बागमती प्रदेश

वागमती प्रदेशमा नेकपा (एमाले) नेतृत्वका सरकारहरुको पूर्ण विवरण

बागमती प्रदेशको नेतृत्वमा साढे तीन वष

देशका सात प्रदेशमध्ये हरेक सूचकमा सबैभन्दा माथि रहेको प्रदेश हो वाग्मती । सङ्घीय राजधानीसमेत रहेको यस प्रदेशका १३ जिल्लाका अलगअलग पहिचानहरू छन् । २०६८ सालको जनगणनाअनुसार वाग्मती प्रदेशमा देशको कुल जनसङ्ख्याको २० दशमलव ८७ प्रतिशत अर्थात् ५५ लाख २९ हजार ४ सय ५२ जना बसोबास गर्छन् । यस प्रदेशमा तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालका गरी १ सय १९ स्थानीय तह छन् ।