सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) को सहभागिता

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशसभामा सबभन्दा ठूलो दल भए पनि पार्टी केन्द्रको निर्णय अनुसार नेकपा (माओवादी केन्द्र)का त्रिलोचन भट्टको नेतृत्वमा पार्टीले सरकारमा सहभागिता जनाएको थियो । उक्त मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट चार जना मन्त्रीहरु सहभागी हुनुभएको थियो ।

२०७४ फागुन ५ गते नियुक्त मन्त्रीहरु

क्र.स. नाम मन्त्रालय
प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन मन्त्रालय
पठानसिंह बोहरा भौतिक पूर्वाधार विकास मन्त्रालय
दीर्घ सोडारी सामाजिक विकास मन्त्रालय
माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

तत्कालीन मन्त्री दीर्घ सोडारी नैतिक पतनदेखि काण्डमा फसेका कारण पार्टीले उनलाई तत्कालै बर्खास्त गरेको थियो भने रिक्त रहेको उक्त मन्त्रालयमा कृष्णराज सुवेदीलाई जिम्मेवारी दिइएको थियो ।

तत्कालीन नेकपामा गुटबन्दी तीब्र बनिरहेको बेला आफ्नो गुटमा नलागेको र पार्टीको पक्षमा लागेवापत भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई २०७७ पुस १४ गते पदमुक्त बर्खास्त गरिएको थियो ।

२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भई आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका झपट बोहराले नेकपा विभाजन हुने अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको विचारलाई समर्थन गर्दै २०७७ पुस २२ गते राजीनामा दिनुभयो ।

पछि पुनर्गठनमा अर्थराज्यमन्त्री बन्नुभएकी अर्चना गहतराजले पार्टी विभाजन हुने अवस्था आएपछि मन्त्रीबाट राजीनामा दिएर आफूलाई पार्टीका पक्षमा उभ्याउनुभयो भने दीर्घ सोडारी, माया भट्टलयातले पार्टीलाई धोका दिँदै विभाजनलाई साथ दिए ।

माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्रीको नेतृत्व भएका कारण प्रभावकारी रुपमा काम हुन नसके पनि नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएर मन्त्री बनेकाहरुले सकेसम्म उपलब्धिमुलक काम गर्ने कोसिस गर्नुभएको थियो ।