पार्टी अध्यक्ष एंव संसदिय दलको नेता मा. के. पी. शर्मा ओली

Facebook  www.kpsharmaoli.com
नेकपा एमाले संसदीय दलका नेता खड्गप्रसाद (केपी) ओलीको जन्म २००७ साल फागुन ११ गते झापामा भएको हो । उहाँले प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । २०२२ सालदेखि कम्यूनिष्ट पार्टीबाट राजनीति सुरु गरेका ओलीले २०२६ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । २०२८ सालको झापा बिद्रोहको नेतृत्व गर्ने नेताहरु मध्ये एक ओलीले १४ बर्ष जेल जीवन बिताउनुभएको छ ।

२०४८ सालको संसदीय चुनावमा झापा ६ बाट पहिलो पटक निर्वाचित भएका ओली ०५१ मा पनि त्यहि क्षेत्रबाट निर्वाचित भइ अल्पमतको नेकपा एमाले सरकारमा गृहमन्त्री हुनुभयो । उहाँ २०५६ सालको आम निर्वाचनमा पनि झापा क्षेत्र नम्बर ६ बाट नै निर्वाचित हुनुभयो ।

२०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका ओली  २०६३ मा उपप्रधान तथा परराष्ट्र मन्त्रि बन्नुभयो । संविधान जारी भए पश्चात उहा प्रधानमन्त्री हुनु भयो । हाल उहाँ नेकपा एमालेको अध्यक्ष हुनुहुन्छ ।

<

नवयुग

ठेगाना