गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारहरुको पूर्ण विवरण

नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश

नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार जनताका भावना, आकांक्षा र विश्वासको कदर गर्दै प्रथम पञ्चवर्षीय योजना (२०७६-२०८०) तथा दिगो विकास लक्ष्य २०८७ का प्रादेशिक लक्ष्यहरु हासिल गर्दै विक्रम संवत २१०० सम्ममा "समृद्ध प्रदेश र सुखी नागरिक" निर्माण गर्ने प्रादेशिक दीर्घकालीन आकांक्षा पूरा गर्ने अभियानमा कटिबद्ध रहँदै आएको थियो। सीमित स्रोत साधन हुँदा हुँदै पनि प्रतिपक्षी दलहरु समेतको अधिकतम् समन्वयमा बजेट तथा स्रोत साधनको कुशलतापूर्वक परिचालन गरी सरकार गठन भएको ३९ महिनाको छोटो अवधिमा नै समृद्ध प्रदेश निर्माणको बलियो आधारशिला निर्माणमा सफलता प्राप्त गरेको नागरिक तहमा पनि अनुभूति भएको छ।

गण्डकी प्रदेश सरकारका उपलब्धिका पूर्ण विवरण