संविधानसभा निर्वाचन २०७०

निर्वाचनको पृष्ठभूमि

संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान बनाउने म्यान्डेटअनुसार बनेको पहिलो संविधानसभाले संविधान बनाउन सकेन । पहिलो संविधानसभाको निर्वाचनपछि ठूलो दलको नाताले २० साउन २०६५ मा माओवादी अध्यक्ष पुुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारमा नेकपा (एमाले)समेत सहभागी थियो । सरकार बनेको नौ महिनाको बीचमै सरकार चल्न सकेन पुष्पकमल दाहालले २०६६ वैशाख २० मा राजीनामा गरे । २०६६ जेठ ९ गते संविधानसभाभित्र रहेका २२ वटा राजनीतिक दलहरूको समर्थनमा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुुमार नेपालको नेतृत्वमा सरकार बन्यो । संविधानको मूल मर्म, भावना र विषयवस्तुहरूमा दलहरूबीचमा समझदारी बन्न सकेन ।

माओवादी जनता सडकमा उतारेर सिंहदरबार घेर्नेजस्ता आन्दोलनमा उत्रियो । सभासदहरूले भिन्न जातीय, क्षेत्रीय, लिंगीय समूह “ककस”हरू बनाएर अगाडि बढ्न थाले । सत्ता राजनीति अस्थिर बन्दै गयो । २१ महिनापछि माधव नेपाल सरकारबाट बाहिरिए । पुनः माओवादी र एमाले मिलेर २३ माघ २०६७ मा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार बन्यो । यो सरकार पनि अघि बढ्न सकेन । ६ महिनामै ढल्यो । हरेक दलभित्र विवादहरू उत्कर्षमा पुुगे ।

१२ भदौ २०६८ मा बाबुुराम भट्टराई प्रधानमन्त्री बने । निर्धारित मितिमा संविधान जारी गर्न विभिन्न प्रयत्नहरू भए । २०६९ वैशाख २१ मा दलहरूका बीचमा संविधान जारी गर्ने विषयमा ५ बुँदे सहमति भयो तर त्यस सहमतिलाई पनि सरकारका तर्फबाट उल्लंघन गर्ने काम भयो । २०६९ जेठ २ गते दलहरूका बीचमा संविधान जारी गर्ने विषयमा निर्णायक सहमति भयो तर त्यसको पनि उल्लंघन गर्दै प्रधानमन्त्री वाबुराम भट्टराईले संविधानसभाको नयाँ निर्वाचन २०६९ मंसिर ७ मा गर्ने प्रस्तावसहित २०६९ जेठ १४ गते मध्यराति संविधानसभा विघटन गरेका थिए । १२ भदौ २०६८ मा बाबुुराम भट्टराई प्रधानमन्त्री बने । निर्धारित मितिमा संविधान जारी गर्न विभिन्न प्रयत्नहरू भए । २०६९ वैशाख २१ मा दलहरूका बीचमा संविधान जारी गर्ने विषयमा ५ बुँदे सहमति भयो तर त्यस सहमतिलाई पनि सरकारका तर्फबाट उल्लंघन गर्ने काम भयो । २०६९ जेठ २ गते दलहरूका बीचमा संविधान जारी गर्ने विषयमा निर्णायक सहमति भयो तर त्यसको पनि उल्लंघन गर्दै प्रधानमन्त्री वाबुराम भट्टराईले संविधानसभाको नयाँ निर्वाचन २०६९ मंसिर ७ मा गर्ने प्रस्तावसहित २०६९ जेठ १४ गते मध्यराति संविधानसभा विघटन गरेका थिए ।

संविधानसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको ठूलो विरोध भयो । राजनीतिक दलहरूको सहमतिविना दोस्रो संविधानसभा सम्भव भएन । अनत्वगत्वा १ चैत २०६९ मा दलहरूको सहमतिमा बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार बन्यो र रेग्मी अध्यक्षताको सरकारले २०७० मंसिर ४ मा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न ग¥यो ।

निर्वाचन परिणाम

दोस्रो संविधानसभाको निर्वाचन पनि पहिलो निर्वाचनजस्तै २४० सिट प्रत्यक्ष र ३३५ समानुुपातिक र मन्त्रिपरिषद्द्वारा मनानीत २६ जना गरी ६०१ सदस्यका लागि भएको थियो । २०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो चुनावका लागि १२४ वटा दलले भाग लिएका थिए । कूल १,२२,४९,०६२ मतदाता रहेकामा ९७,७६,७०३ मतदाताले भाग लिएका थिए । खसेकोमध्ये ९४,६३,८६२ मत सदर भएको थियो भने ३,१२,८४१ मत बदर भएको थियो । दोस्रो संविधानसभामा भाग लिएका १५४ पार्टीमध्ये ११ वटा दलले प्रत्यक्षतर्फको निर्वाचन जित्न सफल भएका थिए भने ३० वटा दल समानुुपातिक निर्वाचन प्रणालीअन्तर्गत संविधानसभामा उपस्थित भएका थिए । नेकपा (एमाले) “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं, सवल र समृद्ध नेपालको निर्माण गरौं” भन्ने मूल नाराका साथ चुुनावी मैदानमा खडा भएको थियो । यस निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ कूल २६,०४,९८३ अर्थात् २९.८० प्रतिशत मत प्राप्त गरेको थियो भने १०५ सिटमा निर्वाचन जितेको थियो । समानुपातिकतर्फ २४,९२,०९० मत अर्थात् २५.५५ प्रतिशत मत प्राप्त गरी ९१ जना समानुुपातिक सभासद निर्वाचित गरेको थियो । कांग्रेस कूल २९६ जना सभासदसहित पहिलो दल बनेको थियो । नेकपा (एमाले)ले प्रत्यक्षतर्फ २४,९२,०९० मत अर्थात् २७.५५ प्रतिशत मतसहित प्रत्यक्षमा ९१ सिट जितेको थियो भने समानुपातिकतर्फ २२,३९,६०९ अर्थात् २६.७७ प्रतिशत मत प्राप्त गरेर ८४ जना समानुपातिक सभासद निर्वाचित गरेको थियो । कूल १७५ जना सभासदसहित एमाले दोस्रो ठूलो दलका रूपमा उपस्थित भएको थियो । पहिलो संविधानसभामा पहिलो बनेको नेकपा (माओवादी)ले भने प्रत्यक्षतर्फ १६,०९,१४५ (१७.७९ प्रतिशत) मतसहित २६ सिट जित्न सफल भयो भने समानुुपातिकतर्फ १४,३९,६०९ (१५.२१ प्रतिशत) मत प्राप्त गरी ५४ जना समानुुपातिक सभासद निर्वाचित गरेको थियो । माओवादी कूल ८० जना सभासदसहित तेस्रो स्थानमा पुुगेको थियो ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ राष्ट्रिय पार्टीहरूको तुलनात्मक स्थिति

क्र.स. पार्टीको नाम जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
नेपाली कांग्रेस १०५ २६९४९८३ २९.८०
नेकपा (एमाले) ९१ २४९२०९० २७.५५
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २६ १६०९१४५ १७.७९
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २८३४६८ ३.१३
तराई मधेश लोकतान्त्रिक पार्टी १७१८८९ १.९०
राष्ट्रिय प्रजातन्त्र पार्टी २३८३१३ २.६३
मधेशी जनअधिकार फोरम नेपाल २०६११० २.२८
नेपाल मजदुर किसान पार्टी ५४३२३ ०.६०
सदभावन पार्टी १४०९३० १.५६
१० तराई मधेश सद्भावना पार्टी नेपाल ६५०४९ ०.७२
११ स्वतन्त्र १०७७६४ १.१९

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
नेपाली कांग्रेस २४१८३७० ९१ २५.५५
नेकपा (एमाले) २२३९६०९ ८४ २३.६६
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) १४३९७२६ ५४ १५.२१
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल ६३०६९७ २४ ६.६६
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) २७४९८७ १० २.९१
राष्ट्रिय प्रजातन्त्र पार्टी २६०२३४ १० २.७५
मधेशी जनअधिकार फोरम नेपाल २१४३१९ २.२६
तराई मधेश लोकतान्त्रिक पार्टी १८११४० १.९१
नेपाल कम्युनिष्ट पार्टी (माले) १३०३०० १.३८
१० सद्भावना पार्टी १३३२७१ १.४१
११ संघीय समाजवादी पार्टी, नेपाल १२१२७४ १.२८
१२ राष्ट्रिय जनमोर्चा ९२३८७ ०.९८
१३ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ९१९९७ ०.९७
१४ राष्ट्रिय मधेश समाजवादी पार्टी ७९५०८ ०.८४
१५ नेपाल मजदुर किसान पार्टी ६६७७८ ०.७१
१६ राष्ट्रिय जनमुक्ति पार्टी ६३८३४ ०.६७
१७ तराई मधेश सद्भावना पार्टी नेपाल ६२७४६ ०.६६
१८ थरुहट तराई पार्टी नेपाल ६२५२६ ०.६६
१९ नेपाल परिवार दल ५१८२३ ०.५५
२० दलित जनजाति पार्टी ४८८०२ ०.५२
२१ अखण्ड नेपाल पार्टी ३६८८३ ०.३९
२२ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ३३९८२ ०.३६
२३ नेपाली जनता दल ३३२०३ ०.३५
२४ खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल ३०६८६ ०.३२
२५ नेपाःराष्ट्रिय पार्टी २८०११ ०.३०
२६ जनजागरण पार्टी नेपाल २७३९७ ०.२९
२७ संघीय सद्भावना पार्टी २५२१५ ०.२७
२८ मधेश समता पार्टी नेपाल २३००१ ०.२४
२९ समाजवादी जनता पार्टी २१६२४ ०.२३
३० संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) २११२८ ०.२२
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।