मध्यावधि निर्वाचन २०५१

२०४८ को आम निर्वाचनमा एकमना बहुमतका साथ सरकार सञ्चालन गर्ने अवसर पाएको नेपाली काङ्ग्रेस आन्तरिक द्वन्द्व भई ३६ से र ७४ रे समूहबा बाँडिएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले प्रतिनिधिसभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम पारित हुन सकेन र उहाँले राजीनामासहित प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे अनुसार २०५१ कात्तिक २७ गते मुलुकमा मध्यावधि निर्वाचन हुँदा नेकपा (एमाले) सबभन्दा ठूलो दल बन्यो ।

अघिल्लो संसद्मा रचनातमक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको नेकपा (एमाले) “आगामी सरकार एमालेको, देशभक्त र प्रजातन्त्रदादीको ” भन्ने मूलनाराका साथ चुनावमा होमियो र यस निर्वाचनले नेपालको इतिहासमा पहिलोपटक जननिर्वाचित कम्युुनिस्ट सरकार बनाउने अवसर प्रदान ग¥यो ।

निर्वाचन आयोगमा ७१ राजनीतिक दल दर्ता भए पनि २४ वटाले निर्वाचनमा भाग लिएका थिए, जसमा २४ दल र स्वतन्त्र गरी १,४४२ जना उम्मेदवार थिए । यस मध्यावधि निर्वाचनमा ७६,२५,३४८ मतदाता भएकोमा ७३,८४,२७७ मत सदर भएका थिए । त्यसमध्ये नेकपा (एमाले)ले ३०.८५ मत प्राप्त गरेको थियो ।

मध्यावधि निर्वाचनको अवस्था

क्र.स. पार्टीको नाम उम्मेदवार संख्या विजयी संख्या प्राप्त मत प्राप्त मत प्रतिशत
नेकपा (एमाले) १९६ ८८ २३,५२,६०१ ३०.८५
नेपाली काङ्गे्रस २०५ ८३ २५,४५,२८७ ३३.३८
राष्ट्रिय प्रजातन्त्र पार्टी २०२ २० १३,६७,१४८ १७.९३
नेपाल मजदुर किसान पार्टी २७ ७५,०७२ ०.९८
नेपाल सदभावना पार्टी ८६ २,६५,८४७ ३.४९
संयुुक्त जनमोर्चा नेपाल ४९ १,००,२८५ १.३२
जनदल (सप्र) ४०४ ०.१
जनवादी मोर्चा नेपाल ३,६८१ ०५
नेकपा (संयुक्त) ३४ २९,२७३ ०.३८
१० नेपाल जनवादी मोर्चा ४१ ३२,७३२ ०.४३
११ नेपाल जनहित पार्टी १५६ ०.००
१२ नेपाल प्रजापरीषद् १,८३९ ०.०२
१३ राष्ट्रिय जनता पार्टी १,५२१ ०.०२
१४ लिवरल डेमोक्रेटीक पार्टी १८ ०.००
१५ संयुक्त प्रजातन्त्र पार्टी २१८ ०.००
१६ नेका (विशेश्वर) १० १२,५७१ ०.१६
१७ युनाइटेड पिपुल्स पार्टी १,३४६ ०.०२
१८ नेपाली काङ्ग्रस (वीपी) ८४० ०.०१
१९ राष्ट्रिय जनता परिषद् २८ ८,९३१ ०.१२
२० राष्ट्रिय जनमुक्ति पार्टी ८२ ७९,९९६ १.०५
२१ रेडिकल नेपाली काङ्गे्रस ५३ ०.००
२२ नेकपा माक्र्सवादी ४९ २९,५७१ ०.३९
२३ नेपाली काङ्गे्रस(सुवर्ण) ४८४ ०.०१
२४ प्रजातान्त्रिक लोकदल १० ३,०८२ ०.०४
२५ स्वतन्त्र ३८५ ४,७१,३२४ ६.१८
  जम्मा १,४४२ २०५ ७३,८४,२७७ ९६.८४

यस परिणम अनुसार बाम पार्टीहरुले कुल स्थान मध्ये ९२ अर्थात् ४४.८८ प्रतिशत स्थान प्राप्त गरेका थिए । संसद्मा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न नसकेपछि संविधानको धारा ४२ (१) अनुसार दुुई वा दुईभन्दा बढी दलले पनि सरकार बनाउन सकेनन् । फलतः प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको हैसियतले नेकपा (एमाले) ले संविधानको धारा ४२ (२) बमोजिम २०५१ मंसिर १३ गते अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन गरेको थियो ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।