन्तमा हत्या भयो । जबकि, त्यतिबेला ‘चारु मजुमदार हतियार बनाउनुहुन्छ, कामरेड जौहर तिनमा सान लगाउनुहुन्छ’ भन्ने भनाइ नक्सलवाडी पङ्क्तिमा अत्यन्तै चर्चित मानिन्थ्यो । सन् १९७५ मा भारतमा लागू गरिएको ‘संकटकाल’ खासमा नक्सलाइटहरूलाई नामेट पार्ने योजनाकै कडी थियो । त्यसको कठोर मारअन्तर्गत नेतृत्वको छानीछानी हत्या गरेरै ‘नक्सलाइट आन्दोलनको उभार’ सामान्य पारियो । आपसी विभाजन र आन्तरिक विवाद पनि त्यसको अवसान र अधोगतिका कारक थिए, जस्तो कि सन् १९८१ सम्म आइपुग्दा नक्सलवाडी आन्दोलन दर्जनभन्दा बढी समूहमा विभाजित र छिन्नभिन्नजस्तै बन्न पुगेको पाइन्छ । 
सन् १९६६ मा उठेको नक्सलवाडी विद्रोह खाडीवाडी, नक्सलवाडी, फा“सीदेवा र सिलिगुडी क्षेत्रका केही इलाकामा जमिनदारको जमिन कब्जा, बाली दख्खल र हतियार कब्जा गर्दै सुरु भएको थियो । १९६७ को २४ मेका दिन भूमिगत नेताहरूलाई पक्राउ गर्न आएका पुलिसमाथि झन्डै तीन हजार किसानले धनुबाण आदिद्वारा आक्रमण गरे र त्यसक्रममा एक प्रहरी इन्स्पेक्टरको ज्यान गयो । भोलिपल्ट मे २५ का दिन पुलिसले गोली चलाउ“दा सात महिला (धनेश्वरी देवी, सीमाश्वरी मल्लिक, नयनश्वरी मल्लिक, सुरुवाला वर्मन, सोनामती सिंह, फूलमती देवी, सामश्वरी श्वेतवानी, ग्राउदाउ श्वेतवानी र खर्सिङ मल्लिक तथा दुई बच्चाको मृत्यु भयो ।) नक्सलवाडीस्थित (सन् १९५७ मा स्थापित तथा हालसम्मै प्राथमिक हैसियतमा नै कायम) बेंगाइजोत प्राथमिक विद्यालयको बाहिरी प्राङ्गणमा यिनै दिवङ्गत व्यक्तिहरूको स्मृतिमा स्मारक तथा अन्तर्राष्ट्रिय र भारतीय कम्युनिस्ट आन्दोलनका विभिन्न सात नेताहरूको अर्धकदको प्रतिमा रहेको छ । अचम्मको कुरा चीनमा माओत्से तुङको षड्यन्त्रपूर्वक हत्या गरी नेतृत्व हत्याउन उद्यत रहेका तत्कालीन उपाध्यक्ष लिन प्याओ, जसको आफ्नो कर्तुत खुलेपछि भाग्ने क्रममा हवाईजहाज दुर्घटनामा मृत्यु भएको थियो, तिनको सालिकसमेत नक्सलवाडीमा सम्मानपूर्वक देख्न सकिन्छ । यसरी लिन प्याओलाई सम्मान गर्ने सायद यो संसारकै एक मात्र भूमि ‘नक्सलवाडी’ बन्न पुगेको छ । साथमा लेनिन, स्टालिन, माओत्से तुङ (त्यसपछि लिन प्याओ), चारु मजुमदार, सरोज दत्त र महादेव मुखर्जीको प्रतिमा त्यहा“ राखिएको छ । 
यसपालि फागुन २८ (मार्च ९ तारिख)का दिन नक्सलवाडीस्थित यस स्मारकको अवलोकन गरिरह“दा हामी (राजेन्द्र गौतम, खिमलाल भट्टराई र म) लाई आश्चर्य लाग्यो । खासगरी प्रतिमास्थल हेर्दा नै आ“खा बिझाउने स्थिति बन्यो । किनभने, त्यहा“ कार्ल माक्र्सलाई चाहि“ छुटाएर लिन प्याओको पो सालिक देख्न सकिन्थ्यो † जुनसुकै देशका आन्दोलन आफ्नै सही वा गलत सिद्धान्त, नीति, विचार, निष्कर्ष र व्यवहारका कारण सफल वा असफल हुने हो । यो तथ्य नक्सलवाडी र झापा आन्दोलन दुवैकौ विगत चार दशक लामो अन्तरालका राजनीतिक हविगत उतारचढावले स्पष्ट गरेका छन् । 
नक्सलवाडी आन्दोलन आफ्ना उग्रपन्थी र मनोगत निष्कर्षहरूद्वारा वशीभूत हु“दै अगाडि बढ्दा आज खासै निर्णायक भूमिकामा पाइ“दैन । झापा विद्रोह नक्सलवाडीको प्रभाव, चिनिया“ सांस्कृतिक क्रान्तिको पे्ररणा र माओत्से तुङ विचारधाराको मार्गदर्शन परित्याग गर्दै नेपालको विशिष्टतामा जनताको बहुदलीय जनवादको विकास गरेर त्यसको आलोकमा अघि बढिरहेको छ । यसले मनमोहन अधिकारीको नेतृत्वमा एकल कम्युनिस्ट सरकारको नेतृत्व गर्नुका साथै माधवकुमार नेपाल, झलनाथ खनाल र हाल झापा आन्दोलनकै एक प्रमुख नेता केपी शर्मा ओलीको नेतृत्वमा यतिबेला सरकार सञ्चालन गर्दै मुलुकमै आफ्नो नेतृत्वदायी हैसियत र भूमिका निर्वाह गर्न सक्षम सावित भएको छ । 

 

 

 

 

 

 

 

 

नवयुग

ठेगाना