जनमुखी संविधानको प्रस्तावित प्रारूप

जनमुखी संविधानको
प्रस्तावित प्रारूप

२०६४ चैत २८ गते सम्पन्न संविधानसभाको चुनाव मुलुकमा लोकतान्त्रिक संघर्षको महत्वपूर्ण उपलब्धि थियो । यद्यपि, उक्त चुनावमा हाम्रो पार्टीले अकल्पनीय पराजय र धक्काको सामना गरेर तेस्रो राजनीतिक हैसियतमा सीमित हुनुप¥यो । तथापि, विगत छ दशक लामो बलिदानीपूर्ण संघर्षको नासोका रूपमा ६०१ सदस्यीय संविधान सभा गठन भएर जनताले पहिलोपल्ट आफ्नो संविधान आफैले निर्माण गर्ने ऐतिहासिक काम त्यसमार्फत धेरै हदसम्म अघि बढिसकेको छ । यो ज्यादै सुखद पक्ष हो ।

पछिल्लोपटक गठित उच्चस्तरीय कार्यदलमा भएको बहस, छलफल र सहमतिको आधारमा भन्ने हो भने कतिपय महत्वपूर्ण विवादका विषयहरूमा प्रमुख राजनीतिक दलहरू सहमतिमा पुग्न सकेका छैनन् । खासगरी, राज्यको शासकीय स्वरूप र संघीय पुनःसंरचनाको खाकाजस्ता महत्वपूर्ण विषयहरूमा घनीभूत छलफल गरी सहमति कायम गर्न अझै बाँकी छ । यसले गर्दा संविधान सभाबाट नयाँ संविधान निर्माण गर्न दलहरू असमर्थ पो हुने हुन् कि भन्ने चिन्ता क्रमशः बढ्दो छ । मूलतः सत्ता साझेदारीको प्रक्रियालाई सहमतिका साथ अघि बढाउन नसक्दा तथा ‘लोकतान्त्रिक’ वा ‘वाम–लोकतान्त्रिक’ समीकरणको गलत फन्दामा परेर राजनीतिक दलहरूले विगत करिब अढाई बर्ष सत्ता संघर्षमा खेर फाल्ने गल्ती गर्न पुगे । फलस्वरूप शान्तिप्रक्रिया र जनमुखी संविधानको निर्माण तथा राज्यको अग्रगामी र वैज्ञानिक पुनःसंरचनाको काम सहमतिका साथ अघि बढेर सार्थक टुंगोमा पुग्न सकेन । यो हाम्रो मुलुकले भोग्नुपरेको ज्यादै दुःखद नियति हो । संविधानसभालाई जनताको नासोका रूपमा लिएर उत्तरदायी भइकन सफल पार्नेभन्दा आफ्ना अनुचित महत्वाकांक्षा सिद्ध गर्ने गलपासोका रूपमा बाधक ठानेर विघटन गराउने एवम् तथाकथित आयोग गठन गरी संविधान निर्माण गर्न खोज्ने दक्षिणपन्थी, यथास्थितिवादी र प्रतिगामी दाउपेच एवम् षडयन्त्रहरूकै कारण संविधान निर्माणको काम पूरा हुन नसकेको वस्तुगत यथार्थलाई हामीले जनसमक्ष उदाङ्गो पार्न ध्यान दिनैपर्छ । वास्तवमा यो काम जनताको सचेत संगठित र दबाबकारी भूमिकाद्वारा मात्रै गर्न सकिन्छ ।

संविधानसभाको निर्वाचन लगत्तै हाम्रो पार्टी नयाँ नेतृत्व निर्माण र आठौं महाधिवेशनको तयारी कार्यमा जुट्नुप¥यो । तैपनि ०६५ जेठमै हामीले कमरेड भरतमोहन अधिकारीको संयोजकत्वमा ‘संविधानको मस्यौदा कार्यदल’ गठन गरी नयाँ संविधान निर्माणको प्रक्रियालाई विशेष तयारीसहित सार्थकता प्रदान गर्न ध्यान दिएकै हौं । उक्त कार्यदलले बडो मेहनत र गहिरो अध्ययन–विश्लेषणसहित आफ्नो मस्यौदा प्रारूप तयार ग¥यो र संविधान सभाभित्रको प्रक्रियालाई अघि बढाउन त्यसबाट महत्वपूर्ण सहयोगसमेत पुग्यो । हामीलाई लाग्छ – संविधान सभाअन्तर्गत भइरहेको मस्यौदा प्रक्रियालाई त्यसले निकै हदसम्म प्रभावित गरेको छ र हाम्रा कैयौं महत्वपूर्ण मान्यता र अवधारणाहरू त्यसमा समेट्ने काम भएको छ भने विवादित विषयहरूमा त्यो प्रक्रिया अझै जारी छ ।

यतिबेला संविधान बनाउने काम नै राष्ट्रको सबैभन्दा महत्वपूर्ण काम हो । यसको सफलताका निम्ति शान्ति प्रक्रिया र राज्यको पुनःसंरचनाको कामसमेत सँगसँगै अघि बढाएर टुङगोमा पुग्नु अनिवार्य छ । यो ज्यादै कठीन तर ज्यादै गम्भीर र संवेदनशील ढंगले कुशलताकासाथ सम्पन्न गर्नुपर्ने प्रमुख राष्ट्रिय कार्यभार हो । तर मुलुकका प्रमुख दलहरूबीच राष्ट्रपतिको निर्वाचनदेखि सहकार्यको स्थिति एकहदसम्म खलबलिएको, तुरुन्तै नयाँ सरकार गठन हुँदा सहमतीय छाडेर बहुमतीय प्रक्रिया अवलम्बन गर्न पुगेको तथा ‘सेनापति प्रकरण’देखि मुलुकको राजनीतिलाई गलत नियतका साथ ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ कोणमा धु्रवीकरण गरी कतिपय बेला एक–अर्काको विरोध र निषेध गर्ने प्रयत्नसम्म हुन खोजिएको तथ्य जगजाहेर नै छ ।

नवयुग

ठेगाना